Home » » गजल-कहिले हुरी कहिले बतास यस्तै छ जिन्दगानी (गणेश प्रसाद पौडेल " बहुरुपी ")

गजल-कहिले हुरी कहिले बतास यस्तै छ जिन्दगानी (गणेश प्रसाद पौडेल " बहुरुपी ")

NepaliTalim | 12:13:00 PM | 0 comments
कहिले हुरी कहिले बतास यस्तै छ जिन्दगानी ,
बोकि ल्याउँछ उनकै सुवास यस्तै छ जिन्दगानी ।
,,,
काउकुती लाग्छ अचेल् कतै उनले छोइन जस्तो ,
कहिले साथ कहिले आभास यस्तै छ जिन्दगानी ।
,,,
मुस्कुराउँछ उनकै तस्बिर सिरानीमुनितिर ,
सपनाभरि छरेर  मिठास यस्तै छ जिन्दगानी ।
,,,
प्रदेशमा यो प्रदेशि तड्पिएर उनकै यादमा ,
खोज्दैछ जोड्न जमिन आकाश यस्तै छ जिन्दगानी ।
,,,
 बादल फाटि  घाम लाएन गरिबको तक्दिरमा ,
जहिले पनि दुख र निराश यस्तै छ जिन्दगानी ।
,,,
धन खोज्नु कि माया रोज्नु दोबाटोमा दोधारे मन ,
सोच्दा सोच्दा बल बुद्धि बिनाश यस्तै छ जिन्दगानी ।
,,,
हाँसो र खुसी सुख र दुख छैन कतै एकनास
कहिले गुलाफ् कहिले पँलास यस्तै छ जिन्दगानी ।
,,,
दुख पिडा कहाँ भाग्छ साथी  लामाधामि गरेपनि ,
कहिले भुत कहिले पिचास यस्तै छ जिन्दगानी ।
,,,
कहाँ प्राण खुस्किएला त्यसै मिलन नभएसम्म ,
भन्छ पागल बनेर यो सास यस्तै छ जिन्दगानी ।

- गणेश प्रसाद पौडेल " बहुरुपी "
स्याङ्जा रापाकोट-७
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger