गजल- पाएँभने पाउमै बास, जिउन सक्छु म

NepaliTalim | 4:34:00 PM | 0 comments
पाएँभने पाउमै बास, जिउन सक्छु म ।।
भै हजुरको दास, जिउन सक्छु म ।।

कहाँ गुड्छ र रथ, बिना दुई पाङ्ग्रा
पाए हजुरकै साथ, जिउन सक्छु म ।।

दुःख सुःख जेभएनी, संगै हिड्ने रहर
भोगेर अरुभन्दा खास, जिउन सक्छु म ।।

एक्लीनै छु म पनि, ठानी हजुरनै साहारा
बनाई मुटुकै पास, जिउन सक्छु म ।।

लेखिदिएँ मेरो, सबै सबै हजुरलाई
पाए मायाँ आभास, जिउन सक्छु म ।।
Composed Date
20th May 2010 Thrusday
6th Jestha 20667
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

कविता -रामेछापका सबै गा.वि.स.का नामहरुबाट बनेको कविता

NepaliTalim | 4:21:00 PM | 2comments


जाडो आयो घाम तापौला मन्थलीको रापमा
चैत्र लाग्दा लेक चढौला हाम्रै रामेछापमा ।

जुनारको वोटमा नाचौं ओख्रेनीमा गई
सुकाजोर, खिम्ती गई खाउँला दुध दही ।

अनारखेती गर्न थाल सुनारपानी सालु
दोरम्बा र डडुवाले फलाएछन् आलु ।

गुम्देल तिमी जल बाँड वनी अति बनी दानी
भुजी, प्रिती माया गाँस ठासे फलामखानी ।

कृष्णलाललाई जन्म दिने हाम्रै कठजोर
चिया वगान बनाउने बाम्ती, गुप्तेश्वर ।

नागदह, सैपु, गोठगाउँ अनि विजुलीकोट
नयाँ खेती गरी अव कमाउनु छ नोट ।

वेताली, नामाडी, रस्नालु अव वत्ति वाल
फुलासी,, गेलु, पुरानागाउँ गरिवलाई पाल ।

भलुवाजोर,भटौली, पकरवास फलाउ धान
खाँडादेवी तिमी बढाउ यो जिल्लाको मान ।

दिमीपोखरी, हिलेदेवी अर्को खनियापानी
माकादुम र राकाथुम यी आँखाका नानी ।

साँघुटार, देउराली, रामपुर, हिमगंगा
मझुवा नी अघि बढ मन पारेर चंगा ।

चनखु र चिसापानी हामी तिम्रै साथ
लखनपुर, टोकरपुर, गौश्वारा अघि बढाउ हात ।

पिङखुरी, चुचुरे, कुभुकास्थली, गोठपानी
अरु भन्दा कमी छैनौ अघि बढौं हामी ।

गुन्सी, फर्पु, वेथान, गागल अनि दुरागाउँ
सँगसँगै अघि बढ चलाएर नाउँ ।

बाँकी रह्यौ फेरी हामी तिल्पुङ, भीरपानी
सवैलाई सहयोग गर्छौं दयाका छौं खानी ।

तामाकोशी गाउँदै आईन संगित छ्योरोल्पा ताल
रामेछापका गहना हुन् गंगा, पुस्पलाल ।

जदौ ।

हिरालाल आचार्य ″अनारबाजे˝
सुनारपानी, रामेछाप
फोन ०४८ ५४००६९
मार्फत रविन शैलुङ
tbthapa.rabin@gmail.com
Source : http://ramechhapdistrict.com/?page_id=391

गजल-उदय भो तिम्रो, मेरो अन्त्य संगै

NepaliTalim | 4:05:00 PM | 0 comments
उदय भो तिम्रो, मेरो अन्त्य संगै ।।
बिजय भो तिम्रो, मेरो अन्त्य संगै ।।

लाग्थ्यो मायाँ मैले भन्दा, तिम्ले बढि गथ्यौ
प्रेममय भो तिम्रो , मेरो अन्त्य संगै ।।

जब हारें सर्बस्व, तिमी देखि सारा सबै
संचय भो तिम्रो, मेरो अन्त्य संगै ।।


भन्छन् जोडि माथिनै, बनेको हुन्छ रे
त्यहि तय भो तिम्रो, मेरो अन्त्य संगै ।।

ज्यानै हाँजिर थियो, त्यो भन्दा वढी लियौ
अनि अभय भो तिम्रो, मेरो अन्त्य संगै ।।
Composed Date :-
27th May 2010/2067/ Jestha 13
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

अचम्मको संसार - Episode 3 - Download

NepaliTalim | 11:48:00 PM | 0 comments
Episode : 3 (Achammaki Sansar)
अचम्मको संसार
मिति : 26-09-2012/10-06-2069
रेडियो :  रेडियो एकता 
समय : हरेक बुधवार १० बजे विहान
प्रस्तोता:  रविन कार्की

यो संसार अचम्मको छ चाहे तपाईं पत्याउनुश या नपत्याउनुश तपाईं पनी अचम्मकै हुनु हुन्छ हजुर संसार अचम्मको छ । आज मिति 10  असोज २०६९ तदनुसार 10 Sep 2012 बुधबार , आजदेखि शान्ति र सदभाबका लागि रेडियो एकता 92.4mhz को कार्यक्रम अचम्मको संसारको 2nd श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता रविन कार्की उपस्थित हुनुभएको छ । विश्वभरिका विभिन्न अचम्मका रोचक कुराहरुको जानकारीहरु यो कार्यक्रमको विशेषता रहनेछ ।
Listen and Download

Download : Click Here to Download 3
Thank you
 

BULBUL : EPISODE 161-(26-09-2012) Download

NepaliTalim | 10:40:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 161

(26-Sep-2012/ 2069-06-10)
FB : Facebook Page
(आज गजल सम्वन्धि सिद्धान्तको कृष्णहरी वरालको पुस्तकबाट केहि सिद्धान्तका चर्चा सँगै तपाईहरुका गजलहरु  र सुमधुर सांगितिक गजल बिशेष  प्रस्तुति  रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 असोज महिनाको 10 गते बुधवार तदनुसार 26 Sep-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE - 161) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download :
Listen All Previous Episodes

Thank you

भावना -जवाफ त्यहि हो, नसोध नसोध

NepaliTalim | 10:19:00 PM | 0 comments
साथीहरु गजल लेख्न खोज्दा खोज्दै भावना वनि यौटा गजल हुन नसकेका रचना आज तपाईहरु सामु राखेको छु ।

भावना
जवाफ त्यहि हो, नसोध नसोध ।।
अभाव त्यहि हो, नसोध नसोध ।।

हुँदैन हुँदैन, अहँ धोका हुँदैन
विस्वास त्यहि हो, नसोध नसोध ।।

भनेकै छु नि दोहोर्याई दोहोर्याई
माग त्यहि हो, नसोध नसोध ।।

झुकाई नजर, लजाई आएछौ
लाज त्यहि हो, नसोध नसोध ।।

टक्रयाई मुटुनै, परास्त पर्यौनी
हार त्यहि हो, नसोध नसोध ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

कविता- जिन्दावाद र... मुर्दाबादका नाराहरु...

NepaliTalim | 10:13:00 PM | 0 comments
जिन्दावाद र...
मुर्दाबादका नाराहरु,
सुन्दा सुन्दा म वाक्क भैसकेँ
ए कोहि सुनाउन बुद्ध वाणीहरु

ति पक्कै भाग्यामानिहरु हुन्
जस्ले देशको लागि मरेर गए
जस्ले क्रान्तिमा आहुति दिए
समानताको लागि
मुक्तिको लागि देशको लागि
तर देश फेरीएन
बरु फेरी यि ब्वाँसाहरु सिर उठाउँदैछन्
जिन्दावाद र....
मुर्दाबादका नाराहरु,
सुन्दा सुन्दा म वाक्क भैसकेँ
ए कोहि सुनाउन बुद्ध वाणीहरु

आहा त्यो कुर्सि
मेरै हो केवल मेरै
छोड्दिँन ...
त्यो प्राण हो
मेरो ज्यान हो
देश भन्दा पनि बढी
भन्दै उफ्न्छि यहाँ झारहरु
शिर उठाउँदैछन् गद्धारहरु
चर्काउँदै थर्काउँदै
जिन्दावाद र...
मुर्दाबादका नाराहरु,
सुन्दा सुन्दा म वाक्क भैसकेँ
ए कोहि सुनाउन बुद्ध वाणीहरु 

Copyright
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

बहकिने मन (2069-06-08/24-09-2012) - Download

NepaliTalim | 5:26:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2069-06-08/24-09-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161

आज मिति २०६९ असोज 08 तदनुसार 24 Sep 2012 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 41 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन
Listen and Download
Download : Click Here to Download

Thank you,


गजलका शेरहरु - (2069-06-08/24-09-2012) - Download

NepaliTalim | 8:26:00 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2069-06-08/24-09-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु "तिज विशेष"
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे     
अनलाईन सुन्न : Radio Ekata    
फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु, 
आज मिति 2069 असोज महिनाको 08  तदनुसार मिति 24 Sep 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ ।आज महिनाको अन्तिम सातामा हामी गजल सवाज जवाफ विशेष श्रीङ्खला लिएर आएका छौं । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download

Download : Click Here to Download  
Listen All Previous Episodes
Thank you

गजल संसार -9 : (24-09-2012/2069-06-08) - Download

NepaliTalim | 12:56:00 PM | 0 comments
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Episode 9 : (17-09-2012/2069-06-08)
Host : Shanti Pakhrin
Source : Website
(GAZAL SANSAR) 
 
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 9) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 2069 असोज 08 तदनुसार 24-Sep-2012 का दिन कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सुनौं ।
Listen and Download
Download : Click Here to Download 9

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger