ए मुटु ढुङ्गा हुनेहरु...., सक्छौ स्विकार गर यो चुनौती, आफ्नो मुटु टुक्रा टुक्रा पार अनि इटको सट्टा आफु बस्ने महल बनाउ अनी नाचगान गर एक्लै रमाउ एक्लै हाँस किनकी... तिमीहरु माया बिना बाँच्न सक्छौ ।
ए मुटु ढुङ्गा हुनेहरु...., यो अर्को चुनौती तिमीहरु मिलेर यौटा संगठन खोल क्रान्तिकारी पार्टि खोल दस्ता खोल चुनाव लड...जित अनि कसैले मायाँ गर्न नपाउँने नियम कानुन बनाउ मायाँको बिरुद्धमा संविधान बनाउ अनी मायाँ गर्नेहरुलाई सजाय फाँसी देउ ।
ए मुटु ढुङ्गा हुनेहरु...., मेरो अन्तिम चुनौती सक्छौ भने आजै मुटु दान गर किनकी तिम्रो छाति भित्र, धड्कीनु बेकार छ तिमीहरु दिमागले काम चलाउ तिमीहरु मुटुविना बाँच्न सक्छौ तर....... तर म सक्दिँन मलाई मुटु चाहिन्छ मायाँ चाहिन्छ अहँ सक्दिँन एक्लै बाँच अहाँ सक्दिँन ।।
>राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप । http://chisapaninepal.blogspot.com/
आज मिति 14-February 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 102 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु । यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो । कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm Host : Ramu Acharya Date : (2069-11-03/14-02-2013)
(Valentine's Day Special)
आज मिति 2069 फागुन 0 गते तदनुसार 14-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । Listen and Download
२०६९-११-०३ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
चित्र फकामी मगर को प्रेम पत्र सुरुवातमा समेटिने छ .....
01-Ram Sharan Shrestha
सम्पर्क विच्छेद तिमीले गर्यौ ।।
मान्छेमा विभेद तिमीले गर्यौ ।।
मान्छे सबै एकै हुन के भनेथेँ
खण्डन र खेद तिमीले गर्यौ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
www.muktakmadhurima.blogspot.com
02-Khadga G Magar
हासो खुसि मेरो लागि, पराइ बनिसके
तमसुक्मा लेखिदेको, भर्पाइ बनिसके//
पल्भर नि चाइएन भो, अब क्षणिक खुशि
दुःखै दुःखका पाटाहरु, स्थाइ बनिसके //
खड्ग जी.एम.
उरहरि दांग
हाल कतार
03-नाम~ तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना~दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार
हिउँद काट्न रुई हुनुपर्छ ।
जीवन काट्न दुई हुनुपर्छ ॥
काठ्ठिन्छ मुटु जाडो भएपछि ।
ज्यान तात्न फुई हुनुपर्छ
04-Prem Dhami
प्रेममा ठगियो प्रेम दशामा छ अचेल।
दिन रात पिउँछ र नशामा छ अचेल।।
बैगुनीले दिएको,चोटले मुटु दुखे पछि
रुदै हिन्छ आँशुको बरखामा छ अचेल।।।।
प्रेम धामी
दहबगर छ बझाङ
हालःकपन,काठमाण्डौ
05-साहित्यप्रेमी कपिल लामिछाने
मलाइ चिठी केर्दै छिन रे बसी तुल्सीपुरमा !!
मेरै बाटो हेर्दै छिन रे बसी तुल्सीपुरमा !!
कहिले आउछ मेरो मनको राजा भन्दै,,
बुट्टे रुमालमामाया बेर्दै छिन रे बसी तुल्सीपुरमा !!
<कपिल लामिछाने> {दाङ्, तुल्सीपुर} हाल दोहा, कतार बाट...!!!
06-Jaya Bhabuk
हत्या िहँसा शोषणले िसमा नाग्दै छ आज भोली!
िपडीत वर्ग िचच्याउदै राहॉत माग्दै छ आज भोली!
केही बुझ्न सकीएन यो देश को कानुन,
दोसी कैदी छुटी जेलबाट फेरी त्यतै लाग्दै छ आज भोली!
-जयराम िव. क. {जयॉ भॉवुक }
धधवार 7 बर्िदया हाल मलेिसया जोहोर...
07-Raag Gazmer Raz
जलाउनु तिम्रो कला, म तयार छु
सताउनु तिम्रो कला, म तयार छु
तिम्रा आँशु बाहेक कमजोरी के मेरो?
बगाउनु तिम्रो कला, म तयार छु
08-Amrit Jaisi
मेरो झुपडीमा उनलाई बास कहाँ छ र
माया पो छ म सँग खाने गासँ कहाँ छ र
सस्नु खाएरै आन्नद लिइरहने म
सन्तुष्ट भए यसैमा म सँग दुःखको रास कहाँ छ र।।
-अमृत जैशी
कुल्देवमाण्डौ 3 थुमा
बाजुरा,हाल धनगढी कैलाली
09-Nabin Nepal
उडे पनि त आकासमा छाया धर्तिमा ।
किन पो लाग्ने होला धेरै माया धर्तिमा ।
सिमा मिच्ने दक्षिणी छिमेकी खबर्दार
नबिनको जन्म भैसक्यो दाया धर्तिमा
-नबिन नेपाल
सुडाल - ०८
भक्तपुर
10-निस्चल प्रेमी कान्छा
तिमी बाट धोका आज खाएर म बाचेकोछु
बिरहका गित आज गाएर म बाचेकोछु
प्रदेशीन बाध्यभाको तिम्ले साथ छोड्नाले हो
जिवनभर अदृय चोट पाएर म बाचेकोछु
-निस्चल प्रेमी कान्छा
मायाँले ठगीएको बस्ती गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बइ भारत
11-तिलक निष्कर्ष
माया गर्ने हरुको लागि आयको छ प्रेम दिबस
खुसि छर्ने हरुको लागि आयको छ प्रेम दिबस
आफुलाई त कौवालाई बेल हर्ष न बिस्मात झैँ ,
प्रेममा पर्ने हरुको लागि आयको छ प्रेम दिबस
रत्ननगर ७
12-Bishnu K Gautam
रुप हेरेर प्रेम प्रश्ताव राख्छन नामर्द
मध्य रातमा भेट्नलाइ डाक्छन नामर्द
वा क्या राम्रि भन्छन,देख्दा टाढाबाट
नजिक परे उसैसँग भाग्छन नामर्द
बिष्णु गौतम
मल्म-४,बाग्लुङ
हाल: बुटवल
13-Bibash Boulaha
आँशुको नुनिलो सर्बत चुपचाप पिउनको लागी
फाटेर झुत्रिएको खुशी फेरी सिउनको लागी
पलपल बल्झिने घाउको पिँडा सहेरै पनि
बाँचि रहेको छ मान्छे, केवल जिउनको लागी
विवश बौलाहा
झापा
14-Raju Poudel
तिमि संगै हास्न अनि रून पाए हुनथ्यो
आफ्नो सम्झि तिमिलाइ छुन पाए हुनथ्यो
आकासमा अनगिनति ताराहरु भएपनि
प्रकास दिने त्यहि एउटा जुन पाए हुनथ्यो
-Raju poudel
Rudrapur rupandehi
Doha Qatar
गीत >मेरो धड्कन तिमि मेरो प्राण तिमि मेरो यो जिबनकै चाहना तिमि ......
स्वरुपराज आचार्य र कल्पना गौतमको आवाजमा ............
15-Rai Munkmen Ramesh मुक्तक
हुनु भयो हजुर नसोचे कै भयो
देखिएको सपना पलमै उडि गयो
नानाभाति बाँचा गरि एक्लै खोला तरि
मायाको छलमा पर्दा सप्ना अधुरो रयो
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद..
16-Baral Suryamani
किन आउँछ प्रेम दिबस मेरो मुटु चर्काउन।
भूकम्पको धक्का जस्तो पुरै शरिर थर्काउन।।
खाटा बसिसकेको घाउ पल् पल् कोट्याएर। रुवाएर
आँखाहरु झरि झैँ आँशु दर्काउन।।
17-Aindra Bikram Nisthuri
धेरै भेते दुनियाँ म गोही आसुँ झर्नेहारु
बिबस्थलाई दोसी बनाइ वास्तविकता टर्नेहारु
जुनी तिम्रै हो नि भनि झुटो कसम खाई
बगालीमा छुरा वोकी मुखले ठीक्क पर्ने हरु
आ ईन्द्र बिक्रम निस्ठुरीSee Translation
18-Shanti Adhikari मुक्तक
आफु सगै जल्ने माया किन लायौ त नी ।
भित्र भित्रै गल्ने माया किन लायौ त नी ।
बेहास त थिएनौ नि होस हुँदा हुदै ।
मनलाई छल्ने माया किन लायौ त नी ।
-शान्ति अधिकारी
बाँके
19-Bibek Dulal मुक्तक
चुलो चौका आगनमा तिनले गर्छन् सारा काम
मठ मन्दिर किर्तनमा तिनले जप्छन् हरे राम
एउटा यस्तो ठाउ छैन जहाँ तिनको पहुच नहोस्
तर किन हुन्छ नारीमाथि हत्या हिँसा तथानाम .
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक , झापा
हाल : अबुधाबी ,यू ए इ .
20-Dalbir Singh Baraili 'Ghayal'
कोपिलामै फुल्यौ र त धेरै टाढा भयौ
फुलेपछी भुल्यौ र त धेरै टाढा भयौ
न त आज फूल भयौ न यादमा रह्यौ
सडकमै खुल्यौ र त धेरै टाढा भयौ
-दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
21-Bikalpa Babu spiceal for valentine day
बसन्तको फुलमा जस्तो, सुबास हुनुपर्छ प्रेममा
एउटा लाइ पिडा भए, अर्को रुनुपर्छ प्रेममा
परिभाषा प्रेमको मैले, जस्तो दिएपनि यहाँ
..मायालुको नजरले, मनमा छुनु पर्छ प्रेममा
bikalpa babu
gitanagar 1 chitwan
22-Artimus Siru
भरिएर सम्झनाले टोलाई रहें नयन !
झस्किएर चाहनाले टोलाई रहें नयन !!
सिस्नु पानी लगाको झैं पोलिदिन्छ छाती !
बहकिएर भावनाले टोलाई रहें नयन !!
सुमित्रा अधिकारी
गोरखा
23-श्रीकान्त कहेराज़
प्रेमका साथ् ग्याशको मूल्य अझ बढाउनु प्रेम दिवसमा
राजनीतिका नाममा भाइ भाइ लडाउनु प्रेम दिवसमा
के नै दिन सक्थियौ र सरकार जनतालाई महंगी बाहेक,
पुगेको छैन अझै, महंगीको बलो,ठडाउनु प्रेम दिवसमा
कृष्णमन्दिर चोक , रत्ननगर ,चितवन
24-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
नहुनेको प्रस्ताब् आउने,आस हुन्छ प्रेम दिवसमा
हुनेहरुको केके--केके,खास हुन्छ प्रेम दिवसमा
एक अर्काको समिप्यमा रमाउदै जोडी प्रेमीहरु
दुइ धड्कनको एउटै,सास हुन्छ प्रेम दिवसमा
churiyamai-9 hetauda makwanpur, hal- doha qatar
25-Arpan Chhetri
झ्याल बाटै सुसेलेर बॊलायौ र आए
छत् माथी जुन हेर्दै टॊलायौ र आए
सुरुमा त मनै थिएन खै के भयॊ आज
दुई मुटुलाई एकै ठाउमा घॊलायौ र आए
-अर्पण छेत्री
दमक,झापा
हाल जॊहॊरबारु, मलेशिया
26-Kamal Tag Dhakal
Kathmandu
साउनको झरि जस्तै छौ
साँच्चै तिमि परि जस्तै छौ
मजाक नसम्झ बास्तविकता नै हो
सानी सानी नानि चरि जस्तै छौ।
27-अन्जान श्रेष्ठ अभागी ~~~प्रेम दिवस मुक्तक~~~
रातो गुलाफ लिएर आउने छिन उनी ।।
प्रेमले भरिएको साथ पाउने छिन उनी ।।
भगवानलाई साँची राखी गोडा टेक्न ।।
लगाइ प्रेम प्रस्ताव गराउने छिन उनी ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा
हाल India
28-Suman Adhikari
माघमहिना गएपनी मेरी अझै बाकि होलिन !
मै भेट्टन आउछु भनि लेकबेशी धाकि होलिन !
खै कसरी भन्थिन भन्नपनी गारो मनका कुरा....
मैलेनै मनका कुरा भनोस भनी इसारा लाकी होलीन !
-SUMAN adhikari "sajan"
Bhimnager 4 chitwan.
.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
www.muktakmadhurima.blogspot.com
धन्यबाद
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
(आजको बुलबुल प्रेम दिवस विशेष रहनेछ ।) शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति २०६९ फागुन 02 गते तदनुसार 13-FEB-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 181) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागिbulbul@unn.com.np मा मेल गर्नुहोला ।
नमस्कार साथीहरु,
आज मिति 2069 फगुन 02 गते तदनुसासर मंगलबार तदनुसार 13-Feb-2013, हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 17 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ । आजको कार्यक्रम प्रेमदिवश २०१३ को पूर्व सन्ध्यामा प्रेममय गजलहरु पनि प्रस्तुत हुनेछन् ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमापोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । यो श्रृंखला उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु ।
नबनेका जोडिहरु... अब बनुन शुभकामना ।। प्रणयमा मस्त सबै मान्छे रहुन शुभकामना ।।
नजुरेका कति होलान्, जोडिहरु संसारमा यसैपाली सबैलैनै प्राप्त गरुन शुभकामना ।।
वार्षौदेखी कति यहाँ इन्तजारमा रहेकाछन् पर्खाइका पिडाहरु अब सकुन शुभकामना ।।
चाहेकै मान्छे सधै साथ रहोस यहि भन्छु सुख दुख बाँडी चुँडी अघि बढुन शुभकामना ।।
अति मायाँ गर्ने जिवन साथी मिलोस सबैलाई बाधाहरु चोखोप्रेमका सबै हटुन शुभकामना ।।
सबै तिर प्रेम दिवसले हर्षउल्लास फैलाएर मनमन मिलाएर मात्र जाउन शुभकामना ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप । 13-Feb-2013 http://chisapaninepal.blogspot.com/ Note : प्रणय दिवशको पूर्ण सन्यामा सम्पूर्ण प्रेम प्रति विस्वास राख्ने जोडिहरु, एकल मनहरु , प्रेमीहरु सबैलाई यो वर्षको प्रेमदिवस धुमधाम र हर्षउल्लसका साथ वितोस् बैको मनोकामना पूरा होस भन्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Date : (11-02-2013/29-10-2069)
Fm: Radio Manaslu 103.9mhz Email: shabda.sarobar@gmail.com
FB : ShabdaSharobar
नमस्कार साथीहरु
आज मिति 2069 माघ 29 तदनुसार 11-02-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि 10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । आज प्रेम दिवस विशेष गजलहरु लिएर आएका छौं । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद । Listen and Download