गजल गुञ्जन (2070-09-17/01-01-2014) : Download

NepaliTalim | 10:46:00 AM | 0 comments
GAZAL GUNJAN : 
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति :(2070-09-17/01-01-2014)


नमस्कार साथीहरु,
आज मिति 2070 पौष महिनाको 17 गते तदनुसार 01-January-2014 बुधवार, साहित्य जिवनका लागि खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

बाबुराम राइ {राइ बबुरो} का ६ गजलहरू _20-02-2014

NepaliTalim | 3:15:00 PM | 0 comments
Baburam Rai
१.गजल 
मनशन्तु छिर्यो अनि बास्मति झराइ दिए
अर्गेनिक मेरो माटो रसाइनिक गराइ दिए

साँच्चै प्रयोग शाला भएछ मेरो यो देश
परिक्षणको नाम्मा बिषै बिष धराइ दिए

देखाइ लालच धेरै उब्जनि हुन्छ भनेर
रहे भएका पुरान बिउ सबै हराइ दिए

कहालि लाग्दो देख्दै छु म मेरो भबिस्य
थरि थरि चक्किले महिलाको पेटै भराइ दिए

बिज्ञा हुँ भन्थे दुइचार लाख कुम्ल्यएछ
होइन लाइ पनि हो हो भनि कराइ दिए

२.गजल 
झुटो कसम खुवाएर मेरो सपना तुवाएर
बल्ल आज पर्दा उठ्यो तामा तुल्सि छुवाएर

गल्ति मेरै उस्लाइ धेरै मैले बिस्वस गरें
बदलामा गयि आज पराय लाइ सुवाएर

धेरै अभिनय गर्थि नजर अघि गिर्नु रहेछ
बद्नामिको बजार भित्र छिरि शिर नुवाएर

दोधारे थ्यो जाने बेला उस्को पाउ किन कुन्नि
जाने बेला एक फेरि गयि आँशु चुवाएर

३.गजल 
म नहुंदा रात काट्ने अर्कै साथि जुटायौ रे
आफ्नो यौबन उसै संग हिज आज लुटायौ रे

ॠण काढि बिदेशिएं रगत संग पैसा साट्न
सुख दिन्छु भनेको थे हाम्रो नाता टुटायौ रे

बिस्वास गरि तिमी लाइ सर्बस्व नै सुम्पेको थें
मेरो पसिनाको मोलले व्ह्स्कि बियार फुटायौ रे

बैमानिको बजार भरि तिम्रो मात्र चर्चा छ रे
इमानको मेरो नाता बदनामि पो खुटायौ रे

गुमाए छौ तिम्ले मलाइ अब फेरि पाउने छैनौ
सम्हालेर मेरो बिस्वास दिलमा राख्न छुटायौ रे

४.गजल 
छुट्नु थियो छुटि गयौ तर याद छोडि गयौ
छाँति भित्र एउटै मुटु त्यो पनि तोडि गयौ

माया गर्छु खुसि दिन्छु अरु के के भन्थ्यौ
यात्रा सुरु मात्रै थियो तर अन्तै मोडि गयौ

जिन्दगिमा संधै तिम्रै सहयात्री हुन्छु भन्दै
आज तर आखिरिमा पराय संग जोडि गयौ

संधै तिम्रै प्यारि भन्थ्यो तिमी मेरो प्यरा
झुटो रहेछ तिम्रो कुरा अन्तै घुम्टो ओढि गयौ

सुखसयल मिलि रहोस संधै तिम्रो जिबनमा
यता मेरो बाग उजाडि जब उता गोडि गयौ

५.गजल  
आज सारै सम्झनाको हुरि बतास चलेकोछ
बिरहको आगो सल्कि मुटु पनि जलेकोछ

उधारो भो जिबन यो लिलामि पो हुने होकि
मिलनको आशा हरु सुस्त बनि गलेकोछ

हुने भए भाग्य रेखा मेटएर लेख्न हुन्थ्यो
सिरेटोमा एक्ला एक्लै हाम्रो प्रहर ढलेकोछ

कस्लाइ दोष दिनुर खै हामी दुइ छुट्टिनुमा
लाग्छ हाम्रो भाग्य लाइ नै इश्वरले छलेकोछ

६.गजल 
जब साँझ पिउने बेला जँडेहाको पनि ग्याङ हुन्छ
कसैको गिलासमा रक्सि त  कसैको छ्याङ हुन्छ

रिति आफ्ना आफ्नै हुन्छ हरेक जात जाति हरुको
तेहि रितिले कसै कसैको जिबन ल्याम्फ्याङ हुन्छ

पिए पछि कोहि साथि इतिहाँस नै भट्ट्याउँ छन्
अति धेरै नै पिए पछि साँच्चै ल्याङ ल्याङ हुन्छ

पिइयो अनि पिलाइयो मातेर ढल्किंदै छुटियो सबै
बटार्दै खुट्टा लर्बर जिब्रो घरमा क्याङ क्याङ् हुन्छ

आफ्नै पैसाको नाश जिउ झनै सत्य नाश रक्सिले
बिहान ढिला उठ्यो हिजो कै ले टाउको ह्याङ हुन्छ
बाबुराम राइ {राइ बबुरो}
झापा तोपगाछि-०५
हाल काठमाण्डौ

BULBUL 233 : (19-02-2014/2070-11-07) गजलकारहरु अञ्जु स्मारिका र मानिस सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 11:06:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 232
Host : Achyut Ghimire  
Date :(19-02-2014/2070-11-07)

गजलकारहरु अञ्जु स्मारिका र मानिस सँगको अन्तवार्ता विशेष

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 फाल्गुन 07 गते तदनुसार 19-02-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 233) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

त्रिवेणी TRIBENI (11-02-2014/28-10-2070) - Download

NepaliTalim | 12:36:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक

समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (11-02-2014/28-10-2070)


नमस्कार साथीहरु,

आज मिति 2070 माघ 28  गते तदनुसार 11-02-2014  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । 

Listen and Download

Download : Click Here to Download

Episode : 82 (यो साँझ यो सुबाश-18-02-2014) - Download

NepaliTalim | 1:10:00 PM | 0 comments
YO SANJH YO SUBASH     
(18-02-2014 /2070-10-28)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2070 फाल्गुन महिनाको 04 गते तदनुसार 18-February-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-82 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । कार्यक्रम विशेष कारण बस केही समय देखी ७५ श्रृंखलासम्म आएर बन्द भएको थियो आज देखी श्रृंखला ७६ देखी पुन सुचारु भएको जानकारी सबै सबैमाझ गराउन पाउँदा ज्यादै खुसि लागेको छ ।

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
Listen and Download

Download :Click Here to Download

स्मृतिका पाना (2070-11-03/17-02-2014) : Download

NepaliTalim | 1:08:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी 
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2070-11-03/17-02-2014)

नमस्कार साथीहरु,
आज मिति 2070 फाल्गुन महिनाको 03  गते तदनुसार 17-Feb-2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

स्मृतिका पाना (2070-10-27/10-02-2014) साहित्यकार पेशल आचार्यसँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 12:58:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी 
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
 (2070-10-27/10-02-2014)

साहित्यकार पेशल आचार्यसँगको अन्तवार्ता बिशेष

नमस्कार साथीहरु,
आज मिति 2070 माघ महिनाको 27  गते तदनुसार 10-Feb-2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

गजलकार कमल संघर्षका ६ गजलहरू_(18-02-2014)

NepaliTalim | 12:51:00 PM | 0 comments
१. गजल
Kamal Sangharsa
धान फलाएर मकै फलाएर बारी बाट 
उस्ले कसरी निकाल्यो बन्दुक भकारी बाट

यादहरुको बाढिले बगाईरहदा मलाई
तिमी एकोहोरो हेर्यौ यार पारी बाट

भरियाले भारी नबिसाउनुको कारण यो हो
लुटिएको रहेछ उ कुनैदिन चौतारी बाट

छोराले घर त्यागी दियो,के भन्नु हुन्छ ?
बा आमा सन्तुष्ट नहुदा बुहारी बाट

हेर्नुछ भोली समयले के के बनाउछ
आज संघर्ष बनाएको छ भण्डारी बाट
-कमल संघर्ष ठुलासैन अछाम

२. गजल
माटो चोरीदै गएपछी जरा बाट
उजाड भो जिन्दगी हराभरा बाट

घर बनाउदै छोड्न थालेको हु
प्रभाबित भएदेखी म चराबाट

तिमीले पहिलो भेटमै मन मार्यौ 
कहिल्यै आजित भएन फुल भमरा बाट

देखिएला तिम्रै काठमाण्डौ देखिएला
मेरो अछाम देखिन्न धरहरा बाट

मैले मुटु झिकेर मुटुको ठाउमा राखे
बचाउन यो देशलाई खतरा बाट
-कमल संघर्ष ठुलासैन अछाम

३. गजल
न आमाको जस्तो न बाबाको जस्तो किन बन्दै छ छोरो अर्काकोजस्तो म आफ्नै सोचेर भेट्नलाई आए राजधानीले सोच्यो टाढाको जस्तो झुपडि भत्काउन सरकार पनि हुकुम गर्छ आफैले बनाको जस्तो मेरो बाहिरी रुप रङ देखेर तिमीले ठान्छौ केहि नभाको जस्तो यस्तो नतिजा पनि आउदो रैछ परिक्षा नै दिन नगाको जस्तो
-कमल संघर्ष ठुलासैन अछाम

४. गजल
मैले मेरो जिन्दगीलाई फरक बनाइ दिन्छु ।
आफ्नै घर भत्काएर सडक बनाइ दिन्छु ।

जम्मै बृदाहरु मन्दिरमा जम्मा भयका छन
भगवानले भन्या छन् रे वालक बनाइ दिन्छु ।

मेरो मृत्युमा उत्सब मनाउनलाई प्रिया
जसरी आउ तिमीलाई आयोजक बनाइदिन्छु

पुर्ब तयारीका साथ तमिी मैदानमा आउनु
मलाइ के मैले त जीत अचानक बनाइ दीन्छु
-कमल संघर्ष ठुलासैन अछाम

५. गजल
चोर स्वयम चोर चोर भन्दै उफ्रिरहेछन गर्नु पर्छ भण्डाफोर भन्दै उफ्रिरहेछन
बाग्मती बाट अनुगमन गर्न आएका माछा कर्णालीलाई फोहोर भन्दै उफ्रिरहेछन
वीर गोर्खाली भन्ने त होईनन् यी पाठाहरु घरको धुरीमा खोर भन्दै उफ्रिरहेछन
हिजो मन्दिरलाई शौचालय बनाउनेहरु आज शौचालयमा ईश्वर भन्दै उफ्रिरहेछन
-कमल संघर्ष ठुलासैन अछाम

६. गजल 
उस्ले समायो सलाई उदाहरणका लागी र जलाई दियो मलाई उदाहरणका लागी
ए सरकार मलाई हिटलर बनाई दिन्छौ? मानौ मैले मारे बुद्दलाई उदाहरणका लागी
देश हाक्नेले यसरी पनि हाकिरहेछन चलाउदै नचलाई उदाहरणका लागी
उ यसरी आन्दोलनको पुर्ब तयारी गर्दैछ सालीकलाई ढलाई उदाहरणका लागी
ईज्जत लुटिदा पनि मुस्कुराउछन कोई कोई लिन सकिन्छ फूललाई उदाहरणका लागी
-कमल संघर्ष ठुलासैन अछाम

श्रृंखला 91 - वहकिने मन (2070-11-03/17-02-2014) - Download

NepaliTalim | 12:27:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-11-03/17-02-2014) 
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 

Facebook : Bahakine Man

FM: CIN Network 

चरीको कथा समावेश गरिएको कार्यक्रमको आजको श्रृंखलामा ''नयाँ प्रेम सम्बन्धमा पुरानो सम्बन्धको प्रभाव कस्तो रहन्छ ?'' भन्ने विषयमा चर्चा गरिएको छ ।

नमस्कार,

आज मिति 2070 फाल्गुन 03  तदनुसार 18-February 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 91 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download 

गजलका फूलहरू -27 : (17-02-2014/2070-11-03) : Download

NepaliTalim | 11:53:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(17-02-2014/2070-11-03)

नमस्कार साथीहरु,

आज मिति 2070 फाल्गुन 03 गते तदनुसार 17th February 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम ब्बिसौं श्रृंखला हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger