गजल बिम्ब (2070-11-15/27-02-2014) गजलकार मनोज न्यौपानेको अन्तिम गजल सँग्रह विशेष : Download

NepaliTalim | 5:12:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति :  (2070-11-08/20-02-2014)
Email : gajalbimba@gmail.com


गजलकार मनोज न्यौपानेको अन्तिम गजल सँग्रह विशेष 

नमस्कार साथीहरु,

आज मिति 2070  फाल्गुन 15 गते तदनुसार 27-02-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Muktak Madhurima (2070-11-15/27-02-2014) - Download

NepaliTalim | 3:21:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date : (2070-11-15/27-02-2014)


आज मिति 2070 फाल्गुन 15 गते तदनुसार 27-02-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

गजल शरोबर (15-02-2014/2070-11-03) - Download

NepaliTalim | 10:30:00 AM | 0 comments
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :   (15-02-2014/2070-11-03)
FM : Kalika FM  



तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको प्रशारण हुन्छ । 
 आज मिति 2070-11-03 गते शनिवार तदनुसार 15-02-2014 ,आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।    आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download : Click Here to Download

BULBUL 235 : (05-03-2014/2070-11-21) श्रृंखला २२२ को पून प्रशारण : Download

NepaliTalim | 10:14:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 235
Host : Achyut Ghimire  
Date : (05-03-2014/2070-11-21) 

२ डिशेम्बर २०१३ श्रृंखला २२२ को पून प्रशारण श्रृंखला

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 फाल्गुन 21 गते तदनुसार 05-03-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 235) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

मेरा १० मुक्तकहरू (राम शरण श्रेष्ठ)- 06th March 2014

NepaliTalim | 9:49:00 AM | 0 comments
1.मुक्तक
मेरो कथाकी नायिका तिम्लाई बनाईदिएँ । 
अनि यो मुटु भरीभरी तस्विर सजाईदिएँ । 
सुरु अन्त तिमी बाटै हुन्छ सधै मेरो 
यसरी मैलै सिमा नाघेर मन पराईदिएँ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

2.मुक्तक
पहिला गुलाब उपहार बनायौ ।
चिनजान बढाएर प्यार बनायौ ।
दिएपछी जम्मै राजिनामा धड्कन
मुटुलाईनै तिमीले कारागार बनायौ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

3.मुक्तक
पखेटा काटेर उड्न लगाइन्छ ।
जिबितै मारेर निर्जिब बनाइन्छ ।
ति बिमारी जम्मै मरिसकेपछी
गाउँतिर बल्ल डाक्टर पठाइन्छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

4.मुक्तक
सक्छौ भने बिस्वास दिलाइदेउ । 
अनि आफैलाई सबित गराइदेउ । 
म त तिम्रै लागि समर्पितछु उस्तै 
सक्छौ मरिरहेको प्रेम बचाइदेउ । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

5.मुक्तक
म आउँदैछु बताउन तयारी कस्तो छ । 
पर्खाइमा छट्पटीको बिमारी कस्तो छ । 
म एउटा महायज्ञ सोचिरहेछु प्रेमको 
बताउन तिम्रोतिर पुजारी कस्तो छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

6.मुक्तक
कसैको दिल दुखाएर रमाउँछौ कती ।
बनेर चिल्ला भिखारी कमाउँछौ कती । 
केही आफै गरेर देखाउ ए नामर्दहरु 
खाली अरुकै पुच्छर समाउँछौ कती ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

7.मुक्तक
पहिला गुलाब उपहार बनायौ ।
चिनजान बढाएर प्यार बनायौ ।
दिएपछी जम्मै राजिनामा धड्कन
मुटुलाईनै तिमीले कारागार बनायौ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

8.मुक्तक
न सकिन्छ बढ्न अगाडी जिन्दगी ।
न सकिन्छ हट्न पछाडी जिन्दगी । 
म यस्तो मोडमा फसिरहेको छु 
भो खोज्दैछ लड्न कवाडी जिन्दगी । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

9.मुक्तक
अभिनय गर्छ पुजारी जस्तो ।
मलाई त लाग्छ भिखारी जस्तो । 
मुसुक्क हाँस्छ भेटी चढाउँदा 
देउताकै शिरमा सवारी जस्तो । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

10.मुक्तक
न त मुटु फिर्ता दिन सक्छु मैले ।
न त बाचा फिर्ता लिन सक्छु मैले ।
कोही छैन मेरो बारे सोचिदिने
न त एक्लै एक्लै उभिन सक्छु मैले
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

त्रिवेणी TRIBENI (04-03-2014/20-11-2070) - Download

NepaliTalim | 10:00:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज बास्तबिक

समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति  (04-03-2014/20-11-2070)


नमस्कार साथीहरु,

आज मिति 2070 माघ 20  गते तदनुसार 04-03-2014  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ । 

Listen and Download

Download : Click Here to Download

Episode : 84 (यो साँझ यो सुबाश-04-03-2014) - Download

NepaliTalim | 10:40:00 AM | 0 comments
YO SANJH YO SUBASH     
(03-03-2014 /2070-11-20)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2070 फाल्गुन महिनाको 20 गते तदनुसार 04th March 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-84 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -29 : (03-03-2014/2070-11-19) 'रहरै भो' गजल संग्रह विशेष: Download

NepaliTalim | 10:06:00 AM | 1comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(03-03-2014/2070-11-19)

पवन घर्ति मगर बिवश को रहरै भो गजल संग्रह विशेष

नमस्कार साथीहरु,

आज मिति 2070 फाल्गुन 19 गते तदनुसार 3rd March 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम उनन्तीसौं श्रृंखला हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download


श्रृंखला 93 - वहकिने मन (2070-11-19/03-03-2014) - Download

NepaliTalim | 9:47:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-11-19/03-03-2014)
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 

Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 फाल्गुन 19  तदनुसार 03-March-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 93 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

नयाँ बुलबुल - 23 : (01-03-2014/2070-11-17) : Download

NepaliTalim | 1:15:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 23
Date :(01-03-2014/2070-11-17) 

Repeat of 15th Feb 2014 Episode 

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 फाल्गुन 17 गते तदनुसा 01-03-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -23) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download :Click Here to Download New Bulbul 23

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger