कार्यक्रम : “साहित्य सिर्जना रेडियो : रेडियो मलमला ८८.६mhz प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page Email : radiomalmala@gmail.com
साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 1th श्रीङ्खला लिएर आज मिति 2069 मंसिर 02 गते तदनुसार 17-Nov-2012 का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । आजको कार्यक्रम महाकवि लक्ष्मि प्रसाद देवकोटा विशेष रहनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद । Listen and Download
Interview of Manu Brajaki regarding Nepali Gazal in Gazal Sudha by Subash Agam in Gorkha FM
नेपाली गजल सम्विन्धी अन्तर्वातामा आज गजल सुधामा हुनुहुन्छ नेपाली गजल साहित्यका चर्चित ब्यक्तित्व गजलकार मनु ब्राजकी । सुवास अगमले लिनुभएको यो अन्तर्वाता गोर्खा एफ एमको गजल सुधामा प्रसारण भएको थियो । आउनुस् हामी पनि सुनौ मनु ब्राजकी संगको यो नेपली गजल बिशेष अन्तर्वाता ।
Interview with Dr. Krishna Hari Baral by Suhash Agam in Gazal Sudha (Gorkha FM)
कार्यक्रम गजल सुधा लिएर गजलकार तथा गायक सुबास अगम आज तपाईहरु सामु नेपाली साहित्यका बहुचर्चित ब्यक्तित्व तथा नेपाली गजलमा विद्यावारिधि हाँसिल गर्नुभएका साहित्यकार डा. कृष्ण हरि बराल सँगको अन्तर्वाता लिएर उपस्थित हुनभएको छ ।
यस अन्तर्वातामा गजल संरचना र सिद्धान्तका बारेमा बिस्तृतमा बताउनुभएको छ ।
Listen and Download
आज मिति 2069 कार्तिक महिनाको 22 गते तदनुसार 7th Nov -2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र अनलाईन सुन्नको लागि News Chitwanवेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । Listen and Download
यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
.............................................. के दशैं ? के तिहार ?, गरिवको घरमा ।। दुःख हुन्छ अपरम्पार, गरिवको घरमा ।।
छोरा छोरी परिवार, पाहुना पुजापाठ कसरि थेग्नु ब्यवहार, गरिबको घरमा ।।
घाँटी हेरी हाड निल्न, खोज्दा खोज्दै पनि पर्छ धेरै ब्यय भार..., गरिवको घरमा ।।
हाँसि खुसि रमाएर.., पुग्दैन मनाउन परिवार हुँदा नि चार, गरिवको घरमा ।।
मुल्य बृद्धि दिनदिनै, हुँदै गाछ नेपालमा कमाईको छैन आधार, गरिवको घरमा ।।
आज मिति 2069 Kartin 29 तदनुसार 14 Nov 2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobarwall मा। Listen and Download
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "कथाहरु" (STORIES)
लेखक : परशु प्रधानका कथाहरु
विधा : कथा रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
=============
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । आज मिति 2069 मंसिर 01 गते तदनुसार 16th NOv 2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । वि.एन. पुस्तकले प्रकाशन गरेको कथा संगह परशु प्रधानका उत्कृष्ट कथाहरु खण्ड एक बाट हामी आज (कथाहरु :- 1.एका देशमा यौटा रिक्सावाला, 2.सीताहरु पच्चिस) हामीले श्रुति शंबेगमा सुन्नेछौं ।
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-07-30/15-11-2012)
आज मिति 2069 कार्तिक 30 गते तदनुसार 15 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । Listen and Download
२०६९-०७-३० गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............ 01-धनेश्वर पौडेल मुक््तक भाईटिकामा आएन भाई, भनी द ु:ख नमान्नु है ! दुखाएर मन दिदी, आँशुलाई झन नछान्नु है !! सप्तरङी टिका अनी, सयप्त्री फूल हेरी रुँदै ! भाई मेरो निष्ठुरी र, कर्म खोटी नठान्नु है !! धनेश्वर पौडेल
02-Raag Gazmer Raz चेलीले माइती पुज्ने सँस्कार दिन्छ मेरो देशले ओखरमा वाधा झुक्ने सँस्कार दिन्छ मेरो देशले मर्दैछ प्रेम भातृत्व आफु आफु बीचमा शान्तिको विगुल फुक्ने सँस्कार दिन्छ मेरो देशले राग गजमेर राज
03-Ashish Danai यसपालि मजासंग देउसी भैलो गाईयो । साथीभाई हल्का हल्का तास खेल्दै रमाईयो ।। मखमली र सयपत्री माला लगाएर । निधारमा सप्तरंगी टिका सजाइयो। -आशिष दनाई बेसिशहर, लमजुङ listen and download muktak madhurima at www.muktakmadhurima.tk
04-Rai Munkmen Ramesh मुक्तक यो लगदिम या त्यो लगदिम बारंबार सोच्दैछु सदाबाहर सम्झना झल्काउने लगातार खोज्दैछु रहदा कुनै पल टाढा छेऊमै रहेको महसुस हुने यस्तै माइतीको अटुट चेलीलाइ उपहार रोच्दैछु -राई"मुक्मेन"रमेश हाल साउदी धन्यवाद..
05-Mohan Bihani तिहार आए जस्तो लाग्छ सयपत्री फुलेपछि, किसानी मन खुशि हुन्छ धानको बाला झुलेपछि। चटारो छ काम धन्दाको तिहार छ आँगनीमा, मनमा खुशि छाउँदो रैछ देउसी भैलो डुलेपछि।। --मोहन बिहानी भक्तिपुर सात सर्लाही www.mohanbihani.blogspot.com
06-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा दशैं गयो तिहार आयो म घर आउन सकिन दशैंको टिका छुट्यो तिहारको नी लाउन सकिन गुन्जियो होला चारै तिर देउसी भैलोको गीतहरु इक्षा छदा छदै मैले देउसीरे गीत गाउन सकिन -चुरियामाई - ९ शिखरपानी मकवानपुर हेटौडा , हाल - दोहा कतार !
07-Rupesh Fatra रुपेश "अनमोल" फत्र भारपा-3, पान्थर ~~~मुक्तक~~~ तिहारमा देउशी भैलो,गाउदै छन् रे साथीहरु| पुल्ठो बोकी गावैँ भरी,धाउदै छन् रे साथीहरु| देउसी भैलो खेले प्रश्चात,चेलिको हातबाट..... सयपत्री फुलको माला,लाउदै छन् रे साथीहरु|
08-Baral Suryamani आफ्नो भाईको कत्ति ख्याल गर्छिन् मेरी दिदी, दुश्मन सबै ओखरमा फोर्छिन् मेरी दिदी। माया की खानि छिन्, स्वभाबमा दानि छिन कत्ति, पुजा गरी सुगन्धित फूल छर्छिन मेरी दिदी ।।
09-Bishnu K Gautam दाजु शुभ दिपावलिको तपाइँ लगाएत सम्पुणको लागि हार्दिको मँगलमय शुभकामना। मुक्तक तुरूप लाग्दै लागेन र हारेँ हिजो बेलुकी अरूले पो माला माल पारे हिजो बेलुकी आएका जोक्कर पनि गनिन्छन, सय काट्छ आडकोले तास रोकेर मारे हिजो बेलुकी बिष्णु गौतम बाग्लुङ्ग,गल्कोट
10-तिलक निस्कर्ष सप्तरंगी टिका संगै देउसी भैलो खेल्न आऊ जस्तो दुख परे पनि नेपालमै झेल्न आऊ परदेशी हो, देश जस्तो ,विदेश काहा होला , यहि देशको जातो अनि ढिकी पेल्न आऊ रत्ननगर ७
11-Dipak Karakheti मुक्तक तिहारमै सम्झीयौ, दिदी हौ मेरो फोटोनै राखी, रुदी हौ मेरो// दुबो र फुल्नै, साछी छ मान्नु बाटो हेरी तस्बिर लिदी हौ मेरो // -दीपक काराखेती हाल:-अबु धाबी(UAE)
12-बिबस जिन्दगि , कतार लाहुरे भाछु परदेशमा पाउनु दुख पांय साथि नेपालको माटो ल्याथे भाइटिका लांय साथि चाडबाड किन आउछ पर्देसी मन जलाउन , जान्छु अब नेपाल मै यहा हरेश खांय साथि गीत >लाहुरे लाइ चाड वाड न आयकै जाति परिवारको सम्झनाले जल्दो रैछ छाती ,......कर्णदास को आवाजमा ...
13-Pawan Subedi पवन सुबेदी"पृथक" कावासोती,28 बिगाहा न.प. यसपालि नि त्यस्तै भयो घर आउन पाईन बहिनी, गँहका ति आसु तिम्रो थमाउन पाईन बहिनी, सप्तरँगी टिका अनि मखमलको माला, तिम्रो त्यो हातबाट लाउन पाईन बहिनी...
15-Nepali Deep Milan हो उमङ्ग नभएको तिहार! यो म सङ्ग नभएको तिहार!! आयो मन रुवाउदै बेस्सति, रसरङ्ग नभएको तिहार!! -दीप मिलन रुद्रपुर- ०२ रुपन्देहि हाल दोहा कतार (कपिल लामिछाने ज्यू को यो मुक्तक रोमनमा देखेपछि कार्यकर्मको नियमलाई याद गरि नेपालिमा उल्था गरिदिएको छु मिल्छ भने कपिल जि कै नाममा वाचन गरिदिनुहुन अनुरोध गर्दछु।-Nepali Deep Milan)
16-कपिल लामिछाने आज मेरो देश अनि,त्यो माटोको याद आयो! सिस्नो सङ्ग खाएको त्यो, आटोको याद आयो!! घुम्न जान्थे सानि सङ्ग कहिले लेक कहिले बेसि, हात समाई हिँडेको,त्यो बाटोको याद आयो!! -कपिल लामिछाने दाङ- तुल्सिपुर हाल दोहा कतार
17-Artimus Siru रुँदैछु मत तिहार आउदा सम्झेर दाजु भाई ! यो मुटु भरि बिरह छाउदा सम्झेर दाजु भाई !! बुनेर माला लगाउने टिका सात रंगले भरेर ! सम्झना राखी देउसीरे गाऊदा सम्झेर दाजु भाई !! -सुमित्रा अधिकारी (धिताल ) गोरखा
18-श्रीकान्त बराल कहेराज़ आयो तिहार मखमली फुल फुलाउदै आयो, दुख भाको मनलाई खुसीमा भुलाउदै आयो, झिलिमिली दिपक ताती देख्दा यस्तो लाग्यो, रिस राग फाल्दै खुसीको बाटो खुलाउदै आयो ... कृष्ण मन्दिर चोक
19-निस्चल प्रेमी कान्छा मैले पिउने पानीको मुल हौ तिमी काली जिन्दगीमा सुहास दिने फुल हौ तिमी काली अब भन तिम्रो निम्ती जे पनीम गर्न सक्छु निदरीमा रक्षा गर्ने झुल हौ तिमी काली -निस्चल प्रेमी कान्छा खर्ज्याङ 9 गुल्मी हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत
20-Jyoti Khatiwada Anischit तिहारको वेला देउसी गीत गाउन निधारमा सप्तरङ्गी टिका सजाउन आएँ है बहिनी म पनि घर साथीसंगी संग देउसी खेल्दै दिपावली मनाउन शुभ दिपावली सम्पुर्ण साथीहरुलाई । -ज्योति खतिवडा अनिश्चित सुरुङ्गा 2 झापा , जामुनखाडी सिमसार ।
(प्यास गजल पत्रिका बाट नारी श्रष्टाका गजलहरु आजको विशेष -Part 2)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!आज मिति 2069 कार्तिक महिनाको 29 गते बुधवार तदनुसार 14-Nov-2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको लिएर (BULBUL EPISODE - 168) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
आज मिति 2069 कार्तिक 27 तदनुसार 12-Nov-2012 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 53 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आजको श्रीङ्खलामा तपाईहरुका फोन कल लिईनेछैन बरु प्रस्तोता महाविर विश्वकर्मा विदेशिएका दाजु बनेर कार्यक्रम संचालन गर्नुहुनेछ । आउनुस् हामी पनि सुनौ बहकिने मनको २०६९ तिहार विशेष प्रस्तुति । Listen and Download