Home » » प्रज्वल अधिकारीका ४ गजलहरू (30-09-2015)

प्रज्वल अधिकारीका ४ गजलहरू (30-09-2015)

NepaliTalim | 4:10:00 PM | 0 comments
प्रज्वल अधिकारी
१. गजल 
कोही कोहिले यहाँ भुकेरै टोके 
साध सिमाहरुमा ढुकेरै टोके ।

मिलाउदै थिए म मेरै आगनी 
मेरै आगन मुनी लुकरै टोके ।

आफ्नो घर आफै मिलाउनु भन्थे
आफ्नै बचनहरुमा चुकेरै टोके ।

अग्लो हाम्रो सगरमाथा अगाडी
लाजले निहुरिएर झुकेरै टोके।
प्रज्वल अधिकारी

२.गजल 
बोल्दैन अब उ लास बनेछ 
देखिदैन अब उ बतास बनेछ ।

गोलिको निशान बने पछी पो
नेताको बल्ल उ खास बनेछ ।

परिवारले दस लाख पाए पछी 
तीनको भोका मेट्ने गास बनेछ ।

कहिल्लै शिर झुकाएन उसले
को भन्न सक्छ उ दास बनेछ । 
प्रज्वल अधिकारी

३.गजल 
गाडिभित्र भन्दा यहाँ छतमा धेरै छन 
सच्चाइमा हैन झुटको मतमा धेरै छन ।

देश बनाउछु भन्छ उ नारा मात्र न हो
भड्काउने र बिगार्ने कुलतमा धेरै छन ।

नत बैनी नत छोरी कसैलाईनी चिन्दैन उ
मान्छे रुपका पशुहरु जगतमा धेरै छन ।

उ फस्यो बिना कसुर कसले छुटाउछ ?
छुट्ने अपराधिहरु जमानतमा धेरै छन । 
प्रज्वल अधिकारी

४.गजल 
पानी नानी र जवानी किनेर मोदी 
कहाँ गएउ अधिकार छिनेर मोदी ?

छिमेकी हौ मिलेर बस्नेछौ भन्थेउ 
कहाँ गएउ भुसको आगो उधिनेर मोदी ?

गोर्खाली हौ झुक्न जानेका छैनउ
धारिलो खुकुरिको धार लिनेर मोदी ?

लैजाउ जे चाहन्छौ खुलेर भन 
दार्जलिङ र सिक्किम हामिलाई दिनेर मोदी ? 
प्रज्वल अधिकारी
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger