Home » » मुक्तक सवाल जवाफ - सुरज गैह्रे बिबश र नानू मगर -14-09-2015

मुक्तक सवाल जवाफ - सुरज गैह्रे बिबश र नानू मगर -14-09-2015

NepaliTalim | 2:13:00 PM | 0 comments

नव ज्योति नेपाली साहित्य समाज मा रहेर मुक्तक मार्फत नै केही सवाल जवाफ २०७२/ साउन ३० गते
१.सवाल मुक्तक तिज आउन लाग्यो लिन आउन पाउदिन दिदी !! प्रदेशमा छु यो साल घर फर्की आउदिन दिदी !! माइतिको आगनी डिल कुच्नु त्यो तिम्रो पाउले !! मन नदुखाउनु मलाइ नदेख्दा म छाउदिन दिदी !! सुरज गैह्रे बिबश वालिङ ,स्यङ्जा
१.जवाफ मुक्तक परदेश बाट आउछौ कि भन्दै पर्खि बस्दा भाइ। अनि हरेक तिजमा एक्लै माइत जान पर्दा भाइ। आमाले फोनमा बोलाउनु हुन्छ मन रुन्छ धर धरी। दिदी भाइ संगै माईत जाने आसा हरु मर्दा भाइ। नानू मगर किचनास ८ स्याङ्जा हाल कुवेत
२. सवाल मुक्तक रुन्छ मन धर धरी दिदि चहाना मारी बस्नु पर्दा !! गाउँ घरको याद बेदना बनाइ मुटुमा कस्नु पर्दा !! मलाइ पनि त दिदी बहिनी संगै रमाउनु मन छ !! तर के गरु बध्याताले रुदै प्रदेशमा फस्नु पर्दा !! सुरज गैह्रे बिबश वालिङ ,स्यङ्जा
२.जवाफ मुक्तक पराई घर जाने चेलीलाई माइती प्यारो हुन्छु। एकै पल नदेख्दा भाइ सास फेर्न गार्हो हुन्छ। हरेक पल तिजमा तिमी संग छुट्टिनु पर्दा भाइ। के चाड के पर्व तिमी बिना मन अध्यारो हुन्छ। नानू मगर किचनास ८ स्याङ्जा हाल कुवेत
.सवाल मुक्तक प्रदेशीलाई चाड वाडको कुनै रौनक छैन दिदी !! मलाइ पनि त छुट्टिएर बस्ने कुनै रहर हैन दिदी !! मन समाली यस्तै रैछ भनी बुझाउनु के गर्नी खै !! अभागी रैछु बाआमा दिदी बहिनी संग भैन दिदी !! सुरज गैह्रे बिबश वालिङ ,स्यङ्जा
३.जवाफ मुक्तक दाजु भाइ लिन आएन भन्दै समाजले कुरा काट्छ। कस्तो रहेछ मेरो कर्म म आफैलाई धिक्कार लाग्छ। तिमी आउने बाटो हेर्दा हेर्दै तिम्रै प्रतीक्षाका घडिले। बर्ष महिना गर्दै कयौ तिजहरुमा त्यसै रुएर जान्छ। नानू मगर किचनास ८ स्याङ्जा हाल कुवेत
४.सवाल मुक्तक समाजको मुख थुन्न सकिँदैन हेर हाल्ला गर्ने गाउने हो !! आमा बिरामी भाइ सानै आफै भन को लिन आउने हो !! मेरो प्रतीक्ष।मा बाटो हेरि नरुनु मेरि प्यारी दिदी यो साल !! अर्को साल तिज पक्कै बाचा भो दिदी भाइ संगै रमाउने हो सुरज गैह्रे बिबश वालिङ ,स्यङ्जा
४.जवाफ मुक्तक बर्ष दिनको चाड हो जान्छु भेत्न आमालाई। धैरै भयो नभेटेको मन लागेछ देख्न आमालाई। फोनमा खवर दिनु भाको छ चिन्ता नगर भाइ। दिने छैन आँसुको सागरमा टेक्न आमालाई। नानू मगर किचनास ८ स्याङ्जा हाल कुवेत
५.सवाल मुक्तक जानू दिदी मिइती घर मीठो नमिठो दर खानु है !! घरमा भन्जा भान्जी भिनाजुलाइ भनी जानू है !! छम छम नाच्नु बाजिको त्योआगन भत्कने गरि !! पाइन्ट हैन दिदी तिजमा रातो सारी लाउन लानु है !! सुरज गैह्रे बिबश वालिङ ,स्यङ्जा
५.जवाफ मुक्तक रातो सारी अनि चुरा पोते लगाएर जान्छु भाइ। भेनाजु र भान्जा भान्जीलाई मनाएर जान्छु भाइ। रिति रिवाजमा बस्नु हामी चालीको सौभाग्य हो। परिवार र माइतीको इज्जत बचाएर जान्छु भाइ। नानू मगर किचनास ८ स्याङ्जा हाल कुवेत
६.सवाल मुक्तक बिचार गर सानै दागले ठुलै चोट पुग्छ भन्छन नारिमा !! कति राम्रो देखिन्छौ दिदी चुरा पोते त्यो रातो सारिमा !! छम छम पाउजु पाउमा बजाउदै मादलुको ताल संगै !! कति सुन्दरी देखिन छौ होला सिर्फुल छड्के तिलारिमा !! सुरज गैह्रे बिबश वालिङ ,स्यङ्जा
६.जवाफ मुक्तक कहिले आउला भाइ संगै रमाएर माइत जाने। माइती देशमा सबै संगै बसेर रमाउदै डर खाने। जहिले पनि आसाहरु निरस बन्दै जान्छ किन। फर्कि आउनु आफ्नै देशमा भाइ पराई नठाने। नानू मगर किचनास ८ स्याङ्जा हाल कुवेत
७.सवाल मुक्तक आउँछ माइत जाने दिन ति खुशीहरु बेरेर नबस्नु है घरैमा दिदी त्यो कल्पना कल्पेर कसरी धानउला घार बन्द हड्ताल मात्रै छ बेरोजगारी मान्छे छैन देशमा रोजगार हेर सुरज गैह्रे बिबश वालिङ ,स्यङ्जा
७.जवाफ मुक्तक चिन्त लाग्छ भाइ परदेशीको पीडा सुन्दा। फर्कि आउनेहरुले दुःख पीडाहरु गुन्दा। तिम्रै चिन्तामा म अाज भोली गलेकी छु। धर धरी रुन्छु सबैको घरमा सयपत्री उन्दा। नानू मगर किचनास ८ स्याङ्जा हाल कुवेत
................
सवाल मुक्तक
सुरज गैह्रे बिबश
थुमपोखरा ३ फुलबारी पिपलछाप स्यङ्जा वालिङ हाल दुबै

जवाफ मुक्क
नानू मगर किचनास ८ स्याङ्जा हाल कुवेत
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger