स्मृतिका पाना (2071-08-08/24-11-2014) : Download

NepaliTalim | 9:31:00 AM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2071-08-08/24-11-2014)

नमस्कार साथीहरु,
आज मिति 2071 मंसिर महिनाको 08 गते तदनुसार 24th Nov 2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -62 : (11-12-2014/2071-08-25) : Download

NepaliTalim | 9:19:00 AM | 0 comments
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक बिहिवार
बेलुकी ९.१५ बजेदेखी 
(11-12-2014/2071-08-25)


नमस्कार साथीहरु,

आज मिति 2071 मंसिर 25 गते तदनुसार 11th Dec 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 62 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

गजल बिम्ब (2071-08-25/11-12-2014) : Download

NepaliTalim | 1:40:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति : (2071-08-25/11-12-2014)
Email : gajalbimba@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2071 मंसिर 25 गते तदनुसार 11th Dec-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम  गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
७.अनलाइन रेडियो छहारी (www.radiochhahari.com) काठमान्डौ मा बिहिबार राति ८:३०-९:१५ बजे सम्म र अन्य खाली समयमा
८.अनलाइन रेडियो अक्सिजन (www.onlineradiooxygen.com) काठमान्डौ मा बिहिबार साँझ ५:००-६:०० बजे सम्म र अन्य खाली समयमा
९. सुनौलो एफ एम १०५.६ मेगाहर्ज, मसुरिया कैलाली
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

प्रयास अस्थिपन्जरका ६ गजलहरू-(12-Dec-2014)

NepaliTalim | 11:25:00 AM | 0 comments
प्रयास अस्थिपन्जर
१.गजल
भ्यागुता नि माछा भयो पोखरीमा परेपछि
बुर्कुसी मारीरह्यो वर्षे झरीमा परेपछि

मैदाबाट पिज्जा र रोटी बन्छ होटेलमा हुँदा
डोनट अनि बिस्कुट होला बेकरीमा परेपछि

बोराभित्रको चामल थालीमा आउँदा अछेता
भयो प्रसाद दुना अनि टपरीमा परेपछि

पैसा पैसा भनी नदौडी बरु पढ राम्रोसँग
पछुताउनु पर्ला है नोकरीमा परेपछि

तिम्रो जग्गा महँगो छ भैरहवाको छेऊमा
मेरो निकै सस्तो भयो पडसरीमा परेपछि
प्रयास अस्थिपन्जर
दयानगर २ छपिया रुपन्देही /बुटवल
(रचना : २०६५/ ११/ २८ एम् ए पढ्दा , भैरहवा बहुमुखी क्याम्पस )

२.गजल 
डढेलो लागी बस्ती खरानी भो कतै
बाढी र पहिरो पानी पानी भो कतै

ज्वालामुखी भूकम्प आयो आँधी हुरी
सबै भन्दा निष्ठुरी सुनामी भो कतै

देशैमा असुरक्षा विदेश छ बिरानो
हरायो आशा भरोसा हैरानी भो कतै

बढेका बढ्यै भए समस्या अनेकौँ
नमीठो त्यो पीडाको कहानी भो कतै

नाफा र सजिलो बनेछ कसैलाई
बाधा र अडचन जिन्दगानी भो कतै

प्रसिद्धि कमाको कमाइछ कुनै नर
किन फेरि कोही त बदनामी भो कतै
२०७१.. ०८.. १९ सउल दक्षिण कोरिया
प्रयास अस्थिपन्जर
दयानगर २ छपिया रुपन्देही /बुटवल

३.गजल 
उनी जादाँ माइत बिरालोले बाटो काट्यो
परेन रे साइत बिरालोले बाटो काट्यो

मान्छे मरेकै हो दुर्घटना नि भएकै हो
भरतपुरैको हाइट बिरालोले बाटो काट्यो

कहाँ गइछिन तिम्री ती दिदी नयाँ ठाउँमा
बैनी मात्र आइत बिरालोले बाटो काट्यो

दाइहरु आइसके सब भेला भैइसके
कहाँ गयो भाइ त बिरालोले बाटो काट्यो

छोरी सानै छे झोला बोक्छे स्कुलको धेरै ठूलो
साह्रै दु:ख पाई त बिरालोले बाटो काट्यो

कुसाइत हटाउन हतारको यात्रा त्यो
यस्तै भो मलाई त बिरालोले बाटो काट्यो

लोडसेडिङले हैरान पारयो पानीको धनी नेपाल
छैन वाईफाई त बिरालोले बाटो काट्यो
२०७१.. ०८..१९ सउल दक्षिण कोरिया
प्रयास अस्थिपन्जर
दयानगर २ छपिया रुपन्देही /बुटवल

४.गजल 
झार जिलाउँदै किसान खेतमा भेटिन्छ
रात दिन काम गरी आधा पेटमा भेटिन्छ

लत बसेको मान्छे अचेल पक्कै पनि
भट्टीमा या त इन्टरनेटमा भेटिन्छ

" कुकुरदेखि सावधान " कुकुर छैन घरमा
यस्तै लेखेको अचेल गेटमा भेटिन्छ

वृक्षारोपणले प्रकोप रोक्छ रोपौं रुख
फाइदा जति बाँस र बेतमा भेटिन्छ

आज भैँसी हाँसेको छ खित्का छाडी
भोलि मोमो बन्छ र प्लेटमा भेटिन्छ
२०७१.. ०८ ..१७ सउल दक्षिण कोरिया
प्रयास अस्थिपन्जर
दयानगर २ छपिया रुपन्देही /बुटवल

५. गजल 
जसरी कार्तिक पछि मङ्सिर आउँछ
गर्दा परिश्रम सफल तक्दिर आउँछ

जिन्दगीमा केवल समथर यात्रा हुन्न
उकाली ओराली अनि भीर आउँछ

दौडाइ जित्न सङ्घर्ष गर्ने खुट्टा
तर टीका ग्रहण गर्न शीर आउँछ

पानी भेट्न सजिलो हुँदै हुँदैन
खोलाको बगर सँगसँगै तीर आउँछ

उदाहरणीय काम गरे समाजमा
पत्रिकामा नाम अनि तस्वीर आउँछ

जीवनको म्याराथन जित्न जरुरी छ
गलाँ माला निधारमा अवीर आउँछ

गर प्रयास निरन्तर बनी इमानी
सफलता तिम्रो भागमा आखिर आउँछ
२०६२ .. ०८.. ११
प्रयास अस्थिपन्जर
दयानगर २ छपिया रुपन्देही /बुटवल

६.गजल
बजार आएपछि सहर आएपछि
रमाउँछ सबको मन घर आएपछि

सानो कुलो देख्दा पनि तर्सिन्छु म
मरेको लास बोकी नहर आएपछि

गजल रच्न सिपालु हुनेछौ तिमी
काफिया रदिफ र बहर आएपछि

त्यो गाउँको सानेले प्रगति ग-यो
मान सम्मान एकाएक कदर आएपछि

सफलताको शिखर अवश्य भेटिन्छ
लक्ष्य भेट्ने उच्च रहर आएपछि
 २०६२..०३..०४ बुटवल
प्रयास अस्थिपन्जर
दयानगर २ छपिया रुपन्देही /बुटवल

Muktak Madhurima (2071-08-25/11-12-2014) - Download

NepaliTalim | 9:30:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (2071-08-25/11-12-2014) 

आज मिति 2071 मंसिर 25 गते तदनुसार 11-Dec 2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

BULBUL 275 (10-12-2014/2071-08-24) गजलकार माधब खतिवडा सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 5:30:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 275
Date : (10-12-2014/2071-08-24) 

आजको बुधवारीय बुलबुल हो  गजलकार माधब खतिवडा सँगको अन्तवार्ता विशेष


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 मंसिर 24 गते तदनुसार 10-December-2014 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 275) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download (Right Click and save)

Download : Click Here to Download

मुक्तक माला - 82 (07-08-2014/2070-08-21) : Download

NepaliTalim | 10:06:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
 (07-08-2014/2070-08-21)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 मंसिर 21  गते तदनुसार 07-Dec-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (08-12-2014/2071-08-22) : Download

NepaliTalim | 5:45:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(08-12-2014/2071-08-22)

नमस्कार साथीहरु,



आज मिति  2071 मंसिर 22 तदनुसार  08-Dec2014 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मुक्तक 
जिन्दगी एकातिर, मन एकातिर 
शरिर एकातिर, धड्कन एकातिर
यसरी समयले, छुट्याईदिएको छ 
तिमी एकातिर, जीवन एकातिर 
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप

Ekal Kabita Baachan-2 : (06-12-2014/2071-08-20) कवि छबि अनित्य : Download

NepaliTalim | 5:27:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Ekal Kabita Baachan : Episode 2 
Date : (29-11-2014/2071-08-13)
Time : Every Saturday 9.15pm


आदरणिय साथीहरु, 


आज मिति २०७१ मंसिर १३ गते तदनुसार 2014-Dec-06 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनकोआजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि छबि अनित्यका कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

Chhabi Anitya

Ekal Kabita Baachan-1 : (29-11-2014/2071-08-13) कवि प्रोल्लास सिन्धुलिय : Download

NepaliTalim | 5:19:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Ekal Kabita Baachan : Episode 1 
Date : (29-11-2014/2071-08-13)
Time : Every Saturday 9.15pm


आदरणिय साथीहरु, 


आज मिति २०७१ मंसिर १३ गते तदनुसार शनिबारका दिन उज्यालो ९० नेटवर्कको कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको पहिलो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आज कवि प्रोल्लास सिन्धुलियका कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download
कवि प्रोल्लास सिन्धुलिय

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger