श्रृंखला 160 : वहकिने मन (13-07-2015/2072-03-28) : Download

NepaliTalim | 9:47:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(13-07-2015/2072-03-28)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 असार  28 तदनुसार 13-July-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 160 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Ekal Kabita Baachan 25 : (11-07-2015/2072-03-26) कवि एल वि क्षेत्री : Download

NepaliTalim | 1:21:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 25
Date :  (11-07-2015/2072-03-26)
Time : Every Saturday 9.15pm
 कवयत्री बिमला तुम्खेवा 

आदरणिय साथीहरु, 

आज मिति 2072 असार 26 गते तदनुसार 11-07-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 24आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  कवि एल वि क्षेत्री सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

गजल यात्रा (27-06-2015/2072-03-12) गायक तथा संगितकार अर्जुन मिलन (संविधान विद डा. भिमार्जुन आचार्य) सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 1:03:00 PM | 0 comments

रेडियो कार्यक्रम 
गजल यात्रा 
गोर्खा एफ एम ९३ मेगाहर्ज
प्रस्तोता शशी शर्मा मजगैया
Email : rjshashi.radio@gmail.com
समय : हरेब शनिवार बेलुक १० देखी ११ 
Date :(27-06-2015/2072-03-12)


आज मिति 2072 असार 12 गते तदनुसार 27-July-2015 शनिवारका दिन यहाँहरु सामु गोर्खा एफ एम ९३ मेजाहर्जको साहित्यिक कार्यक्रम गजल यात्रा लिएर कार्यक्रम प्रस्तोता शशी शर्मा मजगैया उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो कार्यक्रमको इमेलमा सम्पर्क गर्नुहोला । 
Listen and Download (Right click and Save As)

Download : Click Here to Download

श्रृंखला 19 : गजल पुञ्ज (10-07-2015/2072-03-25) : Download

NepaliTalim | 12:27:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(10-07-2015/2072-03-25) 

नमस्कार साथीहरू,

आज मिति  2072-असार 25 गते तदनुसार 10-July-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

Muktak Madhurima (09-07-2015/2072-03-24) - Download

NepaliTalim | 1:20:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (09-07-2015/2072-03-24)

आज मिति 2072 असार 24  गते तदनुसार 09-07-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

यज्ञ प्रसाद गिरिका ५ गजलहरू -09-07-2015

NepaliTalim | 6:24:00 PM | 0 comments
यज्ञ प्रसाद गिरि
1. गजल
पाता कसेर टुडीखेलमा , उभ्भ्याउनु बांकी छ तिमिलाई,
जनता सामु फांसीमा, टंग्याउनु बांकी छ तिमिलाई ।
(१)
मन्त्री बनी डकैती गर्‍यौ, बेची खायौ राहदानी पनि,
छाला काडेर नुन चुक, लगाउनु बांकी  छ तिमिलाई ।
(२)
नेता बनी रमाई रहेछौ जनताको दुख: र वेदनामा,
तातो आंसुको कराहीमा, डुबाउनु बांकी छ तिमिलाई ।
(३)
सुन्छु टाई- सुटमा सजिएर, महलमा बस्छौ रे तिमी,
दलिनमा त्यै टाईले, झुण्ड्याउनु बांकी छ तिमिलाई ।
(४)
फलाक्दै हिड्छौ साँढे भै, झुटा र ओठे भाषणहरु ;
जनता अगाडी डामेर , खेदाँउनु बाँकी छ तिमिलाई ।
(५)
उपयोग तिम्रो छैन कुनै, यस दुनियामा सिवाय एउटै,
जिउदै खाल्डोमा जाकेर, पुराउँनु बांकी छ तिमीलाई ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर

2. गजल
किन लाग्छ? मादक पवन, पहिले यो यस्तो थिएन ;
अल्झियो तिमिमा यो मन्, पहिले यो यस्तो थिएन ।
 (१)
कहां देखछु,कता भेंट्छु, जस्तो लाग्ने सधै भरी ;
सधै तिम्रै वातावरण, पहिले यो यस्तो थिएन ।
(२)
खुलेकी फूलझै सुन्दर, निख्खर कालो पोशाकमा,
बिर्सी दिनु बन्यो कठिन, पहिले यो यस्तो थिएन ।
(३)
मुटु मेरो जबरजस्ती, खोसी कब्जा गरी बस्यौ ;
लुटियो मनको चयन  , पहिले यो यस्तो थिएन ।
(४) 
सौम्य मुद्रा,शिष्ट बोली, बानी  सारै फरासिलो ;
गड्दैछ मनभित्र झन, पहिले यो यस्तो थिएन ।
(५)
हराए झै  मुटु आफ्नै,  आफै भित्र कता कता ;
चस्की मुटु, भिजे नयन, पहिले यो यस्तो थिएन ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

3.गजल
लिएर खुकुरी नाग्ङो, चुम्दै माटो यो देशको ;
छप्काउ नदेउ छुन , स्वाभिमान यो  देशको ।
(१)
उड्दैछन् चिल -कौवाझै, दलाल यी विदेशीका ;
लुछी-लुछी खान उद्धत , स्वतन्त्रता यो देशको ।
(२)
बितण्डा मचाई राख्छन , नेतृत्व खोलमा पसी ;
लुट्लान है चोर डांकाले ,सार्वभौम यो देशको ।
(३)
जपि हिड्ने राम नाम, बगलीमा छुरा लियी;
होसियार ! जवान हो , गर्लान घात यो देशको ।
(४)
मौलाउदै छ रातोदिन, खेती पाप - कुकर्मको ;
देश सिग्ङै डुबाएर, झार्लान साख यो देशको ।
(५)
भयो ढिलो हामी सारा, गोलबद्ध बनौ अब ;
पारौ निर्मुल बैरीको ,रक्षा गर्न यो देशको ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

4.गजल
नशा छैन भने साथी,पिउनुको के नै मजा ;
माया छैन भने साथी, जिउनुको के नै मजा ।
(१)
समय यो निष्ठुरी छ, पर्खदैन कसैलाई;
भेट्ने आशा छैन भने पर्खनुको के नै मजा ।
(२)
कति आए कति गए, दुनियामा मान्छेहरु ;
रोई-रोई मर्ने भए ,जन्मनुको के नै मजा ।
(३)
सगै मर्छु संगै बाच्छु भनि कसम खानेहरु;
बाटो काटी हिड्ने भए,चिनिनुको के नै मजा।
(४)
कुल्चेर मान्छेको धर्म, हिन्दु,बौद्ध र मुस्लिम;
नामधारी मठाधिस, भनिनुको के नै मजा ।
(५)
मरेर जानु पर्ने छ, लोकमा जन्मने जति;
मात्र बाँची आफ्नैलागी, मर्दिनुको के नै मजा ।
 रचना : यज्ञ प्रसाद गिरि
 आनन्दबस्ती, ललितपुर

5.गजल 
कस्तो हुदैछ काम, कस्लाई के थाहा ;
कहाँ पर्‌याछ जाम, कस्लाई के थाहा ।
(१)
हुन्छ भन्छन् कुराहरु, भित्री र बाहिरी;
कति तोकियो दाम, कस्लाई के थाहा ।
(२)
बाझा-बाझ र भना-भन, बाहिरी संचारमा;
ढुकुटी हुदैछ झ्वाम, कस्लाई के थाहा ।
(३)
बैठकै मात्र बस्छन, निकम्मा, नालायकहरु;
भए यी सारै हराम, कस्लाई के थाहा ।
(४)
पठायौ हामिले झुरहरु, संविधान सभामा;
बेच्दैछन हाम्रै नाम, कस्लाई के थाहा ।
(५)
आउलान चुनावमा फेरी, यिनै साईदुवाहरु;
गर्ने छन फेरी सलाम, कस्लाई के थाहा ।
(६)
संलग्न यस पेशामा,युवा र बुढा पनि;
ब्यस्त छन बटुल्न दाम, कस्लाई के थाहा ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर

नारायण वाग्लेको उपन्यास "पल्पसा क्याफे" -Download

NepaliTalim | 1:33:00 PM | 6comments
नारायण वाग्लेको उपन्यास पल्पसा क्यफे
(PALPASA CAFE BY NARAYAN WAGLE)
कार्यक्रम : रेडियो बाचन
प्रस्तोता : अच्युत घिमिरे
एफएम : एच.बि.सी.
कथा :
पल्पसा क्याफे 

लेखक :नारायण वाग्ले

Publication: 2008
Number of Pages:
240
ISBN:
9789937802109
नमस्कार साप्ताहिक कार्यक्रम रेडियो बाचन लिएर म अच्युत घिमिरे र प्रविधिक साथी अनिल मण्डल तपाईहरु सामु उपस्थित भएका छौ ।  साप्ताहिक कार्यक्रम रेडियो बाचनमा विभिन्न गद्य कृतिहरु बाचन हुने गर्दछ । अवका केहि साता नारायण वाग्लेको मदन पुरस्कार पाउन सफल कृति पल्पसा क्याफे बाचन हुनेछन् । आउनुस् हामी पनि सुनौ यो कृति पल्पसा क्याफे ।
Listen and Download Palpasa Cafe
EPISODE 1

Download : Click Here to Download
EPISODE 2

Download : Click Here to Download
EPISODE 3

Download : Click Here to Download
EPISODE 4

Download : Click Here to Download
EPISODE 5

Download :Click Here to Download
EPISODE 6
 
Download : Click Heret to Download
EPISODE 7

Download : Click Here to Download
EPISODE 8

Download : Click Here to Download
Note :
यो बुकलाई पि.डि.एफ.मा डाउनलोड गर्नलाई यहाँ जानुहोला
Link : This book in PDF Format (Download)

Listen at YouTube

Episode 42- संगीत सरगम (02-07-2015/2072-03-17) : Download

NepaliTalim | 12:49:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(02-07-2015/2072-03-17)
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 असार 17 तदनुसार 07-07-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

विजय मल्लको कथा "म र चिठ्ठी " - Download

NepaliTalim | 12:30:00 PM | 0 comments
LISTEN STORY OF  BIJAYA MALLA 
"MA RA CHITHHI" - PAREWA RA KAIDI
.......................................................................
नमस्कार । एच.वि.सि. एफ.एम.को कार्यक्रम रेडियो बाचनमा यहाँहरु सबैलाई स्वागत छ । साप्ताहिक कार्यक्रम रेडियो बाचनमा विभिन्न गद्य कृतिहरु बाचन हुने गर्दछ । आज रेडियो बाचनमा कार्यक्रममा विजय मल्लको कथा "म र चिठ्ठी "  लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे र प्राविधिक साथी सचिन्द्र गौतम उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ कथा सुगन्धा । कथा विजय मल्लको कथा संग्रह परेवा र कैदि वाट लिईएको हो ।

कार्यक्रम : रेडियो बाचन
प्रस्तोता : अच्युत घिमिरे
एफएम : एच.बि.सी.
कथा :
"म र चिठ्ठी "  
लेखक :विजय मल्ल

Listen And Download 

Download Link : Click Here to Download 

Thank you
Chisapani Nepal

मायाँ ठकुरिका कथा "चौतारो साक्षी छ" - Download

NepaliTalim | 12:17:00 PM | 0 comments
LISTEN STORY OF  MAYA THAKURI
STORY :  CHAUTARO SAKSHI CHHA
.......................................................................
नमस्कार । एच.वि.सि. एफ.एम.को कार्यक्रम रेडियो बाचनमा यहाँहरु सबैलाई स्वागत छ । साप्ताहिक कार्यक्रम रेडियो बाचनमा विभिन्न गद्य कृतिहरु बाचन हुने गर्दछ । आज को रेडियोवाचन को नयाँ अंक मा "माया ठकुरी" को कथासंग्रह 'चौतारो साक्षी छ' बाट "उसको कथा" तथा "चौतारो साक्षी छ" नामक २ वटा कथा वाचन गर्दैछौँ । रेडियोवाचनका लागि हाम्रा चिरपरिचित प्रस्तोता 'अच्युत घिमिरे' कथा वाचन गर्दैहुनुहन्छ भने प्रविधि मा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ ।
नेपाली साहित्य मा माया ठकुरी का कथाहरु यथार्थपरक मानिन्छन् । सन् १९४६ मा लखनउ भारत मा जन्मिनु भएकी कथाकार माया ठकुरी को पहिलो कथा 'बहुलाही' हो । बिए सम्म अध्ययन गर्नुभएकी कथाकार ठकुरी ले शास्त्रिय संगित मा जुनियर डिग्री गर्नुभएको छ भने,  शिक्षण पेशा मा संलग्न हुनुहुन्छ । उहाँले वि. सं. २०४१ को मैनालीकथा पुरस्कार,वि.सं. २०३५ मा रन्तश्री स्वर्ण पदक र वि.सं. २०४३ मा जिल्ला शिक्षा समिति पाल्पाद्वारा कदर पत्र / प्रशंसा पत्र ले सम्मानित हुनुभएको छ । उहाँ को "नजुरेको जोडी - कथा संग्रह, गमलाको फूल - कथा संग्रह, साँघु तरेपछि - कथा संग्रह" आदि लगायत का कथा संग्रहहरु प्रकाशित भएका छन् ।  (Source : aakarpost.com )

कार्यक्रम : रेडियो बाचन
प्रस्तोता : अच्युत घिमिरे
एफएम : एच.बि.सी.
कथा :
चौतारो साक्षी छ
लेखक :मायाँ ठकुरि
Listen And Download 
Download : Click Here to Download 

Thank you, 
Chisapani Nepal

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger