सुमन घिमिरे कालेका ३ तिन गजलहरू -23-02-2016

NepaliTalim | 3:27:00 PM | 0 comments
सुमन काले
१. गजल
आगो बग्नु पर्छ अनि पानी बल्नै पर्छ,
हरचिज समय अनुसार त चल्नै पर्छ।
...
म हुर्कनथाले पछी हजुरबा बितेकाहुन,
नया बन्न त आखिर पुरानो ढल्नै पर्छ।
..
मान्छे फुल हो पत्थर बन्न खोज्छ सधै,
या नियती या त पिरतिले छल्नै पर्छ ।
..
आँशु किन तातो हुन्छ बल्ल बुझेकोछु,
कलेजो पाक्नु पर्छ अनि मुटु जल्नै पर्छ।
..
यस्तो काम गर्न सकुँ मरेर नि बाचिरहुँ,
शरिर त माटो न हो एकदिन गल्नै पर्छ।।
०६/०९/२०७२
सुमन काले

२.गजल
पल्लो घरको झ्यालमा नजर गैरह्यो,
आफुँ जान सकिएन रहर गैरह्यो!!
..
उनि बस्थिन उतापट्टी यतापट्टी म,
जुधेरै आँखा गोधुली प्रहर गैरह्यो !
..
झ्याल तिम्ले खोले'सी बिहान भएथ्यो,
पर्दा खसाल्यौ मनमा पत्थर गैरह्यो।
..
धेरै पटक लेँखे तर उत्तर आएन,
तर पनि प्रेमपत्र अक्सर गैरह्यो!!
..
अझै हरेस खा'छैन विश्वास बाँकी छ,
मेरो निश्चल प्रेमको लहर गैरह्यो !
०६/०२/२०७०
"सुमन काले

३.गजल
उसको याद आउँछ कै'ले काहीं,
एकोहोरो बनाउँछ कै'ले काहीं!!
..
फोटो बोलुंलाझैँ गर्छ हेरिरहँदा ,
अतितले सताउँछ कै'ले काहीं!!
..
बादलमा पनि उस्कै आकृति,
बन्छ अनि हराऊँछ कै'ले काहीं!!
..
सित संग आँशु मिसिएन भने,
जुन पनि रिसाउँछ कै'ले काहीं!!
..
मैले झैं उन्ले नि सम्झिन कि?
आँखा फर्फराऊँछ कै'ले काहीं!!
१३/०२/२०७१
"सुमन काले"

Note :
All copyright Reserved with Writer

श्रृंखला 192 : वहकिने मन Bahakine Man (22-02-2016/2072-11-10) प्रेम दिवस विशेष : Download

NepaliTalim | 10:51:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -192
DATE-   (22-02-2016/2072-11-10) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


बहकिने मनले प्रेम दिवस २०१६ विशेष आयोजना गरेको कविता बाचन कार्यक्रमका प्रेम सम्वन्धि बहस  आजको विशेष रहनेछ । 

नमस्कार,

आज मिति 2072 फाल्गुन 10 तदनुसार  22-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 192 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

सुगम समिपका ५ पाँच गजलहरू -22-02-2016

NepaliTalim | 3:25:00 PM | 2comments
१. गजल
भाँचिएकै, भएनि फुलको, डाली भए पुग्छ
माया नै माया, भरेको थोरै, गाली भए पुग्छ

म त गाँउले, ठिटो मेरा, दुःखहरु, बिर्सनलाइ
उकाली भए, पुग्छ या त, ओराली भए पुग्छ

कसैको रुप,हेरेर जिन्दगी, काट्नु छैन मलाई
बरु काली नै, होस् तर , दिलवाली भए पुग्छ

महलको, के सपना !, बस् एकपल, निदाउन
झरिमा ओत, लाग्ने खरको, पाली भए पुग्छ

मनको भोक, मेटाउन,अमृत चाहिन्न मलाई
साग र सिस्नोले, सजिएको ,थाली भए पुग्छ

कसैको झुटो,खेलमा बिजयी, हुनु भन्दा बरु
मलाई केवल ,उत्साहजनक,ताली भए पुग्छ
सुगमसमिप
गोरखा ।

२.गजल
फुल अनेक छ र त पात अनेक छ
साथ अनेक छ र त हात अनेक छ

छुवाछूत र भेदभावको, कुरा गर्छौ किन ?
मान्छे अनेक छ र त जात अनेक छ

कुरा काट्यो भनेर, चित्त दुखाउनु किन ?
सोच अनेक छ र त बात अनेक छ

धोका पायो भन्दैमा, निराश बन्नु किन ?
माया अनेक छ र त घात अनेक छ

सराबी उ बर्बराउदा, आश्चर्य मान्नु किन ?
प्याला अनेक छ र त मात अनेक छ
सुगमसमिप
गोरखा ।

३.गजल
वाक्यहरुमा सु-मधुर लय बन्दै गएको छ....
तेसैले जिन्दगी गजलमय बन्दै गएको छ....

म किन निदाउन्न अचेल थाहा छैन आफैंलाइ
यहि कुरा खोजिको बिसय बन्दै गएको छ....

कहिलेकाही म टोलाने गर्छु चाँदनी रातमा तर
मेरै छाया म आफैंलाई भय बन्दै गएको छ....

संघर्षको यात्रा कठिन भए पनि यस्तो लाग्छ
हर पाइलाहरु मा बिजय बन्दै गएको छ....

(तेसैले जिन्दगी गजलमय बन्दै गएको छ....)
सुगम समीप
गोर्खा ।

४.गजल
"तिमि सँग मैले माया लाइन" -भनेर ढाटि
"मन्दिरमा कसम पनि खाइन" -भनेर ढाटि

उनको गित सुनेर मयुर छमछम नाचेकै हो तर
"बनपाखामा मैले गितै गाइन" भनेर ढाटि

नजरको तिरले हानि मलाई घाइते बनायौ तर
"बिध्या नाश मैल थाहै पाइन" भनेर ढाटि

हेर उनि बिना त झ्याउरे जम्दै जम्दैनथ्यो तर
"साच्चै हो के रोधीघरै धाइन" भनेर ढाटि

लालुपाते सिरैमा सिउरि बेसी झरेकिथ्यौ तर
"गैरी खेतमा मेला भर्न आइन" भनेर ढाटि
सुगमसमिप
गोरखा ।

५.गजल
भुराहरुलाइ के को खसखस भन्छन् बुढा पाका
के हो मोरा ! यो प्रेम दिवस भन्छन् बुढा पाका

जुठो फुलनराख सिरमा मनोदेउता रिसाउछ
नगरेस् प्रेम पुजामा लसपस भन्छन् बुढा पाका

भमराहरु घुम्दै फिर्दै आउछन् फुलेको वरिपरि
जब कि फुलमा पस्दछ रस भन्छन् बुढा पाका

जवानीमा यस्तै हुन्छ मनमा उथल पुथल
बढी पापी बैँसलाई मुठ्ठीमा कस भन्छन् बुढा पाका

रोधि धाइयो माया लाइयो र जिन्दगी बिताइयो
नगरि यस्तो मायाको बहस भन्छन् बुढा पाका

सात कोष पर खुट्टाले हिंडि भेट्न जान्थे माया
बिना रेलगाडी सवारी बस भन्छन् बुढा पाका
सुगमसमिप
गोरखा ।

Note :
All Copyright Reserved with Writer 

रेडियो नेपालको गजल गंगा (16-02-2016/2072-11-04) : Download

NepaliTalim | 2:53:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
(16-02-2016/2072-11-04)


मेलमा प्राप्त गजल र सागर भण्डारी विभोर र विजय कुमार शाह अनुरागको स्वरमा गजल बाचन हुनेछन् । 

नमस्ते साथीहरु,
आज मिति  2072 फाल्गुन 04 तदनुसार 16-February-2016 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला । 
Listen and Download

Download : Click Here to Download

Episode -12 Muktak Diary मुक्तक डायरी (20-02-2016/2072-11-08) : Download

NepaliTalim | 4:35:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : शनिवार बेलुका ९.१५ देखि
Every : Saturday 9.15pm
(20-02-2016/2072-11-08)


नमस्कार साथीहरु, 
आज मिति 2072 फाल्गुन 08 गते तदनुसार 20-Feb-2016 का दिन  रेडियो राप्तिको नेपाली साहित्य विधा मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उत्तर कुमार साहु उपस्थित हुनुभएको छ । आज पनि तपाईहरुकै मिठा मिठा मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 191 : वहकिने मन Bahakine Man (15-02-2016/2072-11-03) प्रेम दिवस विशेष : Download

NepaliTalim | 4:41:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -191
DATE-  (15-02-2016/2072-11-03) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


बहकिने मनले प्रेम दिवस २०१६ विशेष आयोजना गरेको कविता बाचन कार्यक्रमका कविताहरु आजको विशेष रहनेछ । 

नमस्कार,

आज मिति 2072 फाल्गुन 03 तदनुसार  15-Feb-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 191 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

Muktak Madhurima मुक्तक मधुरिमा (18-02-2016/2072-11-06) : Download

NepaliTalim | 4:24:00 PM | 1comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (18-02-2016/2072-11-06)

आज मिति 2072 फाल्गुन 06 गते तदनुसार 18-February-2016 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बा ट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

राजन पोखरेलका ४ चार गजलहरू (4 Ghazals by Rajan Pokhrel) -19-02-2016

NepaliTalim | 3:49:00 PM | 0 comments
१.गजल
बिहान अनि साझ ढल्दा सम्झी मलाई रुन्छौ अरे
आशुले नै आज भोलि मुहार तिम्रो धुन्छौ अरे।।

बाचेकै छु म नि यहाँ पिएर नै आशुहरु
सुनेको छु मेला जादा एक्लै एक्लै हुन्छौ अरे।।

चखेवा झै जोडी हाम्रो भैइयो वारि पारी
सपनिमा झस्किएर मेरै तस्वीर छुन्छौ अरे।।

साथिहरले सोद्दे भने आफन्तले खोजे भने
आखैभरी आशु बनाई मिठो सपनी बुन्छौ अरे।।

म पनि त दिन रात गनि गनि बसेको छु
मेरै आउने बाटो हेरि फूलकै माला उन्छौ अरे।।
राजन पोखरेल
मोरङ;हरैचा

२.गजल
तिम्लाई साथी बनाएर ब्यर्थै मुटु दुखाएछु
निर्दोशि यी नयनबाट ब्यर्थै आशु सुकाएछु।

आफन्तले प्रश्न गर्दा गाउँ भरी हल्ला चल्दा
सबै सामु बोल्न मैले ब्यर्थै किन चुकाएछु।

न त मेरो गल्ती थियो न त कुनै दोष मेरो
सगरमाथा जस्तो शिर ब्यर्थै किन झुकाएछु।

पिए पछि लाग्छ भन्थे न पिएरै लाग्यो बिष
आफनै शिर काटि मैले ब्यर्थै किन छुपाएछु।

सक्छौ भने कोहि भन गल्ती थियोे मेरो भनी ?
उसको गल्ती आफ्नै सम्झी ब्यर्थै किन लुकाएछु।।
राजन पोखरेल
मोरङ;हरैचा

३.गजल
तिम्रै यादमा अब प्रिये रुन सकिएन
तिम्ले भने जस्तो मान्छे हुन सकिएन।

गगनको शुन्यतामा पनि यात्रा थालेकै थे
तर पनि आकाशको जुनलाई छुन सकिएन।।

उमंगको रंग रोज बसन्तको यात्रा खोज
जूनमा लायेउ कालो दाग धुन सकिएन ।

धेरै लामो यात्रा गर्नु मनहरु न टुक्रियाउनु
टुक्राएको मनलाई दीप बाल्न पुनः सकिएन।।
राजन पोखरेल
मोरङ;हरैचा

४.गजल
हिसाब  गर घाटै घाटा को जिन्दगी यो
यात्रा गर बाटै बाटा को जिन्दगी यो

कसलाई भन्नु  यन्हा एक पछी  अर्को  कथा
सम्झिने गह्रो हुने पाटै पाटाको जिन्दगी यो

यो सहर  देखेर छक्क  लाग्छ मलाई
बुझाउनै लाज लाग्ने लाटेेेेै लाटाको जिन्दगी यो

बयान कसरी गरु ! तेराे मेराे भन्नेहरू हो
भोलि  माटेेेै माटाको हुन्छ यो जिन्दगी यो
राजन पोखरेल
मोरङ;हरैचा

४.गजल
माया अमर हुन्छ भन्दा बसे हजुर दीप बाली
भुल्या छैन धरो धर्म आउँछ याद तिम्रै काली

कसरी म भुल्न सक्छु सम्बन्ध को गहिराई त्यो
हाम्रो मिलन हुन्दा फेरि बजेका थे हजार ताली

सपनामा तिम्रै याद छ बिपनामा तिम्रै झल्को
एक दिन आउछु भेट्न् लगायेर बस्नु लाली

तिम्रै याद मा कहिँ कतै हराउन गा को छैन
चाडै आई कान्छी तिम्लाइ बनाउछु घरकि माली
राजन पोखरेल
मोरङ;हरैचा

गजलको कार्यक्रम बुलबुल BULBUL 336 (17-02-2016/2072-11-05) : Download

NepaliTalim | 1:45:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 336
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 फाल्गुन 05 गते तदनुसार 
19-Feb-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 336) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)-Repeated 

Download : Click Here to Download
Listen at YouTube

गजल-कोही आई दियो गुलाब बोकेर-राम शरण श्रेष्ठ

NepaliTalim | 2:24:00 PM | 1comments
जिन्दगी चल्दै थियो अभाव बोकेर
कोही आई दियो गुलाब कोकेर
..
एउटा प्रेमीको फेरी दिल टुटेछ
प्रेमिका फर्किई सराब बोकेर
...
मनको संन्तुलन कतिन्जेल रहला
सधैं हिँड्नुछ तनाब बोकेर
..
यो रामको मन जितेर छोड्यौनी
जब आयौ प्रेमको प्रस्ताब बोकेर
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger