Home » , » टिका खड्का (राष्ट्रप्रेमी)का ५ गजलहरू (20-May-2014)

टिका खड्का (राष्ट्रप्रेमी)का ५ गजलहरू (20-May-2014)

NepaliTalim | 10:31:00 AM | 0 comments
Tika Khadka Rastrapremi 
१.गजल -
न त भित्र न बाहिर संघारमा परेको छु ।।
आगो या म पानी रोजूँ दोधारमा परेको छु ।
.
खै कसोरी पार गरूँ ? खतराको सिमारेखा ।
खुकुरीको घेरा माँझ तरबारमा परेको छु ।।
.
सबै मेरा खुशी लुटी आफू हाँस्दै बाँचेकाछन् ।
मानवता रित्तिएको संसारमा परेको छु ।।
.
कति सम्म दुख्छ छाती केही क्षणमा थाहा होला !
भर्खरै त फूलहरुको प्रहारमा परेको छु ।।
.
आजै या त भोलि बग्छ भर् रहेन जिन्दगीको ।
बर्खे भेल् छ उर्लिएको किनारमा परेको छु ।।
समाप्त ,
.
२.गजल-
त्यो बैरीलाई  मेचीकाली तर्न दिनु हुन्न
हाम्रो माटो  पराइ देशमा पर्न दिनु हुन्न
.
कालापानी हाम्रो मुटु सुस्ता खेल्ने आगन
झनै प्यारो  टनकपुर   हर्न दिनु हुन्न
.
ती पुर्खाले कोरेका हुन्  रगतले  सिमा
दशगजा   जंगे पिलर  सर्न दिनु हुन्न
.
यहिँ जन्मे गौतम बुद्ध ती शान्तिका दुत
होइन भन्ने फगत प्रचार गर्न दिनु हुन्न
.
उठौ जागौं देशका खातिर 'राष्ट्रप्रेमी' हरु
हामी भित्र  राष्ट्रियता   मर्न दिनु हुन्न ।
समाप्त ,,
३.गजल-
सपनाको  भेटघाट   सपनाकै  बात मिठो
तिम्रो याद बल्झाइ दिने घटनाकै बात मिठो
.
उर्लिएको त्यो नदीको स्वर सुन्दै डर लाग्छ
पहाड माँझ झर-झर झर्ने झरनाकै बात मिठो
.
शिखर चढ्छु बादल भेट्छु लाखौँ तारा छुन्छु भन्छ
यो साथीको हिम्मत अनि योजनाकै बात मिठो
.
खप्दै विशाल झरी हुरी काँडा माँझ् त फुलेकै छ
अझै फूलको आगो चुम्ने चाहनाकै बात मिठो ।
समाप्त,,
४.गजल-
देश् बनाउन सबको लगाव हुनुपर्छ
असल काममा सधैँ झुकाव हुनुपर्छ
.
पढ्नेहरु सबै  झार्दै थिए आँसु
त्यो दु:खद गजलको किताब हुनुपर्छ
.
यो मुटु किन हो यसरी दुखेको ?
सायद तिम्रो प्रेमको अभाव हुनुपर्छ
.
आहा! कति मिठो सुवास चलि रा'छ
यति मगमगाउने गुलाब हुनुपर्छ
.
सुरा पिउँदै कट्यो कयौं रात उसको
त्यो सायरलाई ठूलै तनाव हुनुपर्छ
समाप्त ,
५.गजल
हिजो फुट्ने सिसा थिएँ आज पत्थर भएँ भन्छ ।
एउटा मान्छे मृत्यु जिती सदा अमर भएँ भन्छ ।।
.
हजारौँले चोखो प्रीति सजाएर गएदेखी ।
मुटु पनि पिरतीको रंगिन् शहर भएँ भन्छ ।।
.
जबदेखी पानी सँग नाता टुट्यो मुहानको ।
सुसाउदै बग्ने नदी सेती बगर भएँ भन्छ ।।
.
जवानीले मात्तिएको गुलाबको बातै मिठो ।
भँवराले चुमेपछि झनै सुन्दर भएँ भन्छ ।।
.
छातीभित्र देश बोकी पौरख गर्छ "राष्ट्रप्रेमी"।
पसिना चै माटो चुम्दै हाँस्दै अत्तर भएँ भन्छ ।।
.
टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला-४
मोरंग,
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger