श्रृंखला 113: वहकिने मन (2071-04-05/21-07-2014) : Download

NepaliTalim | 10:45:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-04-05/21-07-2014) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 साउन 05 तदनुसार 21-07 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 113 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Episode : 104 (यो साँझ यो सुबाश-22-07-2014) - Download

NepaliTalim | 9:45:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(22-07-2014 /2071-04-06)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश    
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 श्रावण महिनाको 06 गते तदनुसार 22-July 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-104 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
Listen and Download

Download : Click Here to Download

दशरथ शाही ठकुरीका ५ गजलहरू ( २०७१ श्रावण ०५)

NepaliTalim | 12:17:00 PM | 0 comments
दशरथ शाही ठकुरी 
१.गजल 
अतितका ज्वाला बालेर परपर जाने भये।।
नजरयेता नडुलाउ झुठो कसम खाने भये।।

दमौडामा हात जोडी बाचा कसम भुलेछौ नि,
प्रगती त पक्कै थियो देबि देउता माने भये।

 मैले भन्दा तिमी पहिले प्रस्ताव गरेकी हौ,
स्विकार्दैनथे माया म येस्तो पनि लाउने भये।।

आँखा अघि तिमी उसको अङ्गालोमा देखिसके,
मायाको नाटक किन पराई सङ्ग धाउने भये।।

सदाबहार खुसी हुनु बर्बाद त मै भैसके,
 यो दशरथभन्दा धेरै माया उता पाउने भये।।
दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा कतार

२.गजल
सजायेर सपनाले भिखारी बनाउछौ कि।।
आसुको खोली बगाई दुखारी बनाउछौ कि।।

आजकालू त्यो ओठमा किन गाउने
आफ्नो घर भडाउनेसिकारी बनाउछौ कि।

नखादैविषको प्याला ढलाई लटरम्म
समाजको कालो दाग महामरी बनाउछौ कि।।

हाम्रो माया देखेर संसार सारा गिज्याउने
अन्तिममा झुठो माया को भकारी बनाउछौ कि।।

चोखो त येसमै सिमित तिमी म बिच भयेको
जसलेनि थुकिहिन्ने सरकारी बनाउछौ कि।।
दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा कतार

३.गजल
बसन्तको फुल सरि फुलि बस्नु कान्छी
 ममरेरस्वर्गजान्छु भुली बस्नु कान्छी

 येति सुन्दरसंसार हेर्न भगवानले सकेन छ
पराईका मिठा बातमा झुली बस्नु कान्छि

दिन रात भनेन भोक प्यास कैले मानेन
मेरा मनका चाहा सबै पोलि बस्नु कान्छी

येस्तो उस्तो सारै पाखे खाते अनि भाते भन्नु
मन मुटुका सारा पिडा खोली बस्नु कान्छि
दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा कतार

४.गजल
म मरि सङख बज्दा ताल मिलाई नाच्नु तिमी ।।
खरानी भइ माटो बन्छु हजार जुनि बाच्नु तिमि।।

जब जलेर चितामा मेरो लासदनदनी पोलिन्छ
 मिलि संगै सरेको फुल तेतिकैमा भाच्नु तिमी

 मरेर म निर्जिब बने तिम्रो माया फुलिरहोस
आखिमा तोडयेउ संसार उस्कै लागि साच्नु तिमी

अन्तिम इच्चा प्रभुउनी सधै खुसी हुनु
मेरो उसको माया सधै राम्रो सङ दाज्नु तिमि।
दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा कतार

५.गजल
मायालु को जन्मभुमी कतार भएपछी
 धन कमाउनहजुरलाई हतार भएपछि।

 बेदनालाइ समालेर चित्त बुझाको छु
 कलम र मसिको मात्र घरबार भएपछी।

यो जिन्दगी आफैलाइ समाल्न गाह्रोछ
चोखो प्रीत गला रेट्ने तरबार भएपछी।

म निर्दोषछु भन्दा पानी किन मान्थ्यो र
मेरो लागि उस्वयम् अक्तीयार भएपछि

 मन को बह बेक्त गर्न मन मन लागि हाल्छ
 यो दशरथ अपरिचित गजलकार भएपछि।
दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा कतार

दिपक सिंह रुम्बाका ५ गजलहरू -(२०७१ श्रावण ०५)

NepaliTalim | 12:05:00 PM | 0 comments
Dipak Rumba
१. गजल 
माथि पुगी तलै झरे हिजोका ती जान्नेहरू
अघिल्तिर जानेलाई पछिल्तिर तान्नेहरू

खोक्रो हुन्छन् भित्र, बाहिर रवाफ देखाउने
 भोकै छन् आज पनि हिजो ढुङ्गा हान्नेहरू

अन्जानकै भूल सम्झी दिएकै हुन् क्षमा पनि
 निर्वस्त्रै छन् आज, हिजो सरम मान्नेहरू

विश्वास गरे धोका पाए आफ्नै भन्नेबाट
 एकाएक छोडिदिए सर्वस्व नै ठान्नेहरू

तिमीले दिएको चिनो तिम्रै लागि सानो भयो
सामन्तीकै सोचमा, नयाँ विचार छान्नेहरू
दिपक सिंह रुम्बा
हेटौडा, मकवानपुर

२. गजल 
फलेको हाँगो झुक्छ भन्छन् तर तिम्रो नजर झुकेन
फूलले हाँन्दा फुटेन भनी आज ढुंगाले हान्न चुकेनौ

लुकेर बस्थे शिकारी पनि लुकेरै बस्थे शिकार पनि
अनुबम बोक्ने शिकारी आज शिखण्डी पछि लुकेन

शत्रुले यहाँ त्रसित पार्थे गर्जेर भाबुक पे्रमजोडीलाई
पछाडीबाट आइ टोक्यो आप्mनैमित्रले ठ्याम्मै घुकेन

खडेरी लाग्द सुकेको थियो जीवन मूल समेत यहाँ
यो झरी बादल बर्षको बेला आँशुको बिस्कुन सुकेन

सम्पुर्ण जिवन हारेर फर्के तिमिले भने आग्रह गरी
जिताउरी माग्न आएको देख्दा हृदय यो कति दुखेन
दिपक सिंह रुम्बा
हेटौडा, मकवानपुर

३. गजल 
आउ रुवाउ हृदयको मरुभुमि भिजाउन आँशु
खडेरी लागेको जिबनमा पलाउने मूलहो आँशु

ओईलिएको जिवनमा आउ मुटुको घाउ चलाउ
फुटाउ पिप बगाउ पिडा सहेर लाग्दैछ अझै हाँसु

भत्किएको घर भत्किएको मुटु आँधी झरी संगै
छटपटिदै चित्कार संगै यो प्राण लाग्छ अझै साँचु
दिपक सिंह रुम्बा
हेटौडा, मकवानपुर

४. गजल 
मान्छे हुनुको नियति भोगिरहेछौँ हामी
हेर्नुस् न दुख पीडा कति भोगिरहेछौँ

यो मूर्दाहरूको सहर हो नपत्याए सोध
मान्छे हुनुकै दुर्गति भोगिरहेछौँ हामी

अनुत्तरित प्रश्नहरू त कति छन् कति
अभियुक्तको सजायजति भोगिरहेछौँ हामी

माफ गर कवितामा कवि नदुखेपछि
साहित्यमा अचेल विपत्ति भोगिरहेछौँ हामी

लाटोकोेसेराहरू उज्यालो मन पराउँदैनन्
सायद देशभित्रै खति भोगिरहेछौँ हामी
दिपक सिंह रुम्बा
हेटौडा, मकवानपुर

५. गजल 
जुनीभरिको साथ माँग गल्ती भयो कि हजुर
मैले तिम्रै हात माँगे गल्ती भयो कि हजुर

खानु छैन कसम मलाई देबीदेवता भाकी
विश्वासिलो बात मागेँ गल्ती भयो कि हजुर

नभन तिमी मलाई कुल घराना ठूलो तिम्रो
मैले तिम्रै जात माँगे गल्ती भयो कि हजुर

घात प्रतिघात मिठो हुन्छ भन्छन् मायामा
मैले मीठो घात मागेँ गल्ती भयो कि हजुर ।
दिपक सिंह रुम्बा
हेटौडा, मकवानपुर
https://www.facebook.com/dipak.lama.524

Episode 23- Swarnim Prahar (20-07-2014/2070-04-04) : Download

NepaliTalim | 11:55:00 AM | 0 comments

हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय

तथा साँझ ५;१५ बजे नेपाली समय
Program: Swarnim Prahar
Radio: Nepali Sanchar Radio
Host:Bikram Arpan
Date : (20-07-2014/2070-04-04)




नमस्कार साथीहरू,



आज मिति 2071 साउन 04 गते तदनुसार 20-July-2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

नेपाली गजल प्रशिक्षण श्रृंखला दुर्इ (Episode 2) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 10:57:00 AM | 0 comments
नमस्कार,
Shekhar Astitwa
धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको दोस्रो श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व ।
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................
नेपाली गजल प्रशिक्षण श्रृंखला - २

प्रिय साथीहरू नमस्कार !
हेर्नुस न ! मेरो पनि बाध्यता छ ! कुरो के छ भने सिक्ने - सिकाउने कार्यलाई शाब्दिक रूपमा प्रशिक्षण भनिन्छ, त्यसैले यो श्रृंखलामा मैले प्रशिक्षण शब्दको उपयोग गरेको छु ! तर वास्तविकता के हो भने मैले सिकाए जस्तो फील गरेको छैन र तपाईले पनि यस्तो फील नगर्नुहोला ! किनभने हामी सबै गजलको विद्यार्थी हौं र हातेमालो गर्दै एक अर्काको प्रगतिको शुभ चिन्तक र साक्षी हौं ! सबै प्रकारको अहंकार त्यागेर नेपाली गजलको उत्थान गर्ने हाम्रो ध्येय, होम्रो लक्ष्य हुनुपर्छ ! 

यसै क्रममा मैले एउटा सिम्पल तर अति आवश्यक र वास्तविक कुरा जोड्ने अनुमति चाहन्छु ! त्यो कुरा के हो भने आउने समयमा तपाई हामी सबैजनाको पहिचान हाम्रो गजलले गर्दा मात्रै हुनेछ ! र त्यसको लागि गजलको वास्तविक सिद्धाँतको अनदेखि गर्नु हुँदैन ! आज हामिले अनजानमा अथवा अल्पज्ञान ले गर्दा आफ्नो गाँउ-घर, टोल र शहरमा ढुङ्गालाई देउता ठाने जस्तै आफ्नो बहुमत बनाएर अथवा बहुमतको पछि लागेर गजलको मूलभूत सिद्धाँतहरूको साथ छेड़-छाड़ गर्न सक्छौं ! तर सत्य कहिल्यै छोपिंदैन ! सूर्यलाई हत्कोलाले ढाँक्न मिल्दैन ! यो कुरा हामिले बुझ्नै पर्छ ! अन्यथा आउने भविष्यकाल मा हाम्रो फ्यूचरको गजलकार जेनरेशनले हाम्रो यो आत्मघाती कदमको समीक्षा गर्नेछ ! र त्यतिबेला त्यो पीढ़ीले समय सङ्ग आँखा जुधाउने साहस गर्न सक्ने छैन ! हाम्रो यो सानो भूलले गर्दा ! 

त्यसैले आउनुस ! हामी आ-आफ्नो "म" लाई तिलाँजति दिएर गजलको यस महायज्ञ तर्फ लागौं ! मेरो यो सानो प्रयास र तपाईको अमूल्य साथ यस महायज्ञ मा समिधाको कार्य गर्ने छ ! यहि विश्वास मनमा लिएर आजको यो दोस्रो अङ्कको सुरूवात गर्ने अनुमति चाहन्छु !

प्रिय साथीहरू ! गजल मुख्यत: गेय विधा हो ! गजलमा गेयता हुनैपर्छ ! र त्यसैले गजल एउटा विशेष छन्द, लय, वा मीटरमा हुनैपर्छ ! उपरोक्त ( छन्द, लय, मीटर ) भिन्न-भिन्न शब्द भएपनि सबैको अर्थ एउटै हुन्छ, यसैलाई अरबी / फारसी / उर्दू / हिन्दी गजलमा "बहर" भनिन्छ ! यो बहरको रचना विभिन्न शब्दहरूको समूह बाट हुन्छ ! जसलाई संस्कृतमा "गण" र अरबी / फारसी / उर्दू / हिन्दीमा "रूक्न" भनिन्छ ! 

रूक्न मुख्य रूपमा ८ प्रकारका हुन्छन् ! एउटा रूक्नलाई रूक्न र एकभन्दा बढी हुँदा अर्कान भनिन्छ ! अर्कान भनेको रूक्नको बहुवचन मात्रै हो भनेर बुझ्नुपर्छ ! अब मुख्य रूपमा बुझ्ने कुरा के हो भने यिनी अर्कान मात्रिक अथवा वर्णिक छन्दको मिलाजुला रूप भएर पनि मुख्य रूपमा गेयता को गुणमा आधारित हुन्छन् ! यसैले म प्रायजसो आफ्नो सबै प्रशिक्षण कार्यशाला हरूमा गेयतालाई प्रधान्य दिन्छु ! र यो नै सही कुरा हो ! अझ नेपाली गजलको विषयमा त यो कुरा अझै महत्वपूर्ण छ, किन भले वर्णिक वा मात्रिक छन्दले तपाईलाई एकछिनको लागि भ्रमित गर्न सक्छन !
 त्यो कसरा भन्दा उदाहरण हेर्नुस -
"किन" को उच्चारण नेपालीमा गर्दाखेरी "आमा" जत्तिकै वजन हुन्छ ! तर यदि मात्रिक रूपमा हेर्नुभयो भने लेख्दाखेरी "किन" (। । दुई लघु अथवा ह्रस्व) तथा आमा (ऽ ऽ दुई गुरू अथवा दीर्घ) हुन्छ ! त्यसैले विशेष गरेर "बहरबद्ध गजल" लेख्दाखेरी रूक्नहरूको उच्चारण को "वजन" को विशेष महत्व हुन्छ ! 
मैले अहिले सम्म भनेका सबै कुरा तपाईले बिर्से पनि एउटा मुख्य कुरा ध्यान राख्ने प्रार्थना गर्दैछु कि - [ बहरबद्ध गजल लेख्दाखेरी रूक्नहरूको उच्चारणको "वजन" को विशेष महत्व हुन्छ !
अब अन्तमा मैले मुख्य रूपमा प्रयुक्त हुने ८ रूक्नहरूको नाम दिंदैछु जो यस प्रकार छन् -

1 - फऊलुन् - फ + ऊ + लुन् ( । + ऽ + ऽ )
2 - फाइलुन् - फा + इ + लुन् ( ऽ + । + ऽ )
3 - मफाईलुन् - म + फा + ई + लुन् ( । + ऽ + ऽ + ऽ )
4 - मुस्तफ्इलुन् - मुस् + तफ् + इ + लुन् ( ऽ + ऽ + । + ऽ )
5 - फाइलातुन् - फा + इ + ला + तुन् ( ऽ + । + ऽ + ऽ )
6 - मुतफाइलुन् - मु + त + फा + इ + लुन् ( । + । + ऽ + । + ऽ )
7 - मफाइलतुन् - म + फा + इ + ल + तुन ( । + ऽ + । + । + ऽ )
8 - मफ्ऊलात् - मफ् + ऊ + ला + त् ( ऽ + ऽ + ऽ + । )

प्रिय साथीहरू ! यो त भयो रूक्नहरूको नाम र उनको वजन ! यिनी कुराहरूको विषयमा तपाईले विभिन्न स्रोतहरू बाट पनि अध्ययन गर्न सक्नुहुन्छ ! धेरैजना अग्रजहरूले यस विषयमा विस्तृत रूपमा लेख्नुभा'छ ! तर...तर...तर....
जसरी जति थ्योरी पढेपनि प्रैक्टिकलको महत्व आफ्नै ठाउँमा हुन्छ, त्यसरीनै यिनी रूक्नहरूको वजनका साथ यिनको उच्चारण कसरी गर्ने त्यो कुरा पढेर सजिलै थाहा हुन्न ! त्यसैको लागि प्रत्यक्ष प्रशिक्षणको बढी महत्व हुन्छ !

यस पछिको श्रृखलामा हामि रूक्नहरूको वजनसहितको सही उच्चारण तर्फ लाग्नै छौं ! हुन त म तपाईहरूको सामुन्ने प्रत्यक्ष उपस्थित छैन ! तैपनि मैले सजिलो तरीकाले उच्चारण सम्बन्धी कुरा राख्नेछु ! र जाँदा जाँदै यति भन्न चाहन्छु कि रूक्नहरूको उच्चारणमा गेयताको अथवा सांगितिकताको विशेष महत्व छ ! तर डराउने आवश्यकता छैन ! तदि तपाई गाउन सक्नुहुन्न तैपनि त्यो वजन सजिलै बुझ्न सक्नुहुन्छ ! गाउँदै नगाएर पनि वजन सहित शेरको वाचन गर्ने कला लाईनै (तहद्) मा गजल वाचन भनिन्छ ! र प्रायजसो सबै हिन्दी उर्दूका ठूल्ठूला मुशायरा हरूमा शायरहरू आफ्नो गजलको वाचन तहद् मा नै गर्छन् !

आज यति मात्रै ! जय गजल !!
धन्यवाद ।

Note :
All Copyright Reserved with Writer

नेपाली गजल प्रशिक्षण श्रृंखला एक (Episode 1) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 10:52:00 AM | 0 comments
Shekhar Astitwa
नमस्कार,
धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको पहिलो श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................

नेपाली गजल प्रशिक्षण श्रृंखला एक (Episode 1) : अग्रज गजलकार शेखर अस्तित्व 

नेपाली गजल प्रशिक्षण श्रृंखला : १
............................................................

प्रिय साथीहरू ! नमस्कार !!
नेपाली गजल प्रशिक्षण श्रृंखला अन्तर्गत धेरैजना साथीहरूको आग्रहबाट प्रेरणा लिएर आज देखि म अनलाइन गजल प्रशिक्षणको सुरूवात गर्दैछु !
यस अन्तर्गत सबै भन्दा पहिले म के भन्न चाहन्छु भने - "आजको नेपाली गजलले आफ्नो पहिलो चरण सफलता पूर्वक सम्पन्न गरिसकेको छ ! अर्थात् - आज सम्म हामिले जुन रदीफ र काफिया को कुरा गर्थ्यौं, त्यो कुरा गर्न अब त्यत्ति आवश्यक छैन, किनभने आज गजल लेखनको क्षेत्रमा आउने प्रायजसो सबै साथीहरूलाई रदीफ र काफियाको बारेमा जानकारी छ ! त्यसैले म यस विषयमा धेरै नभनेर यति मात्र भन्छु कि " गजलको मतला (प्रारंभिक शेर) को माथिल्लो पंक्ति (मिसरा-ए-ऊला) र तल्लो पंक्ति (मिसरा-ए-सानी) मा रदीफ भन्दा पहिले प्रयोग भएको "तुक" लाई "काफिया" भनिन्छ ! काफिया मतला पछिको प्रत्येक शेरको दोस्रो पंक्तिमा पनि अनिवार्य रूपमा रदीफ भन्दा पहिले प्रयोग हुन्छ !
यसैगरी रदीफ पनि मतलाको दुवै पंक्तिमा अन्तमा आउने शब्द वा शब्द समूहलाई भनिन्छ ! रदीफ पनि काफिया जस्तै मतला र त्यस पछिको प्रत्येक शेरको दोस्रो पंक्तिमा प्रयुक्त हुन्छ ! फरक यति मात्र हो कि रदीफ शुरूदेखि अन्त सम्म त्यहि रूपमा रहन्छ, रदीफको रूपमा प्रयोग हुने शब्द वा शब्द समूहलाई उक्त गजलमा परिवर्तित गर्न मिल्दैन !
उदाहरण -

हँसायो गजलमा रुवायो गजलमा !
यो शेखरले पागल बनायो गजलमा !

नयाँ बिम्ब रचना नयाँ भाव चित्रण,
नयाँ शब्द शैली सजायो गजलमा !

निभ्या छैन आँधी हुरीमा यो कस्तो !
दियो चेतनाको जलायो गजलमा !

गजलकै विषयमा गजल लेखि थुप्रै !
गजल कसरी लेख्ने सिकायो गजलमा !

उपरोक्त गजलमा "रुवायो, बनायो, सजायो, जलायो, सिकायो" यिनी शब्दहरू काफिया छन् भने, काफिया पछि आएको "गजलमा" भन्ने शब्द रदीफ छ !

* * * * *

प्रिय साथीहरू !
मैले रदीफ र काफियाको विषयमा अत्यन्तै संक्षिप्त रूपमा भनेको छु, किन भने मलाई पूर्ण विश्वास छ कि तपाईलाई रदीफ र काफियाको बारेमा जानकारी छ ! मुख्य कुरा के छ भने वर्तमान समयमा गजलमा जुन विशेष कुरा तर्फ ध्यान दिनु अति आवश्यक हो, त्यो हो गजलको बहर ! थोरैमा भन्ने हो भने रदीफ, काफिया र बहर, यी तीन कुरा मिले पछि गजललाई संरचनात्मक पूर्णता प्राप्त हुन्छ !

आज यति मात्रै ! जय गजल !!

धन्यवाद । 

नयाँ बुलबुल - 43 : (19-07-2014/2071-04-03) : Download

NepaliTalim | 3:19:00 PM | 0 comments
NEW BULBUL EPISODE - 43
Date : (12-07-2014/2071-03-28)

आजको शनिवारिय बुलबुलको श्रृंखलामा तपाइहरूको गजल र नेपाली संगीतिक गजलहरू विशेष रहनेछ 

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 असार 28   गते तदनुसा 12-July-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -43) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download

उदास अनन्तको ४ गजलहरू - (2071-04-04)

NepaliTalim | 2:24:00 PM | 0 comments
Udas Ananta
१.गजल 
उ आयो फेरी,प्रभात बनेर
उदायो फेरी,आघात बनेर

मेहेफिल फेरि,सजीउं भन्छ
उर्लिंदा उन्माद,चाहत् बनेर

जवानी भन्दा त,आँखा बग्दैछ
अनिच्छित हिउँदे,बर्षात् बनेर

मेरा प्रतिक्षाले,गिज्याई रहेछन्
स्वयं उत्पादित यी,हर्कत बनेर

आउनेछ समाचारमा,एकदिन त्यो
पत्याउनै नसकिने बारदत बनेर
उदास अनन्त
 २०७१-०४-०४

२.गजल
परिवेशले घिसारेको,मोहनी याद आयो
हो,एउटा बुढो अपूरो,कहानी याद आयो

एउटा जोडी चुम्बन गर्दै,गरेको देखें पर
अचानक मलाई मेरो,जवानी याद आयो

त्यही युवकले जस्तै,मुसार्दै उनका गाला
भनेको थें बिस्तराको,सिरानी याद आयो

मलाई छाडी गएपनि,छोरो नलग भनेको थें
हाम्रो प्रेमको उही एउटा निशानी याद आयो

म कसरी बाचूँ भन्दा,जोगी बन् भन्दै मेरो
मुखैभरी तिमीले छरेको,खरानी याद आयो
उदास अनन्त
काठमान्डू
२०७१-०४-०४

३. गजल
उ आयो फेरी,प्रभात बनेर
उदायो फेरी,आघात बनेर

मेहेफिल फेरि,सजीउं भन्छ
उर्लिंदा उन्माद,चाहत् बनेर

जवानी भन्दा त,आँखा बग्दैछ
अनिच्छित हिउँदे,बर्षात् बनेर

मेरा प्रतिक्षाले,गिज्याई रहेछन्
स्वयं उत्पादित यी,हर्कत बनेर

आउनेछ समाचारमा,एकदिन त्यो
पत्याउनै नसकिने बारदत बनेर
उदास अनन्त
 २०७१-०४-०४


४.गजल
परिवेशले घिसारेको,मोहनी याद आयो
हो,एउटा बुढो अपूरो,कहानी याद आयो

एउटा जोडी चुम्बन गर्दै,गरेको देखें पर
अचानक मलाई मेरो,जवानी याद आयो

त्यही युवकले जस्तै,मुसार्दै उनका गाला
भनेको थें बिस्तराको,सिरानी याद आयो

मलाई छाडी गएपनि,छोरो नलग भनेको थें
हाम्रो प्रेमको उही एउटा निशानी याद आयो

म कसरी बाचूँ भन्दा,जोगी बन् भन्दै मेरो
मुखैभरी तिमीले छरेको,खरानी याद आयो
उदास अनन्त
काठमान्डू
२०७१-०४-०४

Sabari 'साबरी' मुक्तक विशेष (19-07-2014/2071-04-03) : Download

NepaliTalim | 2:15:00 PM | 0 comments
बाग्मती एफ एम १०७.४ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(19-07-2014/2071-04-03)  



नमस्कार मित्रहरु,

आज मिति 2070-साउन 03 गते तदनुसार 19-July-2014 शनिकारका दिन रेडियो बाग्मती एफ एम १०७.४ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो मुक्तक

देउता जस्तै हुन्छन् कोहि कोहि त
मुटुमै बास चुन्छन् कोही कोही त 
मनको तार मन सँग जोडिदिएर 
सँगै हाँस्छन् रुन्छन् कोही कोहि त 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger