Home » » Muktak Madhurima - (2069-08-07/22-11-2012) -Download

Muktak Madhurima - (2069-08-07/22-11-2012) -Download

https://mohanbihani.blogspot.com/ | 11:35:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-08-07/22-11-2012) 


आज मिति२०६९-०८-०७ तदनुसार 22 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक मधुरिमाका साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen

Download : Click Here
Listen all Episodes


२०६९-०८-०७ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-Krishna Paudyal 
कसैलाई खुसी छरेर गयो
कसैलाई पिंडा भरेर गयो
मेरो पुकार सुनेन तिहारले
म बाट ओझेल परेर गयो
-कृष्ण पौड्याल
बम्घा एक गुल्मी


02-Rupesh Fatra रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
~~~मुक्तक~~~
घरबार बिगार्ने,उस्को जातमा के छ....?
चुल्हा छुनै नहुने,उस्को हातमा के छ.....?
बिथोलीन्छ समाज,उसले बोल्दा.....
केहि बोल्नै नहुने,उस्को वातमा के छ.....?


03-कौसल किरण
मेरो यो पिडा सेक्न सक्ने।।
मुटुको घाउ देख्न सक्ने।।
थियो कोहि एउटा यहाँ
मेरो तक्दिर लेख्न सक्ने।।
#Kausal Kiran


04-Bhola Dhital
साथिहरु तपाइहरुको कस्तो भयो तिहार ? ? ?
मखमली सयपत्री सस्तो भयो तिहार,,,,,
सप्तरङी टिका अनि दिदिहरुको आशिर्वादले,,,,
फकृएको सयपत्री जस्तो भयो तिहार्,,,,,
-भोला धिताल,डाछि-३, काठमाडौं
****(परिमार्जन गरियको)


05-सनम गोले ~मुक्तक~
नकोट्याऊ अतितका मेरा घाऊ हरू ।
बुझिसके तिम्रा मनका दाऊ हरू ।
आखीर मानिस सबै उस्ता उस्तै हुन
धेरै घुर्की लगाई नखोज्नु भाऊ हरू ।
-सनम गोले
मकवानपुर हाल मलेशिया

06-Saroj Dhital
प्रजातन्त्र आयो तर देश फेरिएन,,,
गरीब अनि निमुखाको भेष फेरिएन,,,
चिल्ला गाडी ठुला महल फाइफुर्ती गर्ने नेता,,,
जनताको जिवनस्तर एक केश फेरिएन,,,


07-Ashish Danai मुक्तक
देशलाई यो कस्तो बनायौ नेता ।
संबिधानको आस देखायौ नेता ।
आफ्नै कार्यकर्ताले झापड हान्छन् ।
यो कस्तो पाठ सिकायौ नेता ।
-आशिष दनाई
gaunshahar-2,danaigaun, लमजुङ


08-तिलक निस्कर्ष
आफु आफैमा सुन्य किन हुन्छ मान्छे
मन चोटिल भयो नत्र किन रुन्छ मान्छे
कोहि कहा कोहि कहा दैब किन बिवेद गर्छ
अवसर पाय के मा कम चन्द्र छुन्छ मान्छे
रत्ननगर ७

09-Rai Munkmen Ramesh मुक्तक
हो टन्ना खाएर बचेकोलाइ धन भनिन्छ
सबै भन्दा छिट्टो उड्नेलाइ मन भनिन्छ
जिवन जिउनु अरुको दबाबमा हैन आफ्नो
ईच्छा अनुसार जिउनुलाइ जिवन भनिन्छ
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद
...
09-धनेश्वर पौडेल
चन्द्ररुपी मुहार तिम्रो, नागवेली केश रानी!!
मन्द मिठो मुस्कानमा, माया हो कि यस्तै बानी!!
लज्जावती पत्र सरी, ओठ टोकी लज्जाउदा!
नशालु ति म्रिग नयन, रसाएर पानी पानी!!
धनेश्वर पौडेल
खाडी कुवेत


10-Bishnu K Gautam
मलाइ देखि लजाएर भाग्नु दोष थियो
जबाफहरू लिखित रूपमा माग्नु दोष थियो
सम्बन्धलाइ फाटो ल्याउन खोज्नेहरूसंग
कान नछामि कागको पछि लाग्नु दोष थियो


11-श्रीकान्त कहेराज़
को कसको अनि को कसको लेखियको हुन्छ पहिले
हुने बिरुवा चिल्लो चिल्लो देखियको हुन्छ पहिले
घाम अस्ताउछ र त बल्ल चन्द्रमाको दर्शन हुन्छ
घामको सामु चन्द्र पनि छेकियको हुन्छ पहिले
कृष्ण मन्दिर चोक

12-दीप मिलन
हुनुपर्छ तिम्रो मेरो, कदर दुनियामा!
अनि हाम्रो पिरतिको, सदर दुनियामा!!
लेखौ आउ हामि त्यस्तो, एउटा ईतिहाँस,
हुनेछैन कैले प्यार, बदर दुनियामा!!
दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार्


13-Lalu Gm
जुनी जुनी तिम्रै भन्थ्यौ, आज किन टाढा भयौ?
झुठो रहिछ तिम्रो माया, अर्कै सँग गाढा भयौ।।
यो सम्झिने मन छ, सकिएन तिमीलाई भुल्न,
निष्ठुरी रहिछौ बाचुन्जेल, मुटुमा बिज्ने काँडा भयौ।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया


14-Jyoti Khatiwada Anischit
करेन्ट लगाई झड्काउने पनि उनकै चेला थिए
गोली वारुद पड्काउने पनि उनकै चेला थिए
गुरुले जे सिकाए चेलाले उही सिको गरे
उनकै गालामा चड्काउने पनि उनकै चेला थिए ।
-ज्योति खतिवडा अनिश्चित
कपुरधारा , सामाखुसी
त्रिचन्द्र क्याम्पस ।


15-Pawan Subedi पवन सुबेदी "पृथक"
कावासोती,28 बिगाहा न.प.
:मुक्तक:
हरेक बात अपुरो छ पुरा छैन तिम्रो,
बिश्वास गर्न मिल्ने कुनै कुरा छैन तिम्रो,
म कसरी बिश्वास गरु अर्कै की हुँ भन्छौ,
सिन्दुर पोते अनि हातमा चुरा छैन तिम्रो...


16-Amrit Shrestha
जहाँ काडैकाडा रैछ उहि सर्न पुगे
उसै सँग बाँच्न अनि म मर्न पुगे
के थाहा यो माया यस्तो पनि हुदोरैछ
जस्को दिल्मा अरु रैछ उस्लाई माय गर्न पुगे
(Amrit Shrestha pokhara 12 kaski)

*******गीत>जसको दिलमा अरु रैछ, उसकै भरमा परे ,
तिमि उ बिना मर्छौ म तिमि बिना मैले कस्तो यो माया गरे ......
आधुनिक गीति संग्रह "त्यसपछि" बाट हेमन्त शिशिर को आवाजमा ...


17-Anees Regmi
ANISH REGMI from bharatpur,chitwan.
तिम्रो पनि कतै मन छ भने अलिकति,
हृदयमा आफ्नो पन छ भने अलिकति,
मेरा केही आसु खरिद गरन ल _______
आसु पनि किन्ने धन छ भने अलिकति. . .


18-Baral Suryamani
म त चिसो भई सकेछु, तिमी आउन ढिलो भो।
मेरो जीबन मेरै लाशको पछि, फ्यालिएको टिलो भो।।
गाँठो परेर बस्यो ,फुकाउन सकिन मैले।
तिम्रो माया मुटु भित्र, गाडिएको किलो भो।।


19-रकआईरन गनेश मुक्तक
दुइ चार कौडी गन्दा विदेश मा जिबन चल्दैन साथी।
ओईलाए पछि युरीया हाल्दैमा फल फल्दैन साथी।।
यस्तै यस्तै छ यहाँ सजिब निर्जीव संसार को चाला!
निभेको दियोमा तेल चुहौदैमा बात्ती बल्दैन साथी।।
रकआईरन गनेश
इन्छन कोरिया


20-Mohan Bihani
कुरुम कुरुम गर्ने त्यो पापड मा छ मज्जा
तिर्नु नपर्ने भए त्यो सापट मा छ मज्जा।
तिन लोक चौध भुबन नदेखे नि केहि छैन ,
तोरिको फुल देखाउने भए नि झापडमा छ मज्जा ।।
# मोहन बिहानी
भक्तिपुर -७ सर्लाही
२०६९-०८-०३#


21-एस पि माथवर पुर्णबिराम
लामो सुरिलो हुदैमा तरबार नहुन सक्छ ॥
जति चोखोनी मायाको, घरबार नहुन सक्छ ।
बस्दा सुन्दर यहाँका राजारानि हरको जोडि।
सधै झगडा भएसि दरबार नहुन सक्छ ॥
दाङ देउखुरि गंगाप्रस्पुर १ शितलताको वस्ति हाल खाडि मुलुक दोहा कतार


22-Bhupendra Bc
नेता ले जे गरेनी लायक हुने रे
चुल्ठे, मुन्द्रे, गजडी नायक हुने रे
जसले जे गरेनी हुन्छ भन्ठानी
गधा पनि अब त गायक हुने रे
-भुपेन्द्र (बिपिन)बि.सी.
- कोहलपुर बिकश्नगर बाँके

23-Aindra Bikram Nisthuri
मुटु रेटे चोट हुन्छ , चोट थपे घातहरु।
सुन्यतामा बितेका थे, म मरेका रातहरु।
बाँच्ने साहारा चाहिन्दैन, म त जिउदै मरिसके।
मुटु रेटि गर्यौ घात, छुटाएर साथहरु।
आइन्द्र बिक्रम 'निस्ठुरी'
अ्मरपुर-चार
पाँचथर

24-Artimus Siru
पिरतीको फूलबारीमा नांचीरहनु खुशी हुँदै !
जीवन यो संघर्ष हो बाँचीरहनु खुशी हुँदै !!
दु:ख कस्ट पर्दा खेरी नआत्तिनु कहिल्यै
सामना गर्नु डटेर हाँसीरहनु खुशी हुँदै !!
सुमित्रा अधिकारी
गोरखा

25-Jeevan Sharma Aryal ***मुक्तक***
मेरो मायाँ संसार तिमी ऊनी भन्ने गर्थिन्
जिउने मर्ने आधार तिमी ऊनी भन्ने गर्थिन् !!
जे जे आज हामी दुईले सपना देखेकाछौं
पार्नुपर्छ साकार तिमी ऊनी भन्ने गर्थिन् !!
जीवन शर्मा अर्याल अष्ट्रीया

26-Bikalpa Babu
जलायौ आगो मेरो मनमा ताप्न आउ तिमी
कति बगे आशुहरु नाप्न आउ तिमी
फिर्ता दिन्छु तिम्रो खुशी किस्ता किस्ता गरी
दिन्छु आज पहिलो किस्ता थाप्न आउ तिमी
bikalpa babu
gitanagar-1,चितवन

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger