BULBUL 260 : (27-08-2014/2071-05-11) गजलकार सुरेश सुबेदी सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 12:09:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 2टण
Date : (27-08-2014/2071-05-11)

आजको बुधवारीय बुलबुलमा गजलकार सुरेश सुबेदी सँगको अन्तर्वाता विशेष 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 भाद्र 11 गते तदनुसार -2014-August 27 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 260) लिएर उपस्थित हुनुभएको छ ।

Suresh Subedi
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download
Listen at Youtube

सुमन घिमिरे (सुमन काले) का ११ गजलहरू (१२ भाद्र २०७१)

NepaliTalim | 10:57:00 AM | 0 comments
१. गजल 
तिम्लाई आफन्त बनाउन मन छ!!
नजिक अत्यन्त बनाउन मन छ!!
 
एक् चिम्टी सिन्दुर सिउँदोमा भरेर,
फोटा यी जीवन्त बनाउन मन छ !!
 
दुनिया जलुन हामीलाई देखेर,
उदारन् ज्वलन्त बनाउन मन छ!!
 
सम्हाल तिमि यो पतझर मौशम,
जिन्दगि बसन्त बनाउन मन छ!!
 
उम्किन नदिन तिमीलाई कहिल्यै,
पिंजडा यो मन्त बनाउन मन छ !!
१३/०३/२०१४ "सुमन काले"

२.गजल
हामी हामी एक कै'ले हुने होला?
दुखेको बिसेक कै'ले हुने होला?

स्वस्वार्थ भुलेर पर सेवा गर्ने,
बुद्धि र विवेक कै'ले हुने होला?

थोरै छ कमाई पेट भर्नै गाह्रो,
मनग्गे निबेक कै;ले हुने होला?

सानो मेरो देश स्वर्ग जस्तै ठाउं,
बिकाश अनेक कै'ले हुने होला?

सधैं साँध मिच्छ दुस्मन झैं गर्छ,
मित्र झैं छिमेक कै'ले हुने होला?
२८/११/२०७० "सुमन काले" 

३.गजल
अनिदा रात छन् धेरै धेरै,
दुखेका आँत छन धेरै धेरै!! 

जानी भा' जाउ फर्केर नआऊ,
साथ् दिने हात छन् धेरै धेरै!! 

झरेर फुल रित्तिदैन बाग,
रुखमा पात छन् धेरै धेरै!! 

घाइते छु उसै, नहान बचन्ले,  
बल्झेका  घात छन् धेरै धेरै! 

लैजाउ याद लैजाउ तस्विर, 
पत्रका खात छन् धेरै धेरै! 

मेटौंला धोको अर्को जुनीमा,
गुम्सेका बात छन् धेरै धेरै!!  

कोहि छ रुने कोहि रुवाउने,
मान्छेको जात छन् धेरै धेरै! 
१८/०३/२०७० "सुमन काले"

४.गजल
नजरका हमला, लगातार भएको छ,
मुस्कानले फेरी, उपचार भएको छ!!

यति साह्रै राम्री भै नहिन ओ रुपसी ,
कैयौंको बाटो ढुक्ने  रोजगार भएको छ !
 
घरि खुल्छ पर्दा, घरि बन्द हुन्छ उफ्: 
मलाइ त्यै  झ्याल संग प्यार भएको छ! 
 
नजरको बाटो गरि मुटुमै बसेपछि,
किन यो भिज्लान्ते व्यवहार भएको छ ?
 
घरबेटीले मलाइ कोठा छोड भन्यो हिजो .
तिम्रो बाउलाई खुसीको समाचार भएको छ !!
 "सुमन काले" ११/०१/२०७१ 

५.गजल
नशालु आँखामा गाजल सुहाउंछ. 
त्यै मुनि गालामा खाडल सुहाउंछ!!
 
सुरा र सुन्दरीको महफिल बाहिर.
घरमा त आमाकै आंचल सुहाउंछ!
 
न औंशी न चर्को घाम आकासमा,
जुन सुहाउंछ कि बादल  सुहाउंछ!!
 
भयो नझार गोहीका आँशु तिमि, 
रुन त म जस्तै घायल सुहाउंछ!
 
जुन जोगी आए पनि कानै चिरेका,
बरु त्यो कुर्सीमा पागल सुहाउंछ!
 १३/२/२०७१ "सुमन काले"

६.गजल
आर्बोटेको भट्टी जा'म साँझपख मामा,
टुच्च खोयाबिर्के ला'म साँझपख मामा!!

उमेरमै हो रंग रस के छ मरी लानु ?
अस्ताउंछ रातो घाम साँझपख मामा!!

जसलाई दिएँ हित्त चित्त उही साथि आज,
निक्लिदियो महा हराम साँझपख मामा!!

यसै खोल्ने आँट छैन के छ होला जवाफ?
आएको छ बन्द खाम साँझपख मामा!

न त बन्यो संबिधान बनेन खै देश पनि, 
के गरे हँ तिनले काम ? साँझपख मामा!

बोनस शेर ....
भैगो यौटा गितै गाउ निस्टूरिको नाममा,
कि त म गजल गा'म साँझपख मामा ?
८/०१/२०७१ "सुमन काले

७.गजल
तिमि मेरो धुक्धुकिको भाकामा छौ,
मुटुभित्र अन्तरको मायामा छौ !!
 
 खोज्दै कता हिनु अब तिमीलाई ,
मेरो प्राण बचाउने हावामा छौ !!
 
 बर्सिदिंदा अनायासै आँशुहरु,
लाग्छ तिमि यिनै दुइ आँखामा छौ!
 
 तिम्ल्यै गर्दा रमेको छ भवरा यो, 
फुल-पात सुवास यो सारामा छौ !
 
 म सक्दिन छोडी जान तिमि सक्छौ ?
सक्दैनौ कि ? पिरतीको वाचामा छौ !!
०७/०२/२०७१ "सुमन काले"

८.गजल
तिम्रो बिहेको, मण्डपमा, जव अग्नि, बल्न थाल्यो,
तिमि बसेकै, मुटु मेरो, अनायासै, जल्न थाल्यो!!

मन्त्र गुन्जीयो, पन्चै बाझा, नाच्न थाले, जन्तीहरु,
रसायो आँखा, अनि हुरी, मुटु भित्र, चल्न थाल्यो!!

फुल अक्छेता , खस्दै थियो, तिम्रो घर, बस्दै थियो, 
महल मेरो, सपनाको, यताउता, ढल्न थाल्यो !!!

घुम्टो ओडेउ, जग्गे घुम्यौ, डोली माथी, बस्छौ अब,
कम्पित भयो, भुमी सारा, लौन जिऊ, गल्न थाल्यो!!

अन्धकार भो', दुनियानै, जव तिम्रो, डोली उठ्यो,
तिर्मिराए, आँखा मेरा, तोरी फूल, फल्न थाल्यो!!

तिम्रै नाममा, मर्छु होला, बाँच्दिनकी, अब धेरै?
यमराजले, सपनीमा, घरी-घरी, छल्न थाल्यो!!!

तिमि बसेकै, मुटु मेरो, अनायासै, जल्न थाल्यो!!
महल मेरो, सपनाको, यताउता, ढल्न थाल्यो !!!
२५/१०/२०६८ "सुमन काले"

९.गजल 
राख्दा प्रेम प्रस्ताब हुन्न भनिनौ,
हुन्छ आयो जबाफ हुन्न भनिनौ!!
 
 डराए झैं गरि तिम्रो स्वीकारोक्ति,
मेरो हातको गुलाफ  हुन्न भनिनौ!!
 
 बत्तीमा पुतली झैं हुर्रींदै आइदियौ ,
देखाएनि रवाफ हुन्न भनिनौ!!
 
खुली गए सबै लाजका पर्दाहरु,
उतारिंदा नकाब  हुन्न भनिनौ!!
 
 होस् खुल्दा थिएँ चरम उत्कर्षमा,
पिएकोथें सराब हुन्न भनिनौ !!
 
उत्तेजना कि समर्पण के थ्यो कुन्नि?
पोखीईंदा तेजाब हुन्न भनिनौ!!
 
सन्तुस्टिमा लिन मेरै अंगालोमा,
गरेछु क्यारे निसाब  हुन्न भनिनौ!!  
 
 त्यो रुपसंग यो बैंश को मिलनमा ,
बराबर भो हिसाब हुन्न भनिनौ!!
 :)  :P ११/०१/२०७० "सुमन काले"

१०.गजल
झिनो आशामा दिनहरु बिताएको छु,
आंशुलेनै जलेको मन चिस्याएको छु!!
 
लुकामारी खेल्ने तिम्रा यादहरुलाई,
मनकै अन्तर कुन्तर लुकाएको छु !!
 
 सके भुल्ने नसके जसरि पनि भुल्ने, 
मैले पनि यौटा अभियान चलाएको छु!! 
 
दिलबाट त सकिन खिलै बनेको छ,  
मोबाइल बाट "मेरी काली" मेटाएको छु !!
 
 आजकल पिउने बहाना तिमि बनिछौ, 
मदिरालाइ धुवाँ संग मिसाएको छु!
२२/०९/२०७० "सुमन काले"

११.गजल
यो छातीमा दुश्मनको छुरा भए के  गर्छ्यौ ?
बाउ नचिन्दै लालाबाला टुहुरा  भए के  गर्छ्यौ ?
 
 देशको लागि प्राण दिन हिनेको छ तिम्रो सुहाग,
घरमा रोगि सासु अनि ससुरा भए के  गर्छ्यौ ?
 
 तिमि मेरी गन्तब्य हौ देश मेरो कर्तब्य हो,
तिमि लम्जुङ्ग म बझांग बाजुरा भए के  गर्छ्यौ ?
 
 आश गरि पर्खि बस्नु बाटो कहिले नबिराउनु,
गाउँ समाजमा जथाभावी कुरा भए के  गर्छ्यौ ?
 
 रहर गर्छौ मेरै काखमा, निदाउने र बिऊँझने,
तिम्रा मेरा सपना साच्चैं अपुरा भए के गर्छ्यौ ?
२१/०८/२०६९ "सुमन काले"

नाम : सुमन घिमिरे (सुमन काले)
ठेगाना : श्री मंज्यांग - ८ लम्जुङ्ग, हाल काठमाडौँ !
E -mail  : kalemansu@gmail.com 
फोन नं : 9851039964

सुमन घिमिरे (सुमन काले) का ५ मुक्तकहरू (१२ भाद्र २०७१)

NepaliTalim | 10:53:00 AM | 0 comments
१.मुक्तक 
तिमीले मलाइ यसरि बर्बाद बनायौ,
आफ्नो भने जीवन कामियाब बनायौ.
दिलको पिजडामा थुनेको छु भन्थ्यौ,
पखेंटा काटेर आज किन आजाद बनायौ!!
तिमीले मलाइ यसरि बर्बाद बनायौ!!!
०१/०९/२०१३ "सुमन काले

२.मुक्तक
तिम्रो मनमा उमङ्ग छ, मेरो आफ्नै ढंग छ,
 तिमि गएनी तिम्रा, यादहरु मै संग छ,
घमाइलै छन दिन, रमाइलै छन रातहरु,
फरक यति हो अहिले, मदिराको रंग छ!!
०१/०९/२०१३ "सुमन काले"

३.मुक्तक
कैले डराउँदै ब्युझीन्छु म ,कैले फहराऊँदै ब्युझीन्छु म!!
रोक्छु भन्छु आँसु रोकिन्न , घाउ चहराऊँदै ब्युझीन्छु म!!
तिम्रै मुहारमा आँखा अल्झीयो,अतृप्त याद फेरी बल्झीयो!!
औंसीको रात कस्तो सन्नाटा, "सानु" !!! कराऊँदै ब्युझीन्छु म!!
कैले डराउँदै ब्युझीन्छु म ,कैले फहराऊँदै ब्युझीन्छु म!!
१२/०५८/२०६८ "सुमन काले"

४.मुक्तक
तिम्रो आँखा बाट खस्दिन भन्छु, तिमि रोई दिन्छौ ,
तिमीबिना एक्लै बस्दिन भन्छु , टाडा होइ दिन्छौ !!
के गरूँ म, तिम्रो लागी ? मर्न तयार छु भन्दा,
असुभ नबोल भन्दै औंलाले , ओठ छोई दिन्छौ!!!!
०४/०४/२०१३ "सुमन काले

५. मुक्तक
तिम्ल्यै दे'को दर्द मिठो , दुखाऊँछौ तिमि घरी घरी,
खाई सक्यौ मेरो कलेजा मुटु अलिअलि गरीगरी !!
तिमि बिना बाँचूँला र? तिम्रो दुखमा हांसुला र?
तिमि छौ र त धानेको छु, दुखि जीवन मरी मरी !!!!!!!
०४/०४/२०१३ "सुमन काले

नाम : सुमन घिमिरे (सुमन काले)
ठेगाना : श्री मंज्यांग - ८ लम्जुङ्ग, हाल काठमाडौँ !
E -mail  : kalemansu@gmail.com
पेशा :  बिध्यार्थी

त्रिवेणी TRIBENI (26-08-2014/10-05-2071) गजलकार शेखर अस्तित्व सँगको अन्तवर्ता विशेष : Download

NepaliTalim | 10:34:00 AM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति  (26-08-2014/10-05-2071)

नमस्कार साथीहरु,



आज मिति 2070 भाद्र 10 गते तदनुसार  26 August 2014 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ । विशिष्ट अतिथी भारतको मुम्वइमा बसेर नेपाली गजल लेखने भारतिय चर्चित गजलकार शेखर अस्तित्व सँगको अन्तवर्ता विशेष रहनेछ 
Listen and Download

Download : Click Here to Download

सिर्जनाको प्रतिबिम्बमा गजलकार पुरुशोत्तम रसुवा : Download

NepaliTalim | 4:53:00 PM | 0 comments
सिर्जनाको प्रतिबिम्बमा गजलकार पुरुशोत्तम रसुवा


Listen and Download


Download : Click Here to Download

श्रृंखला 118 : वहकिने मन (2071-05-09/25-08-2014) : Download

NepaliTalim | 4:17:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(2071-05-09/25-08-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 भाद्र 09 तदनुसार 25-08 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 118 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download
Listen at Youtube

गजलका फूलहरू -50 : (25-08-2014/2071-05-09) : Download

NepaliTalim | 3:17:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(25-08-2014/2071-05-09)

हैसियत बृहत गजल संग्रह विशेष 

नमस्कार साथीहरु,

आज मिति 2071 भाद्र 09 गते तदनुसार 25-Aug 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 50 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download
Listen at Youtube

नयाँ बुलबुल - 48 : (23-08-2014/2071-05-07) विशिष्ट अतिथी चर्चित गजलकार शेखर अस्तित्व सँगको तेस्रो अन्तवर्ता विशेष :: Download

NepaliTalim | 2:31:00 PM | 0 comments
NEW BULBUL EPISODE - 48
Date : (23-08-2014/2071-05-07)


आजको शनिवारिय बुलबुलको श्रृंखलामा विशिष्ट अतिथी भारतको मुम्वइमा बसेर नेपाली गजल लेखने भारतिय चर्चित गजलकार शेखर अस्तित्व सँगको अन्तवर्ता विशेष रहनेछ 

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 भाद्र 07  गते तदनुसा 23-Aug-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -48) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download
Listen at youtube

बिम्ब प्रतिबिम्ब (2071-05-09/25-08-2014) : Download

NepaliTalim | 1:57:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती   
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(2071-05-09/25-08-2014)


नमस्कार साथीहरु,

आज मिति  2071 भाद्र 09 तदनुसार  25 Aug 2014 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

Episode 67 - मुक्तक माला (24-08-2014/2070-05-08) : Download

NepaliTalim | 1:40:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(24-08-2014/2070-05-08)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 भाद्र 08 गते तदनुसार 24-August-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger