Home » » रमेश अनुरागका ३ मुक्तकहरू-10-09-2015

रमेश अनुरागका ३ मुक्तकहरू-10-09-2015

NepaliTalim | 10:47:00 AM | 0 comments
१.मुक्तक
जीन्दगीमा  पिडा नपरेको मान्छे को नै होला
आँखाबाट आँशु नझरेको मान्छे को नै होला
अरूको बाध्यतामा रमाउन नहुने हो मित्र
बाँच्नलाई सम्झौता नगरेको मान्छे को नै होला
रमेश अनुराग
भेरीगंगा नगरपालीका 14 सुर्खेत

२.मुक्तक
कति सपना गहबाट दर्किएर टुट्यो
कति सपना सिसाजस्तै चर्किएर टुट्यो
थियो चहाना कसैसंग नटुटोस सम्बन्ध
त्यहि पनि किन आज तर्किएर टुट्यो
रमेश अनुराग
भेरीगंगा नगरपालीका 14 सुर्खेत


३.मुक्तक
बाटो हेरियो अनि दिन गनेर, बसियो
यति लामो इन्तजारमा तिमि छौ भनेर, बसियो
पानी र यो जीन्दगानी रहेनछ भर कसैको
 खै किन ? यति लामो खडेरी सहेर, बसियो
चिसापानी नेपालको लागि
रमेश अनुराग
भेरीगंगा नगरपालीका 14 सुर्खेत

Thank you 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger