Home » » Muktak Madhurima (2069-07-30/15-11-2012) - Download

Muktak Madhurima (2069-07-30/15-11-2012) - Download

NepaliTalim | 11:14:00 AM | 0 comments

Muktak Madhurima

Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-07-30/15-11-2012)

आज मिति 2069 कार्तिक 30 गते तदनुसार 15 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download

Download : Click Here to download
Listen All Previous Episodes :


२०६९-०७-३० गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
01-धनेश्वर पौडेल मुक््तक
भाईटिकामा आएन भाई, भनी द
ु:ख नमान्नु है !
दुखाएर मन दिदी, आँशुलाई झन नछान्नु है !!
सप्तरङी टिका अनी, सयप्त्री फूल हेरी रुँदै !
भाई मेरो निष्ठुरी र, कर्म खोटी नठान्नु है !!
धनेश्वर पौडेल

02-Raag Gazmer Raz
चेलीले माइती पुज्ने सँस्कार दिन्छ मेरो देशले
ओखरमा वाधा झुक्ने सँस्कार दिन्छ मेरो देशले
मर्दैछ प्रेम भातृत्व आफु आफु बीचमा
शान्तिको विगुल फुक्ने सँस्कार दिन्छ मेरो देशले
राग गजमेर राज

03-Ashish Danai
यसपालि मजासंग देउसी भैलो गाईयो ।
साथीभाई हल्का हल्का तास खेल्दै रमाईयो ।।
मखमली र सयपत्री माला लगाएर ।
निधारमा सप्तरंगी टिका सजाइयो।
-आशिष दनाई
बेसिशहर, लमजुङ
listen and download muktak madhurima at www.muktakmadhurima.tk

04-Rai Munkmen Ramesh मुक्तक
यो लगदिम या त्यो लगदिम बारंबार सोच्दैछु
सदाबाहर सम्झना झल्काउने लगातार खोज्दैछु
रहदा कुनै पल टाढा छेऊमै रहेको महसुस हुने
यस्तै माइतीको अटुट चेलीलाइ उपहार रोच्दैछु
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद..

05-Mohan Bihani
तिहार आए जस्तो लाग्छ सयपत्री फुलेपछि,
किसानी मन खुशि हुन्छ धानको बाला झुलेपछि।
चटारो छ काम धन्दाको तिहार छ आँगनीमा,
मनमा खुशि छाउँदो रैछ देउसी भैलो डुलेपछि।।
--मोहन बिहानी
भक्तिपुर सात सर्लाही
www.mohanbihani.blogspot.com

06-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
दशैं गयो तिहार आयो म घर आउन सकिन
दशैंको टिका छुट्यो तिहारको नी लाउन सकिन
गुन्जियो होला चारै तिर देउसी भैलोको गीतहरु
इक्षा छदा छदै मैले देउसीरे गीत गाउन सकिन
-चुरियामाई - ९ शिखरपानी मकवानपुर हेटौडा ,
हाल - दोहा कतार !

07-Rupesh Fatra रुपेश "अनमोल" फत्र
भारपा-3, पान्थर
~~~मुक्तक~~~
तिहारमा देउशी भैलो,गाउदै छन् रे साथीहरु|
पुल्ठो बोकी गावैँ भरी,धाउदै छन् रे साथीहरु|
देउसी भैलो खेले प्रश्चात,चेलिको हातबाट.....
सयपत्री फुलको माला,लाउदै छन् रे साथीहरु|

08-Baral Suryamani
आफ्नो भाईको कत्ति ख्याल गर्छिन् मेरी दिदी,
दुश्मन सबै ओखरमा फोर्छिन् मेरी दिदी।
माया की खानि छिन्, स्वभाबमा दानि छिन कत्ति,
पुजा गरी सुगन्धित फूल छर्छिन मेरी दिदी ।।

09-Bishnu K Gautam
दाजु शुभ दिपावलिको तपाइँ लगाएत सम्पुणको लागि हार्दिको मँगलमय शुभकामना।
मुक्तक
तुरूप लाग्दै लागेन र हारेँ हिजो बेलुकी
अरूले पो माला माल पारे हिजो बेलुकी
आएका जोक्कर पनि गनिन्छन, सय काट्छ
आडकोले तास रोकेर मारे हिजो बेलुकी
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट

10-तिलक निस्कर्ष
सप्तरंगी टिका संगै देउसी भैलो खेल्न आऊ
जस्तो दुख परे पनि नेपालमै झेल्न आऊ
परदेशी हो, देश जस्तो ,विदेश काहा होला ,
यहि देशको जातो अनि ढिकी पेल्न आऊ
रत्ननगर ७

11-Dipak Karakheti मुक्तक
तिहारमै सम्झीयौ, दिदी हौ मेरो
फोटोनै राखी, रुदी हौ मेरो//
दुबो र फुल्नै, साछी छ मान्नु
बाटो हेरी तस्बिर लिदी हौ मेरो //
-दीपक काराखेती
हाल:-अबु धाबी(UAE)

12-बिबस जिन्दगि , कतार
लाहुरे भाछु परदेशमा पाउनु दुख पांय साथि
नेपालको माटो ल्याथे भाइटिका लांय साथि
चाडबाड किन आउछ पर्देसी मन जलाउन ,
जान्छु अब नेपाल मै यहा हरेश खांय साथि
गीत >लाहुरे लाइ चाड वाड न आयकै जाति परिवारको सम्झनाले
जल्दो रैछ छाती ,......कर्णदास को आवाजमा ...

13-Pawan Subedi
पवन सुबेदी"पृथक"
कावासोती,28 बिगाहा न.प.
यसपालि नि त्यस्तै भयो घर आउन पाईन बहिनी,
गँहका ति आसु तिम्रो थमाउन पाईन बहिनी,
सप्तरँगी टिका अनि मखमलको माला,
तिम्रो त्यो हातबाट लाउन पाईन बहिनी...

14-मोहन रावल अनमोल 'अस्तु' सम्पूर्ण दिदि बहिनि लाई सँन्देश !!
शुभ दिपावलिको पावन अवसरमा मलाई मोहन रावल अनमोल 'अस्तु' लाई
चिन्नु हुने सम्पुर्ण मित्रहरूलाई हार्दिक मँगलमय शुभकामना ब्यक्तगर्दछु ।
______मुक्तक______
लहलह गैरीखेत धानबाला झुक्यो होला ।।
फुलेर सयपत्रि ओईलिएर सुक्यो होला ।।
अथाह बिरह पोखि रूदै हौलि आगनिमा ।
यताभाईको यादैयादमा ढुकढुकि रूक्यो होला ।।
-मोहन रावल अनमोल "अस्तु" बान्नातोलि पाँच {अछाम}

15-Nepali Deep Milan
हो उमङ्ग नभएको तिहार!
यो म सङ्ग नभएको तिहार!!
आयो मन रुवाउदै बेस्सति,
रसरङ्ग नभएको तिहार!!
-दीप मिलन
रुद्रपुर- ०२ रुपन्देहि
हाल दोहा कतार
(कपिल लामिछाने ज्यू को यो मुक्तक रोमनमा देखेपछि कार्यकर्मको नियमलाई याद गरि
नेपालिमा उल्था गरिदिएको छु मिल्छ भने कपिल जि कै नाममा वाचन गरिदिनुहुन अनुरोध गर्दछु।-Nepali Deep Milan)

16-कपिल लामिछाने
आज मेरो देश अनि,त्यो माटोको याद आयो!
सिस्नो सङ्ग खाएको त्यो, आटोको याद आयो!!
घुम्न जान्थे सानि सङ्ग कहिले लेक कहिले बेसि,
हात समाई हिँडेको,त्यो बाटोको याद आयो!!
-कपिल लामिछाने
दाङ- तुल्सिपुर
हाल दोहा कतार

17-Artimus Siru
रुँदैछु मत तिहार आउदा सम्झेर दाजु भाई !
यो मुटु भरि बिरह छाउदा सम्झेर दाजु भाई !!
बुनेर माला लगाउने टिका सात रंगले भरेर !
सम्झना राखी देउसीरे गाऊदा सम्झेर दाजु भाई !!
-सुमित्रा अधिकारी (धिताल )
गोरखा

18-श्रीकान्त बराल कहेराज़
आयो तिहार मखमली फुल फुलाउदै आयो,
दुख भाको मनलाई खुसीमा भुलाउदै आयो,
झिलिमिली दिपक ताती देख्दा यस्तो लाग्यो,
रिस राग फाल्दै खुसीको बाटो खुलाउदै आयो ...
कृष्ण मन्दिर चोक

19-निस्चल प्रेमी कान्छा
मैले पिउने पानीको मुल हौ तिमी काली
जिन्दगीमा सुहास दिने फुल हौ तिमी काली
अब भन तिम्रो निम्ती जे पनीम गर्न सक्छु
निदरीमा रक्षा गर्ने झुल हौ तिमी काली
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत

20-Jyoti Khatiwada Anischit
तिहारको वेला देउसी गीत गाउन
निधारमा सप्तरङ्गी टिका सजाउन
आएँ है बहिनी म पनि घर
साथीसंगी संग देउसी खेल्दै दिपावली मनाउन
शुभ दिपावली सम्पुर्ण साथीहरुलाई ।
-ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा 2 झापा ,
जामुनखाडी सिमसार ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger