Home » » शशि र सन्तोषको गजलको परिभाषा सार्वजनिक : २०७२ भाद्र २६

शशि र सन्तोषको गजलको परिभाषा सार्वजनिक : २०७२ भाद्र २६

NepaliTalim | 11:12:00 AM | 0 comments
शशि र सन्तोषको गजलको परिभाषा सार्वजनिक
गजलकार शशि शर्मा मजगैंयाको एकल रचना र संगीतकार सन्तोष श्रेष्ठको एकल संगीत रहेको गजल एल्वम परिभाषा सार्वजनिक गरिएको छ । १५० औं मोती जयन्तीको अवसरमा रापती समाज काठमाडौंद्धारा शनिबार राजधानीमा आयोजित बृहत् गजल गोष्ठिको सन्दर्भमा सो एल्वमको अडियो र भिडियो सार्वजनिक गरिएको हो । गोष्ठि कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गजलकार ललिजन रावल, बरिष्ठ संगीतकार दिपक जंगम,संविधानविद् डा.भिमार्जुन आचार्य,गायिका कुन्ति मोक्तान,गायक चन्द्र शर्मा लगायतले एल्वम सार्वजनिक गर्नृभएको हो । एल्वममा अन्जु पन्त,नरेन्द्र प्यासी,प्रमोद खरेल,पे्रमप्रकास ओली,सागर अधिकारी,विन्दु परियार र सुधा रत्नले स्वर दिएका छन् । 

सोहि क्रममा समाजले रोल्पाका गजलकार रमेश सुवेदीलाई अभिनन्दन र गजलकार डब्बु क्षेत्री,संगीतकार हरि लम्साल र गायक मनोजराजलाई नेशनल गजल अवार्ड प्रदान गरेको छ । हरेक वर्ष राप्ती अञ्चलबाट प्रतिनिधित्व गर्दै गजल साहित्यमा ख्याती कमाएका गजल श्रष्टालाई अभिनन्दन र वर्षका उत्कृष्ठ गजलका गजलकार,संगीतकार र गायक वा गायिकालाई अवार्ड प्रदान गरिदै आएको समाजका अध्यक्ष शशि शर्मा मजगैंयाले जानकारी दिनुभयो । साउनको भेल जस्तो तिम्रो जोवन...गजलका लागि क्षेत्रीलाई ,पिउँदै म लडेको छु रमिता छ तिम्रो शहरमा...गजलबाट गायक मनोजराजलाई र सोही गजलबाट वर्षको सर्वोत्कृष्ट सँगीत तर्फको ‘नेशनल गजल अवार्ड’ सँगीतकार हरि लम्साललाई प्रदान गरिएको हो ।

कार्यक्रममा राप्तीको गजल विकास र यसको अवस्थाका विषयमा संगीतकार सन्तोष श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि साहित्यकार कमलमणी देवकोटाले टिप्पनी गर्नृभएको थियो । कार्यक्रममा गायिका बिन्दु परियारले बिमोचित एल्मबबाट गजल गाएर सुनाईन् भने विपिन घिमिरे, सन्तोष रजौरे, बिजय परियार,शुशिला खडका, विजय विश्वास र राधा कँडेलले आफ्ना गजल सुनाएका थिए । कार्यक्रमको संयोजन गरेको संस्था आरम्भ साहित्यिक मञ्चका अध्यक्ष प्रेम ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन समाजका सदस्य गायक एवं संगीतकार गोविन्द मधुर आचार्यले गरेका थिए । 
कार्यक्रमका कृही तस्विरहरू 




















Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger