मुक्तककार दिनेश पुन ३० मुक्तकहरू (30 Muktaks by Dinesh Pun) -02-04-2017

NepaliTalim | 4:23:00 PM | 0 comments
नाम: दिनेश पुन
ठेगाना:पुर्तिमकाँडा १ रुकुम 

१.मुक्तक
नाटक गर्दै समय कटाउन खोजे जस्तो।।
सम्हालेको माया झट्टै घटाउन खोजे जस्तो।।
तिमी बारबार यस्तो व्यबहार नगर भो प्रिया
चट्क्कै भुलेर मनबाट हटाउन खोजे जस्तो।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

२.मुक्तक
खाए जिन्दगी देखि ठुलै हार यस्तै सोचुँला।।
दिल दुखाउन गरिएछ हतार यस्तै सोचुँला।
मलाई छोडि अर्कैसंग खुसी हुन्छेउ भने तिमी
मेरो भाग्यमा नै रहेनछ प्यार यस्तै सोचुँला।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

३.मुक्तक
बनाएर बोलीलाई हतियार थरीथरीका।।
फेरिरह्यौ माध्यम लगातार थरीथरीका ।।
कहिले घाँटि रेट्ने त कहिले मुटु छेड्ने गरि
पठायौ निष्ठुरीले उपहार थरीथरीका ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


४.मुक्तक
यो मन जलेर भैसकेछ खरानी पत्तै पाइन।।
रुँदारुँदा सकिएछ आँखाको पानी पत्तै पाइन।।
म रङ्गमन्चमा माया प्रेम भन्दै बसिरहदा
यता बितिसकेछ आधा जिन्दगानी पत्तै पाइन।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

५.मुक्तक
पक्कै छैन हो म पबित्र भन्दा मानिनौ।।
भो भो नबस दिलभित्र भन्दा मानिनौ।।
आज मलाई धोखेबाज भन्नुको कारण
बिग्रेको छ है मेरो चरित्र भन्दा मानिनौ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


६.मुक्तक
सुम्पिदिन्छु, यो जिबन माया गरेउ भने।।
गर्छु सधै सधै ,जतन माया गरेउ भने।।
यो जिन्दगी तिमीलाइ नै अर्पण गरि
बनुँला मुनाको मदन माया गरेउ भने।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


७.मुक्तक
कस्तो रहेछ यो संसार भनी तुलाना गरिएको
छ।।
सुन ठुलो कि हिराको हार भनी तुलना
गरिएको छ।।
उसैलाई भुल्न एकै बोतल पिउछु भन्दा हिजो
एक रोज्नु रक्सी कि त प्यार भनी तुलना
गरिएको छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


८.मुक्तक
पहिले त पत्थर जस्तै यो दिल बनाउनु छ।।
दुनियाँले मलाई भेट्टाउन मुस्किल बनाउनु छ।।
यो दुनियाँ देखि धेरै धेरै दुर भए भने म
अक्सर तिम्रो यादमा आँसु टिलपिल बनाउनु छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


९.मुक्तक
जीवन मरणको दोसाँधमा शरीर बनेपछी।।
तिम्रै कारण झुकिरहने मेरो शिर बनेपछी।।
आज समाजले मलाई पागलको संज्ञा दिदैछ
त्यो कान्छिको भट्टी पनि आफ्नै मन्दिर बनेपछि।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१०.मुक्तक
चानचुने होइन उसलाई एकदम दामी बनाइदिनु।।
उसको चर्चा अनि मेरो बदनामी बनाइदिनु।।
तिम्रो बिहेको जन्ती जादा गाउँ नै रित्तो होला त्यो दिन
मेरो लास बोक्ने दुईचार जना मलामी बनाइदिनु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


११.मुक्तक
त्यो अधेरी रात पनि जुनकै बनिदियोस।।
यो सारा संसार पनि उनकै बनिदियोस।।
मलाई धनकै कारण छोडिजाने निष्ठुरीको
सिरानी र ओछ्यान पनि सुनकै बनिदियोस।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१२.मुक्तक
मरिमरी पनि जिएको मान्छे हुँ।।
फाटेको मन सिएको मान्छे हुँ।।
उसैको यादले सताउदा भुल्न
रक्सी पछि चुरोट पिएको मान्छे हु
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१३.मुक्तक
म दुईथरीको माया लाउदिन तेति
सोचिदिनु।।
छोरी दिनु भन्दै घर घरमा धाउदिन तेति
सोचिदिनु।।
मेरो जन्म दिने बाआमालाई यति भन्नू छ कि
तपाईकी बुहारी मगर्नी आउदिन तेति
सोचिदिनु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१४.मुक्तक
कसैको यादमा शरीर गलाउनु छ भने प्यार गर्नु।।
नचाहेर छातीमा आगो बलाउनु छ भने प्यार
गर्नु।।
भन्नेले त भन्लान माया नै सबथोक भनेर
सम्हालेर राखेको मुटु जलाउनु छ भने प्यार गर्नु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१५.मुक्तक
रमाइला अनि खुसिका दिन गनेर बस्नु।।
कोहि थिएन मेरो जिबनमा भनेर बस्नु।।
अरे म त पागल जस्तै परे यार
तिमी सधै राम्री अनि सद्दे बनेर बस्नु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१६.मुक्तक
मेरो मन दुखाएर नि दुखाएको हैन भन्नेहरुलाई।।
जाबो मुटु दुख्दैमा पिडा हुदैन भन्नेहरुलाई।।
जिन्दगीमा केही प्रगती गरेर देखाउने मन छ
मेरो बोली व्यबहार राम्रो छैन भन्नेहरुलाई।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१७.मुक्तक
आज साहु आयो अनि मलाई थर्काएर गयो।।
लिएको ऋण छिटो तिर्नु भन्दै भाका लर्काएर
गयो।।
पढेर कमाउन सकिएन बिदेश गई दिन्छु साहु भन्दा
घरजग्गा थुतिदिन्छु भन्दै आँखा फर्काएर गयो।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१८.मुक्तक
उसले तिमिलाई आफ्नै रानी भनेपनी।।
तिम्रो हात समाई भगाएर लानी भनेपनी।।
दुई दिने माया हो रे उसको त
काखमा राखी सुम्सुम्याएर सानी भनेपनी।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१९.मुक्तक
पढ्न जान्छु भनी जङ्गलतिर डेटिङ धाएर
बिग्रीए।।
अर्कि हुदाहुदै दिलमा तिमीसंग माया लाएर
बिग्रीए।।
हरपल तिम्रै यादले सताउदा भुल्न
जवानीमै गाजा भाङ रक्सी चुरोट खाएर
बिग्रीए।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२०.मुक्तक
कहिलेकाही भेट्न आउ भन्दा आउदिन भन्छेउ।।
गरेपनी माया तिम्लाई बिहेगर्न पाउदिन
भन्छेउ।।
के लेखेको छ र तिम्रो त्यो ठुलो जातमा
मगरको हातको सिन्दुर पोते चुरा लाउदिन
भन्छेउ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२१.मुक्तक
गरिब अनि दुखीको जीवन भोगेर देखाउ।।
त्यो अनौठो माया तराजुमा जोखेर देखाउ।।
मै धनी मै बुद्धिमान भन्ने महानहरुले
सक्छौ भने स्वयम् मृत्यु रोकेर देखाउ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२२.मुक्तक
कुनै बहानामा तिम्रै पछि धाउने भएछु।।
निर्दोषीलाई पनि यहाँ दोष लाउने भएछु।।
हेर्दा लठ्ठै पार्ने मृगनयनी आँखा देखेर होला
सायद
हरपल तिम्रै यादहरुमा रमाउने भएछु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२३.मुक्तक
बियर पिउन मन छ मलाई तिमी टन्न दिन्नेउ
यार।।
तिमी रिसाएका दिन गन्छु तिमी गन्न दिन्नेउ
यार।।
खोइ मन परेको हो कि मन नपरे झै गर्छेउ
कति माया गरि मेरि बुढी भन्छु तिमी भन्न
दिन्नेउ यार।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२४.मुक्तक
हातै छैन, टोपी खस्यो, टिप्न साथी
चाहिन्छ।।
आक्रमण भयो, विरुद्धमा, भिड्न साथी
चाहिन्छ।।
तिमी एक्लाएक्लै संसार जित्ने सपना देख्छौ
मित्र
आँखामा ,भुसुनो पस्यो, झिक्न साथी
चाहिन्छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२५.मुक्तक
खुसी नै खुसीले भरिएको शहर देख्न पाउँ।।
माया गर्नेप्रती सबैको राम्रो नजर देख्न पाउँ।।
अर्को जुनिमा मान्छे भएर जन्मे भने हे दैब
प्रेमरोगको पनि उपचार गर्ने डाक्टर देख्न पाउँ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२६.मुक्तक
मुटु नै बिझाउने त्यो वचन, बडो अचम्मको।।
छेपारो जस्तै बानी त झन, बडो अचम्मको।।
गरेका बाचाकसम पनि सजिलै तोडिदिने
बुझ्नै नसकिने तिम्रो त्यो मन, बडो अचम्मको।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२७.मुक्तक
हेर प्रिया सुन संग पित्तल दाज्न मिल्दैन।।
बास्तबमा बुद्धि संग बल दाज्न मिल्दैन।।
तिम्रो देखावटी नजरमा राम्रो छौ भने पनि
मलाई
उ कति सज्जन म भने पागल दाज्न मिल्दैन।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२८.मुक्तक
साच्चै, हातमा गुलाफ लिएर बस्न गार्हो हुदो
रहेछ।।
त्यस्तै यादमा आँसु पिएर बस्न गार्हो हुदो
रहेछ।।
तिमीबिना हाँसीखुसी बाच्न सक्छु भनेपनी
छोडि जानेलाई सम्झिएर बस्न गार्हो हुदो
रहेछ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२९.मुक्तक
के होला तिमी बिनाको मेरो हाल याद गर्नु
सानी।।
अबको छिट्टैमा हुदैछ मेरो काल याद गर्नु
सानी।।
एकदिनको बोली बचनले के फरक पर्ला र भनेपनी
भेट्टिदैनन आकाश र पाताल याद गर्नु सानी।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


३०.मुक्तक
सोचेभन्दा राम्रो पाउनु भनिदिए, बिदा हुँदै
गर्दा।।
पिडा भुलेर मुकुराउनु भनिदिए, बिदा हुँदै
गर्दा।।
मसंगको प्रेम सम्बन्धमा थिए सोच्दै नसोचेर
जिन्दगीभर नै रमाउनु भनिदिए, बिदा हुँदै
गर्दा।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

Note :
Copyright of All Above Creation is reserved with Writer 

गजल- जरुर उसका अाखाँ खजानामा हुन सक्छ, (शारदा खड्का)- 02-04-2017

NepaliTalim | 3:46:00 PM | 0 comments

जरुर उसका अाखाँ खजानामा हुन सक्छ,
मान्छे न हाे बग्रेल्ती चाहनामा हुन सक्छ।

लुटेरा अनेक रुपमा गाउँ पस्लान हाेसियार,
चाहे समाजसेवा गर्ने बहानामा हुन सक्छ।

कसले गर्याे उसकाे हत्या कसैले बताएन,
अाशा गराैँ इतिहासकाे पानामा हुन सक्छ।

हर कुराकाे बिराेध गर्छ क्रान्तिकारी मान्छे,
तिमि यता खाेज्छाै उता धर्नामा हुन सक्छ।

किन हेरिरहन्छ ऊ मुस्कुराउदै मलाई,
यो  प्रस्नकाे जवाफ एेनामा हुन सक्छ।
(शारदा खड्का)

श्रृंखला 249 : वहकिने मन Bahakine Man (27-03-2017/2073-12-14) : Download

NepaliTalim | 5:28:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -249

DATE  : (27-03-2017/2073-12-14) 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 
नमस्कार,

आज मिति 2073 चैत्र 14 तदनुसार 27-March-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 249 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -201 (26-03-2017/2073-12-13) : Download

NepaliTalim | 8:51:00 PM | 0 comments
डियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार  
(26-03-2017/2073-12-13)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2073 चैत्र 13 गते तदनुसार 26-03-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download: Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -200 (19-03-2017/2073-12-06) : Download

NepaliTalim | 7:59:00 PM | 0 comments
डियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार  
(19-03-2017/2073-12-06)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2073 चैत्र 06 गते तदनुसार 19-03-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 

Download : Click Here to Download
YouTube :

श्रृंखला 248 : वहकिने मन Bahakine Man (20-03-2017/2073-12-07) : Download

NepaliTalim | 10:05:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -248

DATE  -(20-03-2017/2073-12-07) 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 
नमस्कार,

आज मिति 2073 चैत्र 12 तदनुसार घण-March-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 248 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube :

श्रृंखला 247 : वहकिने मन Bahakine Man (13-03-2017/2073-11-30) केटा र केटी साथी मात्रै भइरहन सक्छन् की सक्दैनन् ? : Download

NepaliTalim | 4:56:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -247


DATE  - (13-03-2017/2073-11-30) 

Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 
नमस्कार,

आज मिति 2073 फाल्गुन 30 तदनुसार 13-March-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 247 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -199 (12-03-2017/2073-11-29) : Download

NepaliTalim | 4:17:00 PM | 0 comments

डियो भिजनको प्रस्तुती

मुक्तक बिशेष 

मुक्तक माला 

प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार  
(12-03-2017/2073-11-29) 
Facebook Page 




नमस्कार साथीहरु, 

आज मिति 2073 फाल्गुन 28 गते तदनुसार 12-03-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 

Download : Click Here to Download
Listen on YouTube

How to Make Money from StraightREVSHARE-The Best Online Revenue Sharing and Investment Site [Learn How to Signup, Add Fund and Buy Adpack [अनलाइन जबको तालिम]

NepaliTalim | 11:23:00 AM | 0 comments

Make Money from StraightREVSHARE-

How to Signup, Add Fund and Buy Adpack on Straight Rev Share
Best Online Revenue Sharing site and Investment Site-Straightrevshare,
.......................... 
Signup Link to get benifitted : https://goo.gl/4DzrCQ
...............
अनलाईनमा लगानी गरेर आफ्नो लगानी बाट उत्कृष्ट नाफा कमाउनको लागि यो साईट धेरै राम्रो छ । पेजा, पर्फेक्टमनी, पेयर र कोइनबेस यस्को भुक्तानी विधीहरु हुन् ।
यस्ता छन् लगानी याेजनाहरू
१ डलरको ब्रन्च प्याकमा ५ दिनमा ११० प्रतिसत नाफा दिएर १.१० डलर फिर्ता दिनेछ 
५ डलरको सिल्भर प्याकमा १६ दिनमा १२० प्रतिसत नाफा दिएर ६ डलर फिर्ता दिनेछ 
१० डलरको गोल्ड प्याकमा २० दिनमा १३० प्रतिसत नाफा दिएर १३ डलर फिर्ता दिनेछ 
५० डलरको प्लाटिनम प्याकमा ३० दिनमा १५० प्रतिसत नाफा दिएर ७५ डलर फिर्ता दिनेछ 

अहिलेनै याे साइटमा खाता खाेल्नकाे लागि तलकाे लिंक क्लिक गर्नुहोला 
.................................
Training Video on YouTube 


StraightRevshare is the Online Earning Platform that gives you revenue on your investment. Just register the site , add fund and buy adpack. these are the main adpack of it. 
ADPACK PLAN OF STRAIGHTREVSHARE
..........
1. Bronze (Turn 1$ into 1.10$)
Matures at- 110%
Max Purchase -50
Daily Capping- 22%
Ad Pack Mature- 5 days
PPC- 0
Surf Ad Credit -50
............
2.Silver(Turn 5$ into 6$)
Matures at- 120%
Max Purchase -100
Daily Capping- 7.5%
Ad Pack Mature- 16 days
PPC- 10
Surf Ad Credit -50 
50 bronze packs required
............
3.Gold (Turn 10$ into 13$)
Matures at- 130%
Max Purchase -250
Daily Capping- 6.5%
Ad Pack Mature- 20 days
PPC- 20
Surf Ad Credit -200 
50 Silver packs reguired  
.....
4.Platinum (Turn 50$ into 75$)
Matures at- 150%
Max Purchase -100
Daily Capping- 5%
Ad Pack Mature- 30 days
PPC- 50
Surf Ad Credit -500
100 Gold packs reguired

Thank you 

श्रृंखला 246 : वहकिने मन Bahakine Man (06-03-2017/2073-11-23) : Download

NepaliTalim | 3:39:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -246

DATE  - 
(06-03-2017/2073-11-23)
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 
नमस्कार,

आज मिति 2073 फाल्गुन 23 तदनुसार 06-March-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 246 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger