बहकिने मन (2069-10-01/14-01-2013) - Download

NepaliTalim | 9:22:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2069-10-01/14-01-2013)
Time : 9.15pm Every Monday
 
Host :  Mahabir Biswakarma Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network

 

आज मिति 2069 माघ 01 तदनुसार 14th Jan 2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 58  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।


Listen and Download

Download : Click Here to Download 
Listen All Previous Episodes :

Thank you

साहित्य सिर्जना - 17: (12-01-2013/2069-10-28)-Download

https://mohanbihani.blogspot.com/ | 5:00:00 PM | 0 comments
EPISODE : 17
Date :( 12 jan2013 / 2069-10-28)
कार्यक्रम : “साहित्य सिर्जना   
रेडियो : रेडियो मलमला ८८.६mhz  
प्रस्तोता : सुरज थापा मगर  
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे 
फेसबुक : Facebook Page  
Email : radiomalmala@gmail.com    

साथीहरु नमस्कार । 
आज मिति 2069 पुष 28 गते तदनुसार 12 jan 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 17 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।  
Listen And Download 

गजल संगम (2069-09-25/09-01-2013) - Download

NepaliTalim | 5:27:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-09-25/09-01-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल

प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam  

 

आज मिति 2069 पौष महिनाको 25 गते तदनुसार 9th Jan 2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
पानिमा आगो लगाइदिन्छु म ।।
प्रेममा पागल बनाइदिन्छु म ।।

रातदिन मेरै सापना देख्नेगरी
तिमीलाई अति सताइदिन्छु म ।।

मौसम भोली बदलिन सक्छ
सबकुरा आजै मिलाइदिन्छु म ।।

तिमी रोएको हेरुँ म कसोरी
बरु जुनि भर हँसाईदिन्छु म ।।

आउ चाखेर हेर प्रेम नाशा
प्यारमा पूरै डुबाइदिन्छु म ।।

दुबैले जित्नुपर्छ प्रेमको युद्ध
यो लडाइँ पूरै सकाइदिन्छु म ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Muktak Madhurima (2069-09-26/10-01-2013) - Download

NepaliTalim | 9:37:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm

Host : Ramu Acharya
Date :  (2069-09-26/10-01-2013)
 

आज मिति 2069 पुष 26 गते तदनुसार 10-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।            
Listen and Download

Download : Click Here to Download
Listen all Previous Episodes  
२०६९-०९-२६ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-Lb Sagar
मेरो पनि त ,रमाउने दिन आउने छ ।
हातमा हात ,समाउने दिन आउने छ ।
र्हदै जॉउ एक दिन ,पक्कै पनि यहॉ।
तिम्रो जस्तै खुशी ,मनाउने दिन आउने छ ।
कैलाली ,फुलवारी

02-Ram Sharan Shrestha
मायाँको उस्ले हिसाब राखेको रहेछ ।।
अनुहार माथि नकाब राखेको रहेछ ।।
के था पापि मन होला भनेर मलाई
सुरुदेखिनै मन खराव राखेको रहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मुक्तक मधुरिमाका सम्पूर्ण श्रृङ्खलाहरु चिसापानी नेपाल ब्लग
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
बाट सुन्न र डाउनलोड गर्न सकिन्छ तथा आजसम्मका श्रृखलाहरु मुक्तक मधुरिमा ब्लग
http://muktakmadhurima.blogspot.com/ बाट सुन्न सकिन्छ
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com
Your Blog Description here!


03-सनम गोले
विदेसमा बसी खोज्दै छु भाग्य ।
टुक्रिएको रहेछ जोड्दै छु भाग्य ।
भत... भत्ति पोल्ने ताप पचाएर
शितलताको मसीले कोर्दै छु भाग्य ।
-सनम गोले
दामन मकावनपुर हाल मलेशिया


04-Ashish Danai
खै त नेता संबिधान कहाँ छ
राजनितीको निदान कहाँ छ
दिन्छु भन्यौ कुरेर बसिरह्यौ
सहमतिय बिहान कहाँ छ ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
मुक्तक मधुरिमाको सम्पुर्ण भागहरू सुन्न तथा डाउनलोड गर्न www.muktakmadhurima.tk मा जानुहोस् ।
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima


05-Rai Munkmen Ramesh मुक्तक
हो अधुरो वचन हतपत खोल्ने गर्दैनन
जताभाबि अपच शब्द ओकोल्ने गर्दैनन
अरु हैन यति भने थाह् छ मलाइ पनि
गरेर देखाउने हरु अवागै बोल्ने गर्दैनन
-राई"मुक्मेने"रमेश
हाल साउदी
धन्यवाद...


06-Laligurash Narayan Shrestha मुक्तक
हानथाप गरेपछी संबिधान कहिले बन्ने।
पापैपाप गरेपछी संबिधान कहिले बन्ने।
बिदेशीले सीमा मिच्दा नेताहरु आफ्नै कुर्चि
नापानाप गरेपछी संबिधान कहिले बन्ने।
-लालीगुराँस नारायण श्रेष्ठ
हाल नयाँ दिल्ली भारत।

07-Bishnu K Gautam
पुर्णिमाको उज्यालो जुन देखेसी उता सर्यौ
पराइको ढकमक्क सुन देखेसी उता सर्यौ
चौरासी व्यन्जन भित्रै रमाउन पाएपछि
मेरो घरमा पानि र नुन देखेसी उता सर्यौ
२०णु गौतम
मल्म-4,बाग्लुङ


08-Jaya Bhabuk
दुशीत हुदैछन झर्ना ईनार पानी पीऊन गारो छ!
रोजगार छैन श्वदेश मा जीवन जीऊन गारो छ!
दुनीयॉ ले भन्छन केही गर्छु यही
शोरोत सॉधन छैन काम गर्ने पारा लीऊन गारो छ!
-जयराम िव. क. (जयॉ भॉवुक )
धधवार 7 बर्िदयॉ
हाल मलेिसयॉ जोहोर
धन्यावाद शुभ - रात्री....


09-Baral Suryamani
किन चेलीको अस्मिता दिन दहाडै लुटिन्छ यहाँ?
किन कानुनै नभए जस्तो निरीह कुटिन्छ यहाँ?
हत्या आतंक बलात्कारको कुनै सिमाना पो हुन्न कि?
किन निमुखाको कोपिला मै फुल्ने अधिकार चुडिन्छ यहाँ?


10-Saroj Dhital
अबोध महिला बसभित्र लुट्छन् रे आज भोली,
छोरी किन जन्माईस भनि चुट्छन् रे आज भोली।
जलाएर छोरी आमा पुरुर्षाथ गरेँ भन्छन..
दुई दिनमै दोषिकैदी छुट्छन् रे आजभोली||
डाँछी 3 काठमाडौँ

11-Nabodit Nabaraj
चिरेर गयौ मुटु असर उस्तै छ उस्तै |
र पनि मैले हेर्ने नजर उस्तै छ उस्तै |
छाडेर जाउँ कहाँ बिरानो लाग्छन सबै
तिमी बिनाको शुन्य शहर उस्तै छ उस्तै |
-नबराज नबोदित
मोरंग शनिस्चरे नेपाल


12-Raju Poudel
चटनि खायौ जिब्रो पड्कायौ नुन बिर्सियौ ।।
दुख पर्दा लगाएको गुन बिर्सियौ ।।
हिजो सम्म म तिम्रै राधा हु भन्ने ले ।।
आज किन बासुरिको धुन बिर्सियौ ।।
Raju poudel
Rudrapur Rupandehi
Doha Qatar

13-Mohan Bihani
यसपालीको माघमा बिहे गर्छु भन्छ काले,
मेरा बाले दिएनन् भने मर्छु भन्छ काले।
सक्दैन रे बस्न एक्लै तडपीएर सधै भरि,
उस्कै हातले मेरो सिउँदो भर्छु भन्छ काले।
-मोहन बिहानी
भक्तिपुर सात सर्लाही
मुक्तक मधुरिमाका सम्पूर्ण श्रृङ्खलाहरु
सुन्न तथा डाउनलोड गर्न
http://mohanbihani.blogspot.com/

14-Bikalpa Babu
उ मुटुकै छेउ आएर गइ
सारा खुशीहरु चोरेर लइ
दुइचार दिन समिपमै बसि
सदाका लागी बिरानो भइ
bikalpa babu
saptagandaki college bharatpur


15-Dipak Karakheti . मुक्तक
सपनिमा रोहेर के भो त बिपनिमा त हाँस्दै, छु नि
कर्मनै धोएर के भो त धैर्यताको माला गास्दै, छु नि //
हरेक पल पलको रुहाइ लाई सहेर, पनि
सहज परीबेस बनेर दु:ख लाई त मास्दै, छु नि //
-दीपक काराखेती
धुवाकोत गोर्खा
हाल:-अबु-धबी (UAE)


16-Nashib Bayadi
तिम्रो दिलभित्र पस्दा, कति पिडा सहे हुला
क्षितिजमा पर्खि बस्दा,कति पिडा सहे हुला
तिम्रो दिन तिम्रै रात,तिम्रो झल्को तिम्रै याद
पलपल आशु खस्दा,कति पिडा सहे हुला ।।
(नशिब बयाडी "नशा") "फूलवारी,कैलाली"

>गीत > कहिले काही मुटु दुखेछ भने मैले सम्झिय भनि सम्झिनु .......सौगात सायरको आवाजमा .........


17-Bibek Dulal मुक्तक
अपहाज बिचार उछालेर मख्ख नपर
आफ्नालाई दिनहु खसालेर मख्ख नपर
आफैलाई चिन्यौ भने धेरै अघि बढ्नेछौं
शत्रुको घरबार बसालेर मख्ख नपर
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल :अबुधाबी ,यु ए इ .


18-kapila lamichhane
तिमिले खोलि तरेर गयौ!
अर्कैको डोलि चढेर गयौ!!
कुल्चिदै मेरो सपनालाई,
माथमा होलि भरेर गयौ!!
कपिल लामिछाने
दाङ, तुल्सिपुर।
हाल दोहा कतार।
(नेपालि लेखन सहयोग-दिप मिलन)

19-Rakshe Deep Milan
आँउदै छु डोली लिएर प्यारी!
मखमलि चोलि लिएर प्यारि!!
तिमि र म मिलेर भर्नलाई,
ममताको झोलि लिएर प्यारि!!
दीप मिलन
रुद्रपुर-०२ रुपन्देही
हाल दोहा कतार

20-Amrit Shrestha
म त मर्नेछु तिमी बाच्नु है सानु
यो जीबन उसैको लागि साच्नु है सानु
मलामिले घरमा सन्खको धुन बजाउदा
हर्स अनि बिस्मातले नाच्नु है सानु
(Amrit Shresatha pokhara kaski)

21-ज्योति खतिवडा अनिश्चित
मेरो देश रुँदै छ बाबा आशुँ बरबरी
म पुछ्न चाहान्छु भन्नुहोस् न कसरी ।
तिर वीरको चित्कार अझै सुन्दै छु म
मेरो देश बचाईदेउ भन्दै काप्दै थे थरथरी ।
-ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा 2 झापा ।

21-Shanti Adhikari मुक्तक
सम्हाल आफुलाई भेल छ ठुलो ।
तिमीलाई फसाउने खेल छ ठुलो ।।
देखाईमा तिम्रै हो नजिकको मित्र ।
उस्ले तिमी माथि गर्ने झेल छ ठुलो ।।
शान्ति अधिकारी
बांके


22-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
मेरो केटी जिस्काउनेको बंगरा झार्छु
न जिउनु नत मर्नु दोसाँधमा पार्छु
....ले मेरो केटीलाई आखा लाउछस ?
म घरमा आएसी गोली हानी मार्छु !
****ATM आत्मा !
hetauda makwanpur .hal- doha qatar www.radiomeroaatma.tk

23-श्रीकान्त बराल कहेराज़
डुब्न लागे अब मलाइ बचाउ भन्छ देश
असहमति अब धेरै नबल्झाउ भन्छ देश
बाझाबाझ को राजनीतिले निकास निस्किदैन
अब फेरी अर्को बुद्ध आउ भन्छ देश
कृष्णमन्दिर चोक

24-तिलक निस्कर्ष
तिम्रो मेरो बाटो फरक,दिन अनि रात फरक
तिमि अन्तै म अन्तै आ आफ्नो साथ फरक
फेरी मेरो गोरेटोमा किन आउछौ तिमि आज
बुझ तिम्ले अतीतलाई अब हाम्रो बात फरक
रत्ननगर ७

25-प्रेम सौगात
तिम्रो पिडा मलाइ घोच्ने कस्तो तिखो झिर भयो
के गरेर बसेकी छौ मलाइ सारै पिर भयो
आँखा भित्र आँशु तिम्रो टिलपिलाउदै होला,
यै आँशुको अझै नियतिले माया तारे भिर भयो
प्रेम सौगात
टांडी ,चितवन

26-Arpan Chhetri
भुंईकॊ धुलॊ उठाएर नुन भन्नु गल्ती मेरॊ
जलप रैछ पग्ली जाने सुन भन्नु गल्ती मेरॊ
लड्दा खेरी उठाएथ्यौ हातै समाई तिम्ले
खेल रैछ फसाउने गुन भन्नु गल्ती मेरॊ
-अर्पण छेत्री
दमक-5, झापा
हाल- जॊहॊर बारु, मलेसिया

BULBUL 176 : (09-01-2013):गजलकार कपिल अन्जान सँगको अन्तर्वाता - Download

NepaliTalim | 10:34:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 176
INTERVIEW WITH KAPIL ANJAN
Host : Achyut Ghimire 
Date :-(09-01-2013/ 2069-09-25)
FB : Facebook Page

(गजलकार कपिल अन्जान सँगको अन्तर्वाता विशेष )

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ पौष २५ गते तदनुसार ९ जनवरी २०१३ मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 176) लिएर उपस्थित हुनुभएको छ ।
आजको बुलबुल अन्तर्वाता विशेष रहनेछ । आज कोहलपुर २, बाँकेका चिरपरिचित चर्चित गजलकार तथा संचारकर्मि कपिल अन्जान बुलबुलको बिशेष अतिथि हुनुहुन्छ र उहाँका आवाजमा हामी गजलहरु सुन्नेछौ तथा उहाँ सँगका कुराकानीहरु प्रस्तुग गर्नेछौं ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download
 
Download : Click Here to Download
Listen All Previous Episodes:
Thank you

गजल गंगा 08-01-2013 (रेडियो नेपाल)- Download

NepaliTalim | 4:16:00 PM | 1comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Email : gazalganga@gmail.com
Facebook : Facebook Page
Web : Radio Nepal
Date : (08-01-2013/24-09-2069)

 नमस्ते साथीहरु,
आज मिति  2069 पुष 24 तदनुसार 08-Jan-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा प्रकासन भएको गजल संग्रहबाट गजलहरु बाचन हुनेछन् ।आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।  
Listen and Download


Download : Click Here to Download

Thank you

नेपाली गजल बृहत कलेक्सन सुन्नुहोस् - (Nepali Gazals song Collection) -Listen

NepaliTalim | 12:18:00 PM | 2comments
Listen Collection of Nepali Gazals Song :
नेपाली गजल बृहत कलेक्सन सुन्नुहोस्
.............................................................
नमस्कार साथीहरु,

आज मैले आजसम्म भेटेका नेपाली गजलहरुलाई सुन्न मिल्ने गरेर कलेक्सन तपाईहरुलासँग लिएर आएको छु । लौ आउनुस् सुनौ हामी पनि नेपाली गजलहरु । यति नेपाली गजल तपाईलाई मन पर्छ भने यो नेपाली गजलको फेसबुक पेजमा गएर पेज लाईक गर्न सक्नुहुनेछ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

LISTEN


नोट :  कृपया यसरि कलेक्सन गर्नुको उदेश्य विक्रिलाई खलल पुर्याउनु होईन केवल प्रोमोशन मात्र हो । त्यसैले डउनलोडको सुबिधा उपलब्ध गराईएको छैन । 

Thank you

गजलका शेरहरु - (2069-09-24/08-01-2013) - Download

NepaliTalim | 9:57:00 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-09-24/08-01-2013)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु,
आज मिति 2069 पुष महिनाको 24 तदनुसार मिति 08-Jan-2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download

 Click Here to Download
Listen All Previous Episodes

Thank you

गजल संसार - 22 : (07-01-2013/2069-09-23) - Download

NepaliTalim | 3:14:00 AM | 1comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (07-01-2013/2069-09-23)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 पुष 23 तदनुसार 07-Jan-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 23 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download: Click Here to Download

Thank you

Episode : 54 (यो साँझ यो सुबाश-08-01-2013) - Download

NepaliTalim | 3:36:00 PM | 2comments
EPISODE 54 - YO SANJH YO SUBASH
(08-01-2013 / 2069-09-24)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश

Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page

Phone :  9808826116


आज मिति 2069 साल पुष महिनाको 23 गते तदनुसार  08-Jan-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  53 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 


रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  ।

Listen & Download
Download : Click Here to Download
Listen All Previous Episodes:

Thank You
Chisapani Nepal

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger