आज मिति 2069 साल फागुन महिनाको 29 गते तदनुसार 12-03-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-63 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु । Listen and Download
कार्यक्रम : गजल संसार Date: (11-03-2013/2069-11-28)
Host : Shanti Pakhrin Source : Website आज मिति 2069 फगुन 28 तदनुसार 11-March-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 30 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ रेडियो हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौं Listen And Download
नमस्कार साथीहरु
आज मिति 2069 फगुन 28 तदनुसार 11-March-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि 10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद । Listen and Download
Download : Click Here to Download -11-03-2013 Thank you यो श्रृंखलामा बाचन भएको मेरो गजल ..................बोतल नयाँ छ रक्सी पुरानै ।। नारा नयाँ छ गल्ती पुरानै ।।
फेरी चुक्यौ ए बुद्धिमानहरु तरिका नयाँ धम्की पुरानै ।।
भएर लाचार सहनु कती फेरी थाप्दैछौ बल्छी पुरानै ।।
गर्यौ हमला स्वाभिमान माथी अत्याचार नगर सम्झी पुरानै ।।
फलामको खप्पर लिएर आउ गरिन्न कदापी संन्धी पुरानै ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप ।
DATE :(2069-11-28/11-03-2013) Time : 9.15pm Every Monday Host : Mahabir Biswakarma Phone-977-01-550982 / 5551161 Facebook : Bahakine Man FM: CIN Network
आज मिति 2069 फागुन 28 तदनुसार 11-03-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 65 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति । Listen and Download
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)
मिति : (2069-11-22/06-03-2013)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
हामी पछिल्ला ५ श्रृंखलादेखी गुरु प्रसाद मैनालीको कथा नाशोबाट कथाहरु बाचन गरिरहेका छौं । आज मिति 2069 फगुन 22 गते तदनुसार 06-March-2012 मंगलबार श्रुति शंबेगको श्रृङ्खलामा आज पनि हामी गुरु प्रसाद मैनालीको नाशो कथा संग्रह बाट कथाहरु सुन्नेछौ । आज हामीले नाशोबाट शहिद कथा र प्रत्यागमन कथा सुन्नेछौं । आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा ।
Stories from Nasho Story Book written by Guru Prasad Mainali. EPISODE 6
FB Page : Muktak Sarobar आज मिति 2069 फागुन 25 तदनुसार 09-06-2013 शक्रवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebookwall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
साथीहरु नमस्कार ।
आज मिति 2069 फगुन 26 गते तदनुसार 09-03-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 29 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद । Listen And Download
Muktak Madhurima Radio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm Host : Ramu Acharya Date : (2069-11-24/07-03-2013)
आज मिति 2069 फागुन 24 गते तदनुसार 07-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । Listen and Download
२०६९-११-१७ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-Ram Sharan Shrestha
सबैलाई सब थोक प्राप्त हुँदैन ।।
समयनै बलवान परास्त हुँदैन ।।
जति पुजा गरेपनि ढुङ्गालाइ त
किन किन यो मन सान्त हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
मुक्तक मधुरिमाका आजसम्मका सबै श्रृखलाहरु चिसापानी नेपाल र मुक्तक मधुरिमा ब्लगबाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
and
www.muktakmadhurima.blogspot.com
02-Arpan Chhetri
बिहानीकॊ मिरमिरेमा लाली बनि आउनु तिमी
यॊ मुटुकॊ ढुकढुकीमा एकैनास छाउनु तिमी
दुख्यॊ मुटु चर्क्यॊ छाती सम्हाल्न नि गार्हॊ हुदा
चर्केकॊ यॊ घाउ माथि सधै मलम लाउनु तिमी
-अर्पन छेत्री
दमक,झापा
हाल - जॊहॊरबारु , मलेशिया See Translation
03-Shanti Adhikari मुक्तक
आँखाबाट आँशु खस्यो छैन खुशी मनमा ।
पिडाले नि मैलाई डस्यो छैन खुशी मनमा ।।
बिना कारण कालो बादल मडारीन थाल्दा।
अनेक थरी शकां पस्यो छैन खुशी मनमा ।।
-शान्ति अधिकारी
बाँके
04-Khadga G Magar
किन किन हिजोआज, टेन्शन बढेको छ
मुटुभित्र नदेखिने , खिल गढेको छ//
देख्छु यहाँ सबै जना, आफ़्नै धुन म मस्त
देखाउ कस्लाइ यो दिल भित्र, मुटु डढेको छ//
-खड्ग जी.एम.
उरहरी दांग
06-Mohan Bihani मुक्तक
********************************
फुलेको फुलको डाली भाँच्न कति गाह्रो भाको हो?
मायाप्रीती बिना जीवन बाँच्न कति गाह्रो भाको हो?
स्वार्थी यो सन्सारमा निस्वार्थी कोही रहेन छ
स्वार्थरहित साइनो गाँस्न कति गाह्रो भाको हो?
-मोहन बिहानी
भक्तिपुर सात सर्लाही http://www.mohanbihani.blogspot.com
07-Pawan Gharti Magar Bibash
हृदयमा मेरै तस्बिर सजाएर गयौ।
टाढैबाट नजर जुधाई लजाएर गयौ।
पागल सरि भएको छु जब देखे पछि,
मेरो मनमा प्रेम धुन बजाएर गयौ।
पवन घर्ति मगरहाडहाडे गुल्मीहालः यू ए ई
08-Raag Gazmer Raz
तिमीले ढाट्यौं बुझ्छु भनेर
मसँगै सधैं कुद्छु भनेर
माया प्रेम कति भन्ने प्रश्नसँगै
बुझिनौं किन दुख्छु भनेर
09-सुमन मुस्कान । मुक्तक
हिजो कसैलाई मन पराउनु गल्ति भो
त्यो जुठो दिललाई म तिर सराउनु गल्ति भो।
मैले जस्तै माया गर्छे भन्नी लाएर आज
त्यो निषठुरीमोरी भित्र हराउनु गल्ति भो।
-सुमन मुस्कान बालकुमारी कलेज नारायणगढ चितवन ।
10-तिलक निस्कर्ष
खोजे तर पाइन मैले, त्यो जुन कहा छ खै
तिम्ले मलाइ लाउछु, भन्या गुन कहा छ खै
म पनि त तितो अतित सम्झदै छु नि ,
रोय भन्छौ तर विरहको धुन काहा छ खै
रत्ननगर ७
11-नबराज ज्ञवाली
बोल्दैन सानु तिम्रो चित्र।
चोखो,माया,छ,मुटु भित्र।
हृदय बाट नै पलाउछ।
यहि हो मायाको चरित्र।
-नबराज ज्ञवाली
छिस्ती ६ बाग्लुङ्
12-साहित्यप्रेमी कपिल लामिछाने
कहिले काहि सपनिमा परि भई आईदेउन् !!
कुहु कुहु गर्दै कोहिलि चरि भई आईदेउन् !!
तिम्रो यादमा आज जल्दैछ यो मुटु,,
हल्का हल्का सिमसिमे झरि भई आईदेउन् !!
साहित्यप्रेमी कपिल लामिछाने दाङ्, तुल्सीपुर>>
हाल दोहा, कतार बाट..\\\
13-Ashish Danai मुक्तक
छाती चिरी तिम्रै तस्बिर देखाईदिउँ कि जस्तो लाग्छ
हामरो बारे सबैलाई बताईदिउँ कि जस्तो लाग्छ ।
जो जो डाहा गर्छन गरुन जो जो मर्छन मरुन
अब चाडै तिम्रो सिउदो रङ्गाईदिउँ कि जस्तो लाग्छ ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
www.muktakmadhurima.tk
14-Mahato GenaRahm
कहिले साथीभाईको करले पिएँ।
कहिले आफ्नै रहरले पिएँ ।।
जमाना यो भन्छन् वाईन कल्चरको ,
जमातमा एक्लो हुने डरले पिएँ ।
...GenaRam Mahato...
..Nawalparasi..
15-Raju Poudel
के अचम्म हो आधा रातमा पनि राम्रि मानछे बनेर हिडनु पर्ने
जन्म दिने बाउ आमालाइ पनि झुटो कुरा भनेर हिडनु पर्ने
कस्तो पेसा अंगालेउ कुन्नि तिमिले त्यस्तो कसैले नदेख्ने गरि
लुकि लुकि कुना पसि पैसाको बिटा गनेर हिडनु पर्ने
-राजु पौडेल,
रूद्र्पुर रुपनदेहि,
दोहा कतार
16-Ramesh Babu Regmi
तिमि उपल्लो घरकी पो त मेरो जात बिर्सेको थें ।
उज्यालो त्यो मुहार हेर्दा मेरो रात बिर्सेको थें ।।
आभारी छु तिमिप्रती संझाई दियौ मलाई,
साच्चै भन्दा मैले आफ्नो औकात बिर्सेको थें ।।।
-रमेश बाबु रेग्मी
बेनिको बजार, म्याग्दी।
17-Bishnu K Gautam
आज धुरुधुरु,रुँदैछ नेपाल,थाहा छ तपाइँलाइ?
झन तानासाह,हुँदैछ नेपाल,थाहा छ तपाइँलाइ?
बिदेशिको एकएक,इसारामा नाचेपछि
महङ्गिले आकाष,छुदैछ नेपाल,थाहा छ तपाइँलाइ?
Bishnu Gautam
Malma-4,Baglung
now:Butwal
18-Bikalpa Babu
अचेल तिम्रो गाउँ बस्ती घर फेरीएछ
नाम पछि भएको त्यो थर फेरीएछ
धन होइन मलाइ बरु माया भए पुग्छ
भन्नेको त खै कसरी रहर फेरीएछ
bikalpa babu
gitanagar 1,chitwan
19-Amrit Shrestha
भगवान साक्षी कसम तोड्न सकिन प्रिय
सधैंको एउटै गोरेटो म मोड्न सकिन प्रिय
शायद तिम्ले त छोयौ आकास को जुन
मैले भुइ छोड्न सकिन प्रिय ..........
(Amrit Shrestha pokhara 12 kaski)
सम्भव भए गीत पनि राखिदिनु होला
20-Bhupendra Bc मुक्तक
झुपडिको मान्छे म, तिमी महल ताक्दै जानु |
माया राख्न नसकेनी, सक्छ्यौ घृणा राख्दै जानु |
जिवनभर साथ दिने वचन तिम्रो झुठो रैछ,
प्रित मिठो फल भए प्रत्येक संग चाख्दै जानु |
-भुपेन्द्र(बिपिन)बिसी
बिकाशनगर,कोहलपुर बाँके
22-Dhaneshwor Poudel दङ्गाली साथी
हो त्यही दिन यो सास जानेछ ।
र सँगै सबै ति आश जानेछ ।
जुन दिन तिमी पराई हुन्छेउ ,
यो मेरो जिउँदो लाश जानेछ ।
-Dhaneshwor Poudel
Dang Deaukhury
Now Kuwait
23-Baral Suryamani
जति दुःख छन् भोग्नैपर्छ लेखेर के हुन्छ ?
सोचेकै त पुग्दैन कहिल्यै देखेर के हुन्छ ??
भ्रमको पर्दा रहेछ यो संसार हटाउनु कसरी?
हत्केलाले सिँगै घाम छेकेर के हुन्छ ??
24-Suman Adhikari
प्रेम गर्छौ आशु पिउन सिक !
पक्कै फाट्छ मन सिउन सिक!
अमर कहाँ छ प्रेम जालि संसार मा त्यसैले .......
छुट्छ माया एकान्तमा जिउन सिक !
-Adhikari,Suman"SAJAN"
Gunjanager 4 Bhimnager
25-निस्चल प्रेमी कान्छा
घर सम्झी धेरैजसो रुन्छन प्रदेशमा
पराईका रुखा बचन सुन्छन प्रेदेशमा
कत्ती त शोषण सम्म भोग्न बाध्य भएकाछन्
आसुले सारा सरिर धुन्छन प्रदेशमा ।।
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत ।
26-Anuragi Binod Gaire
बिस्तारै समय ढल्किदै थियो।
आँखामा आँशु छल्किदै थियो।
झन झन पोल्दै गयो रापले छाति,
दिल भित्र आगो सल्किदै थियो।
अनुरागि बिनोद
पकवादि-2स्याङ्जा
हाल क्षितिजको देशबाट
27-Rai Munkmen Ramesh मुक्तक
भो अब नखोज शहर मैले छोडि सके
फक्री फुलाउने तिम्रो भर मैले तोडि सके
चाहिन्न त्यो ठूलो महल खुशी बिनाको
खुशी राख्ने झुपडि मै रहर मैले जोडि सके
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद
28-दिपक काराखेती . मुक्तक
म त हजुर यहाँ साह्रै हेपिएको, रहेछु
थाहै नपाई अरु बाट चेपिएको, रहेछु//
हेर्दाम सास्ती दिने जस्तो नदेखेर, के भो र?
पौष माघको कुहिरोले छेपियको रहेछु//
-दीपक काराखेती
गोर्खा, (हाल:- UAE)
30-नरेश बि.क 'अनुरागि'
हजारौँ यि सपनाहरु झरिरहे सधै।
एका एक समस्य परिरहे सधै।
कैल्यई पनि भईदिएन चाहेको काम पुरा।
दुखैदुखको भुमरीमा मरिरहे सधै।
-नरेश "अनुरागि"
बिनायक-2 अछाम
हाल-मुबँई भारत
31-Jyoti Khatiwada Anischit
कोट्याईकोट्याई खाटा परेको घाउ ब-ढाउँछन् मान्छेहरु
नहुनेको हुन्छ क्षति उसैकहाँ अनेक दाउ लाउँछन् मान्छेहरु
किन हो यस्तो मानवस्वभाव कसरी बुझुँ यसलाई म
नबर्सिने मेघ गर्जेझैँ अनेक हाउभाउ दे-खाउँछन् मान्छेहरु
-ज्योति खतिवडा अनिश्चित
झापा सुरुङ्गा
हाल पुल्चोक ललितपुर
32-Navaraj Bhatta ***गजल ***
आफै सँग आफैलाई जिन्दगानी भार भयो
तिमी सधैं जिती राख्नु मेरो चाँही हार भयो
केही गर्ने जोस जागर मनै देखि मरेपछी
तिम्रो अर्ती,उपदेस मलाइ के को सार भयो
-नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ
33-श्रीकान्त कहेराज़
कुर्चीको खेल खेल्छौ कहिले सम्म
जनतालाई यसरि पेल्छौ कहिले सम्म
तिमीहरु राम्रो भान्छे जनता पिठो र पानि ,
असहमतिको बेलनाले बेल्छौ कहिले सम्म
कृष्णमन्दिर चोक
34-Kamal Tag Dhakal Putalisadak kathmandu
गूराँस जस्तै कालि तिमि फक्रिएकि छौ।
मेरो दिलको झ्याल खानामा पक्रिएकि छौ।
जन्म कैद भइसक्यो फूस्किन त गारो छ नि।।
त्यसैले त बिहे गर्न टक्रिएकि छौ ।
35-नरेश बि.क 'अनुरागि' मुक्तक
मेरो मायाको धरापमा परौलि
दैबले दिएको सरापमा परौलि
दुनियाले छुटाएमा कस्को ईज्जत कस्तो
म भन्दा तिमि खराबमा परौँलि
-नरेश बि.क"अनुरागि"
बिनायक-2 अछाम
हाल-मुबँई,भारत
.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
www.muktakmadhurima.blogspot.com
धन्यबाद
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE