चर्चित धुनहरु (RAVI SHANKAR) -बृहत कलेक्सन

NepaliTalim | 5:32:00 PM | 0 comments
नमस्कार साथीहरु,
चर्चित सितार बादक स्व. रभिशंकरका बहुचर्चित सितार धुनहरु लिएर आएको छु । सुनेर आनान्द उठाउनुहोला
Listen Molody (Savishankar Special)

Note : Source : Youtube.com

Thank you

हिन्दि गजलका चर्तित धुनहरु –बृहत कलेक्सन

NepaliTalim | 5:32:00 PM | 0 comments
हिन्दि गजलका चर्तित धुनहरु –बृहत कलेक्सन
सुमधुर हिन्दि गजलका धुनहरु
नमस्कार साथीहरु,
आज तपाईहरु सामु केहि अति चर्चित हिन्दी गजल र भजनका धुनहरु लिएर तपाईहरु सामु उपस्थित भएको छु जुन श्रुतिसम्बेगबाट तपाईहरुले सुन्नेभएकै होला जसमा, रङ्गि सारि गुलावि चुनरिया रे, मेरे बाँके छलिया, जा जा रे अपने,  उल्फतकि नयी मञ्जील आदि थुप्रै धुनहरु हुनेछन् सुन्न नभुल्नुहोला ।
Listen Hindi Melody Collection


Thank you,
Chsiapani Nepal
http://chisapaninepal.blogspot.com

Episode : 101 (यो साँझ यो सुबाश-01-07-2014) - Download

NepaliTalim | 5:32:00 PM | 0 comments
YO SANJH YO SUBASH    
(01-07-2014 /2071-03-17)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश   
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 असार  महिनाको 17 गते तदनुसार 24th June 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-101 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
Listen and Download

Download : Click Here to Download

पूर्वेली गाउँलेका ५ गजलहरू (२० असार २०७१)

NepaliTalim | 9:43:00 AM | 0 comments
पूर्वेली गाउँले
१. गजल
मर्नु बाँच्नु पारी मलाई,छोडी निष्ठूरीले । 
सँगै बाँच्ने बाचा कसम,तोडी निष्ठूरीले ।

मेरो चोखो मायाँ उनले,पल्मै लत्याएर,
मेरै सामु पराई घुम्टो, ओडी निष्ठूरीले ।

झूप्रो त्यागी महलको,सुख रोजी उनले,
सिउँदो पुछी चुरा पोते,फोडी निष्ठूरीले ।

सँगै यात्रा  गर्दै जाँदा, दोबाटोमा एक्लो,
मलाई छाडी अन्तै नाता,जोडी निष्ठूरीले ।

मरूभूमी जस्तै उजाड, पार्दै मेरो जीवन,
खुशी रोप्दै पराई दिल, गोडी निष्ठूरीले ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

२. गजल
इशारामै संसार चल्ने, पैसाभित्र के छ त्यस्तो ?
धन बिना इज्वत ढल्ने,पैसाभित्र के छ त्यस्तो ?

राष्ट्रघाती गद्धारहरू, गोली ठोक्छु भन्नेहरू,
घुस पाउँदा नाडी गल्ने,पैसाभित्र के छ त्यस्तो ?

मै हुँ भन्नेहरूलाई नी, पैसा हानी झटारोमा,
अपराधीले आँखा छल्ने,पैसाभित्र के छ त्यस्तो ?

गरीब'ले साँढेहरूको, लछार पछार खेप्नु पर्ने,
बिरोध गरे बस्ति जल्ने, पैसाभित्र के छ त्यस्तो ?

सिंहासनमा आफू बसी, अरनखटन गरे पुग्ने,
ओठमै हिरा मोती फल्ने,पैसाभित्र के छ त्यस्तो ?
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

३. गजल
तिम्रो साँचो प्रेमको मूल्य,तोकिएला होस गर ।
जवानीलाई पैसासँग, जोखिएला होस गर ।

औकात पनि बिर्सिएर, हदै सम्म भयो भने,
चुरीफुरीले उम्लिएर, पोखिएला होस गर ।

भोलीको दिन देखिन्दैन, समयले जे नी गर्छ,
हाँस्दा हाँस्दै सबै खुशी,खोसिएला होस गर ।

मायाँ गर्ने बाहानामा,स्वार्थ लुट्ने धेरै हुन्छन्,
मौका छोपी मुटुमा झिर,रोपिएला होस गर ।

समयले कोल्टे फेरे, आँखा तर्लान् आफन्तैले,
पाईलै पिच्छे ठेस लागि,ठोकिएला होस गर ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

४. गजल
घाम पानी छेल्ने झुप्रो, बनाउन नी सकिएन ।
छाक टार्ने मेलो मेसो, कमाउन नी सकिएन ।

रोई रोई चिच्याउँदै, बेहालमा छन् बाल बच्चा,
भोकाएका छोरा छोरी, मनाउन नी सकिएन ।

श्रम गरी कमाकोले, घर र धन्दा नचले'सी,
बाउ हुँ भन्ने कर्तब्य, जनाउन नी सकिएन ।

तप्प तप्प झार्दै आँसु, आफ्नै खप्पर छाम्दै बसें,
आँसु पुछी रोको मन, थमाउन नी सकिएन ।

कैले सुख नदेख्ने म, आकांक्षालाई परै राखौं,
जे छ त्यस्मै खुशी बनी, रमाउन नी सकिएन ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

५. गजल
कुरा बुझी जनता आफै, उठ्नुपर्छ अब ।
अत्याचारको बिरूद्धमा,जुट्नुपर्छ अब ।

दुष्टहरूको सड्यन्त्र सबै, भत्किने गरी,
आँधी बनी धैर्यको बाँध,फूट्नुपर्छ अब ।

दलाली र गद्दारहरू, यसै छोड्नु हुन्न,
झुन्ड्याएर पाता फर्काई,कुट्नुपर्छ अब ।

शक्तिको आडमा दिउँसै,डाका मार्नेलाई,
जेलमा हाली सर्वस्व नै, लुट्नुपर्छ अब ।

स्वार्थ पुरा गर्न देश, बन्धक राख्नेहरू,
गोली ताकी सिधै टाउको,भुट्नुपर्छ अब ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

Mail from Purbeli Gaule  : 
नमस्कार,
   यस चिसापानी ब्लगको सम्पूर्ण एडमिन ज्यूहरूमा । तपाईहरूको ब्लगको निम्ति आफ्नो गजलहरू प्रेषण गरेको छु । प्रकाशित हुन्छ भन्ने आसामा छु । अन्तमा तपाईहरूको ब्लगको उत्तरोत्तर प्रगतिको कामना ।

गजल बिम्ब (2071-03-19/03-07-2014) गजलकार एम पि केयरलेस सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 10:05:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2071-03-19/03-07-2014)
Email : gajalbimba@gmail.com

गजलकार एम पि केयरलेस  सँगको दोस्रो अन्तवार्ता विशेष 

नमस्कार साथीहरु,

आज मिति 2071 असार 19 गते तदनुसार 03-July-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  यहि सिलसिलामा आज हामी सँग अन्तवार्ता विशेष श्रृंखलामा गजलकार एम पि केयरलेस सँगको दोस्रो अन्तर्वाता  लिएर आएका छौं । उहाँसँगको अन्तरंग कुराकानी का साथसाथै उहाँका गजल उहाँकै आवाजमा सुन्नेछौं ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download
Note :-
उहाँ सँगको पुरानो अन्तवार्ता सुन्नको लागि यहाँ क्लीक Click Here गर्नुहोला ।
MP Careless

गजल सुधा (01-07-2014/2071-03-18) बृहत संयुक्त गजल संग्रह हैसियत विशेष : Download

NepaliTalim | 5:10:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब बिहिवार
प्रस्तोता : कमल सरगम 
Email :  shrutisambeg@unn.com.np
www.radiochhahari.com 
 (01-07-2014/2071-03-18)


नमस्कार, 

आज मिति 2070 असार 18 गते तदनुसार 01-July 2014 बिहिबार अनलाइन रेडियो  रेडियो छहारी कठमान्डौ ,नेपालि सन्चार नेट्वोर्क्  अस्ट्रेलिया  बाट एकै साथ प्रसारीत कार्यक्रम् निक्ष्यल् साहित्य  लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक बिहिबार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् निक्ष्यल् साहित्य   प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download 

Episode 59 - मुक्तक माला (29-06-2014/2070-03-15) : Download

NepaliTalim | 12:20:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(29-06-2014/2070-03-15)
 Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 असार 15 गते तदनुसार 29-June 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

यो श्रृंखला मुक्तक माला ५९ मा बाचन भएको मेरा २ मुक्तक 
देउता जस्तै हुन्छन् कोहि कोहि त
मुटुमै बास चुन्छन् कोही कोही त
मनको तार मन सँग जोडिदिएर
सँगै हाँस्छन् रुन्छन् कोही कोहि त
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

मुनाको मदन कहिल्यै फर्केन
मान्छेको बचपन कहिल्यै फर्केन
उ निष्ठुरी रहेछ बल्ल थाहा भो
ढुँगाको मन कहिल्यै फर्केन
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

BULBUL 252 : (02-07-2014/2071-03-18) : Download

NepaliTalim | 12:02:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 252
Date :  (02-07-2014/2071-03-18)

आज बुधवारीय बुलबुलको श्रृंखला
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 असार 18 गते तदनुसार -2014-July-02 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 252) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Best to use opera mini to download


रेडियो नेपालको गजल गंगा (2071-03-17/01-07-2014) - Download

NepaliTalim | 11:11:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-03-17/01-07-2014)

नमस्ते साथीहरु,

आज मिति  2071 असार 17 तदनुसार 01-July-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (2071-03-16/30-06-2014) मुक्तक मेला बिशेष : Download

NepaliTalim | 2:28:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती   
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(2071-03-16/30-06-2014)


नमस्कार साथीहरु,

आज मिति  2071 असार 16 तदनुसार 2014 June-30 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger