Home » , » उमेश गजलका ४ गजलहरू -22-09-2015

उमेश गजलका ४ गजलहरू -22-09-2015

NepaliTalim | 10:41:00 AM | 0 comments
१.गजल
के हेर्छन यि सारा खुलेआम सडकमा  
छ फुलको हत्यारा खुलेआम सडकमा 

घर ढलेझै मेरो जिन्दगि ढालिदियो
अनि गरे गुजारा खुलेआम सडकमा 

यो सहर कदापी सुन्दर बन्दै बन्दैन 
रोपेर बनमारा खुलेआम सडकमा 

अचेल बलेको बत्ति मान्छेले हेर्ने गर्छन 
मानौ झर्या छ तारा खुलेआम सडकमा 
उमेश गजल 
इटहरी, सुनसरी 

२.गजल
तिम्रो घमण्ड र अहम साबित गर्नुछ 
मलाइ तिम्रो प्रियतम साबित गर्नुछ 

बाबुले छोरी बेचेकै प्रमाणित भैसक्यो 
लिएको कति हो रकम साबित गर्नुछ 

स्कुल गएकी नाबालिका रुदै फर्कंछे 
कसले गर्या हो कुकर्म साबित गर्नुछ 

देश लुटिने खतरा बढेको छ अचेल 
आफैले आफुलाई बम साबित गर्नुछ 

'गजल'ले सबैको दिलमा राज गर्या हो 
म आफुलाई धमाधम साबित गर्नुछ 
उमेश गजल 
इटहरी, सुनसरी 

२.गजल
यो सिंगो शरीर मेरो पहरा बनाएको छ 
खै कसले यो मनलाई चरा बनाएको छ 

मलाई हेर्ने नहुने कुरुप बनाएर
भगवानले उस्लाई अप्सरा बनाएको छ 

यी आखाका आँसुले मेरै जिन्दगि बगाउछ 
र उसको जिन्दगि हराभरा बनाएको छ 

उसको कातिल चेहरा, म बिर्सिदिउ भन्छु 
यादहरुले दिलमा कमरा बनाएको छ 

तिमीले नियाल्नु, जस्तै मैहु भन्नेलाई पनि 
समयले एकदिन बिचरा बनाएको छ 

प्यार नजान्नेलाई हाकिम् बनाई सर्कारले
जबरजस्ति मलाई आवरा बनाएको छ 
उमेश गजल 
इटहरी, सुनसरी 

४.गजल
देखाउनु देखायो रमिता बन्धकी राखेर 
कुरान भागवत र गीता बन्धकी राखेर 

बालाई एउटा टोपी सम्म नि आएन 
मेरा गजल र कविता बन्धकी राखेर 

कोहि यसरीपनि बाच्न बाध्य देखिन्छन
आफ्नी श्रीमतीको अस्मिता बन्धकी राखेर 

सम्पति कमाएको, हो यसरी कमाएको हो 
उसले आफ्नै मातापिता बन्धकी राखेर 
उमेश गजल 
इटहरी, सुनसरी 

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger