Muktak Madhurima (2069-11-17/28-02-2013)) - Download

NepaliTalim | 10:38:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz      
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-11-17/28-02-2013)

आज मिति 2069 फागुन 17 गते तदनुसार 28-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।                
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episode

BULBUL 183 : (27-02-2013/2069-11-16) - Download

NepaliTalim | 11:20:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 183
Host : Achyut Ghimire 
Date : (27-02-2013/2069-11-16)
FB : Facebook Page


 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ फागुन 16 गते तदनुसार  27-FEB-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 183) लिएर उपस्थित हुनुभएको छ ।



बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 


Listen and Download

Download : Click Here to Download Episode 183
Listen All Previous Episode:

गजलका शेरहरु,( 2069-11-15/26-02-2013)Download

https://mohanbihani.blogspot.com/ | 11:01:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU 
HOST : LAXMI ITIHAS 
TIME : EVERY TUESDAY, 9.15PM 
DATE : -( 2069-11-15/26-02-2013)
कार्यक्रम : गजलका शेरहरु 
संचालिका : लक्ष्मि इतिहाँस 
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
फेसबुक पेज  : Gazalka Sherharu
 आदरणिय साथीहरु, आज मिति 2069-11-15 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
 Listen HERE

 DOWNLOAD-Plz click Here to Download

गजल-की टुहुराको घर बनाउनु पर्छ ( जिवन सरोवर )

NepaliTalim | 6:01:00 PM | 0 comments
जिवन सरोवर
की टुहुराको घर बनाउनु पर्छ।
कि महलमा आगो लगाउनु पर्छ।।

यसरि ठगिरहेछ भाग्यले हामिलाई।
मात्रै पानी पिएर निदाउनु पर्छ।।

मेरा साथिहरु पिएपछि भन्छन।
हिड त्यहि भट्टी भत्काउनु पर्छ।।

सुन!सालीक तिम्रो अबधि सकियो।
अब हाम्रोपनी पालो आउनु पर्छ।।

घाउमा नुन छरि मेरि प्रिया भन्छिन।
रुनु हुन्न'जीवन'मुस्कुराउनु पर्छ।।

जीवन सरोवर
रानीवन,अछाम

गजल सागर श्रृंखला २ (आगोको विद्रोह विशेष ) - Download

NepaliTalim | 5:03:00 PM | 0 comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर २
प्रस्तोता : राम शरण श्रेष्ठ
मिति : 2069-11-16/27-02-2013



नमस्कार साथीहरु,
आज मिति २०६९ फाल्गुन १६ गते बुधवार तदनुसार २०१२ फेब्रुअरी २७ गते चिसापानी नेपाल ब्लगस्पोट डट कमको प्रस्तुति गजल बाचन र सुमधुर गित गजलको कार्यक्रम गजल सागरको दोस्रो प्रस्तुति लिएर म प्रस्तोता राम शरण श्रेष्ठ उपस्थित भएको छु । आज म रामेछाप नाटिला ९, तल्लो नाटिला का आदरणिय गजलकार दाई विश्व श्रेष्ठ बरुको आगोको विद्रोह गजल संग्रह केहि गजलहरु लिएर आएको थियो । आगोको विद्रोह गजल संग्रह वि.सं. २०६२ चैत्रमा प्रकाशन भएको थियो । २०६२ –२०६३ जनआन्दोलनको मध्यान्तरमा आएको गजलकाहरुले निरंकुश विरुद्ध आवाज उठाउनका साथसाथै सर्वसाधारण जनताको पिर ब्यथालाई शेरहरुमार्फत उतारेको पाइन्छ । अब सुनै गजल सागरको दास्रो श्रृंखला । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझब तथा प्रतिकृया दिन नभुल्नुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 2

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु (2069-11-15/26-02-2013) - Download

NepaliTalim | 10:13:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)
मिति :  (2069-11-15/26-02-2013)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 



आज मिति 2069 फगुन 15 गते तदनुसार 26-Feb-2012 मंगलबार श्रुति शंबेगको श्रृङ्खलामा आज पनि हामी गुरु प्रसाद मैनालीको नाशो कथा संग्रह बाट कथाहरु सुन्नेछौ । नाशोबाट आज सोहि कथा संग्रहबाट २ ओटा कथाहरु शिर्ष कथा नाशो र अभागी सुन्नेछौं ।। आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  । 

Stories from Nasho Story Book written by Guru Prasad Mainali.  
EPISODE 5
Listen and Download

Download : Click Here to Download

Thank you

गजल सागर श्रृंखला - १: (आगो गजल संग्रह विशेष) - Download

NepaliTalim | 2:53:00 PM | 0 comments
अमला अधिकारीको 
चर्चित गजल संग्रह "आगो"  
विशेष गजल बाचन  
कार्यक्रम : गजल सागर
बाचक : राम शरण श्रेष्ठ 

अमला अधिकारी, अहिले नेपाली साहित्य विशेष गरि नेपाली गजलको क्षेत्रमा उहाँलाई नचिन्ने कमै मात्र होलान् । सिन्धुलीका गजलकार अमला अधिकारिको गजल संग्रह "आगो"  २०६९ भदौ २८ गते विमोचन भएको थियो । हाल अमला अधिकारीको गजल हरेक गजल सिक्न चाहानेको लागि प्रेरणको श्रोत बनेको छ किनकी उहाँले गजलको माध्यमबाट उठाउनुभएका विचार अत्यन्तै उत्कृष्ट छ । उहाँको गजलले हाल जन्मिरहेका कयौ गजल सिन्दैगरेका सर्जकलाई बाटो देखाउने काम गरेको छ । आज उहाँकै गजल संग्रह बाट केहि गजल बाचन लिएर आएको छु । आसा छ तपाईहरुलाई पनि मन पर्नेछ ।
Listen and Download

Download : Click Here to Download 1

Thank you

गजल संसार - 28 : (25-02-2013/2069-11-14) - Download

NepaliTalim | 2:02:00 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको   
गजलहरुको  साहित्यिक 
कार्यक्रम :  गजल संसार   
Date: (25-02-2013/2069-11-14)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 फगुन 14 तदनुसार 24-Feb-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 28 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download 

Download : Click Here to Download Episode 28
Thank you
यो श्रृंखलामा बाचन भएको मेरो गजल
....................
प्रेमको सितार, बज्दैछ मनमा, नसाझै गरेर ।।
के गर्यौ यस्तो, प्रेमको शिक्षा, मुटुमै भरेर ।।

सुस्तरी आई, चोरेर लग्यौ, मुटुनै यसरी
गएछ पछि, पछ्याई तिम्लाई, मननै सरेर ।।

सक्दिन हाँस्न, नभए तिमी, नछोड नतोड
हलचल भयो, मनहरु यहाँ, केहोयो छरेर ।।

न भोक प्यास, न निद यहाँ, तिम्रैछ सम्झना
बैचैन हुन्छु , सम्झेर तिम्लाई ,मनलग्यौ हरेर ।।

भईयो रोगी, प्रेमको यस्तो, देउन औषधी
भैदिए टाढा, त्यागेर मलाई, जाउँला मरेर ।।
..............
रामशरण श्रेष्ठ "राम"
चिसापानी गा.वि.स.
वाड नं. ६,रामेछाप
12th October 2010,
करिब तिन वर्ष पहिलाको यो मेरो गजल सायद धेरै साथीहरुले पढ्न पाउनुभएको छैन होला । पहिला नेपाली गजल डटकममा पोष्ट गरेको थिएँ ।
Posted note: http://nepaligazal.com/gazal/nepali/8637201017.html

Episode : 61 (यो साँझ यो सुबाश-26-02-2013) - Download

NepaliTalim | 12:47:00 PM | 0 comments
EISODE 60 - YO SANJH YO SUBASH
(26-02-2013 / 2069-11-15)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page
Phone :  9808826116
 
आज मिति 2069 साल फागुन महिनाको 15गते तदनुसार  26-02-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-61 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download

Download : Click Here to Download Episode 61
Listen All Previous Episodes:

Thank you

शब्द शरोबर : (25-02-2013/2069-11-14) - Download

NepaliTalim | 10:16:00 AM | 0 comments
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Date :  (25-02-2013/2069-11-14)
Fm: Radio Manaslu 103.9mhz

Email: shabda.sarobar@gmail.com
FB : ShabdaSharobar

नमस्कार साथीहरु
आज मिति 2069 फगुन 14 तदनुसार 24-02-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download: Click Here to Download
यो श्रृंखलामा बाचन भएको मेरो गजल
एउटा हातको तालि भयो, तिम्रो मेरो मायाँ ।।
खै कहाँ बाट जाली भयो, तिम्रो मेरो मायाँ ।।

पराईकै कुरा सुन्यौ, मेरो भन्दा बढी
अनि भाँडो खाली भयो, तिम्रो मेरो मायाँ ।।

मन मुटु चोरी लग्यौ, बेच्यौ कता कता
संकट यसै पाली भयो, तिम्रो मेरो मायाँ ।।

तिम्रो भर मलाई थियो, मेरो तिम्लाई सोच्थें
फूलबिनाको माली भयो , तिम्रो मेरो मायाँ ।।
Date :- 28th June 2010
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Posted: http://nepaligazal.com/gazal/nepali/462292010129.html

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger