गजल शरोबर -(28-11-2012/2069-08-13) - Download

NepaliTalim | 1:41:00 PM | 0 comments
KALIKA FM PRESENTS

GAZAL SHAROBAR

Date : (28-11-2012/2069-08-13)
FM : Kalika FM 


आज मिति २०६९ मंसिर 13 गते शनिवार तदनुसार 2012-Nov-18 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ ।   बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ  भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ ।आज बुधबार टेलिफोन मार्फट तपाईहरुकै आवाजमा गजल बाचन हुनेछ , आउनुस् हामी पनि सुनौ । 

Listen and Download

Download :    Click Here 

Srijana Gazal 12 : (25-Nov-2012)-Download

NepaliTalim | 1:00:00 PM | 0 comments
Episode 12  - Srijana Gazal
Date :25-Nov-2012

Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all t
he audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.

Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.

We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)
सिर्जना गजल अनलाईन रेडियो कार्यक्रमको लागि तपाईको रचना पठाउनको लागि santa.sarowar@gmail.com  मा मेल गर्नुहोला ।
Listen And Download

Download : Click Here 12

Thank you

Muktak Madhurima (2069-08-14/29-11-2012) - Download

NepaliTalim | 11:52:00 PM | 0 comments
Muktak Madhurima

Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-08-14/29-11-2012) 
 
आज मिति 2069 मंर्सिर 14 गते तदनुसार 29 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
 
Listen and Download
Download : Click Here   
Listen all Previous Episode
 
२०६९-०८-१४ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-Ashish Danai मुक्तक
उनी आएर मे
रो छेवैमा बसिन ।
गित गाएर मेरो छेवैमा बसिन ।।
मेरो स्पर्षले मोहीत बनायो की ।
खित्खिताएर मेरो छेवैमा बसिन ।।
-आशिष दनाई
gaunshahar-2, danaigaun,lamjung

02-Lb Sagar
जित्न बॉजी मलाई,तुरुप बनायौ।
सामु र्पदॉ मेरो माया कुरूप बनायौ ।।
मै सँग भनेहुन्थ्यो ,जे जे भन्ने मन थ्यो ।।
किन? सुँन्य रमितेका ,गुरुप बनायौ ।।
ऐल.बि.सागर कैलाली
हाल:मलेशिया


03-Rupesh Fatra रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
~~~मुक्तक~~~
हिजो तिम्ले गरेको बखान खोई....?
शोसीत बर्गको संबिधान खोई....?
मुक्ति पाउन लडेका ति हाम्रा.....
हजारौँ शहिदको सम्मान खोई....?


04-रकआईरन गनेश
आफ्नै मझेरी फूटेको बेला !
जीउने शव आधार टूटेको बेला!!
खैअब कसरी भनौ तीमीलाई यहाँ,
आफ्नै भनौदाले योबन लुटेको बेला!!
रकआईरन गनेश
phuyetappa 5 ilam
now incheon south korea


05-श्रीकान्त कहेराज़
धेरै रोयो देश अब , मुहार फेर्ने कोहि आवोस,
आफुलाई होइन अब, देशलाई हेर्ने कोहि आवोस
देशले त अब यहा परिबर्तन माग्दै छ नि ,
नया नेपालको खाका छिट्टै केर्ने कोहि आवोस
कृष्ण मन्दिर चोक


06-Bikalpa Babu
म पागल प्रेमि पागल बस्तिमा छु
बिगतको खुशी हिजो र अस्तिमा छु
सोच्छन् कसरी स्वार्थी मनहरु
आशु खसाली यहाँ मस्तीमा छु
bikalpa babu
gitanagar chitwan


07-Saroj Dhital
खै त नेता मेरो देश फेरिएको ?
फुलेका हजरौ ति केश फेरिएको ?
सराप्ला माटो ले धिक्कार्ला इतिहासले..
खै त नेता निमुखाको भेष फेरिएको ? ?
-danchhi 3 kathmandu


08-Bishnu K Gautam
यीनले गर्लान भन्ने आस मार्नु पर्छ
यी सबलाई अब सत्यानास पार्नु पर्छ
ए हजुर तपाईँ हामी सब जना उठेर
आउनोस सबै यी नेताको झेको झार्नु पर्छ
Bishnu Gautam
Baglung Galkot
Now;Butwal,Rupandehi


09-Rajib Rimal मुक्तक:
न शिक्षा दियो न क्षमता दियो ।
बिपन्नता दियो, असमानता दियो
मलाई यत्ति कुरामा, गर्व छ मेरो देशप्रति,
धन्न यो देशले मलाई नागरिकता दियो।।।।।।।।
Rajib Rimal,institute of engineering WRC-Pokhara Rrrajib.Rimal@yahoo.com


10-Bishnu Rijal
भुट न मकै र,भट्ट पीयारी|
मोईसंग खाउँला,चट्ट पीयारी|
एकफेर मेरो,चुमिदेउ ओठ**
नदेखुन कसैले,झट्ट पीयारी|
bishnu rijal,kiwichaur myagdi,now ioe wrc,pokhara

11-Amrit Shrestha
दिप निभ्यो जीवन औसिको रात भयो
मलाइ छाडि गयौ एक्लो एक्लो साथ भयो
तिमी सँग जीवन बिताउने धोको थियो मेरो
मन त मिल्यो तर मेरो बाधक जात भयो ।।।
(Amrit shrestha pokhara 12 kaski)

12-Rai Munkmen Ramesh मुक्तक
कोहि सत्य बोल्न डराएर बिग्रेँ यहाँ
कोहि सत्यलाइ झुटो ठहराएर बिग्रेँ यहाँ
यि दुवै हरफ हरु भन्दा पृथक म भने
धरो-धर्म तिमिलाइ मन पराएर बिग्रेँ यहाँ
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद.....


13-सुजिता पौडेल "प्रीती"
स्वार्थी मायामा सिंगो संसार चलाऊ भन्दिन प्रीये...
लाउछौ भने अन्तै माया नलाउ भन्दिन प्रिये..।।
जे गरेनी तिम्रै खुशी चाहन्छु म सदा साद..।।
मेरै यादमा बेर्थै मुटु जलाउ भन्दिन प्रीये ..
सुजिता पौडेल "प्रीती" शाहीद स्‍मृति मल्टिपल क्याम्पस
नेपालीमा अनुबाद - सरोज धिताल


14-तिलक निष्कर्ष
सम्झी सम्झी यादैयादमा रुनुमा छ मज्जा
निर्दोष आँखा अश्रुजलले धुनुमा छ मज्जा
जाने जान्छन आउने आउछन यहि त हो रित
दिलकी मायालुको तस्बिर छुनुमा छ मज्जा
रत्ननगर ७


15-Binod Adhikari
विकल्प ति हातहरु को खोज्दै छु आज
टुक्रा टुक्रा परी घाइते मुटु फोरर्दै छु आज
सधै भरी पिडा नै हुन्क्स भने यो माया मा
वैना लगाई अन्तै जीवन जोड्दै छु आज
- बछौली ६ सौराह


16-Anjana Poudel
तिम्रो आँखा लाग्यो ! मेरै जीवन माथि किन ?
पराइ भए पछी, हुन खोज्छ्यौ जाति किन ?
नजिकको देउता भन्दा पराइ भुत प्यारो मान्यौ
खोज्छ्यौ फेरी चढाउन चोखो फूलपाती किन ?

17-Mohan Bihani मुक्तक
**********************
आजकल सबजना रक्सि पिएको कुरा गर्छन यहाँ ,
मायाजालबाट रक्सिले मुक्ति दिएको कुरा गर्छन यहाँ ।
सुखमा नि दु:खमा नि साथ दिने गतिलो साथी,
जीवनकै मज्जा रक्सिबाट लिएको कुरा गर्छन यहाँ ।
copyright@ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
2069-08-05

18-Rakshe Deep Milan
यो मायाको, ईन्तजार कैले सम्म?
भरोसाको, बलात्कार कैले सम्म??
न आँउदिन भन्यौ, न आयौ तिमि,
झुठै झुठ, पत्राचार कैले सम्म??
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार


19-Aindra Bikram Nisthuri
यादै यदको संसारमा म त मात्र सम्झाना हुँ ।
सपना नै सपनाको संसारमा म त मात्र कल्पना हुँ ।
विस्वास नगरे कुनै पल मेरो
धोकै धोकाको संसारमा म त मात्र नमुना हुँ ।
-आईन्द्र बिक्रम निस्ठुरि
अमरपुर्-चार पाँचथर


20-Bhupendra Bc मुक्तक
घर धान्न जागीर नभई नहुने भो
माया पाउन तकदीर नभई नहुने भो
हृदय बाटै आफ्नो भयपछी पनी
सीन्दुरे रुप अबीर नभई नहुने भो
-भुपेन्द्र(बिपिन)बिसी
बिकाशनगर,कोहलपुर बाँके


21-Dipak Karakheti . मुक्तक
यदा कदा लेखिएको पुरानो, त्यो काहानी मन पर्छ
जाद-आउदा चिहाइ हेर्ने, त्यो बानी मन पर्छ //
छत-छुल्ला मोहक बगैचाको, यो रौनक चम्केको मा
कमोल हातले शुसाजित फुल्को, त्यो खानि मन पर्छ //
-दीपक काराखेती
हाल;-अबु-धाबी(UAE)

23-Bikram Arpan Mgr
धारिला ती छुरा हुन मान्छेको जिवन
सपना अधुरा हुन मान्छेको जिवन ।
पत्तै नपाइ प्याट्ट फुती जान्छ,कुनै पल,
रहर अपुरा हुन मान्छेको जिवन ।
-बिक्रम अर्पन पाँचथर हाल्:मलेशिया

24-सुजल बाबु बस्नेत
भावनाको सागर थियो, तर्न सकिनँ र बेहाल !
बनेर कलकलाउँदो खहरे, झर्न सकिनँ र बेहाल !
थियो ममताको उर्लदोँ बाढी, मायाको त महासागर नै;
रित्तो यो मन अझै रित्तै छ, भर्न सकिनँ र बेहाल !

25-Jyoti Khatiwada Anischit
[थप्पडबाट सुरु भयो,प्रचण्डको गाला रातै
गोलीले पो पुग्दैन कि,वावु तिम्रो पाला आजै
कति बस्नु कुण्ठित भई,पदम कुँवार फेरि निक्ल
जनादेश विरुद्दको अध्यादेशको ईनाम,दिनुपर्छ ताजै ]
-ज्योति खतिवडा अनिश्चित
त्रिचन्द्र क्याम्पस ।

26-Raag Gazmer Raz
प्रेमको सौन्दर्यता लज्जामा छ
मेरो खुशी त तिम्रो मज्जामा छ
ईन्द्रेणीले सजिनु पर्दैन न त जुनले
किन सोच्छौ सुन्दरता सज्जामा छ
धरान-१५,लागेका पथ

27-निस्चल प्रेमी कान्छा
जनताका झपड खाएनि प्रधानमन्त्री बनेका छन्
काधभरी बोझ राखी देश चलाऊछु भनेका छन्
संविधान नबन्नुमा नेताहरुको चालखेल छ
मिलेमोतो केहि छैन आफ्नै जरो खनेका छन्
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी हाल दृष्टि-वाटिका साहित्य समाज मुम्बई भारत

BULBUL 171 : (05-12-2012/ 2069-08-20) -Download

NepaliTalim | 11:07:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS BULBUL EPISODE - 171 (05-12-2012/ 2069-08-20) FB : Facebook Page
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2069 मंसिर महिनाको 20 गते बुधवार तदनुसार 05-Dec-2012, का दिन रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको लिएर (BULBUL EPISODE-171) लिएर उपस्थित हुनुभएको छ । 
 बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 
 बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download
 
Download : Click Here 171  
Listen All Previous Episodes :
 
Thank you
Ram Sharan Shrestha
Chisapani Nepal 

गजल गंगा 04-12-2012 (रेडियो नेपाल)- Download

NepaliTalim | 11:51:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा

रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal
Date : 04-Dec-2012 (2069-08-19)


नमस्ते साथीहरु,
आज मिति  2069 मंसिर 19 तदनुसार 04-12-2012 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।आजको गजल गंगामा गजलकार हरि मानान्धर विवश संगको अन्तर्वार्ता विशेष रहनेछ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।   
Listen and Download

Download : Click Here

Thank you

साहित्य सिर्जना -13 : (01-12-2012) - Download

NepaliTalim | 9:38:00 AM | 0 comments
EPISODE : 13
Date : (01-12-2012/2069-08-16)
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

  

साथीहरु नमस्कार ।

आज मिति 2069 मंसिर 16 गते तदनुसार 1st Dec 2012 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 13TH श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen And Download 

Download : Click Here 13


Thank you

बहकिने मन (2069-08-18/03-12-2012) - Download

NepaliTalim | 2:08:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2069-08-18/03-12-2012)

Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: http://www.cin.org.np
 

आज मिति 2069 मंसिर 18 तदनुसार 03-Dec-2012  सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 55  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।
Listen and Download

Download : Click Here

Thank you

गजल संगम (2069-08-13/28-11-2012) - Download

NepaliTalim | 1:41:00 AM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-08-13/28-11-2012)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५ 
Phone : 056-526186
Facebook : Gazal Sangam

आज मिति 2069 मंसिर महिनाको 13 गते तदनुसार 28 Nov -2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here

Thank you

गजल संसार -18 : (03-12-2012/2069-08-18) - Download

NepaliTalim | 10:51:00 AM | 0 comments
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (03-12-2012/2069-08-18)
Host : Shanti Pakhrin
Source : Website

आज  मिति 2069 मंसिर 18 तदनुसार 04-Dec-2012 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 18 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
 
Listen and Download

Download : Click Here 18

Thank you

BULBUL: EPISODE 170 (2069-08-13/28-11-2012) -Download

https://mohanbihani.blogspot.com/ | 10:03:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 170
(28-Nov-2012/ 2069-08-13)
FB : Facebook Page


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2069 मंसिर महिनाको 06 गते बुधवार तदनुसार 21-Nov-2012, का दिन रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको लिएर (BULBUL EPISODE-169) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download

Download : Click Here 170

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger