कथाकार : दौलत विक्रम विष्ट कथाहरू : रातो रंग लिएर झरेको पर्दा र कथा समय रेडियो : उज्यालो ९० मेगाहर्ज बाचक : अच्युत घिमिरे बुलबुल स्रोत : उज्यालो ९० मेगाहर्ज
(08-09-2015/2072-05-22)
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति 2072 भाद्र 29 गते तदनुसार 15-Sep 2015 , शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार दौलत विक्रम विष्टको कथा संग्रह "घाउका सत्र चक्का" बाट कथाहरुसुन्नेछौं ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 असोज 06 गते तदनुसार
23-Sep-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 315) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
आज मिति 2072 असोज 02 गते तदनुसार 19-Sep-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 32) आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा दाङ देउखुरिका कवयत्री शर्मिला गीरि लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
आज मिति 2072 असोज 03 गते तदनुसार 20-Sep-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
आज मिति 2072 भाद्र 28तदनुसार 14-Sep-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 169 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
१.गजल के हेर्छन यि सारा खुलेआम सडकमा छ फुलको हत्यारा खुलेआम सडकमा घर ढलेझै मेरो जिन्दगि ढालिदियो अनि गरे गुजारा खुलेआम सडकमा यो सहर कदापी सुन्दर बन्दै बन्दैन रोपेर बनमारा खुलेआम सडकमा अचेल बलेको बत्ति मान्छेले हेर्ने गर्छन मानौ झर्या छ तारा खुलेआम सडकमा उमेश गजल इटहरी, सुनसरी २.गजल तिम्रो घमण्ड र अहम साबित गर्नुछ मलाइ तिम्रो प्रियतम साबित गर्नुछ बाबुले छोरी बेचेकै प्रमाणित भैसक्यो लिएको कति हो रकम साबित गर्नुछ स्कुल गएकी नाबालिका रुदै फर्कंछे कसले गर्या हो कुकर्म साबित गर्नुछ देश लुटिने खतरा बढेको छ अचेल आफैले आफुलाई बम साबित गर्नुछ 'गजल'ले सबैको दिलमा राज गर्या हो म आफुलाई धमाधम साबित गर्नुछ उमेश गजल इटहरी, सुनसरी २.गजल यो सिंगो शरीर मेरो पहरा बनाएको छ खै कसले यो मनलाई चरा बनाएको छ मलाई हेर्ने नहुने कुरुप बनाएर भगवानले उस्लाई अप्सरा बनाएको छ यी आखाका आँसुले मेरै जिन्दगि बगाउछ र उसको जिन्दगि हराभरा बनाएको छ उसको कातिल चेहरा, म बिर्सिदिउ भन्छु यादहरुले दिलमा कमरा बनाएको छ तिमीले नियाल्नु, जस्तै मैहु भन्नेलाई पनि समयले एकदिन बिचरा बनाएको छ प्यार नजान्नेलाई हाकिम् बनाई सर्कारले जबरजस्ति मलाई आवरा बनाएको छ उमेश गजल इटहरी, सुनसरी ४.गजल देखाउनु देखायो रमिता बन्धकी राखेर कुरान भागवत र गीता बन्धकी राखेर बालाई एउटा टोपी सम्म नि आएन मेरा गजल र कविता बन्धकी राखेर कोहि यसरीपनि बाच्न बाध्य देखिन्छन आफ्नी श्रीमतीको अस्मिता बन्धकी राखेर सम्पति कमाएको, हो यसरी कमाएको हो उसले आफ्नै मातापिता बन्धकी राखेर उमेश गजल इटहरी, सुनसरी
रेडियो नेपालवाणी नेटवर्क रेडियो उपत्यका ८७.६ मेगाहर्ज
कार्यक्रम फूलवारी डटकम
प्रस्तोता धनराज वास्तविक ( विविध रचना बाचनसँगै र्सिजनाबो सैद्धान्तिक वहस )
आज मिति 2072 भाद्र 29 तदनुसार 15-Sep-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
आज मिति 2072 भाद्र 31 गते तदनुसार 17-Sep-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।