1.गजल
हेर यो जिन्दगि कति बिकराल छ।
खबर के बताउनु र बेहाल छ।
हे प्रिय आवज नदेउ मेरा लागि।
यहाँ बाध्यताको बिशाल पर्खाल छ।
प्रेम देख्दछौ मेरा नजरमा तिमी।
तर यी आँखामा त आँशुको ताल छ।
बाघ छोड बाछैले खेदो गर्छ मेरो।
ओरालो लाग्या हरिणको झैँ चाल छ।
म पानी बिनको माछो झैँ तड्पीदैछु।
यहीँ नजिकै बकुल्लाको बगाल छ।
फूल र भमरा बिछोडमै मर्लान।
बगैँचामा काँडाकै ठुलो सँजाल छ।
मलाई लेख्यौ भने पत्र त्यहीँ सोध्नु।
तिम्रो ह्रूदयभरि जति सवाल छ।
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क, झापा)
2. 'गजल'
सरकारले गाउँमा धारा लगायो!
सडक खन्न गाउँले सारा लगायो!...(1)
सबैलाई घर बनाइदिन्छु भन्यो,
रुखहरुका फेदमा आरा लगायो!...(2)
गाउँलेहरुका सिधा सादा मनमा,
सपनाका चम्किने सितारा लगायो!...(3)
अचम्मकै ल्यायो प्रशासनले निति,
अपराधी पक्डन हत्यारा लगायो!....(4)
बाढी आयो खुशीहरु बगाइ लाग्यो,
यी दु:ख जती यही किनारा लगायो!...(5)
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क, झापा)
3.गजल'
जिन्दगीका पुर्जाहरुमा खिया लागेपछि!
टुक्रियो दिल खुशीमा हँसिया लागेपछि!
परदेशको माहोलले तानी लग्दो रै' छ,
आफ्नो देशकोचलन घटिया लागेपछि!
न त्यो खेल खेल्नुमा न हेर्नुमा मजा हुन्छ!
कमजोरका बिरुद्ध बलिया लागेपछि!
बोल्ने नबोल्ने बोलिएछा के-के गरिएछा,
पिउँदा पिउँदै भट्टिको चिया लागेपछि!
जनतालाई खान लाउन कसरी पुग्छ ?
यही गरीब देश नै अधियाँ लागेपछि!
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क,झापा)
4.गजल'
त्यो लडाकुले तरवार र ढाल बोकेको छ!
चिहानघारी खोतलेर कङ्काल बोकेको छ!
उमथि शत्रुले ति बम बारुद बर्षाउँदा,
उसले काँधमा झरेको पर्खाल बोकेको छ!
धर्ती काप्छ पलभरमै शत्रु बगी जान्छन्,
लाग्छ उसले ज्वारभाटाको छाल बोकेको छ!
माझी दाइले माछा मारे जसरी नै उसले,
दुस्मन्लाई फन्दामा पार्न जाल बोकेको छ!
उसले आमाको सारीको टुक्रा घाउमा बाँध्यो
प्रेयसीले चिनो दिएको रुमाल बोकेको छ!
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क, झापा)
5. 'गजल'
रातको तारा के जानोस्, बिहानी कसरी हुन्छ!
आगो नै जान्दछ सबै, खरानी कसरी हुन्छ!
त्यो प्रेम बियोग भोगेकी युवतीलाई सोध्नुस्,
प्रेमीको चिहान उसको सिरानी कसरी हुन्छ!
नियाल्दा ति परिवर्तित्,नजर आफै बोल्छन्!
असल भन्ठानेको मान्छे, बैमानी कसरी हुन्छ!
श्रम् र कर दिनलाई, कन्जुस्याइँ नगर त,
अनी हेर लोभी सरकार्, दानी कसरी हुन्छ!
खोलामा ढल मिसाएर, उपाय सोध्ने गर्छन्,
चौबिसै घण्टा धाराहरुमा, पानी कसरी हुन्छ?
बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क,झापा)
6. 'गजल'
जन्मदै सब्थोक जानेको हुँदैन कसैले!
त्यो शिशुलाई मूर्ख मानेको हुँदैन कसैले!
अबोध बालक यहाँ बनेपछि रत्नाकर्,
बाल्मिकी बन्छ भन्ने ठानेको हुँदैन कसैले!
नहुनेलाई छ दु:ख हुनेलाई झन दु:ख,
यो जीबन सजिलै धानेको हुँदैन कसैले!
बिश्वासघातको गहिरो चोट नपरी ब्यर्थै,
आफ्नो पेट्मा छुरा हानेको हुँदैन कसैले!
सुखभोग्को महत्वकाङ्क्षा
छ सबै मान्छेमा,
रहरले संघर्श छानेको हुँदैन कसैले!
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क, झापा)
खबर के बताउनु र बेहाल छ।
हे प्रिय आवज नदेउ मेरा लागि।
यहाँ बाध्यताको बिशाल पर्खाल छ।
प्रेम देख्दछौ मेरा नजरमा तिमी।
तर यी आँखामा त आँशुको ताल छ।
बाघ छोड बाछैले खेदो गर्छ मेरो।
ओरालो लाग्या हरिणको झैँ चाल छ।
म पानी बिनको माछो झैँ तड्पीदैछु।
यहीँ नजिकै बकुल्लाको बगाल छ।
फूल र भमरा बिछोडमै मर्लान।
बगैँचामा काँडाकै ठुलो सँजाल छ।
मलाई लेख्यौ भने पत्र त्यहीँ सोध्नु।
तिम्रो ह्रूदयभरि जति सवाल छ।
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क, झापा)
2. 'गजल'
सरकारले गाउँमा धारा लगायो!
सडक खन्न गाउँले सारा लगायो!...(1)
सबैलाई घर बनाइदिन्छु भन्यो,
रुखहरुका फेदमा आरा लगायो!...(2)
गाउँलेहरुका सिधा सादा मनमा,
सपनाका चम्किने सितारा लगायो!...(3)
अचम्मकै ल्यायो प्रशासनले निति,
अपराधी पक्डन हत्यारा लगायो!....(4)
बाढी आयो खुशीहरु बगाइ लाग्यो,
यी दु:ख जती यही किनारा लगायो!...(5)
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क, झापा)
3.गजल'
जिन्दगीका पुर्जाहरुमा खिया लागेपछि!
टुक्रियो दिल खुशीमा हँसिया लागेपछि!
परदेशको माहोलले तानी लग्दो रै' छ,
आफ्नो देशकोचलन घटिया लागेपछि!
न त्यो खेल खेल्नुमा न हेर्नुमा मजा हुन्छ!
कमजोरका बिरुद्ध बलिया लागेपछि!
बोल्ने नबोल्ने बोलिएछा के-के गरिएछा,
पिउँदा पिउँदै भट्टिको चिया लागेपछि!
जनतालाई खान लाउन कसरी पुग्छ ?
यही गरीब देश नै अधियाँ लागेपछि!
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क,झापा)
4.गजल'
त्यो लडाकुले तरवार र ढाल बोकेको छ!
चिहानघारी खोतलेर कङ्काल बोकेको छ!
उमथि शत्रुले ति बम बारुद बर्षाउँदा,
उसले काँधमा झरेको पर्खाल बोकेको छ!
धर्ती काप्छ पलभरमै शत्रु बगी जान्छन्,
लाग्छ उसले ज्वारभाटाको छाल बोकेको छ!
माझी दाइले माछा मारे जसरी नै उसले,
दुस्मन्लाई फन्दामा पार्न जाल बोकेको छ!
उसले आमाको सारीको टुक्रा घाउमा बाँध्यो
प्रेयसीले चिनो दिएको रुमाल बोकेको छ!
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क, झापा)
5. 'गजल'
रातको तारा के जानोस्, बिहानी कसरी हुन्छ!
आगो नै जान्दछ सबै, खरानी कसरी हुन्छ!
त्यो प्रेम बियोग भोगेकी युवतीलाई सोध्नुस्,
प्रेमीको चिहान उसको सिरानी कसरी हुन्छ!
नियाल्दा ति परिवर्तित्,नजर आफै बोल्छन्!
असल भन्ठानेको मान्छे, बैमानी कसरी हुन्छ!
श्रम् र कर दिनलाई, कन्जुस्याइँ नगर त,
अनी हेर लोभी सरकार्, दानी कसरी हुन्छ!
खोलामा ढल मिसाएर, उपाय सोध्ने गर्छन्,
चौबिसै घण्टा धाराहरुमा, पानी कसरी हुन्छ?
बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क,झापा)
6. 'गजल'
जन्मदै सब्थोक जानेको हुँदैन कसैले!
त्यो शिशुलाई मूर्ख मानेको हुँदैन कसैले!
अबोध बालक यहाँ बनेपछि रत्नाकर्,
बाल्मिकी बन्छ भन्ने ठानेको हुँदैन कसैले!
नहुनेलाई छ दु:ख हुनेलाई झन दु:ख,
यो जीबन सजिलै धानेको हुँदैन कसैले!
बिश्वासघातको गहिरो चोट नपरी ब्यर्थै,
आफ्नो पेट्मा छुरा हानेको हुँदैन कसैले!
सुखभोग्को महत्वकाङ्क्षा
छ सबै मान्छेमा,
रहरले संघर्श छानेको हुँदैन कसैले!
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क, झापा)