Home » » गजल -खेत र बारीमा किसान जिन्दगी भर

गजल -खेत र बारीमा किसान जिन्दगी भर

NepaliTalim | 4:43:00 PM | 0 comments
खेत र बारीमा किसान जिन्दगी भर । 
फलाउँछन् मकै र धान जिन्दगी भर । 

बा र आमा भन्थे, यस्तो काम गरिदेखा 
जस्ले मेटिन्न पहिचान जिन्दगी भर । 

त्यो बस्तिमा सरकार कहिल्यै पुगेन
न थिए त्यहाँ भगवान जिन्दगी भर । 

मलाई मेरा गुरुहरुले सिकाएका हुन्
कायम राख्नु है इमान जिन्दगी भर ।

छोरा छोरी हुर्काए, पढेर बिदेशिए
सुनसान घर दलान, जिन्दगी भर ।

रामले त्यस्तो अनुसन्धान गरिरहेछ
जस्ले दिलाउँछ मुस्कान जिन्दगी भर ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
http://chisapaninepal.blogspot.com/
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger