Episode 22 - स्वर्णिम साँझ : (12-12-2013/2070-08-27) : Download

NepaliTalim | 4:08:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज

कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति : (12-12-2013/2070-08-27)


नमस्कार साथीहरु,

आज मिति 2070 मंसिर 27 गते तदनुसार 12-Dec-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

गजल बिम्ब (2070-09-04/19-12-2013) गजलकार नबिन चिराग सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 3:06:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति :(2070-09-04/19-12-2013)

आजको गजल बिम्बमा ढकारी ७ रिमा अछामका गजलकार  उद्गार साहित्यिक समाजका अध्याक्ष नबिन चिराग सँगको अन्तवार्ता विशेष हुनेछ ।

नमस्कार साथीहरु,

आज मिति 2070 पौष 04 गते तदनुसार 19-Dec-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज त्यसैगरी अछामको रेडियो सोसाइटि एफ एम रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download
Nabin Chirag

-->

त्रिवेणी TRIBENI (17-12-2013/2070-09-02) 'तस्विर' विशेष - Download

NepaliTalim | 4:16:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति   (17-12-2013/2070-09-02)



नमस्कार साथीहरु,

आज मिति 2070 पौष 02  गते तदनुसार 17-Dec-2013  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । आजको त्रिबेणी कपिल अञ्जानको गजल सँग्रह तस्विर विशेष रहनेछ ।  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला
Listen and Download

Download :Click Here to Download

BULBUL 224 : (18-12-2013/2070-09-03) : Download

NepaliTalim | 12:53:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 224
Host : Achyut Ghimire  
Date :  (18-12-2013/2070-09-03) 
FB : Facebook Page

आजको बुधवारिय बुलबुलमा तपाइहरुकौ गजल र रात्री गनथन विशेष हुनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 पौष 03 गते तदनुसा 18-Dec-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 224) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

बि एस् पृथकका ५ गजलहरू ( ४ पौष २०७०)

NepaliTalim | 11:38:00 AM | 0 comments
बि एस् पृथक
१. गजल
मेरो बाटो भरि काडा र भिर बनाएर 
पठायो दैवले अभागी तक्दिर बनाएर

बा आमालाइ सुख दिन मुग्लान छिरेको म
झन् आए जस्तै लाग्छ चिन्ता पिर बनाएर

नेपाल आमाको अस्तित्व जोगाउन नसके
के काम भो बेकार बलियो शरिर बनाएर

म भुल्न भन्दै यादहरु मेटाइरहेको छु
तर मुटु बस्छ उनकै तस्विर बनाएर

बि एस् पृथक
गोर्खाली


२. गजल
छातीमा आधी चल्छ अनि पिउने गर्छु
पिडाले मुटु जल्छ अनि पिउने गर्छु

बिस्वाश गरेर आफ्नो सर्वश्व सुम्पिदा 
झन् उसैले नै छल्छ अनि पिउने गर्छु

चाइदैन धन बिहान् साझ् खान पुगे हुन्छ
सानो सप्ना नी ढल्छ अनि पिउने गर्छु

आफ्नै आखा सामु हासो खुशीहरुमा
दनदनि आगो बल्छ अनि पिउने गर्छु

बिगत देखि आज सम्म सम्झिएर ल्याउदा
केबल नमिठो पल छ अनि पिउने गर्छु
पुरानो गजल
बि एस् पृथक
गोर्खाली


3. गजल

मैले आमाको तस्वीर छुनुको कारण छ
त्यही तस्वीर आशुले धुनुको कारण छ

भन्नेहरुले मलाइ पागल रैछ भन्लान्
भक्कानिदै घरि घरि रुनुको कारण छ

स्वर्ग भन्दा नि प्यारो देश नेपाल छोडेर
समुन्द्र पार खाडी मुलुक आउनुको कारण छ

सपनीमा अति सताइरहेछ मलाइ
पक्कै उन्को छुनु र मुनुको कारण छ

अर्कै थियो नी मेरो हिजोको पहिचान
आज म "बि एस् पृथक" हुनुको कारण छ
 August 21-2013
बि एस् पृथक 
गोर्खाली 

4. गजल

नेपालमा यस्तो गरीबी कसरी भयो....?
दुखदायी परिस्थीती कसरी भयो....?

राष्ट्रको ढुकुटी लुट्न तल्लिन छन् सबै
यि नेता परजीवी कसरी भयो....?

भस्ट्रचार गुन्डा गर्दि नेताकै हातमा
यस्तो घृणीत राजनीती कसरी भयो....?

भगवान बुद्धको शान्ती कार्यक्रममा पनि
हत्यारा चोर अतीथी  कसरी भयो....?

सुन्दर शान्त र विशाल नेपालको आज
यस्तो खराब परीधी कसरी भयो....?
05-27-2013
बि एस "पृथक"
   गोर्खा

5. गजल
मेरो प्यारो अजा अजीलाइ मिठो सम्झना
बुवा आमा निनी नानीलाइ मिठो सम्झना

म ठिक छु तेता सब सन्चै हुनुहुन्छ होला
सम्झने र भुल्ने जतीलाइ मिठो सम्झना

राम्रो सङ्ग पढ्नु आफ्नो खुट्टामा उभिनु
दिदीलाइ अनि बहिनीलाइ मिठो सम्झना

मेरो सुख अनि दुखमा सधै साथ दिने
दाजु भाइहरु अनि साथीलाइ मिठो सम्झना

प्रदेश गएसी फोने गरेन बिर्स्यो नभन्नु
मामा माइजु काका काकीलाइ मिठो सम्झना

म सङ्गै जुनी काट्ने मिठो सपना बुन्दै
मलाइ पर्खेकी पियारीलाइ मिठो सम्झना

हरिया वन खोला नाला मेरो सुन्दर गाउ
उकाली अनि ओरालीलाइ मिठो सम्झना

मैले जस्तै प्रदेशीनु नपरोस् कसैले
नेपाली र मातृभुमीलाइ मिठो सम्झना

टाढा भएनी कैले पनि माया नमार्नु
गरिरहनु प्रदेशीलाइ मिठो सम्झना

बि एस् पृथक
गोर्खाली


माथिका सबैगजलका सर्बाधिकार लेखकमा निहित छन् ।


गजल -केही फोटाहरुछन् जलाउनुपर्ने

NepaliTalim | 10:55:00 AM | 0 comments
केही फोटाहरुछन् जलाउनुपर्ने ।
केही यादहरुछन् मेटाउनुपर्ने ।
  

सबै पिडाहरु, लुकाएर मनभित्र, 
देखावटी भएनी मुस्काउनुपर्ने ।

आगो लागेसी, प्यारको महलमा,
पर्दोरैछ आँसुले, निभाउनुपर्ने ।

पाठाएँ दाईजो, जम्मै खुसिहरु,
भएसी उ विनानै, रमाउनुपर्ने ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
११ मार्च २०१३

यो गजल संगीत बद्ध भैसकेको छ 

गजल- कोही लडाउनेहरु कोही उक्साउनेहरु

NepaliTalim | 10:38:00 AM | 0 comments

कोही लडाउनेहरु कोही उक्साउनेहरु ।
बारम्बार भेटेको छु मलाइ सताउनेहरु ।

गरिवि के हो तिनीहरुलाई सोधी हेर्नु
यहाँ थुप्रैछन् पानि पिएर अघाउनेहरु ।

आजभोली सम्झन अलि फुर्सद छैन
मलाई माफ गर्नु ए याद पठाउनेहरु ।

एक इट राखेर सुरुवात गरेर देखाऊ
युद्धको नाममा इमारत भत्काउनेहरु ।

एक दिन जनताले ठुलो दण्ड दिनेछन्
साबधान ए जनतालाई झुक्याउनेहरु ।

म सधै शान्तिकै पक्षमा उभिरहनेछु
अझैं बाँकि छन् बुद्ध जन्माउनेहरु ।
13-Dec-2013
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

स्मृतिका पाना (2070-09-01/16-12-2013) : Download

NepaliTalim | 10:15:00 AM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी 
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2070-09-01/16-12-2013)

नमस्कार साथीहरु,
आज मिति २०७० पौष  महिनाको १ गते तदनुसार 16 Dec 2013 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download
यो श्रृंखलामा बाचन भएको मेरो गजल


कोही लडाउनेहरु कोही उक्साउनेहरु ।
बारम्बार भेटेको छु मलाइ सताउनेहरु ।

गरिवि के हो तिनीहरुलाई सोधी हेर्नु
यहाँ थुप्रैछन् पानि पिएर अघाउनेहरु ।

आजभोली सम्झन अलि फुर्सद छैन
मलाई माफ गर्नु ए याद पठाउनेहरु ।

एक इट राखेर सुरुवात गरेर देखाऊ
युद्धको नाममा इमारत भत्काउनेहरु ।

एक दिन जनताले ठुलो दण्ड दिनेछन्
साबधान ए जनतालाई झुक्याउनेहरु ।

म सधै शान्तिकै पक्षमा उभिरहनेछु
अझैं बाँकि छन् बुद्ध जन्माउनेहरु ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Episode : 75 (यो साँझ यो सुबाश-11-06-2013) - Download

NepaliTalim | 10:32:00 AM | 0 comments
YO SANJH YO SUBASH     
(1-06-2013 /2070-02-28)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116
गजल प्रतियोगिता २०१३ को नतिजा सहित



आज मिति 2070 जेठ महिनाको 28 गते तदनुसार  11-06-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-75 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि  प्रसारण हुनेछ ।

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23  रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने  प्रसारण हुने गर्दछ । 
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 


गजल प्रतियोगीतामा प्रथम हुने गजलकार मित्र जितु खड्का गाउँलेलाई हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गर्दछु । 

Listen and Download
                     

जनताको सरकार, आउँछ कहिले सम्म

NepaliTalim | 5:04:00 PM | 0 comments
जनताको सरकार, आउँछ कहिले सम्म !!
नेपालीले शान्ति, पाउँछ कहिले सम्म !!

ए नोताहरु हो, भनिदेउ, आज मलाई
महङ्गिले हामीलाई, सताउँछ कहिले सम्म !!

पक्कै पनि हेर्दैनन्, टुलुटुलु सधै जनता
कुर्सिको आडले, बचाउँछ कहिले सम्म !!

गरिबको छोरो सधैं, श्रमिक मात्र हुनुपर्ने
संम्भ्रान्तलेनै देश, चलाउँछ कहिले सम्म !!

बन्द आँखा राजनीतिको, नखुल्नेनै भयो
सोचिराछु यहाँ अन्धकार, छाउँछ सम्म !!
१२ डिसेम्बर २०१२
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger