Episode : 60 (यो साँझ यो सुबाश-19-02-2013) - Download

NepaliTalim | 10:35:00 AM | 0 comments
EISODE 60 - YO SANJH YO SUBASH
(19-02-2013 / 2069-11-08)

प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश

Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page

Phone :  9808826116


आज मिति 2069 साल फगुन महिनाको 08 गते तदनुसार  19-02-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  60 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download

Download : Click Here to Download Episode 60
 Listen All Previous Episodes
 
Thank you

बहकिने मन (2069-11-07/18-02-2013) - Download

NepaliTalim | 10:05:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-11-07/18-02-2013)
 

Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161
 

Facebook : Bahakine Man
FM: CIN Network


आज मिति 2069 फगुन 07 तदनुसार 18-02-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 62  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।      
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes

Thank you

Srijana Gazal 14 : (16-Feb-2012)-Download

NepaliTalim | 5:02:00 PM | 0 comments
Episode 14  - Srijana Gazal
Date :16-Feb-2012
Host : Santa Sarobar
Website : Bhutani Literature
 
Radio Srijana is an effort to give continuation to the audio episodes started in Se
ptember 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.

Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.

We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)
सिर्जना गजल अनलाईन रेडियो कार्यक्रमको लागि तपाईको रचना पठाउनको लागि santa.sarowar@gmail.com  मा मेल गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 14
Thank you

गजल शरोबर (16-02-2013/2069-11-05) - Download

NepaliTalim | 3:44:00 PM | 0 comments
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (16-02-2013/2069-11-05)
FM : Kalika FM


तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।  
आज मिति २०६९ फागुन 05 गते शनिवार तदनुसार 16-Feb-2013 ,आजको बसाईमा हिन्दी गजलका चर्चित हस्ति स्व. जगजित सिंह विशेष प्रस्तुति रहनेछ । 
Listen and Download

Download : Click Here to Download

Thank you

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु (2069-11-04/15-02-2013) - Download

NepaliTalim | 1:58:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)

मिति : (2069-11-04/15-02-2013)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा 
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

 आज मिति 2069 फगुन04 गते तदनुसार 15 -Feb-2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आज हामी गुरु प्र.मैनालीको नाशो कथा संग्रहभित्रको पापको परिणमको बाचन सुन्नेछौं ।। आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  । Stories from Nasho Story Book written by Guru Prasad Mainali.
Listen and Download

Download : Click Here to Download


Thank you

साहित्य सिर्जना - 22 : (16-02-2013/2069-11-05)-Download

NepaliTalim | 2:47:00 PM | 0 comments
EPISODE : 22
Date : (16-02-2013/2069-11-05)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz
 

प्रस्तोता : सुरज थापा मगर 
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook
Page   Email : radiomalmala@gmail.com  
  



साथीहरु नमस्कार । 
आज मिति 2069 फगुन 05 गते तदनुसार 16-02-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 22 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।      
Listen And Download

Download : Click Here to Download

Thank you

कविता- ए मुटु ढुङ्गा हुनेहरु.... (राम शरण श्रेष्ठ)

NepaliTalim | 3:47:00 PM | 0 comments
ए मुटु ढुङ्गा हुनेहरु...., 
सक्छौ स्विकार गर यो चुनौती,
आफ्नो मुटु टुक्रा टुक्रा पार
अनि इटको सट्टा
आफु बस्ने महल बनाउ
अनी नाचगान गर
एक्लै रमाउ एक्लै हाँस
किनकी...
तिमीहरु माया
बिना बाँच्न सक्छौ ।

ए मुटु ढुङ्गा हुनेहरु....,
यो अर्को चुनौती
तिमीहरु मिलेर
यौटा संगठन खोल
क्रान्तिकारी पार्टि खोल
दस्ता खोल
चुनाव लड...जित
अनि कसैले मायाँ गर्न नपाउँने
नियम कानुन बनाउ
मायाँको बिरुद्धमा संविधान बनाउ
अनी मायाँ गर्नेहरुलाई
सजाय फाँसी देउ ।

ए मुटु ढुङ्गा हुनेहरु....,
मेरो अन्तिम चुनौती
सक्छौ भने आजै
मुटु दान गर
किनकी तिम्रो छाति भित्र,
धड्कीनु बेकार छ
तिमीहरु दिमागले काम चलाउ
तिमीहरु मुटुविना बाँच्न सक्छौ
तर.......
तर म सक्दिँन
मलाई मुटु चाहिन्छ
मायाँ चाहिन्छ
अहँ सक्दिँन एक्लै बाँच
अहाँ सक्दिँन  ।।

>राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/



सिर्जनाका लहरहरु :- Episode 102 -Download

NepaliTalim | 2:09:00 PM | 0 comments
सिर्जनाका लहरहरु : 102
SRIJANAKA LAHARHARU

EPISODE- 100
Date :  14-Feb-2013
 
Source : Sirjanaka Laharharu
Host : Khagendra Adhikari


आज मिति 14-February 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 102 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download

 Download :Click Here to Download Episode 102

Thank you 

Muktak Madhurima (2069-11-03/14-02-2013) - Download

NepaliTalim | 9:47:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
   
 
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-11-03/14-02-2013)
 
(Valentine's Day Special)
आज मिति 2069 फागुन 0 गते तदनुसार 14-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।                  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes

२०६९-११-०३ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
चित्र फकामी मगर को प्रेम पत्र सुरुवातमा समेटिने छ .....
01-Ram Sharan Shrestha
सम्पर्क विच्छेद तिमीले गर्यौ ।।
मान्छेमा विभेद तिमीले गर्यौ ।।
मान्छे सबै एकै हुन के भनेथेँ
खण्डन र खेद तिमीले गर्यौ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
www.muktakmadhurima.blogspot.com


02-Khadga G Magar
हासो खुसि मेरो लागि, पराइ बनिसके
तमसुक्मा लेखिदेको, भर्पाइ बनिसके//
पल्भर नि चाइएन भो, अब क्षणिक खुशि
दुःखै दुःखका पाटाहरु, स्थाइ बनिसके //
खड्ग जी.एम.
उरहरि दांग
हाल कतार

03-नाम~ तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना~दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार
हिउँद काट्न रुई हुनुपर्छ ।
जीवन काट्न दुई हुनुपर्छ ॥
काठ्ठिन्छ मुटु जाडो भएपछि ।
ज्यान तात्न फुई हुनुपर्छ

04-Prem Dhami
प्रेममा ठगियो प्रेम दशामा छ अचेल।
दिन रात पिउँछ र नशामा छ अचेल।।
बैगुनीले दिएको,चोटले मुटु दुखे पछि
रुदै हिन्छ आँशुको बरखामा छ अचेल।।।।
प्रेम धामी
दहबगर छ बझाङ
हालःकपन,काठमाण्डौ

05-साहित्यप्रेमी कपिल लामिछाने
मलाइ चिठी केर्दै छिन रे बसी तुल्सीपुरमा !!
मेरै बाटो हेर्दै छिन रे बसी तुल्सीपुरमा !!
कहिले आउछ मेरो मनको राजा भन्दै,,
बुट्टे रुमालमामाया बेर्दै छिन रे बसी तुल्सीपुरमा !!
<कपिल लामिछाने> {दाङ्, तुल्सीपुर} हाल दोहा, कतार बाट...!!!

06-Jaya Bhabuk
हत्या िहँसा शोषणले िसमा नाग्दै छ आज भोली!
िपडीत वर्ग िचच्याउदै राहॉत माग्दै छ आज भोली!
केही बुझ्न सकीएन यो देश को कानुन,
दोसी कैदी छुटी जेलबाट फेरी त्यतै लाग्दै छ आज भोली!
-जयराम िव. क. {जयॉ भॉवुक }
धधवार 7 बर्िदया हाल मलेिसया जोहोर...

07-Raag Gazmer Raz
जलाउनु तिम्रो कला, म तयार छु
सताउनु तिम्रो कला, म तयार छु
तिम्रा आँशु बाहेक कमजोरी के मेरो?
बगाउनु तिम्रो कला, म तयार छु

08-Amrit Jaisi
मेरो झुपडीमा उनलाई बास कहाँ छ र
माया पो छ म सँग खाने गासँ कहाँ छ र
सस्नु खाएरै आन्नद लिइरहने म
सन्तुष्ट भए यसैमा म सँग दुःखको रास कहाँ छ र।।
-अमृत जैशी
कुल्देवमाण्डौ 3 थुमा
बाजुरा,हाल धनगढी कैलाली

09-Nabin Nepal
उडे पनि त आकासमा छाया धर्तिमा ।
किन पो लाग्ने होला धेरै माया धर्तिमा ।
सिमा मिच्ने दक्षिणी छिमेकी खबर्दार
नबिनको जन्म भैसक्यो दाया धर्तिमा
-नबिन नेपाल
सुडाल - ०८
भक्तपुर

10-निस्चल प्रेमी कान्छा
तिमी बाट धोका आज खाएर म बाचेकोछु
बिरहका गित आज गाएर म बाचेकोछु
प्रदेशीन बाध्यभाको तिम्ले साथ छोड्नाले हो
जिवनभर अदृय चोट पाएर म बाचेकोछु
-निस्चल प्रेमी कान्छा
मायाँले ठगीएको बस्ती गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बइ भारत

11-तिलक निष्कर्ष
माया गर्ने हरुको लागि आयको छ प्रेम दिबस
खुसि छर्ने हरुको लागि आयको छ प्रेम दिबस
आफुलाई त कौवालाई बेल हर्ष न बिस्मात झैँ ,
प्रेममा पर्ने हरुको लागि आयको छ प्रेम दिबस
रत्ननगर ७

12-Bishnu K Gautam
रुप हेरेर प्रेम प्रश्ताव राख्छन नामर्द
मध्य रातमा भेट्नलाइ डाक्छन नामर्द
वा क्या राम्रि भन्छन,देख्दा टाढाबाट
नजिक परे उसैसँग भाग्छन नामर्द
बिष्णु गौतम
मल्म-४,बाग्लुङ
हाल: बुटवल


13-Bibash Boulaha
आँशुको नुनिलो सर्बत चुपचाप पिउनको लागी
फाटेर झुत्रिएको खुशी फेरी सिउनको लागी
पलपल बल्झिने घाउको पिँडा सहेरै पनि
बाँचि रहेको छ मान्छे, केवल जिउनको लागी
विवश बौलाहा
झापा

14-Raju Poudel
तिमि संगै हास्न अनि रून पाए हुनथ्यो
आफ्नो सम्झि तिमिलाइ छुन पाए हुनथ्यो
आकासमा अनगिनति ताराहरु भएपनि
प्रकास दिने त्यहि एउटा जुन पाए हुनथ्यो
-Raju poudel
Rudrapur rupandehi
Doha Qatar

गीत >मेरो धड्कन तिमि मेरो प्राण तिमि मेरो यो जिबनकै चाहना तिमि ......
स्वरुपराज आचार्य र कल्पना गौतमको आवाजमा ............

15-Rai Munkmen Ramesh मुक्तक
हुनु भयो हजुर नसोचे कै भयो
देखिएको सपना पलमै उडि गयो
नानाभाति बाँचा गरि एक्लै खोला तरि
मायाको छलमा पर्दा सप्ना अधुरो रयो
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद..

16-Baral Suryamani
किन आउँछ प्रेम दिबस मेरो मुटु चर्काउन।
भूकम्पको धक्का जस्तो पुरै शरिर थर्काउन।।
खाटा बसिसकेको घाउ पल् पल् कोट्याएर। रुवाएर
आँखाहरु झरि झैँ आँशु दर्काउन।।

17-Aindra Bikram Nisthuri
धेरै भेते दुनियाँ म गोही आसुँ झर्नेहारु
बिबस्थलाई दोसी बनाइ वास्तविकता टर्नेहारु
जुनी तिम्रै हो नि भनि झुटो कसम खाई
बगालीमा छुरा वोकी मुखले ठीक्क पर्ने हरु
आ ईन्द्र बिक्रम निस्ठुरीSee Translation

18-Shanti Adhikari मुक्तक
आफु सगै जल्ने माया किन लायौ त नी ।
भित्र भित्रै गल्ने माया किन लायौ त नी ।
बेहास त थिएनौ नि होस हुँदा हुदै ।
मनलाई छल्ने माया किन लायौ त नी ।
-शान्ति अधिकारी
बाँके

19-Bibek Dulal मुक्तक
चुलो चौका आगनमा तिनले गर्छन् सारा काम
मठ मन्दिर किर्तनमा तिनले जप्छन् हरे राम
एउटा यस्तो ठाउ छैन जहाँ तिनको पहुच नहोस्
तर किन हुन्छ नारीमाथि हत्या हिँसा तथानाम .
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक , झापा
हाल : अबुधाबी ,यू ए इ .

20-Dalbir Singh Baraili 'Ghayal'
कोपिलामै फुल्यौ र त धेरै टाढा भयौ
फुलेपछी भुल्यौ र त धेरै टाढा भयौ
न त आज फूल भयौ न यादमा रह्यौ
सडकमै खुल्यौ र त धेरै टाढा भयौ
-दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

21-Bikalpa Babu spiceal for valentine day
बसन्तको फुलमा जस्तो, सुबास हुनुपर्छ प्रेममा
एउटा लाइ पिडा भए, अर्को रुनुपर्छ प्रेममा
परिभाषा प्रेमको मैले, जस्तो दिएपनि यहाँ
..मायालुको नजरले, मनमा छुनु पर्छ प्रेममा
bikalpa babu
gitanagar 1 chitwan

22-Artimus Siru
भरिएर सम्झनाले टोलाई रहें नयन !
झस्किएर चाहनाले टोलाई रहें नयन !!
सिस्नु पानी लगाको झैं पोलिदिन्छ छाती !
बहकिएर भावनाले टोलाई रहें नयन !!
सुमित्रा अधिकारी
गोरखा

23-श्रीकान्त कहेराज़
प्रेमका साथ् ग्याशको मूल्य अझ बढाउनु प्रेम दिवसमा
राजनीतिका नाममा भाइ भाइ लडाउनु प्रेम दिवसमा
के नै दिन सक्थियौ र सरकार जनतालाई महंगी बाहेक,
पुगेको छैन अझै, महंगीको बलो,ठडाउनु प्रेम दिवसमा
कृष्णमन्दिर चोक , रत्ननगर ,चितवन

24-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
नहुनेको प्रस्ताब् आउने,आस हुन्छ प्रेम दिवसमा
हुनेहरुको केके--केके,खास हुन्छ प्रेम दिवसमा
एक अर्काको समिप्यमा रमाउदै जोडी प्रेमीहरु
दुइ धड्कनको एउटै,सास हुन्छ प्रेम दिवसमा
churiyamai-9 hetauda makwanpur, hal- doha qatar

25-Arpan Chhetri
झ्याल बाटै सुसेलेर बॊलायौ र आए
छत् माथी जुन हेर्दै टॊलायौ र आए
सुरुमा त मनै थिएन खै के भयॊ आज
दुई मुटुलाई एकै ठाउमा घॊलायौ र आए
-अर्पण छेत्री
दमक,झापा
हाल जॊहॊरबारु, मलेशिया

26-Kamal Tag Dhakal
Kathmandu
साउनको झरि जस्तै छौ
साँच्चै तिमि परि जस्तै छौ
मजाक नसम्झ बास्तविकता नै हो
सानी सानी नानि चरि जस्तै छौ।

27-अन्जान श्रेष्ठ अभागी ~~~प्रेम दिवस मुक्तक~~~
रातो गुलाफ लिएर आउने छिन उनी ।।
प्रेमले भरिएको साथ पाउने छिन उनी ।।
भगवानलाई साँची राखी गोडा टेक्न ।।
लगाइ प्रेम प्रस्ताव गराउने छिन उनी ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा
हाल India

28-Suman Adhikari
माघमहिना गएपनी मेरी अझै बाकि होलिन !
मै भेट्टन आउछु भनि लेकबेशी धाकि होलिन !
खै कसरी भन्थिन भन्नपनी गारो मनका कुरा....
मैलेनै मनका कुरा भनोस भनी इसारा लाकी होलीन !
-SUMAN adhikari "sajan"
Bhimnager 4 chitwan.

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

BULBUL 181 : (13-02-2013/2069-11-02) प्रेम दिवस विशेष - Download

NepaliTalim | 9:33:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 181
Host : Achyut Ghimire 
Date :(13-02-2013/2069-11-02)

FB : Facebook Page

(आजको बुलबुल प्रेम दिवस विशेष रहनेछ ।)

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ फागुन 02 गते तदनुसार 13-FEB-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 181) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download

Download : Click Here to Download 181
Listen All Previous Episodes

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger