Home » » ध्रुब कुमार कट्टेलका ७ गजलहरू _27-May-2014

ध्रुब कुमार कट्टेलका ७ गजलहरू _27-May-2014

NepaliTalim | 3:28:00 PM | 2comments
१. गजल
फुल्मा भुल्ने भमराले अझै प्रित ला-को छैन
गरीबको झुप्रो भित्र अझै खुशी छा-को छैन..!!

नेताहरु दिन्छन भाषण,जन्ता सबै पिट्छन ताली
खै त अझै जनताले,नया संबिधान पा-को छैन>!,

एयरपोर्टमा बत्ती जान्छ,भन्छन केही भा-को छैन
सबैमिली खान्छन घुस,भन्छन केही खा-को छैन

सबै भन्छन देशमा अब गणतन्त्र आइ सक्यो..
मलाई लाग्छ आझै पनि लुट तन्त्र गा-को छैन..!
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

२. गजल
जिन्दगी को लहर छोडि मनको रहर मा छु,
सुन्दर गाउ छोडि आज धनको शहर मा छु,

चाडै फर्की आफ्नै देश,खुसी बाड्ने कल्पना मा
खुशी हरु को बहार छोडि,दु:खको प्रहर मा छु,

नयाँ सप्ना,नया सोच,नया जिन्दगी जियपनी
अझै पनि मुटु दुख्ने, त्यो पुरानो कहर मा छु.

दिन रात ज्यानै लिने ,प्राणघाती जहर मा छु
बाचे छु भने आफ्नै देश फर्किने ठहर् मा छु..
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

३. गजल
जनम जनम तिम्रै हुँ भन्दै मुटु भित्र राख्योउ मलाई.
आफन्त को आँखा छली,एकान्त मा डाक्योउ मलाई.

चोउतरी को एक्लो बर,थेन कतै कसैको भर.........
तिमी आइ हात समाइ अन्धा धुन्ध हाक्यौ मलाई.

जिबन को रथ सम्झे,दोउडी रहे हात समाइ..........
जब पायौ जित तिम्ले,फुट पातमा फाक्यौ मलाई

जित हेरे,हित हेरे,मलाई गर्ने तिम्रो प्रित हेरे............
तिमीले हेर्यौ रङी चङ्गी,अन्धकार मा जाक्यौ मलाई
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

४. गजल
खुल्ला निलो गगन मुनी तिम्रो मेरो बास होस्
कम्पित त्यो ओठ भरी,मिठो एउटा प्यास होस्

म चलुम्ला उन्मातमा,प्रतिकारमा ढल्नु तिमी..
सर्माउने मुस्कान भरी अझै थोरै आस होस..

न-सकुन कोइ कसैले, यो मायाको गाठो यो तोडन.
जस्ले बाटो मोडन खोज्छ , उस्को सत्या नाश होस्

तिम्रो खुशी ,तिम्रो चाह सधैं तिम्रो पास होस्.
न हुला म सधैं तिम्रो,याद क्रमस.ह्रास होस्.

म बहुला हावा बनी,तिमी भुल्नु फुल सग...
मेरो मृत्‍यु तिम्रो लागि,बाच्ने एउटा सा-हस होस्

मैले हेर्दा छितिज बाट,खुसी तिम्रो पास होस्..
तिम्रो मेरो प्रेम कथा,सधैं-सबैको खास होस्...
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

५. गजल
माया गर्ने मायालु लाई कुनै आस न दिनु.!
सक्छौ भने पराइ लाई दिल्मा बास न दिनु.!!

कसै लाई आफ्नो सम्झी माया गरे पनि.!
आफै लाई मारी उस लाई सास न दिनु....!

आफ्नै त आफ्ना हुन्न,पराइ,परै भैगोनी.
आसु झर्छ कतै कसै लाई घात न दिनु....!!

सुन्दर फुल फुल्छ जहाँ,भमराको ताती हुन्छ
जिबन ज्युने साथी लाई,जुठो गास न दिनु..!!

एकै भेट्मा कसै लाई जात न दिनु.....!
..फक्रदै जो योबन को मात न दिनु....!!

मिठास ति शब्दहरु मा बात मिले पनि.!
छोटो भेट्मा कसै लाई रात न दिनु.....!!

भाबना मा बहकिइ कही कतै,कसै प्रती.....!
आफ्नै सम्झी कसै लाई दिलको बात न दिनु..
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

६. गजल
म मरेर के भो मेरो देश बचाउन पाउ
विश्व माझ ईतिहास रचाउन पाउ..।।

जन्म दिने आमा मेरी कर्म दिने बाबा
संसार देखाउने भगवानलाई हसाउन पाउ।।

गौतम बुद्ध नेपाली कै लुम्बिनी नै हाम्रै.
बुद्ध जन्म नेपाल हो भनी चिनाउन पाउ

पश्चिम किल्ला,कागडा,पुर्बको टिस्टा हाम्रो
चुडेर लाने बैरीको हात छीनाउन पाउ.।।
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)

७. गजल
भाबनाको कुरा गर्यौ,खेल भयो जिन्दगी..
मायामा चिट चोर्यौ,फेल भयो जिन्दगी...!!

आसु झार्दै आँखाबाट,दिल दुखै हिंड्नु पर्दा...
खुल्ला आकाश/धर्ती बिच,जेल भयो जिन्दगी.!!

नपाउने ले केरा पायो बोक्रै सित खायो....
खाय पछी तेही कुराले,झेल भयो जिन्दगी.!!

साउन को झरीमा झै,भेल भयो जिन्दगी...
क्षेणिक मात्र खुशी दिने,मेल भयो जिन्दगी.!!
ध्रुब कुमार कट्टेल
उदयपुर,नेपाल
(हाल कतार)
Share this article :

2 comments:

Unknown said...
This comment has been removed by the author.
Unknown said...

Good one :P

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger