Home » , » प्रयास अस्थिपन्जरका ६ गजलहरू-(12-Dec-2014)

प्रयास अस्थिपन्जरका ६ गजलहरू-(12-Dec-2014)

NepaliTalim | 11:25:00 AM | 0 comments
प्रयास अस्थिपन्जर
१.गजल
भ्यागुता नि माछा भयो पोखरीमा परेपछि
बुर्कुसी मारीरह्यो वर्षे झरीमा परेपछि

मैदाबाट पिज्जा र रोटी बन्छ होटेलमा हुँदा
डोनट अनि बिस्कुट होला बेकरीमा परेपछि

बोराभित्रको चामल थालीमा आउँदा अछेता
भयो प्रसाद दुना अनि टपरीमा परेपछि

पैसा पैसा भनी नदौडी बरु पढ राम्रोसँग
पछुताउनु पर्ला है नोकरीमा परेपछि

तिम्रो जग्गा महँगो छ भैरहवाको छेऊमा
मेरो निकै सस्तो भयो पडसरीमा परेपछि
प्रयास अस्थिपन्जर
दयानगर २ छपिया रुपन्देही /बुटवल
(रचना : २०६५/ ११/ २८ एम् ए पढ्दा , भैरहवा बहुमुखी क्याम्पस )

२.गजल 
डढेलो लागी बस्ती खरानी भो कतै
बाढी र पहिरो पानी पानी भो कतै

ज्वालामुखी भूकम्प आयो आँधी हुरी
सबै भन्दा निष्ठुरी सुनामी भो कतै

देशैमा असुरक्षा विदेश छ बिरानो
हरायो आशा भरोसा हैरानी भो कतै

बढेका बढ्यै भए समस्या अनेकौँ
नमीठो त्यो पीडाको कहानी भो कतै

नाफा र सजिलो बनेछ कसैलाई
बाधा र अडचन जिन्दगानी भो कतै

प्रसिद्धि कमाको कमाइछ कुनै नर
किन फेरि कोही त बदनामी भो कतै
२०७१.. ०८.. १९ सउल दक्षिण कोरिया
प्रयास अस्थिपन्जर
दयानगर २ छपिया रुपन्देही /बुटवल

३.गजल 
उनी जादाँ माइत बिरालोले बाटो काट्यो
परेन रे साइत बिरालोले बाटो काट्यो

मान्छे मरेकै हो दुर्घटना नि भएकै हो
भरतपुरैको हाइट बिरालोले बाटो काट्यो

कहाँ गइछिन तिम्री ती दिदी नयाँ ठाउँमा
बैनी मात्र आइत बिरालोले बाटो काट्यो

दाइहरु आइसके सब भेला भैइसके
कहाँ गयो भाइ त बिरालोले बाटो काट्यो

छोरी सानै छे झोला बोक्छे स्कुलको धेरै ठूलो
साह्रै दु:ख पाई त बिरालोले बाटो काट्यो

कुसाइत हटाउन हतारको यात्रा त्यो
यस्तै भो मलाई त बिरालोले बाटो काट्यो

लोडसेडिङले हैरान पारयो पानीको धनी नेपाल
छैन वाईफाई त बिरालोले बाटो काट्यो
२०७१.. ०८..१९ सउल दक्षिण कोरिया
प्रयास अस्थिपन्जर
दयानगर २ छपिया रुपन्देही /बुटवल

४.गजल 
झार जिलाउँदै किसान खेतमा भेटिन्छ
रात दिन काम गरी आधा पेटमा भेटिन्छ

लत बसेको मान्छे अचेल पक्कै पनि
भट्टीमा या त इन्टरनेटमा भेटिन्छ

" कुकुरदेखि सावधान " कुकुर छैन घरमा
यस्तै लेखेको अचेल गेटमा भेटिन्छ

वृक्षारोपणले प्रकोप रोक्छ रोपौं रुख
फाइदा जति बाँस र बेतमा भेटिन्छ

आज भैँसी हाँसेको छ खित्का छाडी
भोलि मोमो बन्छ र प्लेटमा भेटिन्छ
२०७१.. ०८ ..१७ सउल दक्षिण कोरिया
प्रयास अस्थिपन्जर
दयानगर २ छपिया रुपन्देही /बुटवल

५. गजल 
जसरी कार्तिक पछि मङ्सिर आउँछ
गर्दा परिश्रम सफल तक्दिर आउँछ

जिन्दगीमा केवल समथर यात्रा हुन्न
उकाली ओराली अनि भीर आउँछ

दौडाइ जित्न सङ्घर्ष गर्ने खुट्टा
तर टीका ग्रहण गर्न शीर आउँछ

पानी भेट्न सजिलो हुँदै हुँदैन
खोलाको बगर सँगसँगै तीर आउँछ

उदाहरणीय काम गरे समाजमा
पत्रिकामा नाम अनि तस्वीर आउँछ

जीवनको म्याराथन जित्न जरुरी छ
गलाँ माला निधारमा अवीर आउँछ

गर प्रयास निरन्तर बनी इमानी
सफलता तिम्रो भागमा आखिर आउँछ
२०६२ .. ०८.. ११
प्रयास अस्थिपन्जर
दयानगर २ छपिया रुपन्देही /बुटवल

६.गजल
बजार आएपछि सहर आएपछि
रमाउँछ सबको मन घर आएपछि

सानो कुलो देख्दा पनि तर्सिन्छु म
मरेको लास बोकी नहर आएपछि

गजल रच्न सिपालु हुनेछौ तिमी
काफिया रदिफ र बहर आएपछि

त्यो गाउँको सानेले प्रगति ग-यो
मान सम्मान एकाएक कदर आएपछि

सफलताको शिखर अवश्य भेटिन्छ
लक्ष्य भेट्ने उच्च रहर आएपछि
 २०६२..०३..०४ बुटवल
प्रयास अस्थिपन्जर
दयानगर २ छपिया रुपन्देही /बुटवल

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger