Home » » Muktak Madhurima(2069-07-16/01-11-2012) Download

Muktak Madhurima(2069-07-16/01-11-2012) Download

NepaliTalim | 10:15:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-07-16/01-11-2012)


आज मिति 2069 कार्तिक 16 गते तदनुसार 01 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes:

२०६९-०७-१६ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
01-Mohan Bihani *********** मुक्तक **************

गरिब छु र त निरिह छु बोल्न सक्दिन,
हेपिएको छु सबैबाट मन खोल्न सक्दिन।
सबैबाट दबिएर बाँच्नु नै गरिबको नियति बन्यो,
बाध्यताले गर्दा कसै सङ्ग खतरा मोल्न सक्दिन।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही http://mohanbihani.blogspot.com/

02-Krishna Kusum कृष्ण कुसुम सिन्धुली
मेरो बाटो नकुर्नु टिका लाए हुन्छ है।
चाड बाड सम्झेर मन अति रुन्छ है।।
दशैमा घर जान नपाउँदा खेरी म।
आँखामा आँशुको भेल बगी चुन्छ है।।

03-Manoj Saud ***मुक्तक****
दशैँ आई धेरै गुन, लगाएर गयो।
कत्तिका त आसुँ पनि, बगाएर गयो।।
चिन्ता नलेऊ अर्को साल नि, पक्कै आउँछु मनोज।
मलाई भने यस्तै भनी, फकाएर गयो।।
***मनोज सिँह साउँद(९८४८०९५०९२)***
ठेगाना :रिम ६ बैतडी
हाल : क्षेत्रीय प्रहरी कार्यालय, सुर्खेत

04-Rupesh Fatra रुपेश"अनमोल"फत्र
भारपा-3,पान्थर
~~~मुक्तक~~~
कसैको घरबार,बिगार्छ दशैँले|
त्यो शुन्दर संसार,बिगार्छ दशैँले|
यस्तै भइ रहे,आपसी दाजुभाईको.....
भाईचारा सस्कार,बिगार्छ दशैले|

05-Rai Munkmen Ramesh मुक्तक
एक रहेर बेकार तेरो मेरो को कुरा नगर्नुस
समेटेकै देख्छु सबै लाइ बेकार रिष नछर्नुस
नियाल्नुस आफैमा हुन सक्छ गल्ती फेरि
जानिबुजि बेकार दोष लगाउन सामु नपर्नुस
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद....

06-Dont hate me cuz im beautiful
तिमी रहेछौ माया सागर तरु तरु लाग्छ
तिम्रो दील मा ठाउँ छ अरे सरु सरु लाग्छ
तिमी संगै जोडु जोडु लाग्छ प्रेमका नाताहरु
खाली तिम्रो सुइदो सिन्दुर ले भरु भरु लाग्छ


07-Lb Sagar
फुलेरै पनि ,झरेको छु आज ।
बॉचेर पनि ,मरेको छु आज ।।
कस्तो ,दोधार मा छु म?
खुँशेरै पनि ,डरेको छु आज ।।
ऐल.बि.सागर ,कैलाली
हाल- मलेशिया

08-Baral Suryamani
जस्तो आयो त्यस्तै गयो दशैँ,
नुन बिनाको खल्लो भयो दशैँ।।
न साथी संगी न पिङ छ गाउँमा,
मात्र स्मृतिमा रह्यो दशैँ।।

09-Ashish Danai
सराबिको भर हुन्न बिचार गर्नु ।
मानिस अमर हुन्न बिचार गर्नु ।।
भोक भोकै मर्न तयार हुन्छ 'आशिष' ।
अर्काको चाकर हुन्न बिचार गर्नु ।
-आशिष दनाई
gaunshahar-2, danaigaun, lamjung
Visit www.muktakmadhurima.tk to listen and download muktak madhurima


10-Raag Gazmer Raz
एक कदम तिम्रो एक कदम मेरो,दुई कदम साथ साथ
एक हात तिम्रो एक हात मेरो,सात जनम साथ साथ
समाजले गरोस् जे पनि जति पनि
एक आँट तिम्रो एक आँट मेरो,तोडौं भरम् साथ साथ
धरान

11-Madan Adhikari
रातो टीका जमराको उत्सव आयो फेरि
गाउँ घरमा मालसिरी धुन छायो फेरि
टाढा भका छोरा छोरी घर नआउँदा
बा आमाको कुटुकुटु मन खायो फेरि
-मदन अधिकारी
मेचीनगर 10, काँकरभिट्टा,बर्मेलीटोल, झापा

12-तिलक निस्कर्ष
आफ्ना सारा गल्ति हरु छोप्न नखोज प्रिया
यो दिलमा फेरी मायाको बिउ रोप्न नखोज प्रिया
म त माया लाउदिन तिम्ले करै गरेपनि ,
पिरतीको तिखो काँडाले गोप्न नखोज प्रिया
रत्ननगर 7

13-Bishnu K Gautam
अहिले पनि पिरै पिरमा पारेर गयो दशै
बलिन्धारा आँसु मात्रै झारेर गयो दशै
हुनेलाई पो दशै रैछ,दशा नहुनेलाई
गरिबहरू खोजि खोजि मारेर गयो दशै ।
बिष्णु गौतम
बाग्लुङ्ग्,गल्कोट

14-मोहन रावल अनमोल 'अस्तु' मुक्तक
एउटि कालिले मोहनि लगायो ।।
दाईकि सालिले मोहनि लगायो ।।
मुटु मा सजियको देख्दा अष्तु लाई ।
आज झापालिले मोहनि लगायो ।।
मोहन रावल अनमोल "अष्तु" बान्नातोलि पाचँ (अछाम)
हाल-बिरानो शहर मुम्बई

15-Govinda Chand Sodari ---------मुक्तक---------
मेरो सपनामा लजाउने तिमि हौ ।
मन भित्रै तालि बजाउने तिमि हौ ।।
जवानि मा तिमि र म संगै रमाउदा ,
अलि कति हास्दै फसाउने तिमि हौ ।
-गोबिन्द चन्द सोडारी
कालागाउं 6 अछाम

16-Lalu Gm
दुरी टाढा भयो भन्दै, परेली डिल नसुकाउ सानु।
बाध्यताले टाढा भयौ, कोमल दिल नदुखाउ सानु।।
आफ्नो मान्छे सँग, मनका बह पोख्नु पर्छ।
भनिहाल मनमा के छ? भित्र भित्रै नलुकाउ सानु।।
लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

17-Jyoti Khatiwada Anischit १,
त्यो सिउँदो अर्कै हातले रंगाएको भन कसरी देखुँ म?
याद तिम्रो झलझली आउँछन् भन कसरी छेकुँ म?
एकतर्फी माया लाउनुभन्दा नलाएकै जाती हुँदो रैछ
आफ्नै शोककथा फेरि भन कसरी लेखुँ म?
ज्योति खतिवडा अनिश्चित
जामुनखाडी सिमसार,
सुरुङ्गा २ झापा ।

*******>गीत >साथी ए साथी मलाइ माफ गर मैले धोका देको होइन
समयले यस्तै गर्यो .....मुटु चिरा पार्दै बर्बर अशु झार्दै आज एक्लै रुनु पर्यो .......
रजिना रिमालको आवाजमा ...........

18-Bikalpa Babu 
क्रुर तिम्रा शब्दहरु, सहन सकिन
माया बोकी तिम्रो मनमा, बहन सकिन
सायद अन्तिम घडि, आउदैछ वर
तिमी बिना एक्लै म, रहन सकिन
bikalpa babu
gitanagar-1,chitwan

19-Nepali Deep Milan
त्यो जूनलाई सोध, परिभाषा मायाको!
र धूनलाइ सोध, परिभाषा मायाको!!
म त केबल तिम्रो अनुयायि मात्र हुँ
हो खूनलाई सोध, परिभाषा मायाको!!
-दीप मिलन्
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

20-निस्चल प्रेमी कान्छा
साथित्वनै तोडिछौ बल्ल आज थाहा पाएँ
अन्त नाता जोडिछौ बल्ल आज थाहा पाएँ
समयको खेलसँग खेल्न नजान्दा म
फोन गर्न छोडिछौ बल्ल आज थाहा पाएँ
निस्चल प्रमी कान्छा खर्ज्याङ 9 गुल्मी हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत

21-Dipak Karakheti मुक्तक
घर सर्नु छ, बसाई तराइमा
उनै सितको, रोजाइ तराइमा//
जिबन नै , सुगम बनाउन
प्रित बाड्नु छ, मलाई तराइमा //
-दीपक काराखेती
हाल:-अबु-धाबी(UAE)

22-Bimal Paharai ...
सुनसान यि जुनेली रात मिठो लाग्छ,
यौंवन का ति नशालु मात मिठो लाग्छ।
प्यासी यि दुई मुटु बनाएर एकै ढड्कन,
अंगालोमा माया भर्ने साथ मिठो लाग्छ।
-बिमल पहराई
हाडहाडे-५
गुल्मी
हाल:दोहा,कतार

23-Surya Chemjong
सम्झनामा उति उति गाढा हुँदै जान्छ
आफ्नो मान्छे जति जति टाढा हुँदै जान्छ
घडि सधैँ एकनास कहाँ रहन्छ र ?
बिदाईमा फूल पनि काँडा हुँदै जान्छ

24-Amrit Shrestha
जती सुन्दर फुल पनि झर्नु पर्छ एक दिन
जन्मे पछी यो संसारमा मर्नु पर्छ एक दिन
नदु;खाउ कसैको मन उस्को पनि मन हो
तिम्रै निम्ती जीवन अर्पन गर्नु पर्छ एक दिन
(Amrit shrestha pokhara 12 kaski)

25-श्रीकान्त कहेराज़
नेपाल मै रोजगारीको आश देउ नेता
बैठक मात्र बस्ने होइन निकास देउ नेता
पुरानो दिन बिर्सियर ,नया सोच बोकी
जनतालाई ढुक्कता को आभाष देउ नेता
कृष्ण मन्दिर चोक

26-भूबन भट्ट
बिछोडको अन्तिम भेट भेट्न आको छु
मनका सारा बेदनालाई रेट्न आको छु
बुझ्दा आखिर तिमि संगको यति मात्र रैछ साथ्
त्यसैले त बितेका ति पल हरुलाई समेट्न आको छु
रत्ननगर ३

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger