Home » » गजलका शेरहरु -(2069-05-11/27-08-2012) - Download

गजलका शेरहरु -(2069-05-11/27-08-2012) - Download

NepaliTalim | 6:23:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2069-05-11/27-08-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे   
अनलाईन सुन्न : Radio Ekata 
 फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु, आज मिति 2069 भाद्र महिनाको 11 तदनुसार मिति 27th Aug 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । आज को श्रीङ्खला मोति जयन्ति विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download 

Download : Click Here to Download
अगाडिका श्रीङ्खलाहरु सुन्नुहोस् ।


यो श्रीङ्खलामा बाचन भएको मेरो गजल ।
कतिखेर चोर्यौ मन पत्तै पाइँन ।।
नजिकियौ झन झन पत्तै पाइँन ।।

अहँ हुँदै हैन त्यो अकर्षण हैन
फक्रिएको यौबन पत्तै पाइँन ।।

प्रेमीहरुले भन्थे गर्दै नगर्नु प्रेम
बढ्यो आफन्त पन पत्तै पाइँन ।।

हामी पूरै आफ्नै संसारमा थियौं
के के थिए अड्चन पत्तै पाइँन ।।

परिपूरक एक अर्कामा भएपछी
किन बढ्यो धड्कन पत्तै पाइँन ।।

बाधा धेरै थिए प्यारको यज्ञमा
के के भए हवन पत्तै पाइँन ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप । 

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger