गजल- कसैले गूलाफ पठाएछ तस्बिर हेरेर (पवन घर्तीमगर बिवस)

NepaliTalim | 2:39:00 PM | 0 comments
कसैले गूलाफ पठाएछ तस्बिर हेरेर
अनि कसैले पठाएको छ जागिर हेरेर 

हैन, भगवान् पनि के ठूलो सोनो हुन्छर?
भक्तले दान चढाएछ मन्दिर हेरेर

नारीले झै मैले पनि सिन्दुर लागाउँछु,
बिवहित भन्ने चिन्नु मलाई अबिर हेरेर

बानी ब्यावहार हेरि प्यार गरे राम्रो
के चोखो प्यार हुन्छर शरीर हेरेर

सुखको अनुभूती कसले गर्थ्यो होला
बाँच्न सके आफु आफ्नै तक्दिर हेरेर

तमघास, गुल्मी
पवन घर्तीमगर बिवस

नयाँ बुलबुल - 21 : (15-02-2014/2070-11-03) : Download

NepaliTalim | 12:12:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 21
Date :(15-02-2014/2070-11-03) 

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 माघ 21 गते तदनुसा 15-02-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -21) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download

नजुध्नु थियो नजर जुधेर बदनाम भए _शब्द---- शेर्पीनि कान्छी ( निम) _Download

NepaliTalim | 11:50:00 AM | 0 comments











नजुध्नु थियो नजर जुधेर बदनाम भए
नरुझ्नु थीयो परेली रुजेर बदनाम भए।। 
शब्द---- शेर्पीनि कान्छी ( निम) 
सङगीत ---खगेन्द् पन्धक लिम्बु
आबज---- शाज शींह 

Listen and Download

Download : Click Here to Download

मेरो रचना (2070-11-04/16-02-2014) : Download

NepaliTalim | 10:46:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2070-11-04/16-02-2014)

नमस्कार साथीहरू,

आज मिति 2070 फाल्गुन 04 गते तदनुसार 16-February-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

चार लाईन मुक्तक (2070-11-02/2014-02-14) : Download

NepaliTalim | 10:34:00 AM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक 
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
(2070-11-02/2014-02-14)

नमस्कार साथीहरु,

आज मिति 2070 फाल्गुन 02 गते तदनुसार 14 Feb-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

अनु धामी "अर्पण"का ५ गजल_(17-02-2014)

NepaliTalim | 10:29:00 AM | 0 comments
१. गजल
आनन्दै छ जिन्दगी यो सिर्जनाले ताने पछी !
ढुंगा थियो देउता भयो तनमनले माने पछी !!

गाह्रो हुन्न बाँच्नलाई दु:ख साट्ने साथी भए ,
उकाली र ओरालीमा संगै हिड्न छाने पछी !!

सु;ख दु :ख यस्तै नै हो आउँछ अनि जान्छ उसै ,
मन मुटु जिन्दगी भर एकै ठाउंमा बाने पछी !!

चोखो हुन्छ माया अनि साँचो हुन्छ पिरती नि ,
आँखा देखि मुटु सम्म प्रियासिकै ठाने पछी !!

जूनी - जूनी सैयौं जूनी साथ - साथ हिड्न चाहें,
अपार यस्तो जीवन पाएँ संगै जिउन जाने पछी !
अनु धामी 
 धनगढी ३ चटकपुर 

२. गजल
कञ्चन जल छन्छन बग्ने धारा भईदिओस्
अगाढ प्रेम हाम्रो, वीर र जारा भईदिओस्।

पबित्र अनि सुन्दर तिमी भन्दा सायदै अरु
सुन्दरताकी खानी तिमी, मेरी रारा भईदिओस्।

असाद्य नै छ तिमी र म बीचको बिछोड त
प्रीतको सागर तिमी, म किनारा भईदिओस्।

एक छौ तिमी सबै संग बिलकुल अलग
धर्तीको जून तिमी, संसार तारा भईदिओस्।

रुप तिम्रो देखी घाइते यहाँ नहुने को होलान्
तिम्रा लागी वर्वाद, जगत सारा भईदिओस्।।
अनु धामी 
 धनगढी ३ चटकपुर 

३. गजल
बेईमानीको झुटो सहर, देख्यो कसले यँहा
अमृतभित्र थियो जहर , देख्यो कसले यँहा

बिद्युत माग्छन पराईसँग , ती हात फैलाएर
आफ्नै देशका नदीनहर , देख्यो कसले यँहा

आँशु छुपाई हाँस्दै बाँच्ने,लाचार बिधवाको
कस्तो थियो मन्को रहर,देख्यो कसले यँहा

सड्कमा रात बिताउने,अबोध बच्चा हरको
कठ़्याङ्ग्रीने चिसो प्रहर,देख्यो कसले यँहा

सामन्तबाद तोडी यो देश, 'नवीन' बनाउने
सहिदको त्यो मिठो ठहर,देख्यो कसले यँहा
अनु धामी 
 धनगढी ३ चटकपुर 

४. गजल
बाल्ने होईन निभाउनेहरू धेरै छन॥
हासो दिएर रूवाउनेहरू धेरै छन॥

सायद मेरा शत्रुहरूनै बढि होलान।
त्यसैले मलाई गिज्याउनेहरू धेरै छन॥

सबैलाई छिट्टै बिश्वास गरेर होला।
यो मुटुभित्र बिझाउनेहरू धेरै छन॥

आफ्नो कुला देखाउने अवसर नपाएर।
पल भरमै अस्ताउनेहरू धेरै छन॥

नजानेझै गरी अचानक हमला गरेर।
कोमल मन दुखाउनेहरू धेरै छन॥
अनु धामी 
 धनगढी ३ चटकपुर 

५. गजल
कुरि राछु उनको जबाफ आछैन 
एक्लो भाछु उनको जबाफ आछैन । 

कहिले दिने हुन के भन्ने हुन था छैन 
माया लाछु उनको जबाफ आछैन ।

किन उत्तर दिन ढिलाई गरेकी फुच्ची 
दुख पाछु उनको जबाफ आछैन । 

धेरै भयो उनको जबाफ कुरेको मैले 
माया माछु उनको जबाफ आछैन ।

दोबाटोमा कुरी बसेको छु उनैलाई
माया लाउन आछु उनको जबाफ आछैन । 
अनु धामी 
 धनगढी ३ चटकपुर 



Muktak Madhurima (2070-11-01/13-02-2014) - Download

NepaliTalim | 11:11:00 AM | 0 comments
Muktak Madhurima 
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date : (2070-11-01/13-02-2014)


आज मिति 2070 फाल्गुन 01 गते तदनुसार 13-02-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

BULBUL 232 : (12-02-2014/2070-01-29) प्रेम दिवश बिशेष : Download

NepaliTalim | 10:40:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 232
Host : Achyut Ghimire  
Date :(12-02-2014/2070-01-29) 

प्रेम दिवश बिशेष श्रृंखला

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 माघ 29 गते तदनुसार 12-02-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 232) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

मेरा १० मुक्तकहरू_(12-02-2014)

NepaliTalim | 5:18:00 PM | 0 comments
1. मुक्तक
रेगिस्तानमा पसिना झर्यो तरर । 
कस्तो होला जिन्दगी आँसु बरर ।  
जहाँ रहेपनि उस्तै माया देशकै 
मुटुभरि नेपालकै झन्डा फरर । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

2. मुक्तक
पहिला भने गुलाब र प्रेमपत्र पठाई । 
मुटु सम्म आएपछी फिर्ता हुनेलाई ।
नदिनुहै धोका मलाई जस्तै उस्लाई 
खुसि हुनु सधैं सधै, धेरै धेरै बधाई । 
राम शरण श्रेष्ठ

3.मुक्तक
हर कथाले नायिका मागिरहन्छ । 
जिन्दगीले परिचालिका मागिरहन्छ । 
लक्ष बिहिन म यात्री लाई पनि 
संचालन तालिका मागिरहन्छ । 
राम शरण श्रेष्ठ


4.मुक्तक
मैलै जिन्दगीको ब्याकरण मिलाउन सकिँन ।
जिन्दगी मरिरहेछ औषधी पिलाउन सकिँन । 
उ चिहानमा आएर एकदिन रुनेछ पक्कै 
सकिन जिन्दगी लाई प्रेम दिलाउन सकिँन । 
राम शरण श्रेष्ठ


5.मुक्तक
केही नलेखिएका प्रेमपत्रहरु, अब लेखिने छैन । 
बाँकी जिन्दगीका दिनहरुमा कहिल्यै हाँसिनै छैन । 
महाप्रस्थाको लागि यमराजले सुचना पठाएकोछ 
बाँच्न पनि त पुगिसक्यो अब एक्लै बाँचिने छैन । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।


6.मुक्तक
कसैले मोहनी लगाउनु लगायो । 
मलाई पागल बनाउनु बनायो । 
फैसला कुर्दैछु प्रस्ताब राखेर 
जस्ले याद पठाउनु पठायो । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।


7.मुक्तक
कारागारमा बंन्दी के के सोच्दोहोला । 
जिन्दगी सम्बन्धी, के के सोच्दोहोला । 
परिणम के सोचेथेँ, के भायो भन्दै 
हिजोको सामन्ती, के के सोच्दैहोला । 
राम शरण श्रेष्ठ

8.मुक्तक
देउतालाई चुनौती मेरो तर्फबाट । 
बनाइदेउ एकलौटी मेरो तर्फबाट । 
मुटुलाई मुटुसम्म जोड्नको लागि 
कि प्राण लेउ धरौटी मेरो तर्फबाट । 
राम शरण श्रेष्ठ

9.मुक्तक
केही भयो केही हुन बाँकी छ । 
मनले मनलाई छुन बाँकी छ । 
म खुब तड्पिए जस्को प्यरमा 
तड्पिएर उ अब रुन बाँकी छ । 
राम शरण श्रेष्ठ

10.मुक्तक
मेरो चिहानमा, गुलाब लिई आउनु । 
सक्छौ सम्मानमा, गुलाब लिई आउनु । 
मरिसकेपछी पनि आत्मा छट्पटीनेछ
लिई मुस्कानमा गुलाल लिई आउनु । 

राम शरण श्रेष्ठ




रेडियो नेपालको गजल गंगा (2070-10-28/11-02-2014) - Download

NepaliTalim | 3:15:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2070-10-28/11-02-2014)

नमस्ते साथीहरु,

आज मिति  2070 माघ 28 तदनुसार 11-02-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger