कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2071-08-11/27-11-2014)
Email : gajalbimba@gmail.com
नमस्कार साथीहरु,
आज मिति 2071 मंसिर 11 गते तदनुसार 27th Nov-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
७.अनलाइन रेडियो छहारी (www.radiochhahari.com) काठमान्डौ मा बिहिबार राति ८:३०-९:१५ बजे सम्म र अन्य खाली समयमा
८.अनलाइन रेडियो अक्सिजन (www.onlineradiooxygen.com) काठमान्डौ मा बिहिबार साँझ ५:००-६:०० बजे सम्म र अन्य खाली समयमा
९. सुनौलो एफ एम १०५.६ मेगाहर्ज, मसुरिया कैलाली
Listen and Download (Right Click and Save As)
Download : Click Here to Download
मिलिरह्यो हरदिन ठक्करहरु
रहरमै सिमित भो रहरहरु
तिमी हामी पूजा गछौं र पो
भगवान बनेकाछन् पत्थरहरु
सहरमैछ सुविधार पैसापानी
गाउँतिर आउँदैनन् डाक्टरहरु
तिमी बिना त सोचेकै थिएन
अब कसरी गरौखै सफरहरु
यो दुनियाँ पनि सुन्दर लाग्नेछ
फूलका आँखा बनाए नजरहरु
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
0 comments:
Post a Comment