Home » » Muktak Madhurima - (2069-04-32/16-08-2012) - Download

Muktak Madhurima - (2069-04-32/16-08-2012) - Download

NepaliTalim | 8:25:00 AM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima

Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm

Host : Ramu Acharya

Date :  (2069-04-32/16-08-2012

आज मिति 2069 श्रावण 32 गते तदनुसार 2012 Aug 16 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download 16-08-2012
All Previous Episode Listen 

Thank you
२०६९-०४-३२ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Raag Gazmer Raz 

तिम्रो नाममा आजकाल त्यो साथ भेटिन

मलाई कस्ने अङ्गालोमा त्यो हात भेटिन

मेरो नाम लिने ती आवाजहरुमा


यस्तो लाग्छ आत्माको त्यो वात भेटिन

02-Baral Suryamani

पुगेरै पनि सबथोकको अभाब जिन्दगी,
हरक्षण दु:ख र सुखको प्रभाब जिन्दगी ।
न लुटेर लाने न छुटेर जाने, हास्ने रुने
सबैको उस्तै स्वभाब जिन्दगी।।

03-मोहन बिहानी काफ्ले ***मुक्तक ***

घेरिएको छु संगिनले शायद जेलमा छु ,
राजनितिको गन्हाउने फोहरी खेलमा छु,
फँसे दलदलमा कहिल्यै निस्कन नसक्ने गरि,
लाग्दछ जनकपुर जयनगरको झै चालक बिहिन रेलमा छु।
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही -------मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु डाउनलोड गरेर सुन्न----------
http://mohanbihani.blogspot.com/

मोहन बिहानीको ब्लग: मुक्तक मुधुरीमा
mohanbihani.blogspot.com

04-Rajesh Prempidit मुक्तक मधुरिमाको नाममा

-बारम्बर फक्रिरहन्छ गुलाफ,फक्रेपछी लुक्या छैन्
आशुँ त मेरो बगिरा'छ,आज सम्म मुहान सुक्या छैन्।
पिडै पिडाले दिल मेरो, पत्थर जस्तै बनिसक्यौँ
भाला रोप तिर चलाऊ,साच्चै मलाई दुख्या छैन्॥
-राजेश प्रेमपिडीत
सुन्दर सुदुरपश्चिम डडेल्धुरा हाल दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया कैलाली बि.एड तेस्रो बर्ष(अर्थशास्त्र ग्रुप)

05-Rajdeep Nath मुक्तक

मुटु भरि दिल भरि,तिम्रो माया भर्दैछु म
तिमिलाई नै सम्झिएर,प्रेम यात्रा गर्दैछु म।
सत्य सत्य धरोधर्म,छुट्ने मन छैन मलाई
तिमि नजिक आएकैले,मिठो मुस्कान छर्दैछु म॥
-राजेश नाथ
ध.न.पा.13चन्द्रटोल धनगढीँ कैलाली

06-Lb Sagar Sagar

आफ्नै छॉयाले पनि ,ठँगेको छ आज ।
जिन्दगीको यात्रा अधुरैमा ,डँगेको छ आज ।।
हजारै सपना हरु ,लाम मै थिए ।।
जिन्दगी नंयनको ऑशु सँगै ,बँगेको छ आज ।।
ऐल.बि.सागर ,फुलवारी,4.कैलाली ।हाल ~मलेशिया

07-Arun Poudel

Sitimiti yad haru bhulna garo hune...
Ovai aasu aakha haru khulna garo hune....
Bi6od ma dhukhdo rai6 maya garni mutuharu...
Dhukhda mutu haso haru hulna garo hune...
....Arun poudel gunjanagar-4,new line...chitwan


08-Rajkumar Shrestha

रहन्न बैंश सँधै सँधै,रहन्छ केवल पिरती
माया उस्तै सँधै सँधै,फेरिन्छ रूप रंग कती
देखिन्छ जती मनोहरी फूलेको फूल डालीमा
रहन्छ त्यही रंगत्,चुँडि झरे पनि धरती
-राजकुमार श्रेष्ठ
एस्७४,प्रीन्सेस् पार्क
ईन्डिया गेट्,नई दिल्ली


09-Sunil Neupane Marling

सुनिल न्यौपाने "मार्लिङ"
लौ न बाबु खोजेर ल्याउ।
असल नारी रोजेर ल्याउ॥
जिवन भरि साथ दिने
कस्ती रैछे सोधेर ल्याउ।॥
जुनियाँ ०२ गुल्मी


10-अतृप्त कमल

जातिको नाममा प्रदेश स्विकार्न सक्दैन
यो स्वर्गिय देशको टुक्रा पार्न सक्दैन
छैन मेरो कुनै जाति,धर्म अनि प्रदेश
स्व-स्वार्थका निम्ति जहर उमार्न सक्दैन
-अतृप्त कमल
बुटवल,रुपन्देही


11-Nirdoshi Pokhrel

हिजो आज मेरो नजिक आउन थालि छ।
वास्ता गर्दैनन् भनी गित गाउन थालि छ॥
दुनियाको रिती नै यस्तै रैछ भन्दै भन्दै॥
छुटेको सम्बन्धमा मलम लाउन थालि छ॥

lokbahadurpokhrel(nirdoshi)

benimadipur 07 devinagar tadi.nawalprasi .....hall..:-mumbai


12-ß-kash Neupane

सानु तिमी अरु लाइ चुन्ने तरखरमा छौ रे !
नया घरबार लाइ बुन्ने तरखरमा छौ रे !!
सुनेको छु तिम्रा आफ्नो आफन्त बाट हल्ला हरु,
आउने मंसिर मा माला उन्ने तरखरमा छौ रे !!
● बिकाश न्यौपाने●
डुमरवाना, बारा हाल UAE

अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....

https://www.facebook.com/piratikodori



13-टिकेश्वर नाथ मुक्तक

तिम्रो माङ् रंगाउने,मेरो केबल रहर भो
आफ्नो भन्ने केहि छैन्,दुस्मन सारा सहर भो।
सृष्टि गर्दा भगवानले,चोट मात्र लेखेछन् की
यो जीन्दगी आज मलाई,अफाप नै ठहर भो॥
-टिकेश्वर नाथ
गाङ्खेत9गैराबजार डडेल्धुरा


14-Lalu Gm

ती कोमल पाईला अनायासै अन्तै मोड्छु भन्यौ र त रोए।
गोरेटोमा भेटिएर दोबाटोमा छोड्छु भन्यौ र त रोए।।
कति माया दिएथे तिमीलाई अतितलाई फर्की हेर,
अरु कसैको दिलको बाग गोड्छु भन्यौ र त रोए।
लालु जि.एम
स्वर्गद्वारी प्यूठान हाल मलेसिया


15-Amrit Shrestha

तिमी बस्ने मन मुटु मरेपछी आयौ
घातै घात ले यो सरिर् गलेपछि आयौ
कहाँ बसिरथ्यौ यो हालत हेरेर मेरो
चिता माथि मेरो लास जलेपछी आयौ
(Amrit shrestha pokhara 12 kaski)


16-Rohit Rana "मुक्तक"

दुइ आत्मा चोखो प्रितमा हुन्छ रे
सफल भए'त झनै हितमा हुन्छ रे
अजम्बरी त्यो कहिल्यै नमर्ने गरि
पिउनु पर्ने प्याला अमृतमा हुन्छ रे
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान


17-Anupa Wasti

फुलहरुको माली बन्ने तर्खरमा छौ रे
सोह्र पुगी सतरको भर्खरमा छौ रे
बेइमानी र बर्बादीको बाटोतिर लम्कीनलाई,
सुरुवाती पाइलाको त्यो लर्खरमा छौ रे


18-Ashish Danai

तिम्रो कर्के नजरले डराएको होइन
अझ राम्री भेट्टाएर हरायको होइन
सारा दुख भुलेर अङ्गालोमा बाद्दा तिमलाई
फुर्कीएर त्यसै म लरबरायको होइन
-आशिष दनाई
गाउँशहर- २, दनाईगाउँ, लमजुङ
Listen and download all episode of muktak madhurima(मुक्तक मधुरिमा) at
www.ashishdanai.com.np


19-स्याङ्जाली रमेश muktak

सान्नानिको रात अनौठो
सुन्तलीको बात अनौठो
कसैलाई बिर्सिन्न म
सबैको त्यो साथ अनौठो


20-Pawan Gharti Magar Bibash मुक्तक

पहाड छाडी समथर तराई खोज्छौ प्रिय।
जैले पनी आफ्नै मात्र भलाई खोज्छौ प्रिय।
जति जल्नु जलिसके तिखो बोली बचनले,
बाँकी के छ जलाउन सलाई खोज्छौ प्रिय।
-पवन घर्ति मगर
हाडहाडे गुल्मी
हालः यू ए ई

21-Umesh Shrestha

रोज्न सम्म रोज्छौ तिमि
सुनमा सुगन्ध खोज्छौ तिमि
सारा प्रश्नको उत्तर नै तिमि
माया के हो मलाई सोध्छौ तिमि ???
-उमेश श्रेष्ठ
चिसापानी रामेछाप
हाल:- काठमाडौँ


22-Dipendra Chapagain

मेरो भर पर भनिन्
मलाई बिहे गर भनिन
झुटो मायाँ लाउछौ भने
नजर देखि पर सर भनिन्
-दिपेन्द्र चापाँगाई
हरीहरपुर १ कपिलवस्तु
हाल मुम्बई भारत


23-निस्चल प्रेमी कान्छा

लिन पनि सक्या छैन टक्कर जिन्दगीले
खाईरहन्छ बेला बखत ठक्कर जिन्दगीले
ऊनलाई पाऊने बहानामा आफ्नो सबै गुमेपछि
धाऊनुपर्छ कहिले काहि चक्कर जिन्दगीले

निस्चल प्रेमी कान्छा खर्ज्याङ ९गुल्मी

हाल मुम्बई भारत


24-Ijma Pokharel

aspataal ma huda pani malai vetna dhayenou ni,
aakha thake ruda ruda aasu pu6na aayenou ni...
teti komal mutuvitra kailedekhi kada ropyou,
hijo timi merai vanthou tara aaja chahenou ni...
ijma pokharel, parsa-chtwn.


25-तिलक निस्कर्ष

तिम्रो मुहार अगाडी त जुन फिक्का थियो
माया संग दाज्दा, त्यो सुन फिक्का थियो
तिम्रो आबाज सुनेर कोइली सिक्दै थियो गाउन,
त्यो आवाजको अघि त धुन फिक्का थियो
रत्ननगर ७

26-Ram Sharan Shrestha मुक्तक

लाग्छ छिट्टै सुरसार गर्नुभो हजुरले ।।
किन यति हतार.... गर्नुभो हजुरले ।। ...............................................
सोचेको थेँ मनको कुरा बताउँ भनेर
पहिलानै कतै प्यार गर्नुभो हजुरले ।।
चिसापानी गाविस बडा नं. ६,
रामेछाप
मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु चिसापानी नेपाल बाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima

Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com


27-Surya Chemjong

विश्वासको फूल दिएँ सक्थेँ जति दिनु
मैले मात्र एकोहोरो मायाँ कति दिनु
डुब्दैछु म घाम सँगै अन्तिम चाहना
तिमी आई चिता माथी दागबत्ती दिनु

28-श्रीकान्त बराल कहेराज

घुमेर होइन प्रधानमन्त्रि ज्यु,नि काश देउ देशलाई,
जनता धेरै जलिसके अब छिटै , आश देउ देशलाई ,
देशको छानो चुहिने भयो , छाउने बाटो देखायर,
अमन चयन रोजगारी गास अनि बाश देउ देशलाई.............
कृष्णमन्दिर चोक

29-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा

जीबन भरी मेरो भर पर्ने को छ त्यो हूलमा
मेरो लागी सजिलै मर्ने को छ त्यो हूलमा
बिस नाघे सके उमेरले इन्द्रमान आत्मा
यही मंसीरमा बेहे गर्ने को छ त्यो हूलमा


30-Bikalpa Babu 

हिसाब गर तिम्रो माया कति भयो
दुख्ने मात्र गर्छ अचेल अति भयो
खै कसले के-के यहाँ हासिल गरे
आफ्नो त प्रेममा जिवन खति भयो
बिकल्प बाबु
गीतानगर-1,चितवन


31-स्याङ्जाली रमेश muktak

चल्दै छ बिहानी बिस्तारै बिस्तारै
छल्दै छ निसानी बिस्तारै बिस्तारै
होसमा जोस राख्नुहोस सबैले
ढल्दै छ जवानी बिस्तारै बिस्तारै
-स्थाई घर..अर्जुनचौपारी
हाल .मरुभूमिको छातीबाट


32-Boz Raj ...

पीडाको गित अनि पासोको गित,
गुमाएको त्यो सबै नासोको गित,
नगाउ मेरो छेउ सारंगी, बाँसुरी,
सक्तैनौ गाउन भने मेरो चासोको गित!

33-रमाईलो मान्छे

पिरतीको खेलमा परि धेरै कुरा ढाटे
तिम्रै लागी भनेर भनसुन यन्त्र पनी साटे
ठिकै छ तिमी अर्कैको जिवन साथी भइछौ
त्यसैले त मैले पनी मंसीरमा विहे आटे


34-Nabodit Nabaraj

आँशुका भेल रोकेको छु खै त बुझ्यौ तिम्ले पनि ।
बासी खबुस टोकेको छु खै त बुझ्यौ तिम्ले पनि ।
पर्देशीको कथा ब्यथा कहाँ बुझ्छ हाम्रो सरकार ।
सिंगो मुलुक बोकेको छु खै त बुझ्यौ तिम्ले पनि ।


35-Dipak Gautam

एक चिम्टी सिन्दुर त्यो तिम्रो शिरमा भरेर मर्न देऊ,
आशु नै सहि एक मुठ्ठि माया छरेर मर्न देऊ,..........................,
रोएर हरदिन माग्दैछु माफी हुदैन नभन,
आँशुले पिर्ला बिन्ति छ माया गरेर मर्न देऊ,

36-प्रेम प्रसाद भट्ट

तिम्ले जस्तो माया अब मलाइ कसले गर्छ र ?
माया त अमर हुन्छ भंथियौ अनायासै मर्छ र ?
मान्छे हु म मेसिन होइन गल्ति त भैहाल्छ
सानो तिनो गल्तीमा नि रिसाउनु पर्छ र ?
ssmc

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,

Live-
radio chitwan 94.6
www.radiochitwan.com.np

Download -
www.facebook.com/radiochitwan

www.facebook.com/muktakmadhurima

http://chisapaninepal.blogspot.com/

http://mohanbihani.blogspot.com/

www.ashishdanai.com.np

www.facebook.com/piratikodori

धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......

कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger