Showing posts with label अतिथि मुक्तकहरु. Show all posts
Showing posts with label अतिथि मुक्तकहरु. Show all posts

भिजन गुरागाईंका ५ मुक्तकहरू -22-Aug-2014

NepaliTalim | 1:25:00 PM | 0 comments
भिजन गुरागाईं
१.मुक्तक
यहाँ उपहार यस्तो आएकोछ फसाद हेर्नुहोस आज ।
उस्ले खाली दिल पठाएकोछ फसाद हेर्नुहोस आज ।
दोधारमा छु भरेर पठाऊ या रित्तो थाहा छैन मलाई ।
हिजो अर्कीसंग माया लगाएकोछ फसाद हेर्नुहोस आज ।
भिजन गुरागाईं

२.मुक्तक
छमछम चुरा बजाउदै कता हिड्या हो ?
अलिअलि लजाउदै कता हिड्या हो ?
घरको काम स्वामी लाई जिम्मा लाएर
ओठमा मुस्कान सजाउदै कता हिड्या हो ?
भिजन गुरागाईं

३.मुक्तक
दुनिया कति जाली रैछ आजै थाहा पाएँ
यो दिल पनि खाली रैछ आजै थाहा पाएँ
रम्न सम्म रमिएछ ब्यर्थ सुन्दरता मा
गोडमेल गर्ने माली रैछ आजै थाहा पाएँ
भिजन गुरागाईं


४.मुक्तक
छन् संसारमा धेरै-धेरै मित्र छन् ।
कोही बाहिर कोही मन भित्र छन् ।
हेर्दा त सबै उस्ता-उस्तै लाग्छन् !
ब्यबहारले यहाँ चित्र-विचित्र छन् ।
भिजन गुरागाईं


५.मुक्तक
हिड्नै पर्ने जिन्दगी को भिर खराब छ
आ-आफ्नै कथा व्यथा पिर खराब छ
खै अरु को त यहाँ के कुरा गर्नु र हजुर
सवै भन्दा ठुलो आफ्नै तक्दिर खराब छ
भिजन गुरागाई
शिवगंज १ झापा नेपाल

भिजन गुरागाईंका ९ मुक्तकहरू -22-Aug-2014

NepaliTalim | 9:27:00 AM | 0 comments
१.मुक्तक
स्वास्नी मान्छे खराब हुन्छन् धेरैले बुजेको छ 
त्यसैले त लोग्ने धराप हुन्छन् धेरैले बुजेको छ
जब आफ्नै कुराहरु सधै माथि पर्नुपर्छ प्रियसी को
अमृत प्याला पनि सराब हुन्छन् धेरैले बुजेको छ
भिजन गुरागाईं

२.मुक्तक
नदिनु धोका दिएपछि कसको के नै लाग्छ सानु
पराइको साथ लिएपछि कसको के नै लाग्छ सानु
हो पिलाउने रहर थियो अमृत प्याला मेरो पनि
आफै जहर पिएपछि कसको के नै लाग्छ सानु
भिजन गुरागाईं

३.मुक्तक
अवस्य मान्छे लाई उडाइदिन्छ विज्ञानले।
र हवाइजहाज पनि गुडाइदिन्छ विज्ञानले।
मलाई किन यसरी कस्छौ कसिलो बन्धनले ?
कस सानै बलले पनि चुँडाइदिन्छ विज्ञानले।
भिजन गुरागाईं


४.मुक्तक
प्रेम यस्तो खेल हो कतै हार त कतै जीत हुन्छ ।
खेल्न नजान्दा दुनियालाई साच्चै रमित हुन्छ ।
मित्रहरु हो बरु चुपचाप बस्नु केहि नबोल्नु अब ।
अरुको आलोचना गर्नुभन्दा नबोल्दै हित हुन्छ ।


५.मुक्तक
केके देखि हुमिदैछ्न् सारा परदेशमा
छैन कन्चन फेवा अनि रारा परदेशमा
बगाउने छु यहिदेशामा खोलि पसिनाको
नबगाउनु कहिँ कतै रगत धारा परदेशमा
भिजन गुरागाईं


६.मुक्तक
दुख पिडा अभाबका घाउ लगेर आए परदेश
झिटीमिटी सम्पतिमा साहु लगेर आए परदेश
तड्पीएर योमन सधै सम्झिराछ गाउ घरलाई
छुट्ने बेला बा आमाको पाउ लगेर आए परदेश
भिजन गुरागाईं

७.मुक्तक
परदेशीले छोडिजान्छ नपर्नु है भर सानु ।
झुटा कसम हजार खान्छ नपर्नु है भर सानु ।
लोभ-लाल्चा प्रलोभन माया जालमा फसाएर
झुक्याएर कोठी लान्छ नपर्नु है भर सानु ।
भिजन गुरागाईं


८.मुक्तक
जरुर केहि सिकिन्छ पनि आफन्त हरुबाटै
थाहै नपाई बिकिन्छ पनि आफन्त हरुबाटै
हरेक ठाउमा सजक रहनु होशियार रहनु सबैले
झुक्याई मुटु झिकिन्छ पनि आफन्त हरुबाटै
भिजन गुरागाईं


९.मुक्तक
कत्ति कुरा त जानीजानी भएको छ जीवनमा
आधाजसो हानिनोक्सानी भएको छ जीवनमा
अबत जसले जे गरेपनि सहन सक्ने भएको छु
चोट र अभाब भोग्ने बानी भएको छ जीवनमा
भिजन गुरागाईं

मनोज गिरीका २५ मुक्तकहरू_(२३ आषढ २०७१)

NepaliTalim | 9:51:00 AM | 0 comments
मनोज गिरी
१. मुक्तक 
माया गरी उसका लागी बेकार धाएछु 
पापिनी संग मनका बह बेकार गाएछु  
शान्त थियो मुटु मरुन्जेल रुवाएर गई 
निष्ठुरी संग चोखो माया बेकार लाएछु 
मनोज गिरी
छापहिले ५ गुल्मी

२.मुक्तक 
धोका पछिको मान हुदैनरहेछ
आँसु संगै मुस्कान हुदैनरहेछ 
भोगाइले सबैको येस्तै येस्तै भन्छ 
बाचेको छुट्टै पहिचान हुदैनरहेछ
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
तिम्रै लागि सबैथोक गरेपछि झरे
खोज्दा साथ् अन्तै सरेपछि झरे 
सकेसम्म गरे सकिन त गरु के 
बाच्छु भन्दा तिम्रैलागी मरेपछि झरे 
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
तिम्रो माया केहाल हुदैछ 
मेरो यता बेहाल हुदैछ 
तिमि राम्रै हुनु त्यता 
ठिकै छु म जेहाल हुदैछ 
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
उनकै प्यारले लुट्यो पहिले 
उनकै यारले टुट्यो जहिले
जे जे मन लाग्छ गरुन 
त्यसैले मुटु फुट्यो अहिले 
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
के के हो याँहा उनैले चाहेको हुदैछ 
सुक्क सुक्क उनैले गाएको हुदैछ 
मलाई मात्र दोषी देख्छ किन समाज 
झुठो साइनो उनैले लाएको हुदैछ
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
जे जे म गर्दै छु उनैले चाहेको गर्दै छु 
समाजको डर ले भागी भागी गर्दै छु 
सक्दिन म बाच्न मर भन्छेउ तिमि 
तिम्रै लागि वर मागी मागी गर्दैछु 
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
हरपल रुन्छु अनि हरबखत कराउछु 
तिम्रै नाम लिन्छु अनि हरबखत डराउछु 
बनायौ लास ज्युदो सकिन म मर्न 
तिमी देख्छु सपनीमा अनि हरबखत बर्बराउछु 
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
कुकूर मराई जिन्दगि होला जस्तो छ 
ज्युदो लास किराले छोला जस्तो छ 
के नाम दिनु र अब जिन्दगीलाई 
चपाई चपाई थुकेको भोला जस्तो छ 
मनोज गिरी
छापहिले ५ गुल्मी

१०.मुक्तक 
छोडिदिनुस उसका कुरा मुटु सार्नेलाई 
मर्छु भनि आज आई बोलि बार्नेलई
देख्दा अबदेखि नजर उसलाई नदिनु है 
बाहनको नाम देखाई आँसु झार्नेलाई 
मनोज गिरी
छापहिले ५ गुल्मी

११.मुक्तक 
मार मैले भनेकै छु आफै जानेन कसैले 
ज्युदै जलाऊ भने पनि मानेन कसैले 
बाच्न पनि कति गाह्रो ज्युदो लास बनि 
ज्युदो लास लाई गोलि किन हानेन कसैले
मनोज गिरी
छापहिले ५ गुल्मी

१२.मुक्तक 
धोका दे'को जिन्दगीलाई बधाई सम्म दिन सक्छु 
बेहाल भ'को जिन्दगीमा नसा सम्म पिन सक्छु 
फलोस फुलोस भन्दिन मखरानी होस् उनको जिबन 
के नै पाउनु छ र अब मुटु जलाई लिन सक्छु 
मनोज गिरी
छापहिले ५ गुल्मी

१३.मुक्तक 
तिम्रा लागि प्रेम बारबार हुदैछ 
नया प्रेमी खोज्न हतार हुदैछ 
मायामा के खोज्छेउ तिमि पाईनौ र के 
कस्ती छौ तिमि कस्तो संग घरबार हुदैछ 
मनोज गिरी
छापहिले ५ गुल्मी

१४.मुक्तक 
तिम्रा लागि भनेरै वर्षाको भेल गनिन
मर्न तयार भए कस्तो हो जेल भनिन
गर्न के नै बाकी रह्यो भन तिम्रै लागि
चोखै गरे झुठो मायाको खेल बनिन
मनोज गिरी
छापहिले ५ गुल्मी

१५.मुक्तक 
तिमी र म बाच्ने जगत एउटै हो
जे जे भन तिमी रगत एउटै हो
चाहे तिमी ब्राह्मण म दलित परौ
पुराण अनि भागवत एऊटै हो
मनोज गिरी
छापहिले ५ गुल्मी

१६.मुक्तक 
उनको प्यार कोहि किन्दैछ 
राम्री वा चाम्री यसरि बिन्दैछ
कस्ती लाग्छ उसलाई गर्छ अब के 
प्यार गर्ने नगर्ने कुरा छिन्दैछ
मनोज गिरी
छापहिले ५ गुल्मी

१७.मुक्तक 
राम्री हुनुले जिन्दगि पुग्दैन प्रियसी 
चोखो प्रेम मुहारमा झुक्दैन प्रियसी 
कस्तो हो तिम्रो माया कता गयो आज 
जे जे भन तिमि मेरो माया सुक्दैन प्रियसी 
मनोज गिरी
छापहिले ५ गुल्मी

१८.मुक्तक 
जानी जानी होइन मित्र तोड़नुहुन्न बाचा आमाका
टुक्रियेनी आफ्नो मन मोड्नुहुन्न बाचा आमाका
एक छाक खानुबरु आमाको साथ् नछोड्नु है
मर्नु बरु न्यानो काखमा नछोड्नु बाचा आमाका
मनोज गिरी
छापहिले ५ गुल्मी

१९.मुक्तक 
सपना ती सहर पस्दाका
रुदा रुदै आसु खस्दाका
क्षण ती कस्ता होलान्
हासी खुसी संगै फस्दाका
मनोज गिरी
छापहिले ५ गुल्मी

२०.मुक्तक 
हासिरहनु सधैतिमी हास्दिन म भनेको छु
तिम्रैलागी मर्छु भनि मर्ने दिन गनेको छु
कस्तो रैछ कुन्नी चोखो भन्ने तिम्रो माया
तिम्रै लागी बाच्छु भन्दा ज्युदो लास बनेको छु 
मनोज गिरी
छापहिले ५ गुल्मी

२१.मुक्तक 
बिर्सन बाध्य बनायौ तिमीले
आगोमा घिऊ खनायौ तिमीले
के रैछ कुन्नी त्यो पापी मनमा
रुवाईमा पिडा थमायौ तिमीले
मनोज गिरी
छापहिले ५ गुल्मी

२२.मुक्तक 
प्रेमको नाममा सक्त नहुनु
प्रेमीको नांऊमा भक्त नहुनु
भोगाईले यस्तै यस्तै भन्छ
ज्युदै मर्नु बरु रक्त नहुनु
मनोज गिरी
छापहिले ५ गुल्मी

२३.मुक्तक 
घरी घरी तुच्छ बचन लाऊदा तिमीले
मलाई छोडि अर्कै संग धाउदा तिमीले
कस्तो राम्रो ठान्यौ कुन्नी धायौ ऊसैलाई
थाहा होला पछि पछि धोका पाऊदा तिमीले
मनोज गिरी
छापहिले ५ गुल्मी

२४.मुक्तक 
जन्मे देखि पाएका छौ साथ आमाको
अघि बढोस भन्ने सधै बात आमाको
सफलताको सिढी चढ्न भनिन आमा सधै
गल्ति कम गर्दा खाईएन लात आमाको
मनोज गिरी
छापहिले ५ गुल्मी

२५.मुक्तक 
अन्जानमै जिन्दगि ​मा भूल भो के गरु 
अहिले तिम्लाई मन नपर्ने फूल भो के गरु
निश्चल मनले माया गरे अभिशाप भो आफ्नै लागि 
के भन्नु तिम्रो मन नै चुलबुल भो के गरु
मनोज गिरी
छापहिले ५ गुल्मी

मनोज गिरी
छापहिले ५ गुल्मी
हाल (बुटवल बहुमुखी क्याम्पस ) बुटवल ५ रुपन्देही

नोट :-
माथिका सबै मुक्तकहरू मनोज गिरिले मेलमा पठाउनुभएको हो, र मुक्तकको सर्वाधिकार लेखकमा निहित रहनेछ । 

मनोज गिरीका ५ मुक्तकहरू- 27 June 2014

NepaliTalim | 9:28:00 AM | 0 comments
मनोज गिरी
छापहिले ५ गुल्मी
हाल (बुटवल बहुमुखी क्याम्पस ) बुटवल ५ रुपन्देही

.
१. मुक्तक 
खोलीको तीर बगरमा घडेरी थ्यो खारेको छु
बसेको छु जेनतेन बांसको चिमले बारेको छु
खै के सुनाउ मनका ब्यथा हटेर ती जादैनन् रे
कस्ता छन् खै बाबा आमा नयां घरमा सारेको छु
मनोज गिरी
छापहिले ५ गुल्मी
२.मुक्तक
छोरा छोरी कतै डुल्दा रुन्छिन मेरी आमा
ढिला हुदा खेल्न भुल्दा रुन्छिन मेरी आमा
कस्ती होलीन मेरी आमा आफ्नै साथ राख्न खोज्छिन
हेर्छिन मेरो मुटु फुल्दा रुन्छिन मेरी आमा
मनोज गिरी
छापहिले ५ गुल्मी
३.मुक्तक
बस्छु भन्यौ दिन्न भन्न सकिन यो दिल
खिन्न भयौ संगै म आसु झार्यौ पिल पिल
कस्तो होला तिम्रो माया साथ रोज्यौ पहिले
हास्यौ तिमी रोए म अहिले भो झिलमिल
मनोज गिरी
छापहिले ५ गुल्मी

४.मुक्तक
नेपाल देश अब ढल्न बाकी छ
किरा परि परि गल्न बाकी छ
के गरुन त् जनताले ज्युदै मारेपछि
ज्युदो लास भाछ नेपाल जल्न बाकी छ
मनोज गिरी
छापहिले ५ गुल्मी
५.मुक्तक
बिना सित्ति माया जालमा पर्दिन म भनेको छु
उसकै कारण अकालमै मर्दिन म भनेको छु
कति तरे खोलि बगर कति जंघार तर्दै थिए
उसकै लागि कात्रो भित्र झर्दिन म भनेको छु
मनोज गिरी
छापहिले ५ गुल्मी

मुक्तककार अबिरल सागर सौगात १० मुक्तकहरू_25-March-2014

NepaliTalim | 11:26:00 AM | 0 comments
मुक्तक (१) 
पिडा माथी पिडानै थपीदियो ।
पहिले भन्दा अचेल बढीदियो ।
उनले मलाई धोका दिए पछी ।
सराब पिउने बानी परीदियो ।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२९ फागुन २०७०

मुक्तक (२)
न तलाई दियो न मलाई दियो ।।
मेरो जिवन नरक बनाई दियो ।।
र'त मनमा उमंग छैन जोस छैन।
आज समयले मलाई हराई दियो।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२९ फागुन २०७०

मुक्तक (३)
उस्तै छजिन्दगीको काहानी तिम्रो पनि मेरो पनि ।।
आसुले भिजेको छ सिरानी तिम्रो पनि मेरो पनि ।।
सधैभरी दु:खलाई आत्मा साथ गरी बाच्नु पर्ने ।।
यस्तै रहेछ भाग्यको लेखानी तिम्रो पनि मेरो पनि।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२८ फागुन २०७० —

मुक्तक (४)
कति गर्छौ कुरा ढाटेर अब ।।
पिरतीका कुरा बाटेर अब ।।
नदेखाउ झुठो माया मलाई ।
अरुसंग मनमुटु साटेर अब ।।
©Abiralsagar saugat
saljhandi-1 rupandehi
nepal

मुक्तक (५)
 गन्तव्यमा पुग्न साथ दिउला के भो र ।।
मित्रताको अमृतसंगै पिउला के भो र ।।
मन-मुटु को सहयात्री बनिसके पछी ।।।
सुख दु:ख बाडीचुडी लिउला के भो र ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
नेपाल

मुक्तक (६)
आँधि आउने छ अनि तुफान आउनेछ ।
हेरौ कस्लाई बचाउन भगवान आउनेछ।
शौचालयमा ईश्वर राखेका छन् अचेल ।
नजानुस है मन्दिर अब मसान आउनेछ ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१६ फागुन २०७० —

मुक्तक( (७))
शंका मात्र किन गर्छौ ढाटेको छैन प्रिय ।
अन्तकतै पिरती मैले गासेको छैन प्रिय ।
म'त सधै भगवान बुवाआमा सरी मान्छु ।
शौचालयमा ईश्वर राखेको छैन प्रिय।।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
नेपाल

मुक्तक ((८))
उकालो पछी पक्कै ओरालो आउनेछ ।
हेर्दै जाउ गरीबको पनि पालो आउनेछ ।
जब पसिनाको कमाइ किसानपाउदैनन्।
तब विरोधगर्दै सडकमा कोदालो आउनेछ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१५ माघ २०७०

मुक्तक ((९))
मेरो नि तिम्रो जस्तै पुरानो इतिहास थियो ।।
श्रीमती छोराछोरी सानो एउटा बास थियो ।।
अचानक पड्कियो बम गोला बन्दुकहरू ।।
घरमा आउदा यत्रतत्र छरिएको लास थियो ।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही

मुक्तक ((१०))
चाहेर नि उनलाई भुल्न सकिन।
उनको जिबनमा फुल्न सकिन।।
न तिम्रो गल्ति थियो न त मेरो।।
खै कसको गल्ती भो बुझ्न सकिन।।
©अबिरल सागर सौगात
 सालझण्डी-१ रूपन्देही

शेर्पीनी कान्छीका १७ (सत्र) मुक्तकहरु

NepaliTalim | 11:20:00 AM | 0 comments
1.मुक्तक
    देउतालाइ पुज़्न याहा फुल तोडनु पर्यो
    एउटालाइ पाउन याहा अर्को छोडनु पर्यो
    केही पाउन याह केही गुमाउन पर्ने
    उस्कै लागी पाइला अन्तै मोडनु पर्यो
   (शेर्पीनी कान्छी)

2.मुक्तक
    कस्तो बाटॊ हिडि आए फुल कतै देख्दिन
    काडा पन्छाइ हेर्दा पनि टेक्ने बाटॊ भेटदीन
    जिबनको मोड कस्तो भिर पखेराको यात्रा
    कस्तॊ दुखी जिबन थकाइ कतै मेटीदैन
     (शेर्पीनी कान्छी)

3.मुक्तक
    फुल्नै नपाइ कोपीला मै झरेको म मान्छे
    उस्को लागी धेरै पहिला मरेको म मान्छे
    एक्लै आए यो सन्सारमा एक्लै बाच्दैछु
    सबै बाट टाढा बसाइ सरेको म मान्छे
   (शेर्पीनी कान्छी)

4.मुक्तक
    मन जल्ने कुनै यादहरु नआएकै जाति
    दुख्छ मुटू एकै नासले पोलिरहन्छ छाति
    एक्लै जन्मे यो सन्सारमा एक्लै मर्नु छ
    दुइ पाइलामा यात्रा गर्न किन चायो साथि
   (शेर्पीनी कान्छी)

5.मुक्तक
    आतितहरु बटूलि आफै भित्र साचिरहेछु
    पिडाहरु लुकाइ आफै भित्र बाचिरहेछु
    चोटहरु अनगीन्ति छन दुखाइ पनि
    आसु लुकाइ आफै भित्र हासिरहेछु
   (शेर्पीनी कान्छी)

6.मुक्तक
ब्यबहारले हामीलाई धेरै टाढा बनायो
याद मनमा, अझ गाढा बनायो।
तिम्रोलागी फुल बनी, फुल्न चाहेँ
समयले संधै बिझाउने काँडा बनायो।।
(शेर्पीनी कान्छी)

7.मुक्तक
मेरो नाममा दाग बत्ति बल्दा
तिम्रो घरमा लाख बत्ति बलोस
तिमीलाइ डोली चाडाइ अन्माउदा
घाटमा मेरो लास चितामा जलोस।।
(शेर्पीनी कान्छी)

8.मुक्तक
म बेदनाको भुमरीमा डुब्दैछु आज
सम्झनाको दियो बालि रुदैछु आज
छातीमा टास्दै ति पुराना तस्बिरहरु
आसुको बर्साताले परेलि धुदैछु आज।।
(शेर्पीनी कान्छी)

9.मुक्तक
तिमीलाई हसाउ भन्दा आफै लागे रुन
आसुले काहा सक्नु कलेजोलाइ धुन
आनयासै तिम्रो सामु नयनहरु रासाउदा
तारा टुटदा बेदनामा लुकी हाल्यो जुन।।
(शेर्पीनी कान्छी)

10.मुक्तक
केहि दिन तिमि संग बाचेर हेछु
मुटु जति दुखे पनि हासेर हेर्छु
दुखसुख बाटौन कान्छी भन्छौ भने
ठिकै छ केही दिन मन साटेर हेर्छु।।
(शेर्पीनी कान्छी)

11.मुक्तक
अस्ताउदै बिना तापको घाम जस्तै भयो मन
पोल्दा पनि नपग्लिने फलाम जस्तै भयो मन
भुइचाल आएर उथल पुथल परेको जिबन
भात्केको मन्दीरको धाम जस्तै भयो मन।।
(शेर्पीनी कान्छी)

12.मुक्तक
हार कसैको भएन सवाल जबाफ बराबरि
लिनु दिनु केहि छैन बाकि हिसाब बराबरि
कतै गल्ति मेरो भए स्वार्थि मन तिम्रो
माया जोख्ने तारजु भए निसाफ बराबरी।।
(शेर्पीनी कान्छी)

13.मुक्तक
निसानि मायाको मेटाईदिए आज
पुराना तस्बिरहरु जलाइदिए आज
हाम्रो माया प्रेमको कथा बन्द गर्दै
मन मुटुमा ताल्चा लागाइदिए आज।।
(शेर्पीनी कान्छी)

14.मुक्तक
मेरो मनमा गुन्जिदिने धुन हौ तीमी
आन्धाकरमा उदाउने जुन हौ तिमी
जति रिसाएर टाढा हुन खोजे पनि
काडा बीचमा फुलेको फुल हौ तिमी।।
(शेर्पीनी कान्छी)

15मुक्तक
कहिल्य काहि दिक्क लाग्दा फाट्दो रैछ मन
मुटूमा राखेको मान्छेले नै काट्दो रैछ मन
कर्तब्यमा फसेर अफ्नो लागी ज़ीउन भुल्दा
पाराइको क़ॆ कुरा आफ्नैले ढाट्दो रैछ झन।।
(शेर्पीनी कान्छी)

16.मुक्तक
दुख्ने मन अन्तै कतै साटन पाए हुन्थ्यो
दुख्दा आफ्नै मनलाइ ढाटन पाए हुन्थ्यो
बेदनाको सागरमा तडपिएर बाच्नु भन्दा
कागज़ जस्तै जिबन च्यातन पाए हुन्थ्यो।।
(शेर्पीनी कान्छी)

17.मुक्तक
तिमिलाइ रुवाएर म पनि रुदैछु
पुराना तस्बिर त्यो सुस्तरि छुदैछु
चिच्याएर रुदै आफुलाइ सजया दिदै
मन मुटू आसुहरुले बेसरि धुदैछु...
(शेर्पीनी कान्छी)

18.मुक्तक
आज भोलि आफ्नै कथाहरु लेख्दैछु
आसुमा भिजेका आतितमा खेल्दैछु
फेरि खाटो बसेको घाउ क़ोट्याउदै
पुराना सम्झना भित्र पिडा झेल्दैछु
(शेर्पीनी कान्छी)

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger