गजलको कार्यक्रम बुलबुल BULBUL 316 (30-09-2015/2072-06-13) : Download

NepaliTalim | 5:13:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 316
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 असोज 13 गते तदनुसार 
30-Sep-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 316) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Youtube

गजल-पीडा दिएकै छन् सधै गरीबलाइ दुनियाले -सागर भण्डारी "बिभोर" (12-10-2015)

NepaliTalim | 4:01:00 PM | 0 comments
सागर भण्डारी 'बिभोर'
सागर भण्डारी "बिभोर"
पीडा दिएकै छन् सधै गरीबलाइ दुनियाले
दबाएकै छन् यहाँ कमजोरलाइ बलियाले

पर निर्भर्तामा पनि के बाच्नु निरीह भएर
पेटकै युद्धमा जीवन्  बिताउछ भरियाले

ती सत्तामा बस्नेहरु  देश नै  खाएर अघाए
यसरी खून चूसे जस्तै चुस्छ उडुस उपियाले

आफै मरे सरी हुन्छ जब स्वाभिमान झुक्छ
पराधीनताले घोंच्यो  घोंचे झैं तीखो सियाले
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा

के दशैं के तिहार , गरिवको घरमा-राम शरण श्रेष्ठ

NepaliTalim | 2:24:00 PM | 0 comments
के दशैं के तिहार, गरिवको घरमा ।।
दुःख हुन्छ अपरम्पार, गरिवको घरमा ।।

छोरा छोरी परिवार, पाहुना पुजापाठ
कसरि थेग्नु ब्यवहार, गरिबको घरमा ।।

घाँटी हेरी हाड निल्न, खोज्दा खोज्दै पनि
पर्छ धेरै ब्यय भार..., गरिवको घरमा ।।

हाँसि खुसि रमाएर.., पुग्दैन मनाउन
परिवार हुँदा नि चार, गरिवको घरमा ।।

मुल्य बृद्धि दिनदिनै, हुँदै गाछ नेपालमा
कमाईको छैन आधार, गरिवको घरमा ।।

नआएकै बेश बरु, दशै तिहार चाडहरु
अनिकालले पर्दा मार, गरिवको घरमा ।।

राहत लिँदै जनतामा, दशै र तिहारको
कहाँ पुग्छ र सरकार, गरिवको घरमा ।।

राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, तल्लो टोल
रामेछाप ।

गजल संगम (2069-07-22/07-11-2012) मा बाचन भएको

Muktak Madhurima (08-10-2015/2072-06-21) - Download

NepaliTalim | 9:40:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date (08-10-2015/2072-06-21)

आज मिति 2072 असोज 21 गते तदनुसार 08-October-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (06-10-2015/2072-06-19) गजलकार विपिन तुफान सलामी र चन्द्रा चाम्लींगका गजलहरू विशेष : Download

NepaliTalim | 1:01:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल

समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
(06-10-2015/2072-06-19)

नमस्ते साथीहरु,
आज मिति  2072 असोज 19 तदनुसार 06-Sep-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आज गजलकार विपिन तुफान सलामीको मैले देखेको दुनियाँ गजल संग्रह बाट गजलहरु सुन्नेछौं त्यस्तै चन्द्रा चाम्लींग को गजल संग्रह प्रेमको तस्विर बाट अहाँहरुकै आवाजमा आज गजलहरु सुन्नेछौं । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

गजल-प्रेम रोग लागेपछी...(राम शरण श्रेष्ठ)

NepaliTalim | 3:04:00 PM | 0 comments
हुन्छ मान्छे पगल जस्तै प्रेम रोग लागेपछी
जग्राम बन्छन रात पनि यस्ले सिमा नागेपछी 
..
लाग्छ उनै सर्बस्वहो सुरु अन्त्य उसैबाट
नचाहेरै के हुन्छ र अत्मालेनै मागेपछी
..
छट्पटिनि तिब्र हुन्छ पलभर छुटिदिँदा 
मन हरु देह छोडी अन्त कतै भागेपछी 
..
यस्तो एउटा कसम बन्छ संगै ज्युने संगै मर्ने 
कसै प्रती सच्चा प्रेम यति धेरै जागेपछी 
राम शरण श्रेष्ठ

चिसापानी , रामेछाप 
रेडियो सर्लाहिको गजल संसार , गजलका शेरहरु र उज्यालोबाट प्रसारण हुने बुलबुल २९३ औ अंकमा  बाचन भएको गजल

मुक्तक माला -125 (04-10-2015/2072-06-17) : Download

NepaliTalim | 11:06:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(04-10-2015/2072-06-17) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 असोज 17 गते तदनुसार 04-Oct-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at Youtube

श्रृंखला 172 : वहकिने मन (05-10-2015/2072-06-18) : Download

NepaliTalim | 9:19:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (05-10-2015/2072-06-18) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 असोज 18 तदनुसार 05-Oct--2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 172 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

गजल-अचम्म के भो र ....(राम शरण श्रेष्ठ)

NepaliTalim | 3:49:00 PM | 0 comments
मान्छे मरेर जान्छ, अचम्म के भो र 
फूल झरेर जान्छ, अचम्म के भो र 
...
हिजो सम्म अन्जान, जिन्दगीमा आई
चैन हरेर जान्छ, अचम्म के भो र  
..
दिनदिनै भेट हुँदा, विस्तारै विस्तारै
मन परेर जान्छ, अचम्म के भो र
..
मुटु भएपछि कोहि, बस्छ मायाँ हुन्छ
घात गरेर जान्छ, अचम्म के भो र
..
भट्टिमा टन्न , पिइकोहि कोहि
बोतल भरेर जान्छ, अचम्म के भो र ।।
..
आफू मरेर पनि, देशको लागि भन्दै
शन्देश छरेर जान्छ, अचम्म के भो र ।।
..
नौलो लागेन मलाई, युद्ध हुनु यहाँ
साँझ टरेर जान्छ, अचम्म के भो र ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप ।

2012,

Episode : 52 (यो साँझ यो सुबाश-25-12-2012) बाचन भएको

श्रुति शंबेगमा श्रृंखलामा अनमोलमणीका कथाहरु (23-01-2015/2071-10-09) : Download

NepaliTalim | 1:04:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   अनमोलमणीका कथाहरु
कथाकार :  अनमोलमणी
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 

पून प्रशारण -(03-10-2015/2072-06-16)

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 माघ 09 गते तदनुसार  23-January 2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार अनमोलमणीका कथाहरु बाट हामी कथाहरु कथा १९ नंबर र स्खलन कथा सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download
Listen at Youtube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger