Home » » गजल- कोही लडाउनेहरु कोही उक्साउनेहरु

गजल- कोही लडाउनेहरु कोही उक्साउनेहरु

NepaliTalim | 10:38:00 AM | 0 comments

कोही लडाउनेहरु कोही उक्साउनेहरु ।
बारम्बार भेटेको छु मलाइ सताउनेहरु ।

गरिवि के हो तिनीहरुलाई सोधी हेर्नु
यहाँ थुप्रैछन् पानि पिएर अघाउनेहरु ।

आजभोली सम्झन अलि फुर्सद छैन
मलाई माफ गर्नु ए याद पठाउनेहरु ।

एक इट राखेर सुरुवात गरेर देखाऊ
युद्धको नाममा इमारत भत्काउनेहरु ।

एक दिन जनताले ठुलो दण्ड दिनेछन्
साबधान ए जनतालाई झुक्याउनेहरु ।

म सधै शान्तिकै पक्षमा उभिरहनेछु
अझैं बाँकि छन् बुद्ध जन्माउनेहरु ।
13-Dec-2013
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger