Home » » गजलकार गणेश प्रसाद पौडेल " बहुरुपी "का ३ गजलहरू (3 Ghazals by Ganesh Prasad Paudel) -30-08-2016

गजलकार गणेश प्रसाद पौडेल " बहुरुपी "का ३ गजलहरू (3 Ghazals by Ganesh Prasad Paudel) -30-08-2016

NepaliTalim | 3:12:00 PM | 0 comments
१. गजल
सपनै सपनाको महल बन्यो जिन्दगी ,
फुलेर हिलोबिच कमल बन्यो जिन्दगी ।

लेखियो केर्दै मेट्दै कोरा कापीका पानामा ,
मिलेर मीठा शब्द गजल बन्यो जिन्दगी ।

भोग्दै नयाँ यात्रामा  दुख दर्द पिडाहरु ,
अन्तिममा आएर सफल बन्यो जिन्दगी । 

हलचल भएर बाटो बिराउदा बिराउदै ,
भानु झैँ गगनमा अटल बन्यो जिन्दगी ।

आशिर्वाद पाएर  या परिश्रम गरेर ,
यति धेरै कसरी असल बन्यो जिन्दगी ।
- गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७

२.गजल
कति कुर्छौ खाडिको मुलुक फर्केर आउन ,
फिर्ता दियो साहुले तम्सुक फर्केर आउन ।

बन्दक् भा'को खोरिया पाखो आयो हाम्रो हातमा ,
मिलि खाम्ला ढिंडो र गुन्द्रुक फर्केर आउन ।

सम्हालेर मनमा पियार प्रदेशी जनको ,
दिनरात् गर्छ मुटु ढुक्ढुक फर्केर आउन ।

अबला म अकेली नारी देखेर कमजोर , 
देखाउछन् गाम्लेले तुजुक फर्केर आउन ।

डुब्न लागेका घाम जस्तै छन् यी बुढा बा आमा ,
देख्नलाई अति नै ईच्छुक  फर्केर आउन ।
- गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७


३.गजल
निराश र खालि छु हरपल तिमी बिना
भनेको मान्दैन मन् आजकल तिमी बिना ।

हीरा मोती र सुन जे भए पनि  जिन्दगी ,
बेकार कौडी जस्तै कमसल तिमी बिना ।

चढि सगरमाथा गगन चुमेर आएँ ,
हेरेँ ऐनामा पाएँ असफल तिमी बिना ।

मनबागमा रोए मेरा गुलाफ् बोटहरु ,
कसरी फुल्नु फूल मलजल तिमी बिना ।

भासिएँ म जोडले प्यारको दलदलमा ,
कसरी पार गरुँ दलदल तिमी बिना ।

शितलो छैन कतै मनका कुनाकानिमा ,
आउन थाले पसिना खलखल तिमी बिना ।

भुकम्प ज्वालामुखी आए जस्तै लाग्छ यार ,
दिनरात मनमा हलचल तिमी बिना ।
- गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger