Episode 42- संगीत सरगम (02-07-2015/2072-03-17) : Download

NepaliTalim | 12:49:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(02-07-2015/2072-03-17)
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 असार 17 तदनुसार 07-07-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

विजय मल्लको कथा "म र चिठ्ठी " - Download

NepaliTalim | 12:30:00 PM | 0 comments
LISTEN STORY OF  BIJAYA MALLA 
"MA RA CHITHHI" - PAREWA RA KAIDI
.......................................................................
नमस्कार । एच.वि.सि. एफ.एम.को कार्यक्रम रेडियो बाचनमा यहाँहरु सबैलाई स्वागत छ । साप्ताहिक कार्यक्रम रेडियो बाचनमा विभिन्न गद्य कृतिहरु बाचन हुने गर्दछ । आज रेडियो बाचनमा कार्यक्रममा विजय मल्लको कथा "म र चिठ्ठी "  लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे र प्राविधिक साथी सचिन्द्र गौतम उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ कथा सुगन्धा । कथा विजय मल्लको कथा संग्रह परेवा र कैदि वाट लिईएको हो ।

कार्यक्रम : रेडियो बाचन
प्रस्तोता : अच्युत घिमिरे
एफएम : एच.बि.सी.
कथा :
"म र चिठ्ठी "  
लेखक :विजय मल्ल

Listen And Download 

Download Link : Click Here to Download 

Thank you
Chisapani Nepal

मायाँ ठकुरिका कथा "चौतारो साक्षी छ" - Download

NepaliTalim | 12:17:00 PM | 0 comments
LISTEN STORY OF  MAYA THAKURI
STORY :  CHAUTARO SAKSHI CHHA
.......................................................................
नमस्कार । एच.वि.सि. एफ.एम.को कार्यक्रम रेडियो बाचनमा यहाँहरु सबैलाई स्वागत छ । साप्ताहिक कार्यक्रम रेडियो बाचनमा विभिन्न गद्य कृतिहरु बाचन हुने गर्दछ । आज को रेडियोवाचन को नयाँ अंक मा "माया ठकुरी" को कथासंग्रह 'चौतारो साक्षी छ' बाट "उसको कथा" तथा "चौतारो साक्षी छ" नामक २ वटा कथा वाचन गर्दैछौँ । रेडियोवाचनका लागि हाम्रा चिरपरिचित प्रस्तोता 'अच्युत घिमिरे' कथा वाचन गर्दैहुनुहन्छ भने प्रविधि मा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ ।
नेपाली साहित्य मा माया ठकुरी का कथाहरु यथार्थपरक मानिन्छन् । सन् १९४६ मा लखनउ भारत मा जन्मिनु भएकी कथाकार माया ठकुरी को पहिलो कथा 'बहुलाही' हो । बिए सम्म अध्ययन गर्नुभएकी कथाकार ठकुरी ले शास्त्रिय संगित मा जुनियर डिग्री गर्नुभएको छ भने,  शिक्षण पेशा मा संलग्न हुनुहुन्छ । उहाँले वि. सं. २०४१ को मैनालीकथा पुरस्कार,वि.सं. २०३५ मा रन्तश्री स्वर्ण पदक र वि.सं. २०४३ मा जिल्ला शिक्षा समिति पाल्पाद्वारा कदर पत्र / प्रशंसा पत्र ले सम्मानित हुनुभएको छ । उहाँ को "नजुरेको जोडी - कथा संग्रह, गमलाको फूल - कथा संग्रह, साँघु तरेपछि - कथा संग्रह" आदि लगायत का कथा संग्रहहरु प्रकाशित भएका छन् ।  (Source : aakarpost.com )

कार्यक्रम : रेडियो बाचन
प्रस्तोता : अच्युत घिमिरे
एफएम : एच.बि.सी.
कथा :
चौतारो साक्षी छ
लेखक :मायाँ ठकुरि
Listen And Download 
Download : Click Here to Download 

Thank you, 
Chisapani Nepal

BULBUL 304 (08-07-2015/2072-03-23) गजलकार शितल गीरि सँगको अन्तावार्ता विशेष : Download

NepaliTalim | 11:15:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 304
Host : Achyut Ghimire Bulbul  
Date : (08-07-2015/2072-03-23)

गजलकार शितल गीरि सँगको अन्तावार्ता विशेष 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 असार 23 गते तदनुसार 
08-July-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 304) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

Shital Giri, Pokhara

यज्ञ प्रसाद गिरीका ५ गजलहरू-08-07-2015

NepaliTalim | 7:24:00 PM | 0 comments
यज्ञ प्रसाद गिरी
1. गजल
नैतिकता नभा'का, विजेता भए ; 
अपराधिका पक्षधर, नेता भए । 
(१)
हुनै सकेनन, संरक्षक कसैका; 
मात्र यि देशका, बिक्रेता भए ।
(२)
काला कर्तुतका, सुत्रधार यिनै ;
रंग -रोगन दलेर, सेता भए ।
(३)
हिजो फुटपाथमा, खुराफात गर्थै;
आज चिल्लो कारका, क्रेता भए।
(४)
सोहरी रहेछन, पसिना जनताको;
रातारात विकाशे, अभिनेता भए ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल भाद्र, २ गते

2. गजल 
छुट्टिएर तिमीसंग, बाँच्नै गाह्रो भा'छ ;
सुस्त-सुस्त दुखाईको, मात प्यारो भा'छ ;
(१)
भनुँ भने के भनुँ खै, के नै भन्नु छ र ?
आज तिम्रो उपेक्षाले, मन अध्याँरो भा'छ ।
(२)
फूल जस्तो रुप थियो, नौनी जस्तो मन ;
ढुग्ङा जस्तो किन होला, सारै साह्रो भा'छ ।
(३)
हराएछु जिन्दगीको , सुनामीमा परी;
हिजो भन्दा आज खुसी, झन् उधारो भा'छ ।
(४)
कहाँ लगी घोप्ट्याउनु, ब्यथित मन मेरो ;
गजल मेरो मन पोख्ने, ढुग्ङे धारो भा'छ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल श्रावण, २७ गते

3. गजल 
हिजो-आज सम्झी बस्नु, मेरो बानी भएको छ ;
तिम्रो याद माछालाई , अमृत्पानी भएको छ ।
(१)
जिन्दगी यो लक्ष बिना, यात्रा गरे सरी भयो ;
तिम्रो माया यी आखाँका, दुई नानी भएको छ ।
(२)
हुरी जस्तै बनी पस्यौ, जिन्दगीमा तिमी मेरो ;
निस्किएर फुत्त भाग्नु, बेईमानी भएको छ ;
(३)
गर्व गर्दै हिड्ने गर्थैं , तिम्रो साथ पाए भन्दै ;
तर आज स्वाभिमान , पानी-पानी भएको छ ।
(४)
बहाना त धेरै होलान , आफ्नो गल्ति लुकाउने;
जे-जे यहाँ भएको छ, जानी-जानी भएको छ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल, भाद्र १८ गते

4. गजल
छैन अरुको जस्तो सतही, मेरो माया ;
कसी लगाई हेर त सही, मेरो माया ।
(१)
न स्वार्थमा अडेको न लोभमा बढेको;
प्रेम- दुधले जमेको हो दही, मेरो माया ।
(२)
युगौ-युग अमर रहन्छ, चन्द्र-सुर्य जस्तै;
आफै्नै राजिनामाको हो सही मेरो माया।
(३)
कुनै युगमा तोकिएको छैन मुल्य प्रेमको;
हुने सक्दैन कुनै खाता बही मेरो माया ।
(४)
सुम्पन्छु मेरो सर्वोत्तम सम्पति तिमिलाई;
बाँड्या छैन कहिल्यै अन्त कही मेरो माया।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल भाद्र, २४ गते

5. गजल
तिम्रो याद सुसाएको, चैते हुरी सरी भयो;
तिम्रो माया आँखाबाट,आँसु बनी झरी रह्यो ।
(१)
हिड्दा-हिड्दै बाटोबाटै, तिम्लाई गुमाएको दिन;
भुस्को आगो बले सरी, भित्र-भित्रै बलि रह्यो।
(२)
भाग्य पनि किन यस्तो भा'को होला मेरो मात्र;
मिलनको सम्भावना, सधै-सधै टरि रह्यो ।
(३)
मलिन हुदै बिदाईको , तिम्ले हाल हल्लाउँदा ;
मुटु घोच्यो चस्स-चस्स, मनमा गाँठो परि रह्यो ।
(४)
कुन्नि कता तिमी गयौ मलाई छोडी टाढा-टाढा;
तिम्रो याद किलो बनी, ह्रदयमा गढी रह्यो।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल, आश्विन १० गते

मुक्तक माला -112 (05-07-2015/2072-03-20) : Download

NepaliTalim | 1:40:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(05-07-2015/2072-03-20)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 असार 06 गते तदनुसार 21-June2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 159 : वहकिने मन (06-07-2015/2072-03-21) : Download

NepaliTalim | 1:37:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :((06-07-2015/2072-03-21)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 असार  21 तदनुसार 06-July-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 159 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Ekal Kabita Baachan 24 : (04-07-2015/2072-03-19) कवि मनोज न्यौपाने : Download

NepaliTalim | 2:57:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 24
Date :  (04-07-2015/2072-03-19) 
Time : Every Saturday 9.15pm
 कवयत्री बिमला तुम्खेवा 

आदरणिय साथीहरु, 

आज मिति 2072 असार 19 गते तदनुसार 04-07-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 24आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  कवि मनोज न्यौपाने सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

श्रृंखला 18 : गजल पुञ्ज (03-07-2015/2072-03-18) : Download

NepaliTalim | 12:19:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
 (03-07-2015/2072-03-18)

नमस्कार साथीहरू,

आज मिति  2072-असार 18 गते तदनुसार 26-June-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download: Click Here to Download

यज्ञ प्रसाद गिरीका ५ गजलहरू : 05-07-2015

NepaliTalim | 11:26:00 AM | 0 comments
1.गजल
तिमी छौ र त यो शहर सुन्दर लाग्छ ;
तिमी छौ र त यो घर मन्दिर लाग्छ ।
(१)
लाग्दैन केही’नि ठुलो यो दुनियामा ;
तिम्रो मायानै, श्रेष्ठताको शिर लाग्छ ।
(२)
मन तिम्रो उदार र ऊच्च सोचको धनि ;
सुन्दर र स्वस्थय, तिम्रो शरिर लाग्छ ।
(३)
के के लाग्छ, सक्दैन भन्न, किमार्थ म;
माया भने तिम्रो कसम, गम्भिर लाग्छ।
(४)
साथ तिम्रो नपाउँदा, जिन्दगीको सफरमा;
सम्मो बाटो’नि, अनकन्टार भिर लाग्छ ।
रचना : यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
बैशाख ३ गते बिहीबार, २०७२ साल

2.गजल
आफैलाई नचिन्नेले , पहिचानका कुरा गर्यौ् ;
राष्ट्रघाती लुटेराको, गुणगानका कुरा गर्यौौ ।
(१)
कुरा गर्यौी, कुरै गर्यौ , कुरै-कुरा मात्र गर्यौ ;
अरुकै श्रम खानेले , स्वाभिमानका कुरा गर्यौौ ।
(२)
कुरा एउटा काम अर्कै, मनमा पाप लुकाएर ;
राष्ट्रभक्ति , आदर्श र, बलिदानका कुरा गर्यौि ।
(३)
चरण छुन्छौ बिदेशीको, सत्ता प्राप्त हुने भए ;
नेपाल र नेपालीको कुन, शानको कुरा गर्यौक ?
(४)
मठ- मन्दिर देखाउँछौ, पुजा- पाठ सिकाउँछौ ;
लालसाले ग्रस्त हुदै, कुन ध्यानको कुरा गर्यौा ?
(५)
अत्याचारी, भष्ट्राचारी, भनी चिन्छ समाजले ;
लाज घिन पचाएर, अभियानको कुरा गर्यौ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
फागुन २८ गते, २०७१ साल

3.गजल
उल्टो-उल्टो काम गर्दै, जमानालाई दोष किन ?
कुठाँउमा पाइलो राखी, सिमानालाई दोष किन ?
(१)
कर्मले नै तोक्ने गर्छ, जित-हार जिन्दगीमा ;
हात बाँधी बस्ने गर्छौ , दैवसंग रोष किन ?
(२)
नदौडेरै जित्छ कस्ले, दौड जिन्दगीको ;
काम गर्नु भन्दा अघि, राखिदैन होस किन ?
(३)
कुरा उल्टो, काम उल्टो, उल्टो सोचमात्र देख्छु;
राखिएको पाईदैन , सकारात्मक सोच किन ?
(४)
पवित्र छ भन्ने गर्थ्यौ, यो सम्बन्ध हिजोसम्म;
समयले कोल्टो फेर्दा, आज अपशोच किन ?
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
माघ २२ गते, २०७१ साल


4.गजल
त्यै नजरले कुनै बेला, गर्‌यो स्वागत मलाई;
कुनै बेला सडकछाप, ठान्यो फगत मलाई ।
(१)
नाता ह्रदयको भए , हाल यस्तो किन हुन्थ्यो ;
ननिल्नु र ओकल्नु भो, तिम्रो चाहत मलाई ।
(२)
साख्खिएर कुनै बेला, मिठा, चिप्ला कुरा गर्‌यौं ;
मौका छोपी जानी-जानी, गर्‌यौं आहत मलाई ।
(३)
चोटै-चोट सहेको छु, तिम्रो सहयात्री बनी ;
यो निहुँ वा त्यो निहुँमा, छैन राहत मलाई ।
(४)
भेटिएन दयावान , दैव कुनै देवस्थलमा ;
शुन्य, खल्लो मात्र लाग्छ, तिम्रो जगत मलाई ।
(५)
चन्द्र एउटै, सुर्य एउटै, प्रकृतिको रित एउटै ।
किन लाग्छ दुनियाको, उल्टो नियत मलाई ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
मंसिर २४ गते, २०७१ साल

5.गजल
गर्न अझै बाँकी रह्यो, युद्ध आफैसित ;
नबुझेरै बन्दै हिड्छौं क्रुध्द, आफैसित ।
(१)
सबैतिर अशान्ति छ, शान्ति कतै छैन ;
हुँदा-हुँदै बिर्सि दियौ , बुद्ध आफैसित ।
(२)
किन बित्था अरुलाई, औला ठड्याउँने ,
जाँचौं मन छ कि छैन, शुद्ध आफैसित ।
(३)
बेकार छ दुनियाको, दोष खोजी हिड्नु ;
पाली-पोषी वासनाको , गिद्ध आफैसित ।
(४)
अभिलाषा जिवनको, धन्य पार्ने भए;
हुर्काउन सक्नु पर्छ , सिद्ध आफैसित ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
मंसिर १८ गते, २०७१ साल

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger