Home » , » बि एस् पृथकका ५ गजलहरू ( ४ पौष २०७०)

बि एस् पृथकका ५ गजलहरू ( ४ पौष २०७०)

NepaliTalim | 11:38:00 AM | 0 comments
बि एस् पृथक
१. गजल
मेरो बाटो भरि काडा र भिर बनाएर 
पठायो दैवले अभागी तक्दिर बनाएर

बा आमालाइ सुख दिन मुग्लान छिरेको म
झन् आए जस्तै लाग्छ चिन्ता पिर बनाएर

नेपाल आमाको अस्तित्व जोगाउन नसके
के काम भो बेकार बलियो शरिर बनाएर

म भुल्न भन्दै यादहरु मेटाइरहेको छु
तर मुटु बस्छ उनकै तस्विर बनाएर

बि एस् पृथक
गोर्खाली


२. गजल
छातीमा आधी चल्छ अनि पिउने गर्छु
पिडाले मुटु जल्छ अनि पिउने गर्छु

बिस्वाश गरेर आफ्नो सर्वश्व सुम्पिदा 
झन् उसैले नै छल्छ अनि पिउने गर्छु

चाइदैन धन बिहान् साझ् खान पुगे हुन्छ
सानो सप्ना नी ढल्छ अनि पिउने गर्छु

आफ्नै आखा सामु हासो खुशीहरुमा
दनदनि आगो बल्छ अनि पिउने गर्छु

बिगत देखि आज सम्म सम्झिएर ल्याउदा
केबल नमिठो पल छ अनि पिउने गर्छु
पुरानो गजल
बि एस् पृथक
गोर्खाली


3. गजल

मैले आमाको तस्वीर छुनुको कारण छ
त्यही तस्वीर आशुले धुनुको कारण छ

भन्नेहरुले मलाइ पागल रैछ भन्लान्
भक्कानिदै घरि घरि रुनुको कारण छ

स्वर्ग भन्दा नि प्यारो देश नेपाल छोडेर
समुन्द्र पार खाडी मुलुक आउनुको कारण छ

सपनीमा अति सताइरहेछ मलाइ
पक्कै उन्को छुनु र मुनुको कारण छ

अर्कै थियो नी मेरो हिजोको पहिचान
आज म "बि एस् पृथक" हुनुको कारण छ
 August 21-2013
बि एस् पृथक 
गोर्खाली 

4. गजल

नेपालमा यस्तो गरीबी कसरी भयो....?
दुखदायी परिस्थीती कसरी भयो....?

राष्ट्रको ढुकुटी लुट्न तल्लिन छन् सबै
यि नेता परजीवी कसरी भयो....?

भस्ट्रचार गुन्डा गर्दि नेताकै हातमा
यस्तो घृणीत राजनीती कसरी भयो....?

भगवान बुद्धको शान्ती कार्यक्रममा पनि
हत्यारा चोर अतीथी  कसरी भयो....?

सुन्दर शान्त र विशाल नेपालको आज
यस्तो खराब परीधी कसरी भयो....?
05-27-2013
बि एस "पृथक"
   गोर्खा

5. गजल
मेरो प्यारो अजा अजीलाइ मिठो सम्झना
बुवा आमा निनी नानीलाइ मिठो सम्झना

म ठिक छु तेता सब सन्चै हुनुहुन्छ होला
सम्झने र भुल्ने जतीलाइ मिठो सम्झना

राम्रो सङ्ग पढ्नु आफ्नो खुट्टामा उभिनु
दिदीलाइ अनि बहिनीलाइ मिठो सम्झना

मेरो सुख अनि दुखमा सधै साथ दिने
दाजु भाइहरु अनि साथीलाइ मिठो सम्झना

प्रदेश गएसी फोने गरेन बिर्स्यो नभन्नु
मामा माइजु काका काकीलाइ मिठो सम्झना

म सङ्गै जुनी काट्ने मिठो सपना बुन्दै
मलाइ पर्खेकी पियारीलाइ मिठो सम्झना

हरिया वन खोला नाला मेरो सुन्दर गाउ
उकाली अनि ओरालीलाइ मिठो सम्झना

मैले जस्तै प्रदेशीनु नपरोस् कसैले
नेपाली र मातृभुमीलाइ मिठो सम्झना

टाढा भएनी कैले पनि माया नमार्नु
गरिरहनु प्रदेशीलाइ मिठो सम्झना

बि एस् पृथक
गोर्खाली


माथिका सबैगजलका सर्बाधिकार लेखकमा निहित छन् ।


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger