Home » , » दशरथ शाही ठकुरीका ५ गजलहरू (09-Dec-2014)

दशरथ शाही ठकुरीका ५ गजलहरू (09-Dec-2014)

NepaliTalim | 11:44:00 AM | 0 comments

गजल.१

घर बार बिहिन पारी हिनि दिय पछि।। 
मेरा सारा खुसी कसैले किनि दिय पछि।।

जागर चल्न छाडे नसानसा रगत बहन, 
धुलो पर्ने गरि छाला मेरा पिनि दिय पछि।।

तिम्रो नामका उपहार हराउदै गए कति, 
मेहनतको कमाइ तिम्ले नचिनी दिय पछि।।

रफ्तार थियो मायाको अघि अघि जहिले,
चल्नै छाडे डाेरी लगाई बानी दिय पछि।।

हराए तेयो आकासका जुन तारा कहा, 
भागे होलान सायद भाला हानी दिय पछि।।
दशरथ शाही ठकुरी
कालिकोट नेपाल 
हाल:-दोहा,कतार

गजल.२
केही गरि सकिँदैन भुल भन्छौ तिमी।।
सधै भरी सकिँदैन भुल भन्छौ तिमी।।

ढुङ्गा जस्तो मन रहेछ कोमल भन्थे, 
चाहे मरी सकिँदैन भुल भन्छौ तिमी।।

खुल्ला गगन खुलै मन थियो यो संसार, 
उड्न चरी सकिँदैन भुल भन्छौ तिमी।।

हावा पनि लाग्छ बादल हिमालमा ठाेकिदै, 
कहिले झरी सकिँदैन भुल भन्छौ तिमी।।

बरु तिमी खुसी हुनु खुसी मै जीवन बिताउ, 
माया अजम्बरी सकिँदैन भुल भन्छौ तिमी।।।

दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा,कतार 

गजल.३
तिम्रा पनि आखाले ती गरिब लाई हेर्न सक्छौ।।
पिडा उस्का देखि कतै आँसु धारा झार्न सक्छौ।।

अरुको यस्तो हाल देखि छि छि गर्ने हरु पनि, 
दैबको यो खाडलमा पकै एक दिन पर्न सक्छौ ।।

तिमी सगै जवानी सब थोक पुग्या छ भन्दैमा,
धर्ती कहाँ आकाशका जुन तारा सार्न सक्छौ।।

हत्लेकाले छेकौला सुर्य तेयो बरु मानुला ,
भ्रष्ट मान्छेको गला कस्ले निचोर्न सक्छौ ।।

बालुवा उचाली ढुङ्गा गिट्टी कुटि पालिनेहरुका,
तिनका बस्ती बस्ती खुसिको दियो छर्न सक्छौ।।

दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल :- दोहा , कतार

गजल.४
सानो मन नि न'भाका जन्मिएका रैछ्न।।
दुखै दुख यहाँ पाका जन्मिएका रैछ्न।।

यस्तो गति बनाई दियो पापी दैब लेनी,
पापकै माला थुक्क लाका जन्मिएका रैछ्न।।

तिम्री मेरि सब जनाकी दिदी बैनि हुन यिनि,
आफ्नै चेली मार्ने डाका जन्मिएका रैछ्न।।

दुनियाँको आँखा रसायो पापिलाई भो मोज, 
दिन दिनै गर्ने धमका जन्मिएका रैछ्न।।

दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा,कतार

गजल.५
आखाका सानासाना तिमी नानीमा बसेकी छौ।।
मैले खाने हरेक घुट पानीमा बसेकी छौ।।

तिमी साथ नहुदा बेहाल थियो जिन्दगी,
प्रतेक साझ बिहानी कसम बानी बसेकी छौ।।

जता हेर्यो तिम्रै रुप झल्किन्छ आज भोलि, 
प्राय बाँस हेर्दा तिमी चादनिमा बसेकी छौ।।

यो मुटुको कुना कन्दरामा तिम्रै नाम छ, 
ए सानू तिमी साचै मायाको खानीमा बसेकी छौ।।

दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा कतार
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger