मेरो रचना (2070-10-12/26-01-2014) : Download

NepaliTalim | 2:57:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
 (2070-10-12/26-01-2014)

नमस्कार साथीहरू,

आज मिति 2070 माघ 12 गते तदनुसार 26-01-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

कार्यक्रम 'मेरो रचना' (2070-10-08/22-01-2014) : Download

NepaliTalim | 1:29:00 PM | 0 comments
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति :  (2070-10-08/22-01-2014)

नमस्कार साथीहरु,

आज मिति 2070 साल माघ महिनाको 08 गते तदनुसार 22-01-2014 बुधबार बेलुका ९.१५ देखि रेडियो25दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download : Click Here to Download

कोही गर्दैछन्, खुब हमलाहरु

NepaliTalim | 10:43:00 AM | 0 comments
कोही गर्दैछन्, खुब हमलाहरु । 
भाँड्नलाइ सब यि एकताहरु ।  

केके चित्त बुझेन, आज आएर 
आन्दोलनमा देख्दैछु मोर्चाहरु । 

सरकारी हाकिमका, काला कर्तुत
हो छेकिदिन्छन्, मिलेर पर्दाहरु । 

देशका दुष्मन, नकाब लाएर 
बसेकाछन् जमाएर अखडाहरु ।

कहिल्यै बुझेनन् जनताका कुरा
बसिरहेछन् कुर्चिमा अन्धाहरु ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
18-Aug-2013

रेडियो नेपालको गजल गंगा (2070-10-07/21-01-2014) - Download

NepaliTalim | 3:08:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 

Date : (2070-10-07/21-01-2014)

नमस्ते साथीहरु,

आज मिति  2070 माघ 07 तदनुसार 21-01-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Thank you 

गजल बिम्ब (2070-10-09/23-01-2014) कैफियत संयुक्त गजल शंग्रह बिशेष : Download

NepaliTalim | 12:42:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-10-09/23-01-2014)
Email : gajalbimba@gmail.com

आज कैफियत संयुक्त गजल शंग्रह बिशेष हुनेछ ।

नमस्कार साथीहरु,

आज मिति 2070 माघ 09 गते तदनुसार 23-01-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज त्यसैगरी अछामको रेडियो सोसाइटि एफ एम रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

श्रुति शंबेग श्रृङ्खलामा कथाहरुका बाचन (21-01-2014/2070-10-07) :- Download

NepaliTalim | 2:51:00 PM | 0 comments

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : अकवरी सुन र बेली 
लेखक : बद्री अधिकारी र निलम निहारीका
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७० माघ ०३ शुक्रवार

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० माघ 07 गते तदनुसार 21-January-2014 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । सुरूमा बद्री अधिकारीको कथा संग्रह अकवरी सुन कथा संग्रहबाट कैदि नं. ११ कथा बाचन हुनेछ जुन कथा गरिमा पत्रिकामा २०६६ सालमा प्रकाशन भएको थियो । त्यसपछी देस्रो चरणमा निलम कार्की निहारीकाको कथा संग्रह बेलीमा संग्रहित कथा जन्मीन नपाएका नानीहरु बाचन हुनेछन् ।
Listen and Download 

Download : Click Here to Download

Thank you 

त्रिवेणी TRIBENI (14-01-2014/30-09-2070) गजलकार कमल संर्घष सँगको अन्तर्वाता बिशेष - Download

NepaliTalim | 11:02:00 AM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक

समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (14-01-2014/30-09-2070)

आज घोडासैन अछापमका चर्चित गजलकार कमल संर्घष सँगको अन्तवार्ता विशेष रहनेछ । 

नमस्कार साथीहरु,

आज मिति 2070 पौष 30  गते तदनुसार 14 January-2013  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । 

Listen and Download

Download : Click Here to Download
Kamal Sangharsa

बाबुराम राइ( राइ बबुरो)का १५ गीतहरू -(23-01-2014)

NepaliTalim | 10:26:00 AM | 0 comments
1. गीत
सरगम बनेर आउ या राग बनेर आउ
मेरा आलाप हरुमा मिठा भाब बनेर आउ

जिबन डगरमा नया खाता खोल्दै
संकाको बस्तिमा बिस्वास घोल्दै
मधुर झन्कारमा संगसंगै बगौंला
तिमी सुर बने संधै म ताल बनौला
बाधा हरुमा जहिले सम्बाद बनेर आउ
मेरा आलाप हरुमा मिठा भाब बनेर आउ

हेरि रहुँ तिमी लाइ संधै यि नयनले
लेखि रहुँ गीत मिठा तिम्रै बयानले
मेरा साधना आखिर् तिमी नै हुने छौ
अन्तराले तिमी संधै मलाइ नै छुने छौ
कतै म लडे भने उठाउने हात बनेर आउ
मेरा आलाप हरुम मिठा भाब बनेर आउ

सरगम बनेर आउ या राग बनेर आउ
मेरा आलाप हरुमा मिठा भाब बनेर आउ

2. गीत
रिसाउने फकाउने खेलमा नै,हामी धेरै टाढिए छौं
थाहाइ नपाइ मुटु संग,धड्कन अलग पारिए छौं

तिम्रो घुर्की सम्झि रहें,आउँछौ भनि पर्खि रहें
तिमी आउने मोड तिरा,नजर लगाइ फर्कि रहें
आखिर् तिमी आएनौ,तिम्रो खबर् सुने मैले
निदायौ रे लामो निदं,भेट् नहुने अब कहिले
साँध सिमाना नकोरिंदै,कस्तो हामी बाँडिए छौं

बुझाइ हाम्रो नबुझे जस्तो,भाग्य हाम्रो खै कस्तो
बाग संग फुल् लाइ,बहारले छुट्टाएको जस्तो
दिप छुटेको दियो बनेर,कसोरि म एक्लै बलुँला
लाछिएको डालिमा,कस्को लागी अब म फुलुँला
अन्जानमा नै आज हामि,आफै संग हारिए छौं

रिसाउने फकाउने खेलमा नै,हामी धेरै टाढिए छौं
थाहाइ नपाइ मुटु संग,धड्कन अलग पारिए छौं

3. गीत
कल्पनाकि मेरि रानी उन्लाइ भेट्न कहां जाँउ
थाहा छैन् कता बस्छिन् कुन हो उन्को गाँउ

चाहानाको मुल हरु उर्लिदो हो छाल सरि
अप्सराझैं छिनकि उनि या छिन उनि परि
बादल रासि केस होल मृगिनी त्यो नयन्
कुन शब्दले उन्को रुपको गरौं मैले बयान
चिठ्ठी खबर पठाउँ भने के हो उन्को नाउ
कल्पनाकि मेरि रानी उन्लाइ भेट्न कहां जाँउ

फुले होलान् बैंस हरु यौबनका डलि भरि
मग् मगाउँदै सुबासिलो पवनमा सुबस छरि
कोमल् ओंठ मन्द मुस्कान् पत्थर बन्ने मयान्
सिर्जे होलन् प्रकृतिले मेरै निम्ति चयन
उन्नलाइ भेट्ने ठेगना त्यो कहाँ मैले पाँउ
कल्पनाकि मेरि रानी उन्लाइ भेट्न कहां जाँउ

कल्पनाकि मेरि रानी उन्लाइ भेट्न कहां जाँउ
थाहा छैन् कता बस्छिन् कुन हो उन्को गाँउ

4.गीत
तिमी मेरै हुन्छु भन्छौ,मेरै धड्कन् सुन्छु भन्छौ
जिन्दगिको हरेक मोड्मा,सपना संगै बुन्छु भन्छौ

हामि दुबै जुटिनुमा,कतै तिमि चुक्यो भने
एउटै सपना टुक्रीएर,दुइ चिराभै फाट्यो भने
निम्तो आफ्नो छोड्ने होला,पराइ घुम्टो ओढ्ने होला
मेरो पिरमा खै कसोरि,संगै साथ रुछु भन्छौ

बैरि लागि माया फुट्दा,तिमी कहाँ पुग्ने होला
याद हरुमा हाम्रो मुटु,कति सारो दुख्ने होला
उताइ बास जोड्ने होला,घाइते मलाइ छोड्ने होला
तिम्लाइ धोका दिनु भन्दा,मृत्यु बरु चुन्छु भन्छौ

तिमी मेरै हुन्छु भन्छौ,मेरै धड्कन् सुन्छु भन्छौ
जिन्दगिको हरेक मोड्मा,सपना संगै बुन्छु भन्छौ

5.गीत
"नपुगेका मेरा रहर् तिमी भित्रै देख्छु मैले
तिम्लाइ खुसि बनाउन आगोमा नि टेक्छु मैले

संसारमा मेरा घाम जुन् तिमी नै हौ तारा
भोलि मैले मर्दा खेरि तिम्रै काँद साहारा
बाँचुन्जेलि तिम्रा निम्ति आँधि हुरि छेक्छु मैले
तिम्लाइ खुसि बनाउन आगोमा नि टेक्छु मैले

तिम्रा रहर पुर्याउन कहिले कतै चुके होला
आँशु झर्दा तिम्लाइ छलि एक्लै पनि दुखें होला
तिम्रा खुसि मुस्कान ले मनको घाउ सेक्छु मैले
तिम्लाइ खुसि बनाउन आगोमा नि टेक्छु मैले

नपुगेका मेरा रहर् तिमी भित्रै देख्छु मैले
तिम्लाइ खुसि बनाउन आगोमा नि टेक"

6.गीत
गौरब गर्छु मेरो नेपाल,म नेपालि भन्न लाइ
सयौं जुनि सम्म पाउँ, म नेपालि बन्न लाइ

बुद्ध मेरो शान्ति दुत,सगरमाथा सिरानि हो
जहाँ जाउँ संसार भरि,यहि मेरो चिनारि हो
पुर्खाले यो आर्जि छाडे,सम्हाल्नलाइ छैन पिर
बैरि आए छिनाउछु,ताक्छु पहिले उस्को शिर
बनाउ छु उर्बर माटो,फलाउँ छु अन्न लाइ

सयौं भाषा जाति धर्म,आफ्ना आफ्नै भेष
एकले अर्को सम्मान गरि,रमि बस्ने देश
सबै रंग् बोक्ने डाँफे,यहि भुमिमा हुन्छ
संसार कै सुन्दर झण्डा,अंकित घाम जुन छ
आफ्नै पाखुरिको मोल,पाउँ यहि गन्न लाइ

गौरब गर्छु मेरो नेपाल,म नेपालि भन्न लाइ
सयौं जुनि सम्म पाउँ, म नेपालि बन्न लाइ

7.गीत
खालि खालि रित्तोछ जिबन,तिम्रो साथ छुटे पछि
जलेर खरानि खाक् सरि मन,जब दिल् टुटे पछि

आखिर् झुटा साबित भए,तिम्रा सारा दिलासा हरु
आफ्नै भाग्य फुटे अनि,रहे बाँकि निरासा हरु
कहाँ गयि मागौ र बास,आफ्नै बस्ति उठे पछि
जलेर खरानि खाक् सरि मन,जब दिल् टुटे पछि

निष्टुरि रहेछ दैब पनि,तिम्लाइ मात्र छुट्याइ लाने
चोटै चोट्को खाटा छाडि,रहर मेरो लुटाइ लाने
रमाइ मलाइ हेर्दै होलान्,खुसि मेरा लुटे पछि
जलेर खरानि खाक् सरि मन,जब दिल् टुटे पछि

खालि खालि रित्तोछ जिबन,तिम्रो साथ छुटे पछि
जलेर खरानि खाक् सरि मन,जब दिल् टुटे पछि

8.गीत
फराकिलो बाटो थियो,र त तिमी छुट्यौ होला
यता तिर्खा नमरेर,उता तिमी जुट्यौ होला

स्वार्थि रहेछ तिम्रो माया,धन संग जोखिने त्यो
सुन चाँदि हिरा सामु,मात्रै रहेछ चोखिने त्यो
मखमलि सपन तिम्रो,कति यहाँ टुट्यो होला
यता तिर्खा नमरेर,उता तिमी जुट्यौ होला

किन्दैछौ रे आज तिमी,त्यो धनले तनको सुख
कुन बजारमा किन्छौ भन,गुमाएको मनको सुख
देखा वटि हाँसो भित्र,कति सुख खुट्यौ होला
यता तिर्खा नमरेर,उता तिमी जुट्यौ होला

फराकिलो बाटो थियो,र त तिमी छुट्यौ होला
यता तिर्खा नमरेर,उता तिमी जुट्यौ होला

9.गीत
माया यो भन्नुछ,नाता हो भन्नु छ
बाँचुञ्जेलि त हो,सारा जो भन्नु छ

हिजो थियौं हामी,आज सम्मन रयौं
भाबिकै खेल हो,एक अर्काको भयौं
तिमी मेरो बन्यो,तिम्रो म भन्नु छ
बाँचुञ्जेलि त हो,सारा जो भन्नु छ

कस्लाइ थाहा,भोलिको दिन के हुनेछ
जान लाइ सम्झिएर,संधै को रुनेछ
हुनै थियो आखिरमा,त्यो त भो भन्नुछ
बाँचुञ्जेलि त हो,सारा जो भन्नु छ

माया यो भन्नुछ,नाता हो भन्नु छ
बाँचुञ्जेलि त हो,सारा जो भन्नु छ

10.गीत
सुन्दै छु म तिम्रो बारे,आज भोलि हल्ला हरु
तिम्रो मनको खोट् आजा,बुझ्दैछु म बल्ल अरु

हतासिंदै अंगालिन,पराय लाइ भेट्दै छौ रे
म नहुँदा उसै संग,तिमीले प्यास मेट्दै छौ रे
बिर्से हुन्छ मलाइ अब,दिंदैछु म सल्ला बरु

भरोसा बाँध फुटाए छौ,बिस्वास् मेरो टुटाए छौ
बदनामको बजार भित्र,मेरो खुसि लुटाए छौ
एक्लो थिएं एक्लै सहि,एक्लै जिबन् चल्ला बरु

सुन्दै छु म तिम्रो बारे,आज भोलि हल्ला हरु
तिम्रो मनको खोट् आजा,बुझ्दैछु म बल्ल अरु

11.गीत
छाँति भित्र बास मागि,आँखा बाट बग्यो किन
एउटै थियो मैले बाँच्ने,मुटु पनि लग्यो किन

छलि रयौ जलन् होइन,यो सितल हो भनेर
बिस्वासले आज आफै लाइ पोल्यो,सन्तप बनेर
भरोसाको दहमा बिष घोलेर,सम्बन्धमा ठग्यो किन
एउटै थियो मैले बाँच्ने,मुटु पनि लग्यो किन

चोटै चोटको आलो घाउमा,चिसो छुरि दगाएर
तिमी गयौ पराय बनि,बदनामि दाग लगाएर
नाता साइनो नाम आज,दुनियामा सक्यो किन
एउटै थियो मैले बाँच्ने,मुटु पनि लग्यो किन

छाँति भित्र बास मागि,आँखा बाट बग्यो किन
एउटै थियो मैले बाँच्ने,मुटु पनि लग्यो किन

12.गीत
माया के हो थाहा पाएँ,नाता जब टुटे पछि
धड्कनको के नै अर्थ,मुटु संग छुटे पछि

अर्पी रयौ सुख सबै,आफु तिमि रित्तिएर
लुटि रहें निर्धक्क भै,सारा सबै मेरै भनि
कहाँ हास्न सकें मैले,आफ्नै खुसि लुटे पछि

दु:ख पिँडा सहि आफु,खुसी मलाइ दिएका थ्यौ
मन्द मन्द बिषको प्यला,मेरै निम्ति पिएका थ्यौ
जलि रहेँ पस्चतापमा,अभाग संग जुटे पछि

तिम्रो खुसि मागि रन्छु,आज कल तारा झर्दा खेरि
नबिझाओस् पाउ तिम्रो,सिखर तिमि चढ्दा खेरि
कहाँ बास माग्न सक्छु,जलाइ बस्ती उठे पछि

13.गीत
पिरतीको खेलमा येस्तो,बिध्वांसै गरायौ
कोमल मुटुलाइ तिमीले, गोलि चलायौ

एको होरो प्रहार गर्यौ, मैले सहि रहे
एक तर्फि युद्द बिराम, मैले मात्रै गरें
सम्झौताको हाता भित्र, भिजिलान्ते घुसायौ
बिध्वांसै गरायौ,माया बमले उडायौ

तोपै पड्काउ रकेट चलाउ,मलाइ डर छैन
तिमिले लड्ने मैदानमा, मैले लड्ने छैन
तिम्रो जितको खुसियालि, एक्लै मनाउ
खुसियालि मनाउन, आणबिक भट्टीनै खनाउ

14.गीत
देखाएर मिठा सपना,फेरि किन जलाइ गयौ
तिम्रै हुँ म भन्दै मेरो,दिलमा छुरा चलाइ गयौ

संगै यात्रा गर्छु भन्थ्यो,तिम्लाइ नपाए मर्छु भन्थ्यो
आफु लाइ भन्दा धेरै,तिम्लाइ माया गर्छु भन्थ्यो
बनावटि रहेछ कुरा,मेरो बिस्वास ढलाइ गयौ
तिम्रै हुँ म भन्दै मेरो,दिलमा छुरा चलाइ गयौ

मनमा बसि मनकै तलाउ,यि आँखामा छल्काइ दियौ
धुँवा बिना पोलि रहने,मनमा आगो सल्काइ दियौ
एउटा डालि भाँचि आज,अर्को तिरा पलाइ गयौ
तिम्रै हुँ म भन्दै मेरो,दिलमा छुरा चलाइ गयौ

देखाएर मिठा सपना,फेरि किन जलाइ गयौ
तिम्रै हुँ म भन्दै मेरो,दिलमा छुरा चलाइ गयौ

15.गीत
कहिले कहिं एउटा ताजले,मायाको घर बने पछि
छुट्दो रहेछ नाता साइनो,के हो औकात भने पछि

सातै फेरो लाए पनि,अग्नि कसम खाए पनि
कस्को मान्छ झुक्न मन,हिराइ हिरा पाए पनि
बिस्वासको के नै अर्थ,जस्मा हिसाब गने पछि
छुट्दो रहेछ नाता साइनो,के हो औकात भने पछि

जाने मैले धन् दौलतमा,मायाको बास हुन्न भनि
छाडे साथ तिम्रो आजै,भन्छु सम्झि रुन्न भनि
टुट्दो रहेछ मन आखिर्,खन्नु खैरो खने पछि
छुट्दो रहेछ नाता साइनो,के हो औकात भने पछि

कहिले कहिं एउटा ताजले,मायाको घर बने पछि
छुट्दो रहेछ नाता साइनो,के हो औकात भने पछि

स्थाइ ठेगाना
नाम=बाबुराम राइ( राइ बबुरो)
तोपगाछि-५,झापा
हालको अस्थाइ ठेगाना
माहादेबटार-८,गोङ्गबु

बाबुराम राइ( राइ बबुरो)का ४ गजलहरू (23-01-2014)

NepaliTalim | 10:21:00 AM | 0 comments
1. गजल
सँधै जित मात्र काहाँ, कहिले काहिँ हार्नु पनि पर्छ सानु
हांस्दा हाँस्दै कुनै बेला, आँशुहरु झार्नु पनि पर्छ सानु

सोंचेजस्तो जिन्दगिमा,संधै काहाँ हुन्छ सबै
अभाबमानि पुग्यो भनि,कुनै बेला टार्नुपर्छ सानु

अगस्तिभै इच्छाहरु, पोख्न खोज्ला कुनैबेला
मनभित्र बाँध बांधि,बग्नलाइ बर हरु बार्नुपर्छ सानु

बैरिकतै लाग्नखोजे,हाम्रो चोखो पिरतिमा
बचाइ राख्न दुबैमिलि,बास अन्तै सार्नुपर्छ सानु

2. गजल
भोको पेटमा पटुकि,कसेकि हुन्थिन् मेरि आमा
साँझ बिहान चुलोमा,बसेकि हुन्थिन् मेरि आमा

हो हो बाबु भन्दै सुताउन,कोक्रो मेरो हल्लाउँ थिन्
झिसमिसे मै ढिकि कुट्न,पसेकि हुन्थिन् मेरि आमा

गोठाला र घाँस दाउरा,दिनै भरि जंगल जँगल्
आराम संग कहिले नै,बसेकि हुन्थिन् मेरि आमा

सिकाउँ थिन राम्रा कुरा,नैतिकताको पाठ मलाइ
ओखति नै कहाँ आङ्,खसेकि हुन्थिन् मेरि आमा

कोटि कोटि प्रणाम मेरो,जस्ले मलाइ जिबन दियो
कुरितिको संजाल भित्रा,फंसेकि हुन्थिन मेरि आमा

3. गजल
के रयो र जिन्दगीमा,तिमी संग छुटे पछि।
हाँस्ने हाँसो रुने आँशु,तिमीले नै लुटे पछि।।

घात लाइ माया भनि,मैले बिस्वास गरि रहेँ।
थाहा पाएँ तेहि बिस्वास,तेन्द्रो बनि चुटे पछि।।

न खेले रै बाजी जित्यो,दुनियाको नजर भरी।
समय लाइ कस्ले सक्थ्यो,तिमी तिरै जुटे पछि।।

एकाहोरो रहेछ माया,मैले तिम्लाइ गरि रहें।
सहे कै छु पिंडा आज,आफ्नै गल्ति खुटे पछि।।

धपक्क पो बल्या छौ रे,यो बबुरो त्यागे पछि।
कुन रंगको माया पायौ,हाम्रो नाता टुटे पछि।।

4. गजल
हिज आज सायद म निक्कै ठुलो रहरमा छु
तेसैले आज गाउँ छोडि नगर् यो शहरमा छु

यहाँ मान्छे ले देह बेच्छन् देह किन्छन् हेर
आफै पनि बेचिएको पक्का पक्कि ठहरमा छु

स्वच्छ यहाँ के नै छ र खाने पिउने चिजै
चौरासि ब्यन्ज नै खाएपनि तर म जहरमा छु

कोलाहाल् छ चारै तिर धुँवा धुलो भित्र यहाँ
कुन रोगको शिकार् हुन्छु मृत्यूको प्रहरमा छु

स्थाइ ठेगाना
नाम=बाबुराम राइ( राइ बबुरो)
तोपगाछि-५,झापा
हालको अस्थाइ ठेगाना
माहादेबटार-८,गोङ्गबु

श्रुति शंबेग श्रृङ्खलामा डा. दीनबन्धु शर्माका कथाहरु (17-01-2014/2070-10-03) :- Download

NepaliTalim | 5:03:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति : डा. दीनबन्धु शर्माका कथाहरु
लेखक : डा. दीनबन्धु शर्मा
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
प्रकासन :प्रज्ञा प्रतिषठान
मिति : २०७० माघ ०३ शुक्रवार

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० माघ ०३ गते तदनुसार 17-January-2014 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं ।  ललितपुरस्थित नमूना मच्छिन्द्र स्कूलका प्रधानाध्यापक तथा नमूना मच्छिन्द्र क्याप्पसका सहायक क्याम्पस प्रमुख डा. दीनबन्धु शर्माका बिभिन्न पत्र पत्रिकामा प्रकाशित भएका कथाहरु सुन्नेछौं जसमा सुरुमा कथा उर्मिला र त्यसपछी कथा सुपर्नखा बाचन हुनेछन् ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger