गजलका पानाहरु 18 : (2069-08-16/01-12-2012 ) - Download

https://mohanbihani.blogspot.com/ | 9:58:00 AM | 0 comments
कार्यक्रम - गजलका पानाहरु
संचालक - गजल प्रेमी इन्द्रमान आत्मा,
सृंखला -18
समय - इजरायल - बेलुका - ८ बजे देखी
रेडियो - रेडियो हाम्रोसंसार 
Date : 2069-08-16 /1-12-2012

इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु  "गजलका पानाहरु-Episode-18" तपाइँ हामीले नै Facebook पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ  इन्द्रमान आत्माको साथमा सुन्नुहोस
Listen and Download

Download : Click Here


Thank you

मुक्तक मधुरिमा (2069-08-14/29-11-2012) Download

https://mohanbihani.blogspot.com/ | 12:49:00 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
 

Host : Ramu Acharya
Date : (2069-08-14/29-11-2012) 

आज मिति२०६९-०८-14 तदनुसार29 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक मधुरिमाका साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download


२०६९-०८-१४ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको
 प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-Ashish Danai मुक्तक
उनी आएर मे
रो छेवैमा बसिन ।
गित गाएर मेरो छेवैमा बसिन ।।
मेरो स्पर्षले मोहीत बनायो की ।
खित्खिताएर मेरो छेवैमा बसिन ।।
-आशिष दनाई
gaunshahar-2, danaigaun,lamjung
listen and download muktak madhurima atwww.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima


02-Lb Sagar
जित्न बॉजी मलाई,तुरुप बनायौ।
सामु र्पदॉ मेरो माया कुरूप बनायौ ।।
मै सँग भनेहुन्थ्यो ,जे जे भन्ने मन थ्यो ।।
किन? सुँन्य रमितेका ,गुरुप बनायौ ।।
ऐल.बि.सागर कैलाली
हाल:मलेशिया


03-Rupesh Fatra रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
~~~मुक्तक~~~
हिजो तिम्ले गरेको बखान खोई....?
शोसीत बर्गको संबिधान खोई....?
मुक्ति पाउन लडेका ति हाम्रा.....
हजारौँ शहिदको सम्मान खोई....?


04-रकआईरन गनेश
आफ्नै मझेरी फूटेको बेला !
जीउने शव आधार टूटेको बेला!!
खैअब कसरी भनौ तीमीलाई यहाँ,
आफ्नै भनौदाले योबन लुटेको बेला!!
रकआईरन गनेश
phuyetappa 5 ilam
now incheon south korea


05-श्रीकान्त कहेराज़
धेरै रोयो देश अब , मुहार फेर्ने कोहि आवोस,
आफुलाई होइन अब, देशलाई हेर्ने कोहि आवोस
देशले त अब यहा परिबर्तन माग्दै छ नि ,
नया नेपालको खाका छिट्टै केर्ने कोहि आवोस
कृष्ण मन्दिर चोक


06-Bikalpa Babu
म पागल प्रेमि पागल बस्तिमा छु
बिगतको खुशी हिजो र अस्तिमा छु
सोच्छन् कसरी स्वार्थी मनहरु
आशु खसाली यहाँ मस्तीमा छु
bikalpa babu
gitanagar chitwan


07-Saroj Dhital
खै त नेता मेरो देश फेरिएको ?
फुलेका हजरौ ति केश फेरिएको ?
सराप्ला माटो ले धिक्कार्ला इतिहासले..
खै त नेता निमुखाको भेष फेरिएको ? ?
-danchhi 3 kathmandu


08-Bishnu K Gautam
यीनले गर्लान भन्ने आस मार्नु पर्छ
यी सबलाई अब सत्यानास पार्नु पर्छ
ए हजुर तपाईँ हामी सब जना उठेर
आउनोस सबै यी नेताको झेको झार्नु पर्छ
Bishnu Gautam
Baglung Galkot
Now;Butwal,Rupandehi


09-Rajib Rimal मुक्तक:
न शिक्षा दियो न क्षमता दियो ।
बिपन्नता दियो, असमानता दियो
मलाई यत्ति कुरामा, गर्व छ मेरो देशप्रति,
धन्न यो देशले मलाई नागरिकता दियो।।।।।।।।
Rajib Rimal,institute of engineering WRC-Pokhara Rrrajib.Rimal@yahoo.com


10-Bishnu Rijal
भुट न मकै र,भट्ट पीयारी|
मोईसंग खाउँला,चट्ट पीयारी|
एकफेर मेरो,चुमिदेउ ओठ**
नदेखुन कसैले,झट्ट पीयारी|
bishnu rijal,kiwichaur myagdi,now ioe wrc,pokhara

11-Amrit Shrestha
दिप निभ्यो जीवन औसिको रात भयो
मलाइ छाडि गयौ एक्लो एक्लो साथ भयो
तिमी सँग जीवन बिताउने धोको थियो मेरो
मन त मिल्यो तर मेरो बाधक जात भयो ।।।
(Amrit shrestha pokhara 12 kaski)


12-Rai Munkmen Ramesh मुक्तक
कोहि सत्य बोल्न डराएर बिग्रेँ यहाँ
कोहि सत्यलाइ झुटो ठहराएर बिग्रेँ यहाँ
यि दुवै हरफ हरु भन्दा पृथक म भने
धरो-धर्म तिमिलाइ मन पराएर बिग्रेँ यहाँ
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद.....


13-सुजिता पौडेल "प्रीती"
स्वार्थी मायामा सिंगो संसार चलाऊ भन्दिन प्रीये...
लाउछौ भने अन्तै माया नलाउ भन्दिन प्रिये..।।
जे गरेनी तिम्रै खुशी चाहन्छु म सदा साद..।।
मेरै यादमा बेर्थै मुटु जलाउ भन्दिन प्रीये ..
सुजिता पौडेल "प्रीती" शाहीद स्‍मृति मल्टिपल क्याम्पस
नेपालीमा अनुबाद - सरोज धिताल


14-तिलक निष्कर्ष
सम्झी सम्झी यादैयादमा रुनुमा छ मज्जा
निर्दोष आँखा अश्रुजलले धुनुमा छ मज्जा
जाने जान्छन आउने आउछन यहि त हो रित
दिलकी मायालुको तस्बिर छुनुमा छ मज्जा
रत्ननगर ७


15-Binod Adhikari
विकल्प ति हातहरु को खोज्दै छु आज
टुक्रा टुक्रा परी घाइते मुटु फोरर्दै छु आज
सधै भरी पिडा नै हुन्क्स भने यो माया मा
वैना लगाई अन्तै जीवन जोड्दै छु आज
- बछौली ६ सौराह


16-Anjana Poudel
तिम्रो आँखा लाग्यो ! मेरै जीवन माथि किन ?
पराइ भए पछी, हुन खोज्छ्यौ जाति किन ?
नजिकको देउता भन्दा पराइ भुत प्यारो मान्यौ
खोज्छ्यौ फेरी चढाउन चोखो फूलपाती किन ?

17-Mohan Bihani मुक्तक
**********************
आजकल सबजना रक्सि पिएको कुरा गर्छन यहाँ ,
मायाजालबाट रक्सिले मुक्ति दिएको कुरा गर्छन यहाँ ।
सुखमा नि दु:खमा नि साथ दिने गतिलो साथी,
जीवनकै मज्जा रक्सिबाट लिएको कुरा गर्छन यहाँ ।
copyright@ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
2069-08-05
www.mohanbihani.blogspot.com
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com


18-Rakshe Deep Milan
यो मायाको, ईन्तजार कैले सम्म?
भरोसाको, बलात्कार कैले सम्म??
न आँउदिन भन्यौ, न आयौ तिमि,
झुठै झुठ, पत्राचार कैले सम्म??
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार


19-Aindra Bikram Nisthuri
यादै यदको संसारमा म त मात्र सम्झाना हुँ ।
सपना नै सपनाको संसारमा म त मात्र कल्पना हुँ ।
विस्वास नगरे कुनै पल मेरो
धोकै धोकाको संसारमा म त मात्र नमुना हुँ ।
-आईन्द्र बिक्रम निस्ठुरि
अमरपुर्-चार पाँचथर


20-Bhupendra Bc मुक्तक
घर धान्न जागीर नभई नहुने भो
माया पाउन तकदीर नभई नहुने भो
हृदय बाटै आफ्नो भयपछी पनी
सीन्दुरे रुप अबीर नभई नहुने भो
-भुपेन्द्र(बिपिन)बिसी
बिकाशनगर,कोहलपुर बाँके


21-Dipak Karakheti . मुक्तक
यदा कदा लेखिएको पुरानो, त्यो काहानी मन पर्छ
जाद-आउदा चिहाइ हेर्ने, त्यो बानी मन पर्छ //
छत-छुल्ला मोहक बगैचाको, यो रौनक चम्केको मा
कमोल हातले शुसाजित फुल्को, त्यो खानि मन पर्छ //
-दीपक काराखेती
हाल;-अबु-धाबी(UAE)

23-Bikram Arpan Mgr
धारिला ती छुरा हुन मान्छेको जिवन
सपना अधुरा हुन मान्छेको जिवन ।
पत्तै नपाइ प्याट्ट फुती जान्छ,कुनै पल,
रहर अपुरा हुन मान्छेको जिवन ।
-बिक्रम अर्पन पाँचथर हाल्:मलेशिया
Sir dherai time paxi aaye bye



24-सुजल बाबु बस्नेत
भावनाको सागर थियो, तर्न सकिनँ र बेहाल !
बनेर कलकलाउँदो खहरे, झर्न सकिनँ र बेहाल !
थियो ममताको उर्लदोँ बाढी, मायाको त महासागर नै;
रित्तो यो मन अझै रित्तै छ, भर्न सकिनँ र बेहाल !


25-Jyoti Khatiwada Anischit
[थप्पडबाट सुरु भयो,प्रचण्डको गाला रातै
गोलीले पो पुग्दैन कि,वावु तिम्रो पाला आजै
कति बस्नु कुण्ठित भई,पदम कुँवार फेरि निक्ल
जनादेश विरुद्दको अध्यादेशको ईनाम,दिनुपर्छ ताजै ]
-ज्योति खतिवडा अनिश्चित
त्रिचन्द्र क्याम्पस ।


26-Raag Gazmer Raz
प्रेमको सौन्दर्यता लज्जामा छ
मेरो खुशी त तिम्रो मज्जामा छ
ईन्द्रेणीले सजिनु पर्दैन न त जुनले
किन सोच्छौ सुन्दरता सज्जामा छ
धरान-१५,लागेका पथ

27-निस्चल प्रेमी कान्छा
जनताका झपड खाएनि प्रधानमन्त्री बनेका छन्
काधभरी बोझ राखी देश चलाऊछु भनेका छन्
संविधान नबन्नुमा नेताहरुको चालखेल छ
मिलेमोतो केहि छैन आफ्नै जरो खनेका छन्
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी हाल दृष्टि-वाटिका साहित्य समाज मुम्बई भारत

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

गजल संसार -17 : (26-11-2012/2069-08-12) - Download

NepaliTalim | 8:52:00 AM | 1comments
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (26-11-2012/2069-08-12)
Host : Shanti Pakhrin
Source : Website


आज  मिति 2069 मंसिर 12 तदनुसार 27-Nov-2012 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 17 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here 17
Thank you

बिम्बप्रतिबिम्ब (26-11-2012) - रेडियो नेपाल - Download

NepaliTalim | 8:39:00 AM | 0 comments
रेडियो नेपालको प्रस्तुति
कार्यक्रम : विम्वप्रतिविम्ब
मिति : २६ नोभेम्बर २०१२
प्रस्तोता : रमेश पौडेल

Download :  Click Here

Thank you

रोहित राना सँगको अन्तर्वाता विशेष साहित्य सिर्जना (24-11-2012) - Download

NepaliTalim | 12:12:00 AM | 1comments
अन्तर्वाता विशेष
अतिथि : रोहित राना
कार्यक्रम :साहित्य सिर्जना
प्रस्तोता : कमल
रेडियो :रेडियो  बुद्धआवाज
मिति : 09-08-2069/24-11-2012


आज मिति २०६९ मंसिर ९ गते तदनुसार २४ नोभेम्बर २०१२ का दिन सामुदायिक रेडियो बुद्ध आवाज बाट हरेक शनिवार प्रसारण हुने कार्यक्रम साहित्य सिर्जना लिएर प्रस्तोता कमल उपस्थित हुनुभएको छ । आजको कार्यक्रममा गजलकार तथा गीतकार रोहित रानाज्यू संगको अन्तर्वाता विशेष रहनेछ । आउनुस् हामी पनि सुनौ उहाँ सँगको अन्तरंग कुराकानी ।
Listen and Download
Download : Click Here 

Thank you
 

गजल गंगा 27-11-2012 (रेडियो नेपाल)- Download

NepaliTalim | 10:03:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि

कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal
Date : 27 Nov-2012 (2069-08-12)


नमस्ते साथीहरु,
आज मिति  2069 मंसिर 12 तदनुसार  27th Nov 2012 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला । 
Listen and Download
Download : Click Here 


Thank you



बहकिने मन (2069-08-11/26-11-2012) - Download

NepaliTalim | 10:08:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2069-08-11/26-11-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: http://www.cin.org.np
 
आज मिति 2069 मंसिर 04 तदनुसार 26-Nov-2012  सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 55  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मनको २०६९ तिहार विशेष प्रस्तुति ।
Listen and Download

Download : Click Here 

Thank you

मुक्तक सरोबर (21-11-2012/2069-08-06)- Download

NepaliTalim | 5:29:00 PM | 0 comments
MUKTAK SAROBAR 
कार्यक्रम : मुक्तक सरोबर 
Date : (2069-08-06/21-11-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
आज मिति 2069 मंसिर 06 तदनुसार 24 Nov 2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने 
Listen and Download

Download : Click Here

Thank you

विश्वब्यापी गजल प्रतियोगिता

NepaliTalim | 4:28:00 PM | 0 comments
GAJAL plusmediaworld
 देश तथा परदेशमा रहेर नेपाली साहित्य सिर्जना र त्यसको प्रबर्धनमा जुट्नुभएका  तपाईं सम्पूर्ण साहित्यिक अनुरागीहरुको साहित्यिक सिर्जनाहरुलाई युगान्त बनाउने अभिप्रायलेwww.newsinnepali.com   द्वारा सन्चालन हुन लागेको विश्वाब्यापी गजल प्रतियोगितामा सहभागि भईदिनु हुन www.newsinnepali.com  सम्पूर्ण साहित्यिक मनहरुमा हार्दिक अनुरोध गर्दछ ।नेपाली साहित्य अन्तर्गतका हरेक बिधाहरु मध्ये गजल बिधा प्रतीको बढ्दो रुचीलाई मध्यनजर गर्दै यस बिधामा समर्पित साहित्यिक श्रष्टाहरुलाई गजल लेखनमा थप हौषला प्रदान गर्ने अभिप्रायले यस किसिमको प्रतियोगिता सन्चालन गरिन लागिएको हो । तपाईंहरुबाट प्राप्त भएका गजलहरु मध्ये उत्कृष्टताको आधारमा पहिलो, दोस्रो र तेस्रो स्थानमा पर्न सफल गजलहरुलाई क्रमस : १५,००० रुपैया, १०,०००  रुपैया  र ५,००० रुपैया नगद पुरस्कार स्वरुप प्रदान गरिने छ । यस किशिमको गजल प्रतियोगितालाई चरण बद्द रुपमा ६ चरण सम्म सन्चालन गरिने छ । प्रत्येक् चरणमा उत्कृष्टताका आधारमा क्रमिक रुपले  १० वटा गजलहरु लीइने छ । छैठौ चरण सम्म आईपुग्दा हामी सँग ६० वटा उत्कृष्ट गजलहरु हुनेछन । तिनै ६० वटा गजलहरुलाई समाबेश गर्दै  अन्तिममा एउटा गजल सङ्रह पुस्तक  प्रकासित्  गरिने छ । नेपाली साहित्यको जगेर्ना गर्ने साथै साहित्यिक श्रष्टाहरुलाई पुरस्क्रित गर्ने यो हाम्रो प्रयासलाई स्वैकार्दै  आफुले रचना गरेका गजलहरु हामीसम्म पुर्याई दिनुहुन फेरी पनि तपाईं समस्त साहित्यिक मनहरुमा हार्दिक अनुरोध गर्दछौ ।  गजल पठाउदा पालना गर्नुपर्ने नितिनियमहरु यसप्रकार छन ।
 १) गजल युनिकोडमा टाईप गरी पठाउनु पर्ने छ ।
 2) गजल कम्तिमा पनि ५ शेरको हुनुपर्ने छ ।
 ३) आज भन्दा अघी कही कतै प्रकासित् भईसकेको गजल  हुनु हुँदैन।
 ४) जुनसुकै लय मात्रामा लेख्न सकिने छ ।
 ५) कही कतैबाट अन्य श्रष्टाहरुको गजल साभार गरिएको पाईेएमा यस् प्रतियोगितामा स्थान दीइने छैन ।
 ६  नियमसंगत रुपमा लेखिएका गजलहरुलाई प्राथमिकता दीइने छ ।
 ७) गजल पठाउदा गजलको साथमा एक प्रती फोटो पनि सँगै पठाउनु पर्ने छ ।
 ८) गजल प्राप्त भईसक्नु पर्ने मिती नाघेर आएका गजलहरुलाई अर्को चरणमा समाबेश गरिने छ ।  
  द्रिष्टब्य :- यस प्रतियोगिताको उत्कृष्टता जाच गर्नका लागि निर्णयकका रुपमा   हामी सँग दुई माध्यम हुनेछन ।
 पहिलो निर्णायक - पहिलो निर्णायकका  रुपमा तपाईं सम्पूर्ण पाठकहरु पर्नु हुनेछ । तपाईंहरुले गर्नु भएका लाईक र प्रतिकृयाको आधारमा ५० प्रतिसत निर्णय हुनेछ । यसकालागी  www.newsinnepali.com लग अन गरी उक्त पेजको माथिलो भागमा रहेको  'बिश्वब्यापी गजल प्रतियोगिता' मा क्लिक गरी आफुलाई मन परेको गजललाई लाइक र प्रतिकृया दिन सक्नुहुनेछ ।
  दोस्रो निर्णायक- दोस्रो निर्णायकका रुपमा हामीले नेपाली साहित्य सँग सम्बन्धित ५ जना बिशेष श्रष्टाहरुलाई राख्ने छौ । उहाहरुले लाइक र प्रतिकृया बाट उत्कृष्टतामा परेका गजलहरुको स्तरियता र नियमसंगत छ या  छैनन जाँच  गरी अन्तिम रुप दिनुहुनेछ। यो निर्णय नै अन्तिम र मान्य निर्णय हुनेछ । 
गजल पठाउने ठेगाना:- 
(गजल पठाईसक्नु पर्ने अन्तिम मिती ३० नोभेम्बर २०१२ सम्म)
Source : http://www.newsinnepali.com/

Episode 12:साहित्य सिर्जना (24-11-2012) - Download

NepaliTalim | 3:34:00 PM | 0 comments
EPISODE : TEN 11 Date : (24-11-2012/2069-08-09)
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

  

साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 12TH श्रीङ्खला लिएर आज मिति 2069 मंसिर 09 गते तदनुसार 24-Nov-2012 का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद । 

Listen And Download 

Download : Click Here 12

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger