गजल संसार Gazal Sansar (20-08-2012/2069-05-04) - Download

NepaliTalim | 6:49:00 PM | 0 comments
हाम्रो संसार डट नेटको गजलहरुको साहित्यिक रेडियो कार्यक्रम 
"गजल संसार Gazal Sansar"
Episode 4 :  (20-08-2012/2069-05-04)
Host : Shanti Pakhrin
==============================
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 3) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति (20-08-2012/2069-05-04) बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं ।
Note:
 पहिला हाम्रो साहित्य कला संसार थियो हाल यसलाई परिवर्तन गरेर गजल संसार राखिएको छ अबदेखि यो कार्यक्रम सधै गजल संसारको नामबाट बज्नेछ । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download :  Click Here to Download

 यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
तिम्ले छुँदै हिँडेका, फूल हेर्दै रोएँ ।।
विगतमा गरिएका, भूल हेर्दै रोएँ ।।

तिमी गयौ डोलि चढी, रुँदै रुदै जब
छुट्ने बेला तिम्रो आँशु, मूल हेर्दै रोएँ ।।

त्यसै टारेँ हुन्न भन्दै तिम्रा प्रस्ताबहरु
बल्ल खुल्यो होस जन्ति, हूल हेर्दै रोएँ ।।

पर्खिएन समयले, मैले बुझ्न ढिला गरेँ
विदा लिँदै गयौ पारी.., पूल हेर्दै रोएँ ।।

आज बल्ल तिम्रो कमि, महसुश भयो
लेखिएको दैबको त्यो, असूल हेर्दै रोएँ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

साहित्य सँगालो 21-08-2012 - Download

NepaliTalim | 5:42:00 PM | 0 comments
SAHITYA SANGALO
कार्यक्रम : साहित्य सँगालो
प्रस्तोता : अशोक गौतम क्षितिज
समय : मंगलबार ९.१५ बजे बेलुका
रेडियो : तिनाउ 98.2 mhz


आज हामी तपाई सामु मिति 2069 श्रावण 21 तदनुसार 12 अगष्ट 2012 मा रेडियो तिनाउको कार्यक्रम साहित्य संगालो लिएर उपस्थित भएको छु । यो कार्यक्रम पठाउने रेडियो तिनाउका यसै कार्यक्रम प्रस्तोता अशोक गौतमलाई धेरै धेरै धन्यवाद । आगमामि दिनहरुमा उपलब्ध भएसम्म कार्यक्रमका श्रीङ्खलाहरु म लिएर हाँजिर हुनेछु ।
Listen and Download

Download : Click Here to Download

Thank you,

गजल शरोबर-Gazal Sarobar -(18-08-2012/ 2069-05-02) - Download

NepaliTalim | 4:45:00 PM | 0 comments
RADIO KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : 18-08-2012/ 2069-05-02
FM : Kalika FM 
आज मिति २०६९ भाद्र 02गते शनिवार तदनुसार 2012-Aug-18, तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ । बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । यहि सिलसिलामा आजको बसाईमा साहित्यकार श्रष्टा  कृष्णादेवी शर्मा श्रेष्ठ सँगको कुराकानी लिएर प्रस्तोता विजय राज अधिकारी साथमा प्रविधिक साथी राकेश गजल शरोवरमा उपस्थित भएका छौं । । आउनुस् हामी पनि सुनौ । 
(GAZAL SAROBAR - INTERVIEW WITH KRISHNADEVI SHARMA SHRESTHA)
LISTEN AND DOWNLOAD

Download : Click Here to Download

Thank you,

श्रृजनाका सुशेलीहरु - (2069-05-02/18-08-2012) - Download

NepaliTalim | 1:03:00 PM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15 evening
Date : (2069-05-02/18-08-2012)
Host :  Suresh Bidari
FB : Facebook Group
...............................................................
आज मिति 2069 भाद्र 02गते (18A Aug 2012)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ ।  आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .।
मोति जयन्ति विशेष 
Listen and Download

Download : Click Here to Download

Thank you,

सिर्जनाका लहरहरु :- Episode 91 -Download

NepaliTalim | 11:40:00 AM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU EPISODE91
Date : 17-Aug 2012/1-05-2069

अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरु विश्व साहित्य महासंघ साखा साउदि अरेवियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरु को श्रीङ्खला (! लिएर आज आएको छु । यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु । 
Listen and Download

Download : Click Here to Download 91

Thank you,
 

मुक्तक सरोबर 2069-04-31 - Download

NepaliTalim | 10:10:00 AM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date : 2069-04-31
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar

आज मिति 2069-04-31 तदनुसार 15-08-2012 मुक्तक विशेष कार्यक्रम पहिलो पल्ट लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen and Download

Download : Click Here to Download

Thank you,

Muktak Madhurima - (2069-04-32/16-08-2012) - Download

NepaliTalim | 8:25:00 AM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima

Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm

Host : Ramu Acharya

Date :  (2069-04-32/16-08-2012

आज मिति 2069 श्रावण 32 गते तदनुसार 2012 Aug 16 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download 16-08-2012
All Previous Episode Listen 

Thank you
२०६९-०४-३२ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Raag Gazmer Raz 

तिम्रो नाममा आजकाल त्यो साथ भेटिन

मलाई कस्ने अङ्गालोमा त्यो हात भेटिन

मेरो नाम लिने ती आवाजहरुमा


यस्तो लाग्छ आत्माको त्यो वात भेटिन

02-Baral Suryamani

पुगेरै पनि सबथोकको अभाब जिन्दगी,
हरक्षण दु:ख र सुखको प्रभाब जिन्दगी ।
न लुटेर लाने न छुटेर जाने, हास्ने रुने
सबैको उस्तै स्वभाब जिन्दगी।।

03-मोहन बिहानी काफ्ले ***मुक्तक ***

घेरिएको छु संगिनले शायद जेलमा छु ,
राजनितिको गन्हाउने फोहरी खेलमा छु,
फँसे दलदलमा कहिल्यै निस्कन नसक्ने गरि,
लाग्दछ जनकपुर जयनगरको झै चालक बिहिन रेलमा छु।
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही -------मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु डाउनलोड गरेर सुन्न----------
http://mohanbihani.blogspot.com/

मोहन बिहानीको ब्लग: मुक्तक मुधुरीमा
mohanbihani.blogspot.com

04-Rajesh Prempidit मुक्तक मधुरिमाको नाममा

-बारम्बर फक्रिरहन्छ गुलाफ,फक्रेपछी लुक्या छैन्
आशुँ त मेरो बगिरा'छ,आज सम्म मुहान सुक्या छैन्।
पिडै पिडाले दिल मेरो, पत्थर जस्तै बनिसक्यौँ
भाला रोप तिर चलाऊ,साच्चै मलाई दुख्या छैन्॥
-राजेश प्रेमपिडीत
सुन्दर सुदुरपश्चिम डडेल्धुरा हाल दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया कैलाली बि.एड तेस्रो बर्ष(अर्थशास्त्र ग्रुप)

05-Rajdeep Nath मुक्तक

मुटु भरि दिल भरि,तिम्रो माया भर्दैछु म
तिमिलाई नै सम्झिएर,प्रेम यात्रा गर्दैछु म।
सत्य सत्य धरोधर्म,छुट्ने मन छैन मलाई
तिमि नजिक आएकैले,मिठो मुस्कान छर्दैछु म॥
-राजेश नाथ
ध.न.पा.13चन्द्रटोल धनगढीँ कैलाली

06-Lb Sagar Sagar

आफ्नै छॉयाले पनि ,ठँगेको छ आज ।
जिन्दगीको यात्रा अधुरैमा ,डँगेको छ आज ।।
हजारै सपना हरु ,लाम मै थिए ।।
जिन्दगी नंयनको ऑशु सँगै ,बँगेको छ आज ।।
ऐल.बि.सागर ,फुलवारी,4.कैलाली ।हाल ~मलेशिया

07-Arun Poudel

Sitimiti yad haru bhulna garo hune...
Ovai aasu aakha haru khulna garo hune....
Bi6od ma dhukhdo rai6 maya garni mutuharu...
Dhukhda mutu haso haru hulna garo hune...
....Arun poudel gunjanagar-4,new line...chitwan


08-Rajkumar Shrestha

रहन्न बैंश सँधै सँधै,रहन्छ केवल पिरती
माया उस्तै सँधै सँधै,फेरिन्छ रूप रंग कती
देखिन्छ जती मनोहरी फूलेको फूल डालीमा
रहन्छ त्यही रंगत्,चुँडि झरे पनि धरती
-राजकुमार श्रेष्ठ
एस्७४,प्रीन्सेस् पार्क
ईन्डिया गेट्,नई दिल्ली


09-Sunil Neupane Marling

सुनिल न्यौपाने "मार्लिङ"
लौ न बाबु खोजेर ल्याउ।
असल नारी रोजेर ल्याउ॥
जिवन भरि साथ दिने
कस्ती रैछे सोधेर ल्याउ।॥
जुनियाँ ०२ गुल्मी


10-अतृप्त कमल

जातिको नाममा प्रदेश स्विकार्न सक्दैन
यो स्वर्गिय देशको टुक्रा पार्न सक्दैन
छैन मेरो कुनै जाति,धर्म अनि प्रदेश
स्व-स्वार्थका निम्ति जहर उमार्न सक्दैन
-अतृप्त कमल
बुटवल,रुपन्देही


11-Nirdoshi Pokhrel

हिजो आज मेरो नजिक आउन थालि छ।
वास्ता गर्दैनन् भनी गित गाउन थालि छ॥
दुनियाको रिती नै यस्तै रैछ भन्दै भन्दै॥
छुटेको सम्बन्धमा मलम लाउन थालि छ॥

lokbahadurpokhrel(nirdoshi)

benimadipur 07 devinagar tadi.nawalprasi .....hall..:-mumbai


12-ß-kash Neupane

सानु तिमी अरु लाइ चुन्ने तरखरमा छौ रे !
नया घरबार लाइ बुन्ने तरखरमा छौ रे !!
सुनेको छु तिम्रा आफ्नो आफन्त बाट हल्ला हरु,
आउने मंसिर मा माला उन्ने तरखरमा छौ रे !!
● बिकाश न्यौपाने●
डुमरवाना, बारा हाल UAE

अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....

https://www.facebook.com/piratikodori



13-टिकेश्वर नाथ मुक्तक

तिम्रो माङ् रंगाउने,मेरो केबल रहर भो
आफ्नो भन्ने केहि छैन्,दुस्मन सारा सहर भो।
सृष्टि गर्दा भगवानले,चोट मात्र लेखेछन् की
यो जीन्दगी आज मलाई,अफाप नै ठहर भो॥
-टिकेश्वर नाथ
गाङ्खेत9गैराबजार डडेल्धुरा


14-Lalu Gm

ती कोमल पाईला अनायासै अन्तै मोड्छु भन्यौ र त रोए।
गोरेटोमा भेटिएर दोबाटोमा छोड्छु भन्यौ र त रोए।।
कति माया दिएथे तिमीलाई अतितलाई फर्की हेर,
अरु कसैको दिलको बाग गोड्छु भन्यौ र त रोए।
लालु जि.एम
स्वर्गद्वारी प्यूठान हाल मलेसिया


15-Amrit Shrestha

तिमी बस्ने मन मुटु मरेपछी आयौ
घातै घात ले यो सरिर् गलेपछि आयौ
कहाँ बसिरथ्यौ यो हालत हेरेर मेरो
चिता माथि मेरो लास जलेपछी आयौ
(Amrit shrestha pokhara 12 kaski)


16-Rohit Rana "मुक्तक"

दुइ आत्मा चोखो प्रितमा हुन्छ रे
सफल भए'त झनै हितमा हुन्छ रे
अजम्बरी त्यो कहिल्यै नमर्ने गरि
पिउनु पर्ने प्याला अमृतमा हुन्छ रे
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान


17-Anupa Wasti

फुलहरुको माली बन्ने तर्खरमा छौ रे
सोह्र पुगी सतरको भर्खरमा छौ रे
बेइमानी र बर्बादीको बाटोतिर लम्कीनलाई,
सुरुवाती पाइलाको त्यो लर्खरमा छौ रे


18-Ashish Danai

तिम्रो कर्के नजरले डराएको होइन
अझ राम्री भेट्टाएर हरायको होइन
सारा दुख भुलेर अङ्गालोमा बाद्दा तिमलाई
फुर्कीएर त्यसै म लरबरायको होइन
-आशिष दनाई
गाउँशहर- २, दनाईगाउँ, लमजुङ
Listen and download all episode of muktak madhurima(मुक्तक मधुरिमा) at
www.ashishdanai.com.np


19-स्याङ्जाली रमेश muktak

सान्नानिको रात अनौठो
सुन्तलीको बात अनौठो
कसैलाई बिर्सिन्न म
सबैको त्यो साथ अनौठो


20-Pawan Gharti Magar Bibash मुक्तक

पहाड छाडी समथर तराई खोज्छौ प्रिय।
जैले पनी आफ्नै मात्र भलाई खोज्छौ प्रिय।
जति जल्नु जलिसके तिखो बोली बचनले,
बाँकी के छ जलाउन सलाई खोज्छौ प्रिय।
-पवन घर्ति मगर
हाडहाडे गुल्मी
हालः यू ए ई

21-Umesh Shrestha

रोज्न सम्म रोज्छौ तिमि
सुनमा सुगन्ध खोज्छौ तिमि
सारा प्रश्नको उत्तर नै तिमि
माया के हो मलाई सोध्छौ तिमि ???
-उमेश श्रेष्ठ
चिसापानी रामेछाप
हाल:- काठमाडौँ


22-Dipendra Chapagain

मेरो भर पर भनिन्
मलाई बिहे गर भनिन
झुटो मायाँ लाउछौ भने
नजर देखि पर सर भनिन्
-दिपेन्द्र चापाँगाई
हरीहरपुर १ कपिलवस्तु
हाल मुम्बई भारत


23-निस्चल प्रेमी कान्छा

लिन पनि सक्या छैन टक्कर जिन्दगीले
खाईरहन्छ बेला बखत ठक्कर जिन्दगीले
ऊनलाई पाऊने बहानामा आफ्नो सबै गुमेपछि
धाऊनुपर्छ कहिले काहि चक्कर जिन्दगीले

निस्चल प्रेमी कान्छा खर्ज्याङ ९गुल्मी

हाल मुम्बई भारत


24-Ijma Pokharel

aspataal ma huda pani malai vetna dhayenou ni,
aakha thake ruda ruda aasu pu6na aayenou ni...
teti komal mutuvitra kailedekhi kada ropyou,
hijo timi merai vanthou tara aaja chahenou ni...
ijma pokharel, parsa-chtwn.


25-तिलक निस्कर्ष

तिम्रो मुहार अगाडी त जुन फिक्का थियो
माया संग दाज्दा, त्यो सुन फिक्का थियो
तिम्रो आबाज सुनेर कोइली सिक्दै थियो गाउन,
त्यो आवाजको अघि त धुन फिक्का थियो
रत्ननगर ७

26-Ram Sharan Shrestha मुक्तक

लाग्छ छिट्टै सुरसार गर्नुभो हजुरले ।।
किन यति हतार.... गर्नुभो हजुरले ।। ...............................................
सोचेको थेँ मनको कुरा बताउँ भनेर
पहिलानै कतै प्यार गर्नुभो हजुरले ।।
चिसापानी गाविस बडा नं. ६,
रामेछाप
मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु चिसापानी नेपाल बाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima

Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com


27-Surya Chemjong

विश्वासको फूल दिएँ सक्थेँ जति दिनु
मैले मात्र एकोहोरो मायाँ कति दिनु
डुब्दैछु म घाम सँगै अन्तिम चाहना
तिमी आई चिता माथी दागबत्ती दिनु

28-श्रीकान्त बराल कहेराज

घुमेर होइन प्रधानमन्त्रि ज्यु,नि काश देउ देशलाई,
जनता धेरै जलिसके अब छिटै , आश देउ देशलाई ,
देशको छानो चुहिने भयो , छाउने बाटो देखायर,
अमन चयन रोजगारी गास अनि बाश देउ देशलाई.............
कृष्णमन्दिर चोक

29-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा

जीबन भरी मेरो भर पर्ने को छ त्यो हूलमा
मेरो लागी सजिलै मर्ने को छ त्यो हूलमा
बिस नाघे सके उमेरले इन्द्रमान आत्मा
यही मंसीरमा बेहे गर्ने को छ त्यो हूलमा


30-Bikalpa Babu 

हिसाब गर तिम्रो माया कति भयो
दुख्ने मात्र गर्छ अचेल अति भयो
खै कसले के-के यहाँ हासिल गरे
आफ्नो त प्रेममा जिवन खति भयो
बिकल्प बाबु
गीतानगर-1,चितवन


31-स्याङ्जाली रमेश muktak

चल्दै छ बिहानी बिस्तारै बिस्तारै
छल्दै छ निसानी बिस्तारै बिस्तारै
होसमा जोस राख्नुहोस सबैले
ढल्दै छ जवानी बिस्तारै बिस्तारै
-स्थाई घर..अर्जुनचौपारी
हाल .मरुभूमिको छातीबाट


32-Boz Raj ...

पीडाको गित अनि पासोको गित,
गुमाएको त्यो सबै नासोको गित,
नगाउ मेरो छेउ सारंगी, बाँसुरी,
सक्तैनौ गाउन भने मेरो चासोको गित!

33-रमाईलो मान्छे

पिरतीको खेलमा परि धेरै कुरा ढाटे
तिम्रै लागी भनेर भनसुन यन्त्र पनी साटे
ठिकै छ तिमी अर्कैको जिवन साथी भइछौ
त्यसैले त मैले पनी मंसीरमा विहे आटे


34-Nabodit Nabaraj

आँशुका भेल रोकेको छु खै त बुझ्यौ तिम्ले पनि ।
बासी खबुस टोकेको छु खै त बुझ्यौ तिम्ले पनि ।
पर्देशीको कथा ब्यथा कहाँ बुझ्छ हाम्रो सरकार ।
सिंगो मुलुक बोकेको छु खै त बुझ्यौ तिम्ले पनि ।


35-Dipak Gautam

एक चिम्टी सिन्दुर त्यो तिम्रो शिरमा भरेर मर्न देऊ,
आशु नै सहि एक मुठ्ठि माया छरेर मर्न देऊ,..........................,
रोएर हरदिन माग्दैछु माफी हुदैन नभन,
आँशुले पिर्ला बिन्ति छ माया गरेर मर्न देऊ,

36-प्रेम प्रसाद भट्ट

तिम्ले जस्तो माया अब मलाइ कसले गर्छ र ?
माया त अमर हुन्छ भंथियौ अनायासै मर्छ र ?
मान्छे हु म मेसिन होइन गल्ति त भैहाल्छ
सानो तिनो गल्तीमा नि रिसाउनु पर्छ र ?
ssmc

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,

Live-
radio chitwan 94.6
www.radiochitwan.com.np

Download -
www.facebook.com/radiochitwan

www.facebook.com/muktakmadhurima

http://chisapaninepal.blogspot.com/

http://mohanbihani.blogspot.com/

www.ashishdanai.com.np

www.facebook.com/piratikodori

धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......

कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

गजल गंगा 14-Aug-2012 (रेडियो नेपाल)- Download

NepaliTalim | 6:58:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
GAZAL GANGA (गजल गंगा )
Date : 14-Aug-2012 (2069-04-14)
=========================

नमस्ते साथीहरु,
अबदेखि तपाईहरु सामु रेडियो नेपाल बाट प्रसारणहुँदै आएका साहित्यिक कार्यक्रम गजल गंगालाई आफूले कार्यक्रमको भागहरु उपलब्ध भएसम्मका गजल गंगाका भागहरु लिएर आउने गमर्को गरेको छु । आसाछ तपाईलाई अवस्य मन पर्ने छ ।कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal 
Date : 14-Aug-2012 (2069-04-14)
Listen and Download Gazal Ganga

Download : Click Here to Download 14-Aug 2012

Thank you

गौरब श्रेष्ठ मनकुराका गजल र कविता उहाँकै आवाजमा

NepaliTalim | 12:11:00 PM | 0 comments
गजलकार : गौरब श्रेष्ठ मनकुरा
रचयिता : गौरब श्रेष्ठ मनकुरा
स्वर : गौरब श्रेष्ठ मनकुरा
आदरणिय साथीहरु,
आज म तपाईहरुसामु मेरा परम मित्र  साहित्यकार गजलकार गौरब श्रेष्ठ मनकुराका यौटा गजल र यौटा कविता लिएर हाँजिर भएको छु । आउनुहोस् हामी पनि सुनौ उहाँका गजल र कविताहरु उहाँकै आवाज बाट ।


१. गजल – यो मायाँमा ......
यो मायामा उनलाई, पत्यार ...भएन रे
मेरो आँशुको बिनय, अपार .....भएन रे

यो कस्तो अबगाल, माया गर्छु ....भन्दा
मेरो बानीमा असल, ब्यबहार ..भएन रे

गरिबको माया, के माया ....होईन र ?
मेरो चप्पलको सबारि, कार ...भएन रे

म उस्तै पागल, मायाले संसार....जीत्ने
मेरो खरको छानो, दरबार.......भएन रे

भएर माया पुग्दैन, यो संसार छ महंगो
मेरा रुपैया राख्ने, भन्डार........भएन रे

माया परख्ने उस्को, कला.......आनौठो
मेरो अनुहारको लाली, शानदार भएन रे

खोजेसि उस्ले, सरकारि जागीर...प्रेममा
म संग जीबनको, आधार........भएन रे

म कत्ती नजान्ने, चोर्न मील्ने कुरा पनी
मेरै मनको कुरा लेख्दानी, साभार भएन रे
गौरब श्रेष्ठ मनकुरा
www.facebook.com/gazalkaphoolharu
माथिको गजल सुन्नको लागि

Download : Click Here to Download

२. कविता
सुने मेरो गाउँमात बाढी पस्यो भन्छन्
पहिरोत सधै खस्थ्यो यसपालित आकास
खास्यो भन्छन् ..................
माथिको कविता सुन्नको लागि

Download : Click Here to Download

धन्यवाद ।

BULBUL : EPISODE 155 -(15-08-2012) Download

NepaliTalim | 11:37:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 155
(15-Aug-2012/ 2069-04-31)

FB : Facebook Page
(आज गजल  तपाईहरुकै गजलहरु र सुमधुर हिन्दी गजल बिशेष  प्रस्तुति  रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 श्रावण महिनाको 31गते बुधवार तदनुसार 15-08-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको  (BULBUL EPISODE - 155, 15th  Aug- 2012) 
लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । 
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download :

Download : Click Here to Download 155
बुलबुलका आजसम्मका सबै श्रीङ्खलाहरु सुन्नुहोस्


हामीलाई निरन्तर साथ दिनुभएकोमा तपाईसबै लाई धेरै धेरै धन्यवाद ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger