Episode : 133 (यो साँझ यो सुबाश-16-02-2015) प्रेम दिवश विशेष - Download

NepaliTalim | 9:13:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(16-02-2015 /2071-11-04)  
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2071 फाल्गुन 04 गते तदनुसार 16-02-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-133 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३० भन्दा बढी रेडियोहरुबाट एकै साथ:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५) 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Ekal Kabita Baachan 12 : (14-02-2015/2071-11-02) प्रेम दिवश विशेष श्रृंखलामा गायिका लोचन भट्टराई : Download

NepaliTalim | 5:31:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 12
Date :(14-02-2015/2071-11-02) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 


आज मिति 2071 फाल्गुन 02 गते तदनुसार 14-Feb-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 10आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा प्रेम दिवश विशेष श्रृंखलामा गायिका लोचन भट्टराई लाइ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

बिभिन्न एफ एम हरूमा बाचन भएका मेरा ७ गजलहरू (राम शरण श्रेष्ठ)-16-02-2015

NepaliTalim | 12:33:00 PM | 0 comments
१. गजल 
नसुनेझैं गर्छ... शिंहदरवारले ।  
यो वस्तिलाई विर्सेछ सर्कारले ।

आफ्नो गाउँ लाइ आफै बनाउन 
जाग जनता.. भन्दैछ हतारले ।

आज पिइन्छ खुब पिइन्छ पक्कै 
बषौं पछि बोलाएको छ यारले ।

गुणस्तरले भन्दा बढी प्रभाव 
बिक्रीमा पर्दोरैछ उपहारले ।

गरिबको सन्तान डाक्टर भएमा 
यहाँका रोगी बाँच्थे उपचारले ।

धेरै पाठ पढाएकोछ 'राम'लाई 
कसैको धेकैधोका अनि प्यारले । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
21-June-2013
स्मृतिका पानामा बाचन भएको : स्मृतिका पाना (2071-05-09/23-08-2014)

२. गजल 
 मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।।
प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।

लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज
कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।

मनै हर्ने मुस्कान सँगै, नजर हाना हान भयो
नजर बाटै ईसाराले, मनाउँकी हजुरलाई ।।

किन किन आजभोली, उसैलाई भेटुँ लाग्छ
मुटु झिकी टक्राएर, चढाउँकी हजुरलाई ।।

मायाँ छ कि छैन भन, यता जस्तै उता पनि
आफू जस्तै पागल प्रेमी, बनाउँकी हजुरलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

10-Feb-2012
Sirjanako Suseliharuma Bachan Bhayeko


३. गजल 
चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै

उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै

यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै

थमाइ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै

मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै

यो 'रामले' अब हजुरलाइ आफ्नो 
बनाउँछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ
(मनको आँखाबाट मनको आँखाहुँदै मुटु सम्म दस्तक दिनेहरुलाई सलामी यो गजल मार्फत )

४. गजल 
मिलिरह्यो हरदिन ठक्करहरु
रहरमै सिमित भो रहरहरु

तिमी हामी पूजा गछौं र पो
भगवान बनेकाछन् पत्थरहरु

सहरमैछ सुविधार पैसापानी
गाउँतिर आउँदैनन् डाक्टरहरु

तिमी बिना त सोचेकै थिएन
अब कसरी गरौखै सफरहरु

यो दुनियाँ पनि सुन्दर लाग्नेछ
फूलका आँखा बनाए नजरहरु
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप

गजल बिम्ब (2071-08-11/27-11-2014) 



५. गजल 
छध्म भेष धारी कति हुन्छन हुन्छन
प्रेमका ब्यापारी कति हुन्छ्न हुन्छ्न
..
आफैलाइ देउता भन्दा पनि ठुलो
सम्झने पुजारी कति हुन्छन हुन्छन
..
माया एउटा संग हुन्छ हुने बेला
नजरको जुहारी कति हुन्छन हुन्छन
..
कौडी झार्दैनन आपदको बेला
धनवान् भिकारी कति हुन्छन हुन्छन
..
तिमी धेरै भाउ नखोजेनी हुन्छ
रामका पियारी कति हुन्छन हुन्छन
राम शरण श्रेष्ठ
चिसापनी रामेछाप
01-01-2015
यो साँझ यो सुबासको १२८ औं श्रृंखलामा बाचन भएको गजल -13-01-2015

६ गजल 
उ आगो बनेको, हुनाले सखापभो ।
र माया गरेको, हुनाले सखापभो । 
.................
उ मान्छे हिजोसम्म साह्रै मिजासी
घमन्डै बढेको, हुनाले सखापभो ।
...............
म रोगी हजुरको, दबाई हजुरनै
भनेरै बसेको, हुनाले सखापभो । 
...............
उज्यालो दिने काम गर्दा म गर्दै 
दियौभै बलेको, हुनाले सखापभो । 
...............
बनायो खडेरी, यता 'राम' दाई 
मनैपो टुटेको हुनाले सखापभो । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
सुत्र : बहरे मुतकारिव 

७. गजल 
बोईजत यो देशको कति गर्छौ नेता
सिध्याई ढुकुटी पेट कति भर्छौ नेता
...
भो अब पुग्यो झुठा आस्वासन हरु
जनतामा भ्रमैभ्रम कति छर्छौ नेता
..
आफूलाई ठान्छौ कानुनकै बाउ
विरुद्ध बोले स्वर कति हर्छौ नेता
..
न गर्छौ आफू न गर्न दिन्छौ
पाउमै बिदेशिको कति पर्छौ नेता
..
न देशको मतलब न जनताको
नैतिकतामै तल कति झर्छौ नेता
..
चाहिन्छ देशलाई एक सच्चा भक्त
बनाउन देश पछि कति सर्छौ नेता
२०१० नेभोम्बर,
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप



श्रुति शंबेगबाट पाउलो कोहेल्होको उपन्यास किमियागर (The Alchemist) : Download

NepaliTalim | 9:22:00 AM | 3comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'किमियागर (The Alchemist)
लेखक : पाउलो कोहेल्हो.
विधा : उपन्यास 
रेडियो :उज्यालो ९० मेगाहर्ज

नमस्कार,


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
Listen and Download The Alchemist by Paolo Kohelo 
Episode 1 : (2067-03-32)

Download : Click Here to Download
Episode 2 : (2067-04-07)

Download : Click Here to Download

Episode 3 : (2067-04-14)

Download : Click Here to Download
Episode 4 : (2067-04-21)

Download : Click Here to Download
Episode 5 : (2067-04-21)

Download : Click Here to Download
Episode 6 : (2067-05-04)

Download : Click Here to Download

Thank you 

गजल बिम्ब (12-02-2015/2071-10-29) गजलकार घनश्याम मुडभरी एकलयात्री सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 4:27:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति : (12-02-2015/2071-10-29)
Email : gajalbimba@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2071 माघ 29 गते तदनुसार 12-Febraury-2015 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम  गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
७.अनलाइन रेडियो छहारी (www.radiochhahari.com) काठमान्डौ मा बिहिबार राति ८:३०-९:१५ बजे सम्म र अन्य खाली समयमा
८.अनलाइन रेडियो अक्सिजन (www.onlineradiooxygen.com) काठमान्डौ मा बिहिबार साँझ ५:००-६:०० बजे सम्म र अन्य खाली समयमा
९. सुनौलो एफ एम १०५.६ मेगाहर्ज, मसुरिया कैलाली
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download


BULBUL 284 (11-02-2015/2071-10-28) प्रणय दिवस विशेष: Download

NepaliTalim | 12:50:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 284


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 माघ 28 गते तदनुसार 11-February-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 284) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० मा १८ गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २६ गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (10-02-2015/27-10-2071) : Download

NepaliTalim | 12:21:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 


नमस्ते साथीहरु,

आज मिति  2071 माघ 27 तदनुसार 10-Feb-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (09-02-2015/2071-10-26) मुक्तककार खगेन्द्र अधिकारी अमृत सँगको अन्तर्वाता : Download

NepaliTalim | 12:11:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
 (09-02-2015/2071-10-26) 

Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

नमस्कार साथीहरु,

आज मिति  2071 माघ 26 तदनुसार 09-022015 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here

मुक्तक माला -91 (08-02-2015/2070-10-24) : Download

NepaliTalim | 5:20:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(08-02-2015/2070-10-24)
Facebook Page 

नमस्कार साथीहरु,

आज मिति 2071 माघ 24 गते तदनुसार 08-02-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger