गजलका शेरहरु( 2069-12-06/19-03-2013) Listen & Download

https://mohanbihani.blogspot.com/ | 6:06:00 PM | 0 comments

गजलका शेरहरु( 2069-12-06/19-03-2013) 

Listen & Download

PROGRAM : GAZALKA SHERHARU 
HOST : LAXMI ITIHAS 
TIME : EVERY TUESDAY, 9.15PM 
DATE : -( 2069-12-06/19-03-2013)
कार्यक्रम : गजलका शेरहरु 
संचालिका : लक्ष्मि इतिहाँस 
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
फेसबुक पेज  : Gazalka Sherharu

 आदरणिय साथीहरु, आज मिति 2069-12-06 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
Listen HERE

Download: Download from Click HERE

Listen All Previous Episodes

मुक्तक सरोबर (20-03-2013/2069-12-07) - Download

NepaliTalim | 5:25:00 PM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर   
Date : (20-03-2013/2069-12-07)
रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
 
आज मिति 2069 चैत्र 07 तदनुसार 20-03-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download 

Download : Click Here to Download

Thank yo

बसन्त कुवँर 'विवश'का दुइ गजलहरु

NepaliTalim | 5:14:00 PM | 0 comments
1.~~गजल~~

तिम्लाई भेट्न झिमरूक खोला तर्नै पर्ने भो।
लेक छोडी बेसी तिर झर्नै पर्ने भो॥

टाढा भो मनको दुरी कति बस्नु तड्पिएर।
सामिप्यता बढाउन मनको डेरा सर्नै पर्ने भो॥

माया गरे जस्तो गरी अन्तै मन डुलाउछौ कि।
मायाको अदालतमा सम्झौता त गर्नै पर्ने भो॥

बा आमाले नमान्लान कि हाम्रो माया स्वीकार्नलाई।
त्यसैले त गाऊ समाज सँग डर्नै पर्ने भो॥

तिम्लाई भेट्न झिमरूक खोला तर्नै पर्ने भो॥
लेक छोडी बेसी तिर झर्नै पर्ने भो॥

 [२]~~गजल~~
तिमी बिना प्रत्येक जिउदै अनि मर्दैछु म।
थोपा थोपा आशुँ बनि नयन बाट झर्दैछु म॥

यो ससाँरमा तिमी बाहेक जाने कुनै ठाउ पाईन।
त्यसैले त तिम्रो दिलमा बसाई अब सर्दैछु म॥

आखाँ भित्र मुटु भित्र कहाँ कहाँ छैनौ तिमी।
थाहा छैन किन तिम्लाई यस्तो माया गर्दैछु म॥

जहाँ जहाँ याद छाया बनि पछ्याईदिन्छ।
त्यसैले त तिम्रो दिलमा बसाई अब सर्दैछु म॥

सयौँ जूनी सँगै मर्ने सँगै बाँच्ने कसम खाई।
हात समाई तिम्रो अब प्रेम सागर तर्दैछु म॥
बसन्त कुवँर ुविवशु
सुर्यपूरा ५ शान्तिबजार
रूपन्देही

Episode 5 : (21-03-2013/2069-12-08) गजल सागर - Download

NepaliTalim | 5:01:00 PM | 0 comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर
मिति : 21-03-2013/2069-12-08

प्रस्तोता : राम शरण श्रेष्ठ
GAZAL SAGAR 


नमस्कार साथीहरु
आज मिती 2069 चैत्र 08 गते तदनुसार 21 मार्च 2013 बिहिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको चौथो श्रृंखलामा म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।

आजको कार्यक्रममा चिसापानी नेपाल पेज, चिसापानी नेपाल ग्रुपमा पोष्ट भएका केहि गजल र सुमधुन नेपाली गीत गजलहरु लिएर आएको छु । आजको श्रृंखलामा जीवन सरोवर, नरेश बि।क। अनुरागि, दिर्गराज गिरी ूप्रियसीू, बद्री प्रसाद न्यौपाने, नरेश बि।क।अनुरागि, नवराज भट्ट,ज्ञान तरार्मु सेतु मगर, शालिग्राम पत्थर, कोमल भट्ट, कृष्ण अबिरल, राम शरण श्रेष्ठ, गौरब श्रेष्ठ मनकुरा र कपिल अञ्जानको तस्विर बाट यौटा गजल बाचन भएको छ । कार्यक्रम के कस्तो लाग्यो प्रतिकृया जनाईदिनुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 5

Thank you

Episode : 64 (यो साँझ यो सुबाश-19-03-2013) - Download

NepaliTalim | 11:05:00 AM | 0 comments
EISODE 63 - YO SANJH YO SUBASH  
(19-03-2013 / 2069-12-06) 
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश   
Website : http://ransimedia.com      
Facebook : YSYS Facebook Page 
Phone :  9808826116

आज मिति 2069 साल चैत्र महिनाको 06 गते तदनुसार  19-03-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-64 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download

Download : Click Here to Download Episode 64
Listen All Previous Episode:

Thank you

न्यौपाने कान्छा शोभाखरका ७ गजलहरु

NepaliTalim | 11:03:00 AM | 0 comments
1.गजल
जिन्दगीको गोरेटोमा एक्लो पारी गयौ तिमि
पबित्र त्यो प्रेम लाई ज्युदै मारी गयौ तिमि ///

तिमि संग बाच्छु भन्यौ तिमि संगै मर्छु भन्यौ
झुक्काएर आज अन्त डेरा सारी गयौ तिमि////

किन यस्तो भयो कुन्नि ,केहि पनि नभनी
एकोहोरो रिसायर फुल नै झारी गयौ तिमि

तिमि संग संसार भुल्दै ,नाई भने पीडै पिडा
जानी जानी पीडाको त मिलाई भारी गयौ तिमि ///
न्यौपाने कान्छा शोभाखर
पर्बत

2.गजल
टिप्न सक्ने भय पनि टप्प टिपी सजाउथे कि
मन भरि भाका पिडा धेरै टाडा भगाउथे कि ////

दीन भरि रात भरि ,तिम्रो यादमा तड्पीन्छु /
/संगै संगै भाको भय काख माथि रमाउथे कि////

रुदा रुदा सिरानीमा आशु कोत ताल भयो
आखा बाट आशु हरु उतै रोक्ने बनाउथे कि//

तिमि मेरो जिन्दगीको ज्युने आधार हो भन्दै
छोडी फेरी अन्त कतै नजाऊ भन्दै कराउथे कि ///
न्यौपाने कान्छा शोभाखर

3.गजल
आफन्त ले बारम्बार लुटे पछि भौतारिएँ
तरबारको सहारामा कुटे पछि भौतारिएँ

जस लाई मन मुटुमा सजायर राखेको
उही मान्छे बैरी संग जुटे पछि भौतारिएँ

सपना थियो मन भरि अनेकौ बुनेका
टुक्रा भई काच सरि टुटे पछि भौतारिएँ /

मन भरि आशा बोकी ,जिउनको लागि
आसा पनि साथ बाट छुटे पछि भौतारिएँ //
न्यौपाने कान्छा शोभाखर

4.गजल
गयर तिमि फर्की आयौ पायौ के मन्दिरमा
मनमा कालो राखी तिमि धायौ के मन्दिरमा//

तोडेर सबै पुराना बाचा मन खाली बनायौ
फेरी कसम कस्तो खाले खायौ के मन्दिरमा //

दुखिको झुप्रो उधारी तिमि ,रमिता देखायौ
छोडेर तिमि पराइ भई छायौ के मन्दिरमा

सरण पर्दा मरण गर्न जानिनौ तिमीले ,,
अब धर्म पाउछु भनी गायौ के मन्दिरमा //
न्यौपाने कान्छा शोभाखर 
पर्बत

5.गजल
झिसमिसे साझमा जुनेली त्यो रात थियो
उन्को खाली सिरमा मेरो दाया हात थियो//

चरिपनि गुडमा चारै तिर सुन्य भाथ्यो
आवाज को बारेमा पिपलु को पात थियो //

भुल्दै थियौ हामीले ,सारा यो दुनियालाई
चौपारीको आडमा जवानीको मात थियो ///

रुन पर्छ हामीनै ,रुन राम्रो होइन भनि
जिउन्जेल धर्तीमा ..संगै हुने बात थियो ///

सोचेकोनि होइन ,यस्तो भयो बिडम्बना
मलाई यस्तो बनाउनु,उन्को नै घात थियो ///
न्यौपाने कान्छा शोभाखर

6.गजल
मुटु भित्र बास दिय चाइदैन भन्यौ //
मैले फेर्ने सास दिय चाइदैन भन्यौ //

धर्ती मै डुले पनि ,बाची रहदा हामी /
मनको आकास दिय चाइदैन भन्यौ //

हासो संग मन्थन गरि ,छुट्ने बेला
छिटै भेट्ने आस दिय चाइदैन भन्यौ //

तिमीलाई दुखि  बनाउन कहाँ खोजेर
सुखको नै रास दिय, चाइदैन भन्यौ //
न्यौपाने कान्छा शोभाखर

7.गजल
कस्ले भन्यो झुटो कुरा इज्येत छोडी गाकी छैन
ढुक्क हुनु मेरो राजा पराई संग धाकी छैन//

बर पिपल साक्षि राखी खायाकाति कसम तोडी
भर पर्नु प्रियतम अन्त माया लाकी छैन //

समाजले कुरा काट्छ ,बर पिपलको जोडी मास्न
किन कुरा सुन्नु पर्यो हरेस मैले खाकी छैन ////

भनेको त होनि मैले तिम्रो खुसि मेरो खुसि
तिमि खुसि भाको रैछौ आशु मात्र पाकी छैन
न्यौपाने कान्छा शोभाखर
पर्बत

BULBUL 186 : (20-03-2013/2069-12-07) - Download

NepaliTalim | 9:34:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 186
Host : Achyut Ghimire 
Date : (20-03-2013/2069-12-07)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ चैत्र 07 गते तदनुसार  20-March-2013 बुधवारका दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 186) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
 
Listen and Download 

Download : Click Here to Download 186 
Listen All Previous Episodes:


Thank you

गजल संगम (2069-12-07/20-03-2013) नयन अधिकारी संगको अन्तर्वाता - Download

NepaliTalim | 9:00:00 PM | 0 comments
मिति :  (2069-12-07/20-03-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल 
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam 

गजल संगम (Gazal Sangam) आज मिति 2069 चैत्र महिनाको 07 गते तदनुसार 20-March-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । आज हामी, एक श्रष्टालाई लिएर आएका छौं । आज गीतकार कथा गजलकार नयन अधिकारी संगको अन्तर्वाता विशेष रहनेछ । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download
Thank you

पारिजातको सडक र प्रतिभा कथा संग्रह (19-03-2013/2069-12-06) - Download

NepaliTalim | 4:58:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : सडक र प्रतिभा कथा संग्रह
मिति :    (19-03-2013/2069-12-06)
लेखक : पारिजात
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 

आज मिति २०६९ चैत्र 06 तदनुसार १9 मार्च २०१३ मंगलबार, हामी आज पारिजातको कथा संग्रह सडक र प्रतिभा कथा संग्रह बाट दुइ कथाहरु सुन्नेछौं । पारिजातको सडक र प्रतिभा कथा संग्रह बाट सन्त्रास र नयाँ मान्छे कथा सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download 

Thank you

मेरा १५ मुक्तकहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:35:00 PM | 0 comments
1.मुक्तक 
सम्झेरै वित्छन् हर दिन हर रात ।।
त्यसै ढल्किन्छन् हर दिन हर रात ।।
मेरो मुस्कान कता हरायो हरायो
कसैले सम्झिन्छन् हर दिन हर रात ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

2.मुक्तक
खेजेको मान्छे नपाएपछी ।।
मुटुबाट उस्ले हटाएपछी ।।
अन्तै बसाई सरेर गइन
मेरो घर पुरै जलाएपछी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

3.मुक्तक 
गुलाब हैनमैले काँडा पाकोछु ।।
प्रेमको बदला धोका खाकोछु ।।
उसैले मलाई सिध्याएर गयो
जसलाई दिलमा सजाकोछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


4. .मुक्तक 
सबैलाई सब थोक प्राप्त हुँदैन ।।
समयनै बलवान परास्त हुँदैन ।।
जति पुजा गरेपनि ढुङ्गालाइ त
किन किन यो मन सान्त हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 


5.मुक्तक 
उस्ले अन्तिम प्रहरमा हुँदैन भनी ।।
मेरो प्रेमको उक्तरमा हुँदैन भनी ।।
यात्रा धेरै अगाडि बढिसकेपछी
अचानक बिच सफरमा हुँदैन भनी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 

6.मुक्तक 
घटायौ दुरी कसरी कसरी ।
बन्यौ जरुरी कसरी कसरी ।
तिम्रो बसमा पारेर चलायौ,
प्रेमको हुरी कसरी कसरी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 


7.मुक्तक 
जनताको पालो आउँदै आएन ।।
देशमा उज्यालो आउँदै आएन ।।
जिन्दगीको बाटो उकालै उकालो
कहिल्यै ओरालो आउँदै आएन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 


8.मुक्तक   
मान्छेको चोला आज हो कि भोली ।।
हाँस्दै बाँच्नुहोला आज हो कि भोली ।।
सकेसम्म जम्मै काम सक्नुपर्छ
फर्कदैन खोला आज हो कि भोली ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 


9.मुक्तक   
भावनाका बस्तिहरु मनभित्र हुन्छ ।।
कोहि नभएको बेला पनि मित्र हुन्छ ।।
सबैले थरिथरिका लिला देखाउँछन्
यौ संसारमा अनेक विचित्र हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 
 


10.मुक्तक   
कि विजय कि त पराजय हुन्छ ।।
अस्ताएको सुर्य भोली उदय हुन्छ ।।
आज त तिमीले छोडि गए पनि
भोली मेरो पनि प्रेममय हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


11.मुक्तक  
सरकारी उपस्थिति पाइन्न गाउँमा ।।
विकासका गतिविधी पाइन्न गाउँमा ।।
जमाना बदलिएछ यता सहर तिरको
पस्चिमी देखासिखी पाइन्न गाउँमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 
 
 


12.मुक्तक  
यादै याद पठाउँछ कोहि मान्छे ।।
घरि घरि सताउँछ कोहि मान्छे ।।
सुरु कैले देखी भयो थहा छैन
खुबै मन पाराउँछ कोहि मान्छे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


13.मुक्तक  
घटायौ दुरी कसरी कसरी ।
बन्यौ जरुरी कसरी कसरी ।
तिम्रो बसमा पारेर चलायौ,
प्रेमको हुरी कसरी कसरी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


14.मुक्तक
सपनाले साथ छाडेका मान्छेहरु ।।
भाग्यले एक्लो पारेका मान्छेहरु ।।
छन् यो संसारमा कति कति छन्
भित्री मनहरु फाटेका मान्छेहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


15.मुक्तक
मान्छेहरुको मुहारबाट मुस्कान हराएको छ ।।
खै नियतिले क–कस्लाई के के गराएको छ ।।
जिन्दगी देखि पराष्त भएकाहरु मात्र भेट्छु
त्यसैले आजभोली मेरो मनपनि डराएको छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger