Sabari 'साबरी' मुक्तक विशेष (24-05-2014/2071-02-10) : Download

NepaliTalim | 4:36:00 PM | 1comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
 (24-05-2014/2071-02-10)


नमस्कार मित्रहरु,

आज मिति 2070-02-24 गते तदनुसार 24-May-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९.२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

ध्रुब कुमार कट्टेलका ७ गजलहरू _27-May-2014

NepaliTalim | 3:28:00 PM | 2comments
१. गजल
फुल्मा भुल्ने भमराले अझै प्रित ला-को छैन
गरीबको झुप्रो भित्र अझै खुशी छा-को छैन..!!

नेताहरु दिन्छन भाषण,जन्ता सबै पिट्छन ताली
खै त अझै जनताले,नया संबिधान पा-को छैन>!,

एयरपोर्टमा बत्ती जान्छ,भन्छन केही भा-को छैन
सबैमिली खान्छन घुस,भन्छन केही खा-को छैन

सबै भन्छन देशमा अब गणतन्त्र आइ सक्यो..
मलाई लाग्छ आझै पनि लुट तन्त्र गा-को छैन..!
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

२. गजल
जिन्दगी को लहर छोडि मनको रहर मा छु,
सुन्दर गाउ छोडि आज धनको शहर मा छु,

चाडै फर्की आफ्नै देश,खुसी बाड्ने कल्पना मा
खुशी हरु को बहार छोडि,दु:खको प्रहर मा छु,

नयाँ सप्ना,नया सोच,नया जिन्दगी जियपनी
अझै पनि मुटु दुख्ने, त्यो पुरानो कहर मा छु.

दिन रात ज्यानै लिने ,प्राणघाती जहर मा छु
बाचे छु भने आफ्नै देश फर्किने ठहर् मा छु..
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

३. गजल
जनम जनम तिम्रै हुँ भन्दै मुटु भित्र राख्योउ मलाई.
आफन्त को आँखा छली,एकान्त मा डाक्योउ मलाई.

चोउतरी को एक्लो बर,थेन कतै कसैको भर.........
तिमी आइ हात समाइ अन्धा धुन्ध हाक्यौ मलाई.

जिबन को रथ सम्झे,दोउडी रहे हात समाइ..........
जब पायौ जित तिम्ले,फुट पातमा फाक्यौ मलाई

जित हेरे,हित हेरे,मलाई गर्ने तिम्रो प्रित हेरे............
तिमीले हेर्यौ रङी चङ्गी,अन्धकार मा जाक्यौ मलाई
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

४. गजल
खुल्ला निलो गगन मुनी तिम्रो मेरो बास होस्
कम्पित त्यो ओठ भरी,मिठो एउटा प्यास होस्

म चलुम्ला उन्मातमा,प्रतिकारमा ढल्नु तिमी..
सर्माउने मुस्कान भरी अझै थोरै आस होस..

न-सकुन कोइ कसैले, यो मायाको गाठो यो तोडन.
जस्ले बाटो मोडन खोज्छ , उस्को सत्या नाश होस्

तिम्रो खुशी ,तिम्रो चाह सधैं तिम्रो पास होस्.
न हुला म सधैं तिम्रो,याद क्रमस.ह्रास होस्.

म बहुला हावा बनी,तिमी भुल्नु फुल सग...
मेरो मृत्‍यु तिम्रो लागि,बाच्ने एउटा सा-हस होस्

मैले हेर्दा छितिज बाट,खुसी तिम्रो पास होस्..
तिम्रो मेरो प्रेम कथा,सधैं-सबैको खास होस्...
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

५. गजल
माया गर्ने मायालु लाई कुनै आस न दिनु.!
सक्छौ भने पराइ लाई दिल्मा बास न दिनु.!!

कसै लाई आफ्नो सम्झी माया गरे पनि.!
आफै लाई मारी उस लाई सास न दिनु....!

आफ्नै त आफ्ना हुन्न,पराइ,परै भैगोनी.
आसु झर्छ कतै कसै लाई घात न दिनु....!!

सुन्दर फुल फुल्छ जहाँ,भमराको ताती हुन्छ
जिबन ज्युने साथी लाई,जुठो गास न दिनु..!!

एकै भेट्मा कसै लाई जात न दिनु.....!
..फक्रदै जो योबन को मात न दिनु....!!

मिठास ति शब्दहरु मा बात मिले पनि.!
छोटो भेट्मा कसै लाई रात न दिनु.....!!

भाबना मा बहकिइ कही कतै,कसै प्रती.....!
आफ्नै सम्झी कसै लाई दिलको बात न दिनु..
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

६. गजल
म मरेर के भो मेरो देश बचाउन पाउ
विश्व माझ ईतिहास रचाउन पाउ..।।

जन्म दिने आमा मेरी कर्म दिने बाबा
संसार देखाउने भगवानलाई हसाउन पाउ।।

गौतम बुद्ध नेपाली कै लुम्बिनी नै हाम्रै.
बुद्ध जन्म नेपाल हो भनी चिनाउन पाउ

पश्चिम किल्ला,कागडा,पुर्बको टिस्टा हाम्रो
चुडेर लाने बैरीको हात छीनाउन पाउ.।।
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

७. गजल
भाबनाको कुरा गर्यौ,खेल भयो जिन्दगी..
मायामा चिट चोर्यौ,फेल भयो जिन्दगी...!!

आसु झार्दै आँखाबाट,दिल दुखै हिंड्नु पर्दा...
खुल्ला आकाश/धर्ती बिच,जेल भयो जिन्दगी.!!

नपाउने ले केरा पायो बोक्रै सित खायो....
खाय पछी तेही कुराले,झेल भयो जिन्दगी.!!

साउन को झरीमा झै,भेल भयो जिन्दगी...
क्षेणिक मात्र खुशी दिने,मेल भयो जिन्दगी.!!
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

नयाँ बुलबुल - 35 : (24-05-2014/2071-02-10) : Download

NepaliTalim | 3:09:00 PM | 0 comments
NEW BULBUL EPISODE - 35
Date : (24-05-2014/2071-02-10)
नमस्कार,


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 जेठ 10  गते तदनुसा 24-May-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -35) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (2071-02-08/22-05-2014) - Download

NepaliTalim | 3:51:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date :(2071-02-08/22-05-2014)


आज मिति 2071 जेठ 08 गते तदनुसार 22-May-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

गजल बिम्ब (2071-02-08/22-05-2014) : Download

NepaliTalim | 3:19:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2071-02-008/22-05-2014) 
Email : gajalbimba@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2071 जेठ 08 गते तदनुसार 15-May-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

श्रुति शंबेग श्रृङ्खला "कथा संग्रह निलो तृष्णा बाट केही कथाहरु" (16-05-2014/2071-02-02) :- Download

NepaliTalim | 5:32:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति :  निलो तृष्णा 
कथाकार : विध्या साबकोटाक 
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७० भाद्र १३ शुक्रवार
(16-05-2014/2071-02-02) 
पून प्रशासन


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७१ जेठ ०२ गते तदनुसार 16 May -2013 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार विध्या साबकोटाको कथा संग्रह निलो तृष्णा बाट केही कथाहरु सुन्नेछौं । आज  सोहि कथा संग्रहबाट सुन्ने कथाहरु छन् शिर्ष कथा निलो तृष्णा र कथा निष्कर्ष बाचन हुनेछन् । 
Listen and Download

Download : Click Here to Download

श्रुति शंबेग श्रृङ्खलामा कथाकार राजेन्द्र बिमलका कथाहरु (20-05-2014/2071-02-06) :- Download

NepaliTalim | 4:11:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : राजेन्द्र बिमलका कथाहरु
लेखक : राजेन्द्र बिमल
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 जेठ 06 गते तदनुसार 20-May-2014 , दिन श्रुति शंबेगको बुधवारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं ।  कथाकार राजेन्द्र बिमलका बिभिन्न पत्र पत्रिकामा प्रकाशित भएका कथाहरु सुन्नेछौं जसमा सुरुमा लाकुरी फेरी फूल्नेछ  र त्यसपछी कथा सुपर्नखा बाचन हुनेछन् ।
Listen and Download

Download : Click Here to Download

श्रुति शंबेग श्रृङ्खलामा डा. दीनबन्धु शर्माका कथाहरु (17-01-2014/2070-10-03) :- Download

NepaliTalim | 3:54:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : डा. दीनबन्धु शर्माका कथाहरु
लेखक : डा. दीनबन्धु शर्मा
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
प्रकासन :प्रज्ञा प्रतिषठान
मिति : २०७० माघ ०३ शुक्रवार
पून प्रशारण

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७१ बैशाख ३०  गते तदनुसार 13-May-2014 ,बुधवारका दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं ।  ललितपुरस्थित नमूना मच्छिन्द्र स्कूलका प्रधानाध्यापक तथा नमूना मच्छिन्द्र क्याप्पसका सहायक क्याम्पस प्रमुख डा. दीनबन्धु शर्माका बिभिन्न पत्र पत्रिकामा प्रकाशित भएका कथाहरु सुन्नेछौं जसमा सुरुमा कथा उर्मिला र त्यसपछी कथा सुपर्नखा बाचन हुनेछन् ।
Listen and Download

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (2071-01-29/12-05-2014) मुक्तककार उदास कार्की सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 2:55:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती 
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल

 मुक्तककार उदास कार्की सँगको अन्तवार्ता बिशेष

नमस्कार साथीहरु,

आज मिति  2071 बैशाख  29 गते तदनुसार 12 May 2014 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (2071-02-01/15-05-2014) - Download

NepaliTalim | 2:49:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date : (2071-02-01/15-05-2014) 


आज मिति 2071 जेठ 01 गते तदनुसार 15-May-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger